National Sports Council, Nepal

National Sports Council, Nepal The National sports council of Nepal is the governmental authentic sports organization of Nepal.
(1)

04/09/2026

जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको बिदाइ ।

कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ । जापानको टोकियोस्थित विश्व सितोरियो करात...
04/09/2026

कराते टोलीले जापानमा हुने २० औं एसियाली खेलकुदको थप तयारी जापानमै गर्ने भएको छ । जापानको टोकियोस्थित विश्व सितोरियो करातेको मेन डोजोमा टोली सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षणरत रहने छ । एसियाडमा नेपालबाट सहभागी हुने २२ खेल मध्ये जापान पुग्ने कराते पहिलो टोली हो ।
टोकियोबाट कराते टोली एसियाडमा सहभागी हुन सेप्टेम्बर १७ तारिख नागोया पुग्ने छ । कराते सेप्टेम्बर २० देखि २३ तारिखसम्म हुनेछ ।
खेलाडीः पुरुष ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ, ८४ केजीमाथि तेन्जिङ शेर्पा, महिला ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ, एकल कातामा सानुमाया थिङ तथा टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बू ।
प्रशिक्षकः कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ ।
टोलीलाई सफलताको शुभकामना दिदै माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमालस्थलमा बिदाइ गर्नु भयो ।

१५ दिन बाँकी |२०औं एसियाली खेलकुद, आइची-नागोया २०२६
04/09/2026

१५ दिन बाँकी |
२०औं एसियाली खेलकुद, आइची-नागोया २०२६

एसियाडमा एथलेटिक्स🇳🇵�
04/09/2026

एसियाडमा एथलेटिक्स🇳🇵�

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेता सम्पुर्णलाई बधाई ।
04/09/2026

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेता सम्पुर्णलाई बधाई ।

एसियाडमा स्क्वास🇳🇵
03/09/2026

एसियाडमा स्क्वास🇳🇵

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले उमेर हदका कारण सेवा निवृत हुनु भएका कर्मचारीलाई बिदाइ गर्नु भयो ।...
03/09/2026

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले उमेर हदका कारण सेवा निवृत हुनु भएका कर्मचारीलाई बिदाइ गर्नु भयो ।
नायब वरिष्ठ प्राविधिक अधिकृत राजु श्रेष्ठ, प्रशासकीय अधिकृत रामकृष्ण घिमिरे (अधिकृत तृतीय) कराते प्रशिक्षक छोनाम लामा (अधिकृत तृतीय) र कराते प्रशिक्षक विजयसुन्दर सैजु (अधिकृत तृतीय) लाई बिदाइ गरिएको हो ।

एम्पुटी फुटबल खेलाडी एलिना श्रेष्ठ र पूजा विकले फ्रान्सको एनिसमा सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने अन्तर्राष्ट्रिय महिल...
03/09/2026

एम्पुटी फुटबल खेलाडी एलिना श्रेष्ठ र पूजा विकले फ्रान्सको एनिसमा सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने अन्तर्राष्ट्रिय महिला एम्पुटी फुटबल क्याम्पमा सहभागिता जनाउनु हुनेछ । उहाँहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बिदाइ गर्नु भयो ।

क्यानोइङ खेलाडी विजय माझीले जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षण थाइल्यान्डमा गर्नु हुने भएको छ । प्रशि...
02/09/2026

क्यानोइङ खेलाडी विजय माझीले जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षण थाइल्यान्डमा गर्नु हुने भएको छ । प्रशिक्षणका लागि उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र महेताले बिदाइ गर्नु भयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण ...
02/09/2026

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न, बूढानीलकण्ठ नगरपालिका खेलकुदमैत्री पालिका बनाउने अभियानलाई मूर्त रुपमा दिन विभिन्न खेलका पूर्वाधार बनाउन, खेलकुदका विभिन्न गतिविधिहरुमा आपसी सहयोग गर्न, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग र समर्थन गर्नेलगायतका विषयमा सम्झौता भएको छ ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहता, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र वडा ४ का अध्यक्ष श्रीराम केसीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।

Address

Tripureshwor
Kathmandu

Telephone

+97715362079

Alerts

Be the first to know and let us send you an email when National Sports Council, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Sports Council, Nepal:

Shortcuts

Share