भू पु सैनिक एकता संघ नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • भू पु सैनिक एकता संघ नेपाल

भू पु सैनिक एकता संघ नेपाल यो नेपाली सेना बाट अवकास प्राप्तहरु स?

जब कुनै एक टाेलमा अर्काे टाेलबाट कुकुरहरु जान्छन् त्याे टाेलका कुकुरहरुले ती कुकुरहरुलाई भुकेर र टाेकेर भए पनि धपाउंछन्,...
09/09/2023

जब कुनै एक टाेलमा अर्काे टाेलबाट कुकुरहरु जान्छन् त्याे टाेलका कुकुरहरुले ती कुकुरहरुलाई भुकेर र टाेकेर भए पनि धपाउंछन्, ठीक त्यस्तै गरि जब कुनै भूपूहरु उपचारकाे लागि बीरेन्द्र अस्पतालकाे ओपिडीमा पुग्छन् तब त्यहांका पदिक तथा अन्य दर्जाहरुले ती भूपूहरुलाई कुकुर जसरी नै भुक्ने र टाेक्ने गर्छन् ।

सबैभन्दा खराब कुकुरहरु त सर्जिकल ओपिडीमा रहेछन्, अपरेसन गरेकाे व्यक्ति ड्रेसिङ गर्न र टांका खाेल्न खाेल्न भनेर ८ बजे ओपिडीमा जांदा त्याे ओपिडी का पदिक र अन्य दर्जाहरु मिली २ बजे पछि मात्र हाे ड्रेसिङ गर्ने अहिल्यै किन आएकाे भनेर उपचार पुस्तिका नै फाली दिएका र आफ्ना र चिनेजानेकाहरुलाई पनि उपचार पुस्तिका दर्ता गरेर पालाे समेत मिचेर अगाडी लगेर राख्ने गरेकाे मैंले देखेकाे र आँफैले भाेगेकाे कुरा हाे ।

कल्याणकारी काेषबाट भूपू र परिवारमा सदस्यहरुलाई उपचारकाे राम्रो सुबिधा दिइएकाे भनेर विश्वले थाहा पाउंने गरि आफ्नाे मिडिया मार्फत प्रचारप्रसार गरेकाे छ तर यता अस्पतालमा त्यहांका पदिक र अन्य दर्जाकाे रवैया सहन नसक्ने अवस्थाकाे छ ।

यश बारेमा अस्पताल प्रशासनमा रिपोर्ट गर्दा समेत त्याे ओपिडिका व्यक्तिहरुकाे व्यवहार परिवर्तन भएकाे छैन, झनझन निर्दयी र तुच्छ व्यवहार गर्दै आएका छन् । यश तर्फ कल्याणकारी निर्देशनालयकाे ध्यान जाओस भन्न चाहान्छु ।

पाेष्ट गर्ने: नरबहादुर क्षेत्री (अ.प्रा. प्रा.सु.)
9841030719 काठमाडौं

20/08/2023
नेपाली सेनाले देशै भरीका विभिन्न स्थानहरुमा गरि ४५०० जनाको सैन्य भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।दरखास्त मिति :- २०...
24/04/2023

नेपाली सेनाले देशै भरीका विभिन्न स्थानहरुमा गरि ४५०० जनाको सैन्य भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।
दरखास्त मिति :- २०८०/०१/०८ देखि २०८०/०२/०८ सम्म
दोब्बर दस्तुर २०८०/०२/१४ सम्म ।
उमेर १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेको नेपाली नागरिक ।

21/04/2023

यस भूपू सैनिक एकता संघ नेपाल ले मिति २०८० बैशाख १६ गते रक्तदान कार्यक्रम आयोजना गर्दैछ । इच्छुक भूपू सैनिक र उहांको परिवार का सदस्य तथा छरछिमेकका गैह्र सैनिक ईच्छुक महानुभावहरु सबै सहभागी हुन सक्ने जानाकारी गराउदछौ । उपस्थित भई कार्यक्रमको शोभा बढाएर रक्तदान कार्यक्रमलाई सफल बनाउंन आ-आफूले सक्दो प्रयास गरी दिनु हुन यस संघका समस्त सदस्य ज्यूहरु लगायत ईच्छक ब्यक्ति हरुलाई यस संघ अनुरोध गर्दछ ।

