नेकपा-एकीकृत समाजवादी, केन्द्रीय कार्यालय

  • Home
  • Nepal
  • Kathmandu
  • नेकपा-एकीकृत समाजवादी, केन्द्रीय कार्यालय

नेकपा-एकीकृत समाजवादी, केन्द्रीय कार्यालय CPN(Unified Socialist) Central Office
New Baneshwor, Bagmati Corridor, Aloknagar, Kathmandu.

शुभकामना !
19/09/2024

शुभकामना !

07/11/2023

आज मिति २०८० कार्तिक २१ गते सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रतिनिधि मण्डलले भेट गरि २०८० कार्तिक १७ गते कर्णालीका विभिन्न जिल्लामा गएको भूकम्पको विपदमा परि धनजनको क्षतिको विषयमा र सरकारले संचालन गरेको उद्धार र राहतको बारेमा जानकारी लियो ।
उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री ज्युले सरकारले गरिरहेको विपदमा परेका जनताको उद्धार, राहत र पुनस्थार्पनाको जानकारी गराउनु भयो ।
उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट पार्टीको सचिवालयले निर्णय गरे अनुसार भूकम्प पिडितलाई सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि रु २५ लाखको चेक सम्माननीय प्रधानमन्त्रीलाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हस्तान्तरण गर्नु भयो ।

हाम्रो पार्टी जातीय, भाषिक, धार्मिक तथा साँस्कृतिक विद्वेष फैलाउने कुनै प्रकारका गतिबिधिबाट प्रभावित नहुन, बरु त्यसका वि...
30/08/2023

हाम्रो पार्टी जातीय, भाषिक, धार्मिक तथा साँस्कृतिक विद्वेष फैलाउने कुनै प्रकारका गतिबिधिबाट प्रभावित नहुन, बरु त्यसका विरुद्ध उभिन, संयमित हुन र राष्ट्रिय एकतामा योगदान गर्न सबैसँग अनुरोध गर्दछ । जुनसुकै जाति, भाषा धर्म र संस्कृतिको अनुयायी भए पनि हामी सर्बप्रथम नेपाली हौँ भन्ने गर्ववोध गर्दै सबै क्षेत्रमा उच्च स्तरको सहिष्णुता र सहकार्यको राष्ट्रिय एकतालाई समृद्ध गर्न आम जनसमुदायलाई हार्दिक अपिल गर्दछ ।

30/07/2023

कमरेड अभिवादन !

हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू निम्नानुसार आयोजना गरिएको छ । सम्बन्धित कमरेडहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछु ।

बैठकको समय तालिकाः
1. केन्द्रीय सचिवालय
* मितिः २०८० साउन १९ गते
* समयः ८ः०० बजे
* स्थानः पुष्पलाल स्मृति प्रतिष्ठान, चम्पादेवी

2. स्थायी कमिटी
* मितिः २०८० साउन २० र २१ गते
* समयः ११ः०० बजे
* स्थानः पार्टी केन्द्रीय कार्यालय

3. पोलिटब्युरो
* मितिः २०८० भदौँ ३ र ४ गते
* समयः ११ः०० बजे
* स्थानः पार्टी केन्द्रीय कार्यालय

4. केन्द्रीय कमिटी
* मितिः २०८० भदौँ ५, ६ र ७ गते
* समयः १०ः०० बजे
* स्थानः कान्तिपुर गार्डेन ब्याङ्क्वेट, वालकुमारी, ललितपुर

कमरेड पुष्पलालप्रति भावपुर्ण श्रध्दाञ्जलि !
23/07/2023

कमरेड पुष्पलालप्रति भावपुर्ण श्रध्दाञ्जलि !

आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त  गर्दछौं  ।
14/07/2023

आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्तीको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' की धर्मपत...
12/07/2023

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड' की धर्मपत्नी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सल्लाहकार परिषद्का सदस्य कमरेड सीता दाहाल ६९ बर्षको उमेरमा दिगंवत हुनु भएको खबरले हामी स्तब्ध र मर्माहत भएका छौं । नेपालको कम्युनिष्ट आन्दोलन विकास र विस्तारमा महत्वपूर्ण योगदान दिनुभएकी महिला नेतृ कमरेड सीता दाहालको योगदानलाई हामी सदैव उच्च सम्मान सहित सम्झिरहने छौं ।
दु:खको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष लगायत शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पा जिल्ला कमिटी अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को ५२ बर्षको ...
08/07/2023

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पा जिल्ला कमिटी अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को ५२ बर्षको उमेरमा २०८० असार २२ गते बेलुका ६:४५ बजे हृदयघातका कारण लुम्बिनी मेडिकल कलेजमा स्वर्गारोहण भएको खबरले हामी स्तब्ध भएका छौ ।
दु:खको यस घडीमा स्व. खिमानन्द पाण्डेय (कमल)प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

18/06/2023

२०८० असार ४ गते दिनको ३ः०० बजे राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रम राखिएकोले उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण समाजवादी मित्रहरूलाई सादर आमन्त्रण गर्दछौ ।
-केन्द्रीय कार्यालय

हिजो मिति २०८० जेठ १६  गते आयोजित  एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड  झलनाथ खनाल माथि  केहि पुनरुत्थानव...
31/05/2023

हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनाल माथि केहि पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले हो हल्ला गर्ने, नारावाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटना प्रति हाम्रो पार्टी घोर भत्सना गर्दछ । उक्त घटनामा संलग्न रहेका उत्श्रृंखल तत्वहरुलाई सरकारले कठोर कारवाही गरोस भन्ने पनि माग गर्दछ ।

Address

Naya Baneshwor, Bagmati Corridor
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9774106302

Alerts

Be the first to know and let us send you an email when नेकपा-एकीकृत समाजवादी, केन्द्रीय कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेकपा-एकीकृत समाजवादी, केन्द्रीय कार्यालय:

Share