Dhamala Sewa Samaj

Dhamala Sewa Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhamala Sewa Samaj, Social service, Kathmandu.

धमलाहरूको उद्गम थलो अछाममा धमाला सेवा समाजको नयाँ नेतृत्व: अध्यक्षमा जग प्रसाद (जीवन)तुर्माखाँद, अछाम धमला जातिहरूको ऐति...
07/03/2026

धमलाहरूको उद्गम थलो अछाममा धमाला सेवा समाजको नयाँ नेतृत्व: अध्यक्षमा जग प्रसाद (जीवन)
तुर्माखाँद, अछाम धमला जातिहरूको ऐतिहासिक उद्गम स्थल मानिने सुदूर पश्चिम जिल्लाको तुर्माखाँद गाउँपालिका-८, धमालीमा धमाला सेवा समाजको नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। समाजको विधान र मर्मलाई आत्मसात् गर्दै अछामको सांगठनिक संरचनालाई नयाँ उचाइ दिन नयाँ नेतृत्व चयन गरिएको हो।
धमाला समुदायका जुझारु व्यक्तित्व जग प्रसाद धमाला (जीवन) को अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। यसअघि छत्र प्रसाद धमालाको अध्यक्षतामा रहेको जिल्ला कार्यसमितिलाई पुनर्गठन गरी नयाँ जोस र जाँगरका साथ यो टोली निर्माण गरिएको हो।
सुदूर पश्चिम प्रदेश संयोजक इन्द्र प्रसाद धमालाका अनुसार, यो गठन प्रक्रिया धमाला सेवा समाजको मौजुदा विधान बमोजिम सम्पन्न भएको हो। संस्थालाई थप चलायमान बनाउन र जिल्लाभर छरिएर रहेका धमाला बन्धुहरूलाई एउटै सूत्रमा बाँध्नका लागि नेतृत्व पुनर्गठन गरिएको जानकारी संयोजक धमालाले दिनुभयो।
धमला समुदायको पुर्ख्यौली पहिचान र ऐतिहासिक विरासत बोकेको धमालीमा भएको यो भेलाले विशेष महत्व राख्दछ। नवनिर्वाचित समितिले मुख्यतया निम्न लक्ष्यहरू राखेको छ:
1. एकता: जिल्लाभर रहेका धमाला बन्धुहरूलाई एकीकृत गर्ने।
2. संस्कार जगेर्ना: कुल परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्ने।
3. सामाजिक विकास: स्थानीय स्तरमा सामाजिक सेवा र विकासका कार्यहरूमा सक्रिय भूमिका खेल्ने।
ऐतिहासिक थलोबाटै नयाँ नेतृत्व चयन हुनुले देशभर रहेका धमाला समुदायमा सकारात्मक सन्देश प्रवाह भएको र यसले पुर्ख्यौली पहिचानलाई संस्थागत गर्न कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ।

🚩 ऐतिहासिक अभियानमा ऐक्यबद्धता: धमाला सेवा समाजको कृतज्ञता!धमला वंशको गौरवशाली इतिहास, संस्कार र पहिचानलाई भावी पुस्तासम...
21/02/2026

🚩 ऐतिहासिक अभियानमा ऐक्यबद्धता: धमाला सेवा समाजको कृतज्ञता!
धमला वंशको गौरवशाली इतिहास, संस्कार र पहिचानलाई भावी पुस्तासम्म जीवन्त राख्न सञ्चालित "बृहत वंशावली संकलन तथा अभिलेखीकरण" अभियानमा प्राप्त भइरहेको निस्वार्थ सहयोगले हामीलाई थप उर्जा प्रदान गरेको छ।
यस महान् कार्यमा आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै आदरणीय श्री कृष्ण धमालाज्यू (स्थायी ठेगाना: तुर्माखाँद गाउँपालिका-०८, अछाम, हाल: कृषि प्राविधिक/सहायक, लिखु गाउँपालिका, नुवाकोट) ले रु. ५,५०५/- (अक्षरुपी: पाँच हजार पाँच सय पाँच मात्र) आर्थिक सहयोग प्रदान गरी एउटा उदाहरणीय अभिभावकत्व प्रस्तुत गर्नुभएको छ।
उहाँको यो उदार हृदय र समाजप्रतिको समर्पणका लागि धमला सेवा समाज परिवार हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ ।
🤝 तपाईंको सानो सहयोग, हाम्रो साझा गौरव!

