Rastriya Swatantra Party - RSP

Rastriya Swatantra Party - RSP all about nepal and Nepalese

शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस् ।- बालेन
16/01/2026

शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस् ।
- बालेन

२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ।काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण ...
16/01/2026

२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ।
काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।
नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो—
नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन।
भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ।
राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो।
सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता छ। यही बुझाइका साथ म भारत गएँ र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेँ। अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ।
आज, नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो। आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।
नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो—उदार समाज निर्माण गर्नु हो।
संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र होइन, हरेक जनताले अनुभूत गर्न पाउने कुरा हो। यसको लागि आशाको सञ्चार मात्र नभई कटिबद्ध भएर इमानदारीपूर्वक देशलाई अघि बढाउनुपर्छ। हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो।
स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ—
देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ।
अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।
हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो।
नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ।
संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।
शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।
यो अभियान कुनै एक व्यक्तिको होइन।
यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।
सबैको साथ, सहयोग र विश्वाससहित
अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।

17/11/2025

'मैले पैसा बाहिर राखेको थिएँ त्यसैले घरमा खासै ज.लेन' - प्रचण्ड

17/11/2025

मैले तिमीलाई बिर्सिनु यो हुनु सक्दैन
तिमीले मलाई बिर्सिनु म हुनु दिदैन

मेरो हरेक सांसमा हरेक धड्कनमा
हक छ तिम्रो
मेरो सबै संसारमा हरेक सर्थमा
हक छ तिम्रो
मेरो आंखामा जुन सपना छ
त्यो पनि तिम्रै हो
आफ्नो जति सपना छ
हराउंन दिदैन
तिमीले मलाई बिर्सिनु म हुनु दिदैन

तिमी जहां जान्छ्यौं जुन बाटो हिडछ्यौं
मेरो आवाज सुन्ने छौं आभास मेरो पाउंने छौं
हावा बनेर तिम्रो केशमा खेल्ने छु
मेरो यादको असर बिसिर्नु दिदैन
तिमीले मलाई बिर्सिनु म हुनु दिदैन

कतै मृतु मलाई लिन आएं पनि
म आफै तिम्रो केहि समय माग्छु
भन्छु रोक एउटा काम अझै बाकि छ
म आफ्नो मायालाई त्यसै मर्न दिदैन
तिमीले मलाई बिर्सिनु म हुनु दिदैन

राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक कुन कुन जिल्लाबाट हुनुहुन्छ सबै जोडिनुहोला 🔔🔔🔔🔔 यो पटक घण्टी बजाउने पर्छ देश भरी
17/11/2025

राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक कुन कुन जिल्लाबाट हुनुहुन्छ सबै जोडिनुहोला 🔔🔔🔔🔔 यो पटक घण्टी बजाउने पर्छ देश भरी

17/11/2025

B***n shah❤️
खुल्लामन्च अब सधैको लागि खुल्ला हुँदै छ

प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था हो ।

खुल्ला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।

महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न, ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुल्ला मञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ ।

चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको छ ।

पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन् । यी पोलहरुमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिनेछ । यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् । दिनमा आफैँ निभ्छन् ।

खुल्ला मञ्च सबैका लागि खुल्ला रहने, बहुउपयोगी स्थानका रुपमा प्रयोग हुनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । वालबालिकाहरुका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरुका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । मर्निङ् वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ ।

चउरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेलखेल्न सकिन्छ ।

पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको छ । त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता भयो । त्यही सम्झौताका आधारमा २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुल्ला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको थियो । यसपछि अर्थात् ग्रेडिङ् र लेभलिङ्को काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ ।

यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन् ।

ग्रेडिङ् र लेभलिङ्पछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब ३ महिना मैदानका ढुङ्गा टिप्न लगाएको थियो ।

खुल्ला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।

`काठमाडौँ टावर निर्माण थालिएसँगै त्यस क्षेत्रबाट गन्तव्य तय गर्ने सार्वजनिक यातायात सञ्चालन गर्न खुल्ला मञ्च प्रयोग भएको थियो । मञ्च र रत्नपार्कको बिच खण्डमा कालो पत्र गरेर बसपार्क सञ्चालन भएको थियो ।

२०७२ सालको भूकम्पपछि क्षति भएको वीर अस्पताल र दरबार हाइस्कूल पुनःनिर्माण कार्यका लागि पनि यो ठाउँ प्रयोग भएको थियो । यस बेला निर्माण सामग्री सञ्चालन राख्ने, विद्यालय सञ्चालन गर्ने र श्रमिकहरुका लागि बासस्थान यही ठाउँमा बनाइएको थियो ।

17/11/2025

खड्ग ओली र उनका मतियार कतिसम्म झूट बोल्छन्, जानौँ।

किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नति गर्न तत्कालीन प्रधानमन्त्री प्रचण्डले २०७९ चैतको अन्त्यतिर निर्देशन दिएका थिए। फ्लड–लाइट लगायतका काम तोकिएको मितिमै सक्न खेलकुद मन्त्रालयलाई आदेश दिएपछि काम धमाधम अगाडि बढेको हो। त्यसपछि पनि खेलकुद मन्त्रालयले निरन्तर ताकेता गरिरह्यो। अन्ततः कुलमान घिसिङ मन्त्री बनेपछि लाइट जडानलाई थप तीव्रता दिइयो। भएको यति मात्र हो।

