Routine of No Not Again

Routine of No Not Again रास्ट्र परिवर्तनकालागी सक्षम र योग्यलाइ चुनाब जिताउने हाम्रो अभियान ।

01/11/2022

कि हामीलाई बिकल्प चाहिन्छ,
कि कसैलाई भोट हाल्दिन भन्ने सुबिधा चाहिन्छ ।

01/11/2022

साइकल त खानुभयो अब के को लागी भोट हजुर ?

कहि नभएको नाटक चलिराछ यो देशमा । ठगबन्धन १ का कुरा ।राजाबादी हलोवाला लिङ्देन भन्छन: राजा ल्याउने र हिन्दु राज्य बनाउने भ...
01/11/2022

कहि नभएको नाटक चलिराछ यो देशमा ।
ठगबन्धन १ का कुरा ।
राजाबादी हलोवाला लिङ्देन भन्छन: राजा ल्याउने र हिन्दु राज्य बनाउने भए गणतन्त्रबादी तथा धर्म निरपेक्षाबादी के पि ओलि (गफाडी), कमल थापा पदलोलुप र कृष्चियन पास्चर एकनाथ ढकाललाइ भोट दिनुस ।
के पि ओलि : अहिलेको गणतान्त्रीक ब्यवश्था जोगाउन राजाबादी लिङ्देनलाइ, चरम पदलोलुप कमल थापा, सम्बिधान बिरोधी तथा जातिय राजनिती गर्ने उपेन्द्र यादब र कृष्चियन पास्चर एकनाथ ढकाललाइ भोट दिनुस ।

ठगबन्धन २ का कुरा ।
देउवा: कङ्ग्रेसलाइ जिताउने भए हिजो हामिलाइ गाउँ गाउँ बाट लखेटेर घरबारबिहिन बनाउने र हजारौ कङ्ग्रेसीको हत्या गर्ने माओबादिको हसिया हथौडा र ठूलो भाग खोज्न पार्टी फुटाएको नैतिकहिन बिना ढेउवावाला माधब नेपालको कलमलाइ भोट हाल्नुस ।
प्रचण्ड: माओबादीलाई जिताउने भए हिजो जनयुद्दमा हजारौ माओबादिको हत्या गर्न लगाउने गाउका निहत्था जनताको पक्डाउ र हत्या गर्ने तत्कालिन सरकार प्रमुख देउवाको रुख र माधब नेपाललाई भोट हाल्नुस ।

हामी जनता भेडा हो कि तिमिहरुको गुलाम? कस्ले काहा के के लेन्देन गर्छ सबै बिर्षिएर जतिबेला जस्ले जाहा भन्यो खुरुक्क भोट हाल्ने? हाम्रो आफ्नो बिचार र बिवेक छैन? यस्पाली देखाइदिउ तिम्रो ठगबन्धन तिमिहरुमै सिमित राख जनताको गठबन्धन यस्पाली राम्रो ब्यक्ति र बिचार समुहलाइ जिताउने छ भनेर ।
हामी कसैका झोले आदेशपालक हैनौ भनेर देखाउने दिन मङ्सिर ४ ।
#मंसिर४

राजाको उधुम गुणगान गाउनुभयो, अहिले त्यतै धारेहात लगाउदै हुनुहुन्छ ।  हिजो जसको चर्को बिरोध गर्नुभयो, आज उसैको चुनावचिन्ह...
31/10/2022

राजाको उधुम गुणगान गाउनुभयो, अहिले त्यतै धारेहात लगाउदै हुनुहुन्छ । हिजो जसको चर्को बिरोध गर्नुभयो, आज उसैको चुनावचिन्हमा चुनाव लड्न लाग्दै हुनुहुन्छ ।

२०५२ देखि २०७४ सम्म ९ पटक देशको प्रमुख मन्त्रालय सम्हाल्नुभयो तर हामी जनताको अवस्था जस्ताको त्यस्तै नै रह्यो ।

तपाईको ढुलमुले राजनीतीलाई जोगाउनकै खातिर, अब तपाईलाई हामी जिताउन सक्दैनौ ।
यसपटक हामी हाम्रो भोट बदल्छौ ।

सत्तामा रहनका लागि मिल्ने ,देश बिकास गर्दा लडेको नाटक गर्न मिल्छ??
31/10/2022

सत्तामा रहनका लागि मिल्ने ,
देश बिकास गर्दा लडेको नाटक गर्न मिल्छ??

कहिले संविधानका मस्यौदा छ्लफल गर्न भन्दै, त कहिले प्रदेश भागवन्डा चित्त बुझेन भन्दै, विभिन्न बहानामा भारतीय नेताको शरण ख...
30/10/2022

कहिले संविधानका मस्यौदा छ्लफल गर्न भन्दै, त कहिले प्रदेश भागवन्डा चित्त बुझेन भन्दै, विभिन्न बहानामा भारतीय नेताको शरण खोज्दै हिड्ने तपाईहरु नेपाली जनताको नेता हो कि भारतीय नेताहरुको नेपाली एजेन्ट ?
अब हामीलाई उत्तर चाहिन्छ ।
तपाईहरुलाई हामीले कसरी विश्वास गर्ने ?
अब प्रश्न सोधौं, आफ्नो भोट बदलौं ।

तपाईले गरेका राम्राकाम हरु १) बालुवाटार जग्गा कान्ड २) अर्थ मन्त्री सङ राजधानी साट्नु भयो ३) बुटवल का सुकुम्बासी कान्डअब...
30/10/2022

