Eps Topic Korean

Eps Topic Korean Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eps Topic Korean, Kathmandu.

Skill Test notice Agri- Apr- 19,20,21Menu- Apr- 22-28
10/04/2026

Skill Test notice
Agri- Apr- 19,20,21
Menu- Apr- 22-28

६,८११ जना युवाहरुको कोरिया जाने सपना सकियो, हजारौं रोस्टरबाट विस्थापित हुँदै! 😥कोरियन भाषा परीक्षा उत्तीर्ण गरी लामो समय...
07/04/2026

६,८११ जना युवाहरुको कोरिया जाने सपना सकियो
, हजारौं रोस्टरबाट विस्थापित हुँदै! 😥

कोरियन भाषा परीक्षा उत्तीर्ण गरी लामो समयदेखि कोरिया जान प्रतीक्षारत ८५३ जनाको Roster अवधी यसै January महिनामा, ३,७९६ जनाको February महिनामा र २,१६२ जनाको March महिनामा सकिएको छ। EPS शाखाका अनुसार २०२६ भित्र जम्मा ८,९०२ जनाको दुई वर्ष रोष्टर अवधि पूरा हुनेछ।

Manufaturing क्षेत्र तर्फको कोरियन भाषा परीक्षा २०२५ उत्तीर्ण भएका व्यक्तिहरुको Skill & Competency Test का लागि आवश्यक थ...
06/04/2026

Manufaturing क्षेत्र तर्फको कोरियन भाषा परीक्षा २०२५ उत्तीर्ण भएका व्यक्तिहरुको Skill & Competency Test का लागि आवश्यक थप कागजात पेश गर्ने सम्बन्धी सूचना !!!
https://epsnepal.gov.np/uploads/files_video/files_1775371846.pdf

Agriculture & Livestock तर्फ सञ्चालन भईरहेको EPS TOPIK कोरियन भाषा परीक्षाको आज अन्तिम दिन रहेको छ। आज 5th Shift सम्म पर...
01/04/2026

Agriculture & Livestock तर्फ सञ्चालन भईरहेको EPS TOPIK कोरियन भाषा परीक्षाको आज अन्तिम दिन रहेको छ। आज 5th Shift सम्म परीक्षा भई जम्मा 35,218 जनाको परीक्षा समाप्त हुनेछ। आवेदन फाराम खुल्दा Agriculture & Livestock तर्फ 1,800 कोटा मात्र तोकिएको थियो। तपाईंको परीक्षा कस्तो भएको छ त? कमेन्ट गर्नुहोला।
सबैमा शुभकामना ❤️🎉

Congratulations to New Prime Minister of Nepal, B***n Shah.❤️🇳🇵🙏🏼
27/03/2026

Congratulations to New Prime Minister of Nepal, B***n Shah.❤️🇳🇵🙏🏼

Agriculture & Livestock तर्फ ३५,२१८ मध्ये आजसम्म २९,००० जनाको परीक्षा सकिएको छ। परीक्षा सकिन ७ दिन मात्र बाँकी रहेको छ भ...
26/03/2026

Agriculture & Livestock तर्फ ३५,२१८ मध्ये आजसम्म २९,००० जनाको परीक्षा सकिएको छ। परीक्षा सकिन ७ दिन मात्र बाँकी रहेको छ भने बाँकी ७ दिनमा ६,२१८ जनाले परीक्षा दिनुहुनेछ।

परीक्षामा सामेल हुनुहुने सम्पुर्णमा धेरै धेरै शुभकामना ❤️🎉

काम गर्दै गर्दा चोट लाग्यो भने 산재보험  बाट उपचार खर्च लगायत उपचार गर्न लाग्ने समयको तलब 70%जति प्राप्त गर्न सकिन्छ । अंगभं...
23/03/2026

काम गर्दै गर्दा चोट लाग्यो भने 산재보험 बाट उपचार खर्च लगायत उपचार गर्न लाग्ने समयको तलब 70%जति प्राप्त गर्न सकिन्छ । अंगभंग हुने किसिमको दुर्घटनामा पर्नु भएको छ भने क्षतिपूर्ति पनि प्राप्त गर्न सक्नुहुन्छ ।
चोटपटक लाग्यो भने पूरा निको नहुने समयसम्म काम नगर्नुहोला । सामान्य चोटपटक हो भने कम्पनीले उपचार गर्ने र तलब दिने सहमती गर्न पनि सकिन्छ तर ठूलो चोटपटक लागेको छ भने अनिवार्य रुपमा 산제보험 신고 गर्नुहोला । 산재보험 신고 आफुले उपचार गरेको अस्पतालबाट गर्न सकिन्छ ।