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण धमाला बन्धुहरूलाई यस ऐतिहासिक तथा पवित्र अभियानमा सहभागी भई आफ्नो गच्छे अनुसार सहयोग गरिदिनुहुन हामी विनम्र अपिल गर्दछौँ।
सहयोगका लागि बैंकिङ्ग विवरण:
• बैंक: प्राइम कमर्सियल बैंक लि. (कोटेश्वर शाखा)
• खाताको नाम: Dhamala Sewa Samaj
• खाता नम्बर: ०१०५७५०५१८४२४००२
• (अथवा कमेन्ट बक्समा रहेको QR Code स्क्यान गरी सहयोग गर्न सक्नुहुनेछ)
थप जानकारीका लागि सम्पर्क:
• नारायण धमाला (अध्यक्ष): ९८५१०२७२१५
• आदर्श धमाला (सदस्य): ९८४९६८२७२२
"विश्वभरि छरिएर रहेका सम्पूर्ण धमालाहरू एक हौं"
धमला सेवा समाज (Dhamala Service Society)
केन्द्रीय कार्यालय, काठमाडौँ

🚩 ऐतिहासिक अभियानमा ऐक्यबद्धता: धमला सेवा समाजको कृतज्ञता!धमला वंशको गौरवशाली इतिहास, संस्कार र पहिचानलाई भावी पुस्तासम्...
18/02/2026

🚩 ऐतिहासिक अभियानमा ऐक्यबद्धता: धमला सेवा समाजको कृतज्ञता!
धमला वंशको गौरवशाली इतिहास, संस्कार र पहिचानलाई भावी पुस्तासम्म जीवन्त राख्न सञ्चालित "बृहत वंशावली संकलन तथा अभिलेखीकरण" अभियानमा प्राप्त भइरहेको निस्वार्थ सहयोगले हामीलाई थप उर्जा प्रदान गरेको छ।
यस महान् कार्यमा आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै धमला सेवा समाज केन्द्रीय कार्यसमितिका सदस्य, समाजसेवी (सर्लाही, हाल भक्तपुर निवासी) आदरणीय श्री नवराज धमलाज्यू ले रु. ५,१००/- (अक्षरुपी: पाँच हजार एक सय मात्र) आर्थिक सहयोग प्रदान गरी एउटा उदाहरणीय अभिभावकत्व प्रस्तुत गर्नुभएको छ।
उहाँको यो उदार हृदय र समाजप्रतिको समर्पणका लागि धमला सेवा समाज परिवार हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ।
🤝 तपाईंको सानो सहयोग, हाम्रो साझा गौरव!
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण धमला बन्धुहरूलाई यस ऐतिहासिक तथा पवित्र अभियानमा सहभागी भई आफ्नो गच्छे अनुसार सहयोग गरिदिनुहुन हामी विनम्र अपिल गर्दछौँ।
सहयोगका लागि बैंकिङ्ग विवरण:
• बैंक: प्राइम कमर्सियल बैंक लि. (कोटेश्वर शाखा)
• खाताको नाम: Dhamala Sewa Samaj
• खाता नम्बर: ०१०५७५०५१८४२४००२
• (अथवा तल कमेन्ट बक्समा रहेको QR Code स्क्यान गरी सहयोग गर्न सक्नुहुनेछ।)
📞 थप जानकारीका लागि सम्पर्क:
• नारायण धमला (अध्यक्ष): ९८५१०२७२१५
• आदर्श धमला (सदस्य): ९८४९६८२७२२

"विश्वभरि छरिएर रहेका सम्पूर्ण धमलाहरू एक हौं"

धमला सेवा समाज (Dhamala Service Society)
केन्द्रीय कार्यालय, काठमाडौँ

पुस्तौँको इतिहास जोगाउने महा-अभियानमा अग्रजको आशिर्वाद!" 🙏✨धमला वंशको गौरवशाली इतिहास र पहिचानलाई भावी पुस्ताका लागि सुर...
13/02/2026

पुस्तौँको इतिहास जोगाउने महा-अभियानमा अग्रजको आशिर्वाद!" 🙏✨
धमला वंशको गौरवशाली इतिहास र पहिचानलाई भावी पुस्ताका लागि सुरक्षित राख्न सञ्चालित "बृहत् वंशावली संकलन तथा अभिलेखीकरण" अभियानमा हामीलाई एउटा ठुलो ऊर्जा प्राप्त भएको छ।
यस पवित्र कार्यका लागि समाजका ज्येष्ठ नागरिक, धादिङ्ग (हाल काठमाडौँ) निवासी ९९ वर्षीय आदरणीय व्यक्तित्व श्री बुद्धि प्रसाद धमलाज्यू बाट प्रथम सहयोग स्वरूप रु. २५,०००।- (पच्चिस हजार मात्र) प्राप्त भएको छ। ९९ वर्षको उमेरमा पनि आफ्नो वंश र समाजप्रति उहाँले देखाउनुभएको यो अगाध प्रेम, निस्वार्थ सहयोग र ममतामयी अभिभावकत्वले हामी सबैलाई उत्साहित बनाएको छ। उहाँको यो त्यागका लागि धमला सेवा समाज परिवार हृदयदेखि नै नमन गर्दै "हार्दिक धन्यवाद" ज्ञापन गर्दछ।
🚩 तपाईंको सानो सहयोग, हाम्रो साझा पहिचान!
यस ऐतिहासिक अभियानमा सहभागी हुन चाहनुहुने देश-विदेशमा रहनुभएका सम्पूर्ण धमला बन्धुहरूले निम्न विवरणमा आफ्नो इच्छाशक्ति अनुसारको सहयोग गरिदिनुहुन विनम्र अपिल गर्दछौँ:
🔹 बैंक: प्राइम कमर्सियल बैंक लि. (कोटेश्वर शाखा)
🔹 खाताको नाम: Dhamala Sewa Samaj
🔹 खाता नम्बर: ०१०५७५०५१८४२४००२
(वा तल Comment Box मा रहेको QR Code स्क्यान गरी सहयोग गर्न सक्नुहुनेछ )