नियमित हुँदै आएको मासिक बैठक समेत सोही समय र स्थान मा हुनेछ ।

मिति, समय र स्थान:
मिति: २०८० बैशाख १६ गते
समय; विहान ०८०० बजेबाट
स्थान: पिपुल्स फ्रेण्डशिप एकेडेमी
ठूलो भर्याङ -
एकधारा, नागार्जुन - २, काठमाडौं ।

सम्पर्क व्यक्ति
अध्यक्ष मित्रबहादुर थापा - 9841481619
महासचिव नरबहादुर क्षेत्री- 9841030719/9822382475
सचिव ओम ब रायमाझी - 9841600805
कोषाध्यक्ष कमल ब राउत - 9801973848

२०७९.१२.१८ गते । नागार्जुन - ३, काठमाडौं ।भूपू सैनिक एकता संघ नेपाल द्वारा आयोजित नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान ...
01/04/2023

२०७९.१२.१८ गते । नागार्जुन - ३, काठमाडौं ।

भूपू सैनिक एकता संघ नेपाल द्वारा आयोजित नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान र क्यालेन्डर वितरण कार्यक्रममा उपस्थित सबैमा हार्दिक नमन । यहाहरुको गरिमामय उपस्थितिले हामीलाई उर्जा प्राप्त भएको छ, सामाजिक काममा यहाँहरुको साथको सदैव अपेक्षा गर्दछौ ।

इच्छुकहरुको लागि ब्यबसायिक तालिम को अवसर।
28/03/2023

इच्छुकहरुको लागि ब्यबसायिक तालिम को अवसर।

26/03/2023

नयाँ वर्ष २०८० सालको शुभकामना आदान-प्रदान कार्यक्रममा उपस्थितिको लागि सबै सदस्यज्यूहरुमा अनुरोध छ।
स्थान - सिता बाल विकास आधारभूत विद्धयालय, नागार्जुन - ३, गैरी गाउँ / तीनधारा, काठमाडौँ ।
मिति - २०७९-१२-१८ गते, ११:०० बजे।
कार्यक्रमहरु:
१. प्रत्येक महिनाको तेश्रो शनिबार पिपुल्स फ्रेण्डशिप स्कूलमा हुंदै आएको यस संघको मासिक बैठक समेत यसै कार्यक्रममा हुनेछ।
२. नयाँ वर्ष २०८० सालको शुभकामना आदान-प्रदान।
३. नयाँ वर्ष २०८० सालको क्यालेण्डर वितरण।
४. विविध।
थप जानाकारीको लागि सम्पर्क नम्बरहरु - ९८४१४८१६१९, ९८४१६००८०५, ९८४१०३०७१९
- कार्य समिति

12/03/2023

हाम्राे यस भुपु सैनिक एकता संघ नेपाल हाल सम्म कुनै पनि सहकारी संस्थासंग आवध्द नभएको र सहकारी समेत नखोलेकाे व्यहाेरा यस संघका सवै सदस्यहरुलाई स्पष्टरुपमा जानकारी गराउंन चाहान्छाैं ।

साथै यस संस्थाले आजका मिति सम्म कुनै पनि नामकाे सहकारी नखाेलेकाे र भविष्यमा सहकारी खाेल्नै परेमा सबै सदस्यहरुसंग मासिक वैठकमा छलफल गरेर र व्यक्तिगतरुपमा पनि राय सुझाव लिएर मात्र खाेल्न सकिने व्यहाेरा जानाकारी गराउंन चाहान्छाैं ।

अत: यस संघकाे नाम लिएर कुनै पनि सहकारीसंग काराेबार गरेमा याे संस्था जिम्मेवार नहुने हुंदा ती सहकारीहरुमा सदस्य बन्न वा काराेबार गर्दा तपाईहरु आंफै जिम्मेवार रहनु हुन समेत जानकारी गराउन चाहान्छाैं ।

भूपू सैनिक एकता संघ नेपाल
कार्य समिति

मिति: २०७९ फागुन २८ गते आइतबार

Address

Kathmandu

Telephone

+9779841030719

Website

Alerts

Be the first to know and let us send you an email when भू पु सैनिक एकता संघ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भू पु सैनिक एकता संघ नेपाल:

Share

Category