21/08/2026
किङ कोब्रा उद्धार तथा सुरक्षित स्थानान्तरण
आज दक्षिणकाली नगरपालिका–९, हुमानेबाट डिभिजन वन कार्यालय, काठमाडौंको समन्वयमा किङ कोब्राको सफलतापूर्वक उद्धार गरिएको छ।
उद्धार कार्यमा डिभीजन बन कार्यालयका पशु चिकित्सक, वन्यजन्तु उद्धारकर्मी सुबोध आचार्य सहित फर्पिङ इलाका प्रहरी कार्यालय तथा दक्षिणकाली नगरपालिका नगर प्रहरीको उपस्थिति रहेको थियो।
उद्धारपछि किङ कोब्रालाई सुरक्षित प्राकृतिक बासस्थानमा सफलतापूर्वक रिलिज गरिएको छ।