थप जानकारीका लागि सम्पर्क:
📞 नारायण धमला (अध्यक्ष): ९८५१०२७२१५
📞 आदर्श धमला (सदस्य): ९८४९६८२७२२
"विश्वभरि छरिएर रहेका सम्पूर्ण धमलाहरू एक हौं"
धमला सेवा समाज (Dhamala Service Society)
केन्द्रीय कार्यालय, काठमाडौं

सम्पूर्ण  धमला दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार !धमला सेवा समाजको ११औँ वार्षिक साधारण सभा तथा गोठ धुप पूजा भोली २७ गते...
12/12/2025

सम्पूर्ण धमला दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार !
धमला सेवा समाजको ११औँ वार्षिक साधारण सभा तथा गोठ धुप पूजा भोली २७ गते शनिबार बिहान ८:३० बजे देखि सम्पन्न हुँदैछ। यस सम्बन्धमा सामाजिक सन्जाल मार्फत सूचना प्रकाशित गराइसकिएको छ। यद्यपि कुनै कारणवश सूचना नपुगेको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यो संदेश पुनः अवगत गराइएको हो।
कृपया साधारण सभामा तथा गोठ धुप पूजा मा सम्पूर्ण परिवार सहित अनिवार्य रूपमा उपस्थित भई सहभागिता जनाइदिनुहुन अनुरोध गर्दछौँ।

कार्यक्रम स्थल सम्म पुग्ने Location Map: 📍https://maps.app.goo.gl/DUGToLatcws3zWTm9

धमला सेवा समाज (परिवार)

Visit Google Maps to check out my real-time location. With the Google Maps App you can share your location with friends and family too.

यस समाजको ११औं वार्षिक साधारण सभा सम्बन्धी (पहिलो पटक प्रकाशित) सूचना !!!
30/11/2025

यस समाजको ११औं वार्षिक साधारण सभा सम्बन्धी (पहिलो पटक प्रकाशित) सूचना !!!

शुभकामना !
20/10/2025

शुभकामना !

सूचना ! सूचना !! सूचना !!!धमला सेवा समाज केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८१ सालको SEE परिक्षामा सर्वोत्कृष्ट अंक ...
04/08/2025

सूचना ! सूचना !! सूचना !!!

धमला सेवा समाज केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८१ सालको SEE परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक जना छात्र र एकजना छात्रालाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय भएकाले पुरस्कार आवेदन फारममा विवरण भरी पठाउनुहुन सम्बन्धित सम्पूर्ण धनन्जय गोत्री धमला भाई बहिनीहरुमा यसै सूचना साथ जानकारी गराउदछौ ।
फारम भर्न यहाँ Click गर्नुहोस ।
https://forms.gle/9EkFJn8XVHtdsD2j7

सूचना ! सूचना !! सूचना !!!धमला सेवा समाज केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८१ सालको SEE परिक्षामा सर्वोत्कृष्ट अंक ...
07/07/2025

सूचना ! सूचना !! सूचना !!!

धमला सेवा समाज केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८१ सालको SEE परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एक जना छात्र र एकजना छात्रालाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय भएकाले पुरस्कार आवेदन फारममा विवरण भरी पठाउनुहुन सम्बन्धित सम्पूर्ण धनन्जय गोत्री धमला भाई बहिनीहरुमा यसै सूचना साथ जानकारी गराउदछौ । विवरण नेपाली वा अंग्रेजी कुनै एक भाषामा भर्न सकिनेछ । यहाँहरुले पठाएको विवरणका आधारमा संचालक समितिको निर्णयअनुसार यहाँहरुलाई सम्पर्क गरिनेछ ।
फारम भर्न यहाँ Click गर्नुहोस ।
https://forms.gle/9EkFJn8XVHtdsD2j7

नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना !
14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना !

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dhamala Sewa Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhamala Sewa Samaj:

Share

Category