हाम्रो लक्ष्य: “नेपालमा नै मर्यादित जीवन जिउने वातावरण बनाउनेछौं।”
नेपालको राजनीति झन जटिल अवस्थामा पुगेको छ। दल र नेताहरुले नागरिकलाई पटक पटक निराश बनाएका छन् भने राजनीतिक बेइमानीले सबै हद पार गरिसकेको अवस्था छ।
आजको आवश्यकता आम नागरिकको स्वन्तन्त्र, सम्मानित र संवृद्ध जीवन जिउने आकांक्षा पूरा गर्न सक्ने राजनीतिक सङ्गठन र नेतृत्व हो। यसको निम्ति सुसंस्कृत राजनीति र नैतिकवान राजनीतिज्ञहरु अपरिहा
र्य छन्। व्यवहारिक रुपमा लोकतान्त्रिक र कार्यकुशल सङ्गठन, समतामूलक नीति र जवाफदेही नेतृत्वले नै देशलाई राजनीतिक निकाश र नागरिकलाई विकाश दिनसक्छ।
तसर्थ, विवेकशील पार्टी निम्न कारणहरूले आफूलाई त्यो समयसापेक्ष राजनीतिक संस्कार सहितको परिवर्तनात्मक सङ्गठनको रूपमा स्थापित गर्दैछ।
१) मूल्यमान्यता र मुद्दामा आधारित राजनीति
२) आन्तरिक सहभागितामूलक लोकतन्त्र
३) ठगी, भ्रष्टाचार, महिला हिंसा, कुनै पनि विभेदप्रति शून्य सहनशीलता
४) हरेक कार्यमा पारदर्शिता अनि जवाफदेहिता
५) पदलाई जिम्मेवारी ठान्ने
६) अभियान अनि कार्यक्रमहरु सांकेतिक र पूर्ण रुपमा शान्तिपूर्ण
७) पार्टीको उच्च समितिमा ५०% महिला, संघीय समितिमा ३५.५५% महिला सहित ५३.३२% समावेशीताको सुनिस्चितता
८) एउटै कार्यकारी पदमा दुई कार्यकाल पछि न्यूनतम एक कार्यकाल विश्राम लिने, तर पार्टीको निर्वाचित अध्यक्ष दुई कार्यकाल पछि फेरी अध्यक्ष पदमा लड्न नपाउने (अरु पदमा पाउने) प्रावधान
९) पार्टीको राजनीतिक प्रस्थान विन्दु: सहभागितामूलक लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता
१०) विद्यालय, विश्वविद्यालय र अस्पताल भित्र राजनीतिक (भातृ) संगठनहरु नखोल्ने