तपाईले गरेका राम्राकाम हरु
१) बालुवाटार जग्गा कान्ड
२) अर्थ मन्त्री सङ राजधानी साट्नु भयो
३) बुटवल का सुकुम्बासी कान्ड
अब भयो अब पुग्यो

भ्रस्टचारमा पटक पटक मुसिएर काण्डै काण्डमा चुर्लुमै डुबेर जनताबाट जति तिरस्कार भएपनी कुर्षी मोहले कहिले नछोडेको निर्लज्ज ...
30/10/2022

भ्रस्टचारमा पटक पटक मुसिएर काण्डै काण्डमा चुर्लुमै डुबेर जनताबाट जति तिरस्कार भएपनी कुर्षी मोहले कहिले नछोडेको निर्लज्ज तपाइलाइ अब के को लागी भोट दिनु पर्ने हामिले ? अब हामिले भोट बदल्छौ । #मंसिर४

30/10/2022

#अनुरोध

=> पटक पटक असफल भएर पनि फेरी पनि सत्ता सम्हाल्न सक्छु भन्दै आउनेलाई नभनौ !

=>बृद्द भत्ता खाने उमेरमा युवालाई पन्छाउदै चुनाबमा होमिने बाहरुलाई नभनौ !

=>खुल्लमखुल्ला भ्रष्ट्राचार गरेर भोट माग्न आउने नेतालाई दोहोरो प्रश्न सोधेर उनीहरुलाई लज्जित नबनाउ !

=>बारम्बार जितेर नफर्कने नेतालाई जितेर के गर्नु भयो भनि सोधेर उनीहरुको मान प्रतिष्ठामा आच पुराउने काम नगरौ !

=>देश बिकासमा आफ्नो योजना के हो थाहा नभाकालाई जिते पछी के गर्नु हुन्छ भनेर नसोधौ !

=>बिदेशमा दिनरात पसिना बगाएपनी पालैपालो त्यहि नेताहरुले नै खाने बाताबरण बनाउन सहयोग गरौ !

=>ति नेताहरुका अन्धभक्त हरुलाई झोले भनेर कहिले पनि उनीहरुको मन नदुखाउ !

=>हाम्रा बाजेले जे भोगे, बुबाले त्यहि भोगे अनि हामिले पनि त्यस्तै भोग्न लाज नमानौ !

=>छोराछोरीलाई पनि देश जे सुकै होस तर आफ्नो सिद्धान्त भने छोड्नु हुन्न भनेर सम्झाउ !

=>हामि भन्दा पछाडी रहेका देश जति बिकास भए पनि अब त अति भयो भनेर नेता लाई गालि नगरौ !

=>राजनीति नै धर्म हो त्यसैले सबै दलका ठुला नेता जहिले जित्नुपर्छ भन्ने संस्कार को बिकास गरौ !

=>उनीहरुले जुनमा छाप लगाउन भन्छन खुरुखुरु मानौ तर यो त ठगबन्धन भनेर आफ्नो नेताको अपमान नगरौ !

स्थायित्वको लागि बहुमतको भोट मागेर प्राप्त गरिसकेपछी पनि व्यक्तिगत वा पार्टी स्वार्थले सर्वोच्च संसद भत्किएको हामीले देख...
30/10/2022

स्थायित्वको लागि बहुमतको भोट मागेर प्राप्त गरिसकेपछी पनि व्यक्तिगत वा पार्टी स्वार्थले सर्वोच्च संसद भत्किएको हामीले देखेका हौं ।
हामीलाई देश र बिकास प्रधान ठान्ने नेता चाहिएको हो । सार्वजनिक ठाँउमा कसैको खिसिट्युरी र दोहोरी कति असोभनिय होला ।
हामी फेरि त्यो सुन्न सक्दैनौ ।
यसपटक हामी हाम्रो भोट बदल्छौ ।

पुराना दलले घोषणा पत्र हैन माफीपत्र निकालेर जनतासग माफी माग्नुपर्छ ।      कङ्ग्रेस, एमाले, माओबादी, मधेसबादी सबै दल, एमा...
29/10/2022

पुराना दलले घोषणा पत्र हैन माफीपत्र निकालेर जनतासग माफी माग्नुपर्छ ।
कङ्ग्रेस, एमाले, माओबादी, मधेसबादी सबै दल, एमालेको फुट समाजबादि र पुराना राप्रपा का बरिष्ठहरु जस्ले पटक पटक सत्ता र सक्तिमा मोज गरेर ढिकुटी खोक्रो बनाएर सम्पुर्ण जनतालाइ आजित पारे तिनले घोषणा र प्रतिबद्दता पत्र हैन यस्पाली जनता सामु माफी पत्र तयार गरि प्रायस्चित गरून् । कोहि नपाए जसरी अब उप्रान्त तिनै भ्रस्ट र नालायक पात्रकै अनुहार देखाएर जनतासग पुन: मत माग्न आउदैनौ भनेर कसम खाउन ।
हामी जनतालाई बक्लोल र गुलाम जसरि ब्यावहार नगर्न सबै भ्रस्ट र गफाडि नालायक नेताहरुलाइ बिनम्र अनुरोध गर्दछौ ।

Address

Kathmandau
Kathmandu

Telephone

+9779824348064

Website

Alerts

Be the first to know and let us send you an email when Routine of No Not Again posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category