Gopal Rokaya - जिताउ आभियान

Gopal Rokaya - जिताउ आभियान Vote For Gopal Roaya

वैशाख शुक्ल पूर्णिमा एवं बुद्ध जयन्तीको     हार्दिक मंगलमय शुभकामना 🙏
01/05/2026

वैशाख शुक्ल पूर्णिमा एवं बुद्ध जयन्तीको
हार्दिक मंगलमय शुभकामना 🙏

Strawberry 🍓
24/04/2026

Strawberry 🍓

लोकतन्त्र दिवस २०८३ को शुभकामना 🙏🏼
24/04/2026

लोकतन्त्र दिवस २०८३ को शुभकामना 🙏🏼

चिन्तानै चिन्ताको राजनिति ☺️  हिमा गाउपालिका
23/04/2026

चिन्तानै चिन्ताको राजनिति ☺️

हिमा गाउपालिका

दुःखद खबर हार्दिक श्रद्धाञ्जली शोकाकुल परिवारजनमा गहिरो समवेदना।🥲
20/04/2026

दुःखद खबर
हार्दिक श्रद्धाञ्जली शोकाकुल परिवारजनमा गहिरो समवेदना।🥲

धैर्यताको बाद  फुटेको महसुस भएको यो जीवन मा आशाका किरण भने पलाएका छन । पार्टिको इमानदार सिपाही म इमानदारीताको पनि कहि कत...
20/04/2026

धैर्यताको बाद फुटेको महसुस भएको यो जीवन मा आशाका किरण भने पलाएका छन । पार्टिको इमानदार सिपाही म इमानदारीताको पनि कहि कतै मुल्याङ्कन गरिन्छ होला ।

मेरो प्रिय गाउँ मोफ्ला🙏जहाँ माटोको सुगन्धमा एकता बस्छ, जहाँ मान्छेबीचको सम्बन्ध राजनीति भन्दा माथि हुन्छ। फरक विचार, फरक...
19/04/2026

मेरो प्रिय गाउँ मोफ्ला🙏
जहाँ माटोको सुगन्धमा एकता बस्छ, जहाँ मान्छेबीचको सम्बन्ध राजनीति भन्दा माथि हुन्छ। फरक विचार, फरक दल र फरक धार भए पनि हाम्रो मन एउटै धड्कनमा जोडिएको छ—सामाजिक सद्भाव, आपसी सम्मान र सहकार्यको।
मोफ्लाको शक्ति कुनै एक नेतामा होइन, यहाँका जनताको चेतना, मेलमिलाप र सहिष्णुतामा छ। हामी बहस गर्छौं, तर फुट्दैनौं; हामी प्रतिस्पर्धा गर्छौं, तर वैर राख्दैनौं। यही नै हाम्रो पहिचान हो, यही नै हाम्रो बल।
आउनुहोस्, राजनीतिक भिन्नतालाई द्वन्द्व होइन, विकासको मार्ग बनाऔं। सामाजिक सद्भावलाई अझ बलियो बनाउँदै मोफ्लालाई उदाहरणीय, समृद्ध र आत्मनिर्भर गाउँ बनाउने अभियानमा सबैजना एकजुट बनौं।

गोपला रोकाया—श्रम, उत्पादन र आत्मनिर्भर जीवनको मूल मन्त्रलाई व्यवहारमा उतार्ने एक सशक्त पात्र। सिंहदरबारदेखि गाउँको भुइँ...
19/04/2026

गोपला रोकाया—श्रम, उत्पादन र आत्मनिर्भर जीवनको मूल मन्त्रलाई व्यवहारमा उतार्ने एक सशक्त पात्र। सिंहदरबारदेखि गाउँको भुइँसम्मको नेतृत्वमा उहाँले आफूलाई अब्बल साबित गर्नुभएको छ। अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य हुँदै जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिसम्मको यात्राले उहाँको संघर्ष, प्रतिबद्धता र नेतृत्व क्षमतालाई उजागर गर्छ। विद्यार्थी आन्दोलनका अग्रपंक्तिमा उभिएर न्याय, अधिकार र परिवर्तनका लागि आवाज उठाउने उहाँको साहस वास्तवमै प्रेरणादायी छ। श्रममा सम्मान, उत्पादनमा विश्वास र आत्मनिर्भर जीवनप्रतिको उहाँको दृष्टिकोण आजको समाजका लागि उदाहरणीय मार्गदर्शन बनेको छ।

आशा र आस्था पार्टि प्रति अझै उस्तै छ ।
18/04/2026

आशा र आस्था पार्टि प्रति अझै उस्तै छ ।

उम्मेदवारी सत प्रतिसत:हिमा गाउँपालिक वडा न-३,मोफ्लामा जन्मिएका गोपाल रोकायाले आउदो २०८४ सालको स्थानिय निर्वाचन लाइ लक्षि...
17/04/2026