राज्यको पैसा, जनताको कर, जनप्रतिनिधिको पहल र खेलाडीहरूको उच्च आकांक्षा—यी सबैको कारण यो काम सम्पन्न भएको हो। तर खड्ग ओली र उनका मतियारले घरबाट पैसा ल्याएर बनाइदिएझैँ अफवाह फैलाइरहेका छन्। एमाले जनतालाई दिग्भ्रमित पार्ने नं वान पार्टी हो ।
यहाँ कुनै नेता विशेषको विरोध वा समर्थन होइन । हो, ३६ वर्षमा विकास निर्माण हुन नसक्नुमा सबै सत्तारूढ दल दोषी छन्। तर जति संरचना बनेका छन्, ती सबै आफैले बनाएको हो भनी एमाले–खड्ग समूहले व्यापक भ्रम सिर्जना गरिरहेको छ।

अन्य दलको नेतृत्वमा रहेका सरकारले पनि निर्माणका काम गरेका छन्। तर न कांग्रेस, न अन्य दलले त्यसको अनावश्यक प्रचार गर्छन्। अचम्म त के छ भने, अन्य दलको सरकारका पालामा बनेका संरचनालाई समेत खड्ग ओली समूहले आफैँले बनाएको जस्ता दुष्प्रचार गर्दै हिँड्छ।

नेपालको ३६ वर्षको इतिहासमा राजनीतिलाई यति प्रदूषित र घृणित बनाउने खेलमा एमाले मात्र निरन्तर लागिरहेको छ। १० वर्ष एमाले–मुक्त नेपाल बनाऔँ, मुलुक आफैँ बन्छ। यहाँ सबै भ्रम, खुरापाती र झालझेल समाप्त हुन्छ। एमालेलाई रोकौँ, नेपाल स्वर्ग हुन्छ।
आजदेखि हुन लागेको एनपीएल प्रतियोगिताको शुभकामना ।

मानवता विरुद्धको कानुनी कारबाहीमा दोषी ठहर भन्ने सुन्दा खुसी लागे तापनि मृत्युदण्डको सजाय भन्ने समाचार सुन्दा अनि कस्तो ...
17/11/2025

मानवता विरुद्धको कानुनी कारबाहीमा दोषी ठहर भन्ने सुन्दा खुसी लागे तापनि मृत्युदण्डको सजाय भन्ने समाचार सुन्दा अनि कस्तो कस्तो लाग्दो रहेछ हामी व्यक्तिको वैयक्तिक स्वतन्त्रताको अपहरण नगर्ने पक्षधर हौ अर्थात् हाम्रो देश मृत्युदण्डको सजाय नदिने देश हो।मानवता विरुद्धको कानुनी कारबाहीमा दोषी ठहर भन्ने सुन्दा खुसी लागे तापनि मृत्युदण्डको सजाय भन्ने समाचार सुन्दा अनि कस्तो कस्तो लाग्दो रहेछ हामी व्यक्तिको वैयक्तिक स्वतन्त्रताको अपहरण नगर्ने पक्षधर हौ अर्थात् हाम्रो देश मृत्युदण्डको सजाय नदिने देश हो।

दुर्गा प्रसाईं भन्छ्नहार्दिक निमन्त्रणा !आदरणीय पत्रकार साथीहरु,सिहदरबार ,सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्...
17/11/2025

दुर्गा प्रसाईं भन्छ्न
हार्दिक निमन्त्रणा !
आदरणीय पत्रकार साथीहरु,
सिहदरबार ,सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्यान कसरी गयो ? मल्ल होटल अगाडि गाडि भित्र बसेर क -कसको कुरा भएर प्रधानमन्त्री चुनियो ? बानेश्वरको कुन घरको छतमा बसेर जेन- जी आन्दोलनको अप्रेशन गरिएको थियो ?? उनिहरु कै स्वरमा स प्रमाण यसको चिरफार सहितको बिशेष भिडियो भोली मिति २०८२ साल मंसिर -१ गते दिनको ठिक १:०० बजे निजि निवास पुरानो ठिमी भक्तपुरमा १५० इञ्चिको एल इ डि मा सार्वजनिक गरिने कार्यक्रमको आयोजना गरिएको हुदा सबै पत्रकार साथीहरुलाइ उपस्थितिका लागि सादर अनुरोध छ ।

ठूलो माछा सिआईबीको कब्जामा !यस काण्डमा एमाले अध्यक्ष केपी ओली लगायत केही शीर्ष नेताहरु तानिने सम्भावना रहेको छ ।सिआइबीले...
17/11/2025

ठूलो माछा सिआईबीको कब्जामा !
यस काण्डमा एमाले अध्यक्ष केपी ओली लगायत केही शीर्ष नेताहरु तानिने सम्भावना रहेको छ ।
सिआइबीले नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ गरेको छ । ट्रस्टको नाममा दर्ता रहेका जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा कार्कीलाई पक्राउ गरिएको सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी गराएका छन् । अनुसन्धानका क्रममा कार्कीको संलग्नता देखिएपछि
सेवा निवृत्त भइसकेका कार्कीलाई पक्राउ गरिएको छ ।

आफ्नो घरमा एक लाख मात्रै भेटिएको प्रचण्डको दावी, शीर्ष नेताको घरमा करोड हुनु सामान्य भन्दै भने छोरी गंगाको घरमा पनि पैसा...
17/11/2025

आफ्नो घरमा एक लाख मात्रै भेटिएको प्रचण्डको दावी, शीर्ष नेताको घरमा करोड हुनु सामान्य भन्दै भने छोरी गंगाको घरमा पनि पैसा राख्न दिएको गरे स्विकार

Address

Katmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party - RSP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share