23/10/2021
गाऊँ समाज बाटो ले ल्याएको बिकासले परिबर्तन कि परिवार परिबर्तन हुदै जानु भयो ?
यस्को फाइदा समाजका ब्याक्तिले लिनु भएको छ की ? ब्यापारिले स्वर्णिम फाइदा लिनु भएको छ ?
सामान्य भाषामा केहि दसक अगाडी फर्कने हो भने दुबै परिबर्तन जस्तै देखिन्छ |
दुबै पक्षले फाइदा लिनु भएको देखिन्छ |
उसताका मजुवा ,हटिया ,वा त्यो भन्दा टाढा बिरबास,गौडाकोट हाम्रो बजार थियो | खाली खुट्टा सक्नेले काँपे चप्पल पड्काउदै गयो तनो चुडे पोट्वाको रसि ले अड्कायो | हिँउद बर्खा ढाड बांगो हुन्जेल खेप फाल्नु पर्थ्यो | त्यसमा पिंडा थियो | नगद पैसा बिरल्लै हुन्थ्यो | गाऊँ मा अर्मपर्म ऐंचोपैंचो सामान साटासाट चल्ने गर्थ्यो | बिरल्लै लाहुरे वा कर्मचारी हुनुहुन्थ्यो | तनखा आउन समय लाग्थ्यो | ब्यापारीलाई प्राय थाहा थियो | कस्को कुनबेला पैसा आउछ र समय मै तिर्छ | या कस्ले ज्यामी मजदुरी गरेर पैसा तिर्छ | यो बिच ब्यापारीले गर्ने ब्यबहार भिन्नता थियो | रोजेको सामान ल्याउन गाऱ्हो थियो | ब्यापारिले नै यो लैजा सस्तो छ वा पैसा तिर्न सक्दैनस धेरै उधारो दिन सक्दिन प्वाक्क भनिहाल्थे | कहिले त चाहेको सामन नदिदा मुटु पिरो बनाएर फर्कन पर्थ्यो तेत्रो बाटो धाएर मनिलो बनेर फर्कन पर्ने ! यो त एक किसिमको बिडम्बना नै थियो | सामानको भाऊ मान्छे पिच्छे फरक र केहि मनोमानी खातामा लेख्ने ब्याज जोडीदिने यस्ता कैयौ कष्ट थिए | सबै बताउदा बिवादित पनि होला !
अहिले बाटो टोल टोल घर घर पुगेको छ | घर बाट फोन गऱ्यो ब्यापारिले जीपमा सामान घरै ल्याइदिन्छन |
केहि अपबाद छोडेर पैसाका बिटा नभित्रिने घर छैनन् | ब्याक्तिगत दैनिकी देख्दा परिबर्तन को बाढी नै आएको छ | ब्यापारीले सामानको बिल थमाउछ | कुन सामान कति मा आयो खासै चासो छैन | जम्मा टोटल कति भयो ? मोबाइल बाटै पैसा खातामा टान्सफर गरे भैगो एकै पुस्तामा हामी कैयौ परिबर्तन भएका छौ |
त्यो बेलाको ऐंचो पैंचो अर्मपर्म , मानमर्यादा , एकता , कला संस्कृति , परम्परा , बिस्थापित ,दुखले आर्जेको अनेकौ अन्न उत्पादन हुने प्रिय जमिन , टाढा को पँधेरा को पानी , ढुङ्गा माटो , खर वा छाने ढुंगा बाट तैयार गरेका संरचना यस्ता कैयौ मानवीय कुरा केहिले नया स्वरूप पाए होलान | अन्य के भए ? एकफन्को गाऊँ को कल्पना गरे पुग्छ 😥|
मै यस्तै गाऊँ टुहुरो बनाउने मा पर्छु | अरूले आफै कल्पना गर्नुस ……
मैले प्रसंग मेट्छु , बजेट आयो बिकासका काम पनि भए यस पछि रोजगार हरायो | बिकासले बैदेसिक रोजगारी बढायो | पैसा छ्यालब्याल भयो | पैसाको महत्व बुझेर रोजगार मुलक काममा खर्च गरिएन | बिस्थापित र बिलासी बनियो | अर्को पुस्ता पनि बैदेसिक रोजगारी हामीले नै बनाइरहेका छौ | तराईका खेती योग्य जमिन घरै घरको जंगल बन्यो | गाऊँ को खेतीयोग्य जमिन जंगल बन्यो चाहिने भन्दा नचाहिने बुटाहरूले ढाक्यो | मान्छे बिस्थापित, बिलासी बन्नु , खेती गर्न छोड्नु , बाटो घुम्ति पर्दै जानु , पानीका श्रोत दिने बुटाहरू मास्सिनु,पोखरीहरू मास्सिनु , बढ्दो सवारी साधन ले जलबायु परिबर्तन यस्तै केहि हाम्रा गल्तीले गाऊँ का मूल ९५% हराए यस्तै यावत कुरा हराउदै गए |
अब घोरिएर सोचौ ! बिकास ले सामाज परिबर्तन गऱ्यो ? परिबर्तन हामीले बुझ्यौ ? या ब्याक्ति हरू अन्धाधुन्ध परिबर्तन भए ? प्रकृति ले अब आउने पुस्तालाई के गर्दैछ ? 🤔😥🙏💐