उम्मेदवारी सत प्रतिसत:
हिमा गाउँपालिक वडा न-३,मोफ्लामा जन्मिएका गोपाल रोकायाले आउदो २०८४ सालको स्थानिय निर्वाचन लाइ लक्षित गर्दै हिमा गाउपालिकाको अध्यक्ष पदको लागि आफ्नो उमेदवारी दिने युवा माझ घोषणा गर्नु भएको छ । रोलायाले,२०६२/६३ को जन-आन्दोलन देखि नै नेकपा माओवादी केन्द्रमा आबद्ध भइ जनताको पक्षमा काम गर्दै आउनु भएका छ। २०६४ सलमा अखिल क्रान्तिकाकारी जुम्लाको अध्यक्ष समेत भएका भएर काम गरिसकेका रोकाया सत्रौ राष्ट्रिय सम्मेलन बाट माओवादी केन्द्रको केन्द्रिय सदस्य समेत हुनु भएको हो। रोकाया,संग २०६५ सालमा जुम्ला बहुमुखी क्याम्पसको स्वबियू सभापति भएर समग्र क्याम्पसको शैक्षिक स्तर परिवर्तन गरेको अनुभव समेत छ। त्यसपछि,२०६८ सालामा नेपाल सरकारको भौतिक योजना राज्य मन्त्री श्री देबि खड्का ज्यूको प्रमुख स्वकीय सचिब हुँदै ,बि.स २०६९/७० सालमा स्थानिय बिकास तथा पुननिर्माण मन्त्रालयमा पुर्व मन्त्री श्री. टोप बहादुर रायमाझीको प्रमुख स्वकीय सचीव समेत भएर काम गएको अनुभव छ।क्रान्ति को परिकल्पना नै परिवर्तनको जग हो भन्ने धारणा भएका रोकाया २०७० सालपछि उपल्लो तहका नेताहरूको चाकडी नगएका कारण पार्टीबाट उपयुुक्त स्थनामा नपेरका आन्दोलनका महान योद्धा हुन । शान्त ,सरल , मिजासिलो र मलिन स्वभावका रोकाया विभिन्न क्षेत्रमा काम गर्दाका अनुभव लाइ पुर्ण रुपमा बटुलेको जानकारी गर्नु हुन्छ । परिवर्तन नै बिकास हो बिकासले जनजीवनमा महत्वपुर्ण भुमिका खेल्छ भन्ने हेतुका रोकायाले जुम्लाको शैक्षिक क्षेत्रको परिवर्तन र अध्ययनको व्यवस्थापनमा पनि उत्तिकै महत्व दिनु भएको छ । गणतन्त्रका प्रति विम्ब भए पनि बिद्रोह लाइ भन्दा पनि क्रन्तिलाइ प्रथामिकमा राख्ने रोकायाले हाल कृषिमा क्रान्ति गरिरहेका छन।रोकाया, सबै भन्दा ठुलो कृषि र उत्पादनलाइ प्राथमिकता दिएर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने एक असल उदहारणिय कृषि ब्यबसायी हुन। कृषि उत्पादनलाइ बजार व्यवस्थापन गरि उत्पादनलाइ निर्यात गरेर कृषकलाई प्रोत्साहित गर्न सकियो भने गाउ-घरमै युवा लाइ रोजगारी सृजना गर्न सकिन्छ भन्ने धारणा रोकायाले राख्नुहुन्छ। सामाजिक कार्य र बिकास निर्माणमा महत्वदिने रोकायले राजिनिति लाइ पदिय लाभ भन्दा पनि परिवर्तन को प्रतिविम्ब मान्ने गर्दछन।आफू आत्मनिर्भर बन्यो भने मात्र समाजलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने मान्यता रोकायाको छ। प्रचलित राजनिति लाइ भन्दा क्रन्तिलाइ परिवर्तनको आस्था राख्ने रोकाया किसान ,युवा र समाजका जेष्ठ नागरिक सग प्रत्यक्ष जोडिएर हिमाको समग्र बिकास लाइ अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा जुटेका छन। राजनितीलाई कृषि संग जोडेर आफ्नो मन्त्रालय देखि काम गरेको अनुभलाइ समेटेर समग्र हिमाको बिकास, सुशासन र समग्र हिमा गाउँपालिकालाइ समृद्धिको बाटोला लैजानका निमित्त यसपालि हिमा गाउँपालिकाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने कुरा रोकायाले जानकारी गराउनु भएको छ।

राजनितिलाइ कृषि सग जोड्ने योद्धा    गोपाल रोकाया
17/04/2026

राजनितिलाइ कृषि सग जोड्ने योद्धा
गोपाल रोकाया

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Gopal Rokaya - जिताउ आभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share