Nagarik App

Call Directions Website Contact the organization

Nagarik App All Government Services in One App

Download NagarikApp https://tny.ws/nagarikApp

26/08/2026
आदरणीय सेवाग्राही,सवारी चालक अनुमति पत्र (Driving License) अद्यावधिक गरिसक्नुभएको भए पनि नागरिक एपमा पुरानै विवरण देखिएक...
20/08/2026

आदरणीय सेवाग्राही,

सवारी चालक अनुमति पत्र (Driving License) अद्यावधिक गरिसक्नुभएको भए पनि नागरिक एपमा पुरानै विवरण देखिएको सम्बन्धमा गुनासाहरू प्राप्त भइरहेका छन्।

अद्यावधिक (Updated) विवरण नागरिक एपमा देखाउनका लागि कृपया सवारी चालक अनुमति पत्रको विवरण रहेको पेजमा तलतिर Pull/Swipe गरी Refresh गर्नुहोस्।

यदि Refresh गरेपछि पनि अद्यावधिक विवरण नदेखिएमा, कृपया सवारी चालक अनुमति पत्रलाई Unlink गरी पुनः Link गर्नुहोस्।

यसबाट तपाईंको अद्यावधिक सवारी चालक अनुमति पत्रको विवरण नागरिक एपमा देखिनेछ।

धन्यवाद।

31/03/2026

आदरणीय सेवाग्राहीहरू,
सिंहदरबारको डिजिटल गेट पास प्रणाली पुनः सञ्चालन सम्बन्धी सूचना

सिंहदरबार प्रवेशका लागि Nagarik App मार्फत उपलब्ध QR Code स्क्यान सुविधा प्रयोग गरी सहज रूपमा गेट पास सेवा लिन सकिन्छ।। २४ भदाैको आन्दोलनका क्रममा सिंहदरबारको गेटमा रहेका क्यूआर कोड स्क्यान गर्ने प्रणालीमा क्षति पुगेपछि अवरुद्ध भएको यो सेवा पुनः सञ्चालनमा आएको हो ।

🔹 कसरी प्रयोग गर्ने?
१. मोबाइलमा रहेको नागरिक एपमार्फत आफूले जान चाहेको मन्त्रालय वा कार्यालयका लागि गेट पास आवेदन दिने ।
२. सम्बन्धित मन्त्रालय वा कार्यालयको शाखाबाट उक्त आवेदन स्वीकृत (Approve) भएको सुनिश्चित गर्ने ।
३. सिंहदरबार प्रवेशद्वारमा पुगेर त्यहाँ उपलब्ध रहेको क्यूआर कोड नागरिक एपमार्फत स्क्यान गर्ने ।
४. स्क्यान गरेपछि प्राप्त हुने डिजिटल गेट पास सुरक्षाकर्मीलाई देखाएर भित्र प्रवेश गर्ने ।

आदरणीय नागरिकज्यूहरू,नमस्कार 🙏नागरिक एपमा भएका सेवाहरु सुधार तथा नागरिकको सन्तुष्टि मापन गर्ने उद्देश्यले Citizen Rapid ...
31/03/2026

आदरणीय नागरिकज्यूहरू,
नमस्कार 🙏

नागरिक एपमा भएका सेवाहरु सुधार तथा नागरिकको सन्तुष्टि मापन गर्ने उद्देश्यले Citizen Rapid Assessment Form (मूल्याङ्कन फारम) सञ्चालन गरिएको छ।

👉 कृपया केही मिनेट समय दिएर यो फारम भरी दिनुहोस्।
👉 तपाईंको प्रतिक्रिया हाम्रो सेवाको गुणस्तर सुधार गर्न अत्यन्त महत्वपूर्ण हुनेछ।

📌 फारम भर्ने लिंक: https://forms.gle/gdmxwNUBQ22Bzaon6
धन्यवाद।

Citizen Perception Rapid Assessment on the Use, Usability, Trust, and Effectiveness of the Nagarik App in Nepal नेपालमा नागरिक एपको प्रयोग, उपयोगिता, विश्वास र प्रभावकारिता सम्बन्धी ...

13/03/2026

सूचना

आदरणीय नागरिकहरूमा नमस्कार।

Nagarik App सम्बन्धी सेवा तथा सहयोगका लागि हेल्पडेस्क नम्बर ११०१ मिति २०८२ साल चैत ०१ गतेदेखि सञ्चालनमा आउने भएको छ। उक्त नम्बरमा कल गर्दा कुनै शुल्क लाग्ने छैन ।

हालसम्म प्राप्त भएका सबै फोन कलहरू उठाउन नसकिएकोमा हामी क्षमाप्रार्थी छौं। अब उप्रान्त नागरिक एप सम्बन्धी कुनै समस्या, जिज्ञासा वा सहयोग आवश्यक परेमा हेल्पडेस्क नम्बर ११०१ मा सम्पर्क गरी आवश्यक जानकारी तथा सहयोग प्राप्त गर्न सक्नुहुनेछ।

धन्यवाद।

03/03/2026

आदरणीय नागरिकहरू, नमस्कार।
यदि तपाईं पहिलो पटक नागरिक एपमा दर्ता (Registration) गर्दै हुनुहुन्छ भने, सर्वप्रथम आफ्नो सिम कार्ड आफ्नै नाममा दर्ता भएको छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नुहोस्।
सिम कार्ड जाँच गर्ने तरिका:

• यदि नमस्ते (नेपाल टेलिकम) को सिम भए 👉 *922 # डायल गर्नुहोस्।
• यदि एनसेलको सिम भए 👉 *9966 # डायल गर्नुहोस्।
डायल गरेपछि सिम कसको नाममा दर्ता छ भन्ने विवरण देखिन्छ।

⚠️ महत्वपूर्ण:
सिम कार्डमा भएको अङ्ग्रेजी नाम र नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा मतदाता परिचयपत्रमा भएको अङ्ग्रेजी नाम एउटै (Same Spelling) हुनुपर्छ अनि मात्रै दर्ता प्रक्रिया अघि बढ्छ।

यदि सिममा भएको अङ्ग्रेजी नाम र नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा मतदाता परिचयपत्रमा भएको अङ्ग्रेजी नाम एउटै (Same Spelling) नभएमा नजिकैको नेपाल टेलिकम वा एनसेल कार्यालयमा गएर नाम सच्याउनुहोस।

27/02/2026

Nagarik App सम्बन्धी जानकारी

नागरिकहरूले आफ्नो भोटर कार्डको विवरण एपमार्फत हेर्न तथा आवश्यक परेमा स्क्रिनसट (Screenshot) लिन सक्ने सुविधा उपलब्ध रहेको छ। यसको लागि नागरिक एप Version 2.0.91 Update अनिवार्य हुनुपर्छ।

🔹 एपमा लगइन गरी आफ्नो प्रोफाइलमा जानुहोस्।
🔹 “भोटर विवरण” / “Voter Card” सम्बन्धी सेवा चयन गर्नुहोस्।
🔹 विवरण हेरेपछि आवश्यक परेमा Screenshot लिन सक्नुहुन्छ।

स्क्रिनसट लिँदा व्यक्तिगत विवरण सुरक्षित राख्नुहोस्। अनधिकृत व्यक्तिलाई आफ्नो विवरण नदिनुहोला।

धन्यवाद।

08/02/2026

One Team, One Dream.

Well played Boys.

Address

Singhadurbar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nagarik App posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nagarik App:

Shortcuts

Share