Manufacturing तर्फ Cutline Score ल्याउनुभएको तर Colour Vision का कारण अनुत्तीर्ण हुनुभएको व्यक्तिहरूको नामावली प्रकाशन भ...
17/03/2026

Manufacturing तर्फ Cutline Score ल्याउनुभएको तर Colour Vision का कारण अनुत्तीर्ण हुनुभएको व्यक्तिहरूको नामावली प्रकाशन भएको छ। यसरी अनुत्तीर्ण हुने ५४ जना रहनुभएको छ।

धेरैले अब दोश्रो चरणको विदेशी कामदार छनौट (Issue) मिति कहिले हो? भनेर मेसेज र कमेन्ट गर्नुभएको छ। सन् २०२६ का लागि ५ चरण...
16/03/2026

धेरैले अब दोश्रो चरणको विदेशी कामदार छनौट (Issue) मिति कहिले हो? भनेर मेसेज र कमेन्ट गर्नुभएको छ। सन् २०२६ का लागि ५ चरण विदेशी कामदार छनौट प्रक्रिया सञ्चालन हुनेछ। त्यसमा कम्पनिले कामदार माग आवेदन दिने मिति भने पहिल्यै निर्धारित छ। तल फोटोमा लेखिएको मिति कोरियन कम्पनिहरुले आफुलाई विदेशी कामदार चाहिएमा माग गर्ने मिति हो। कामदार छनौट कार्य कहिलेबाट सुरु हुने र कति कोटामा हुने जस्ता विस्तृत विवरण केहि दिन पछि प्रकाशन हुनेछ। अहिले पहिलो चरणको विदेशी कामदार छनौट कार्य सञ्चालन भईरहेको छ। दोश्रो चरणको मिति प्रकाशन हुन केहि दिन लाग्नेछ। कम्पनिले कामदार माग आवेदन दिने मिति हेर्दा दोश्रो चरणको विदेशी कामदार छनौट कार्य लगभग May अन्तिम हप्ता तिरबाट सुरु हुनसक्छ। आधिकारिक सुचना आएपछि हामी जानकारी गराउने नै‌ छौँ।

नेपाली युवती सूचना बोहरा के पप दुनियाँमा डेब्यु गर्दै 😍🇰🇷नेपालकी सूचना बोहरा अब अन्तर्राष्ट्रिय के पप संगीत उद्योगमा प्र...
15/03/2026

नेपाली युवती सूचना बोहरा के पप दुनियाँमा डेब्यु गर्दै 😍🇰🇷

नेपालकी सूचना बोहरा अब अन्तर्राष्ट्रिय के पप संगीत उद्योगमा प्रवेश गर्ने तयारीमा छिन्। उनी GBK Entertainment अन्तर्गत गठन भएको बहुराष्ट्रिय के पप गर्ल ग्रुप MEPC मा “Hara” स्टेज नेमबाट डेब्यु गर्ने भएकी हुन्।

यस सँगै सूचना बोहरा के पप क्षेत्रमा डेब्यु गर्ने नेपालीमध्ये पहिलो आइडलमध्ये एक बन्ने भएकी छन्। नेपाली युवतीको यो उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय संगीत उद्योगमा चिनाउने अपेक्षा गरिएको छ।

उनको डेब्युलाई लिएर नेपाली K-Pop फ्यानहरूमा उत्साह देखिएको छ भने धेरैले उनलाई सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्।

Manufacturing तर्फ कोरियन भाषा परीक्षाको अन्तिम नतिजा प्रकाशन भएको छ। 56,283 जनाले परीक्षा दिनुभएकोमा 6,071 जना उत्तीर्ण...
10/03/2026

Manufacturing तर्फ कोरियन भाषा परीक्षाको अन्तिम नतिजा प्रकाशन भएको छ। 56,283 जनाले परीक्षा दिनुभएकोमा 6,071 जना उत्तीर्ण हुनुभएको छ। कटलाईन 39 रहेको छ। Skill Test सम्बन्धी सूचना पछि प्रकाशन हुनेछ।

पूरा सुची कमेन्टमा राखिएको लिङ्कमा क्लिक गरि डाउनलोड गर्नुहोस्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Eps Topic Korean posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share