निष्ठाकाे चाैताराे

निष्ठाकाे चाैताराे स्वार्थ बिहीन राष्ट्र सेवा राष्ट्र सेवा

06/02/2022
राजा महेन्द्रकाे फाइल फाेटाे
22/01/2022

राजा महेन्द्रकाे फाइल फाेटाे

10/12/2021

ेपाली काँग्रेसको १४ औं महाधिवेशन विशेष बहसराजनीतिकर्मी तथा सामाजिक अभियन्ता सिरोज विजय कोईरालाका साथ२४ मंस.....

08/12/2021

पुरञ्जनको अंकगणित : शेखरलाई साझा उम्मेदवार बनाए पहिलो राउण्डमै देउवा हार्छन् || Puranjan AcharyaSubscribe To Our Channel:https://www.youtube.com/channel/UC1e...

15/10/2021

या देवी सर्वभूतेषु.. शक्तिरूपेण संस्थिता:
नमस्तस्यै.. नमस्तस्यै.. नमस्तस्यै नमो नम:
ॐ जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते !

सबैमा भगवतीकाे कृपा रहाेस

१९९० काे नेपालकाे पहिलाे SLC परिक्षा ।
29/08/2021

१९९० काे नेपालकाे पहिलाे SLC परिक्षा ।

08/08/2021
टाइम टाइमकी बात हे ।
22/06/2021

टाइम टाइमकी बात हे ।

मान्छे चिन्नुहुन्छ ।
22/06/2021

मान्छे चिन्नुहुन्छ ।

हेर्नै पर्ने अन्तर्वार्ता
27/05/2021

हेर्नै पर्ने अन्तर्वार्ता

'अर्काकाे सासंद चाेरर प्रधानमन्त्री बन्न पाइदैन्' | Sarokar With Nimesh Banjade | 25 May 2021This program was aired on Kantipur Television on 25 May 2021 at ...

-करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो - जनताले हात उठाएनन् !-सर्प पाल्ने नाममा झलनाथ खनालल...
29/10/2020

-करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो - जनताले हात उठाएनन् !

-सर्प पाल्ने नाममा झलनाथ खनालले नगरपालिकादेखि केन्द्र सरकारसम्मबाट बारम्बार करोडौं रुपियाँ लिँदै आउनुभएको छ- जनताले हात उठाएका छैनन् ।

-सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा तपाईंहरू पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन व्यस्त देखिनुभो - जनताले हात उठाएनन् ।

-आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित रहे । सधैँ कोभिड़भन्दा ठूलो मुद्दा बामदेव रहे - र पनि जनताले हात उठाएका छैनन् ।

-मच्छिन्द्रनाथको रथ जात्रालगायतका धेरै धार्मिक-सांस्कृतिक कार्यक्रममाथि रोक लागे पनि सयौंको भीड़ जम्मा गरेर पार्टी प्रवेश गर्न, उद्घाटन गर्न, राष्ट्रपति भवनमा पार्टीका नेतालाई भोज दिन कुनै कानुनले छेकेको छैन - तर जनताको हात यहाँ पनि उठेको छैन ।

-नक्कली सुकुम्बासी बनेर राज्यकोष चुस्ने विष्णु पौडेलहरूलाई नै कारबाहीको साटो निर्लज्ज रूपमा राज्यकोषको चाबी थमाइएको छ - फेरि पनि जनताले हात उठाएका छैनन् ।

-विदेशी माटोमा अलपत्र मजदुरलाई बीस हजारको हवाइ भाड़ा सत्तरी हजारमा बेचियो, कवारेन्टीनको नाममा होटेलसँग कमिशनको डिल भयो र ती निमुखाको रगत चुस्ने काम भयो । अझै पनि कति धेरै नागरिक बेख़र्ची भएर अलपत्र छन् - खै कतै कसैले हात उठाएका छैनन् ।

-सेनाको नाम बेचेर ओम्नीकै सामान ल्याइएपछि सेना मेडिकल सामग्री आयातबाट पछि हट्न बाध्य भयो । अरबौं ख़र्चेर ल्याइएका सामग्री नक्कली निस्किए । रक्षामन्त्री नै फेर्नुपर्ने अवस्था आयो - तर पनि जनताको हात उठेको छैन ।

-किसानले मल पाएनन् । उत्पादन गरेर जीविका चलाउनेले बजार पाएनन् । दैनिक ज्यालामजदूरी गरेर पेट पाल्नेहरू सड़कमा एक छाक खानाका लागि लाइन लागे । कति धेरै नागरिकले उपचार पाएनन् र एम्बुलेन्समैं हस्पिटल चहार्दै ज्यान गुमाए । बोर्डरमा आएर पनि आमाको किरिया बस्न देश छिर्न पाएनन् । अहिले भेन्टिलेटर कहीँ कतै खाली छैन, दिनहुँ कतिले ज्यान गुमाउँदै छन् । न आर्थिक सहयोग, न कर छुट, न कुनै सुविधा । सक्ने बाँच, नसक्ने जति मर जस्तो अवस्था छ । खै त जनताको हात उठेको छैन !

ए सरकार !
आज आएर कसरी अचानक तिम्रो मात्र हात उठ्यो ? महामारी व्यक्तिगत समस्या होइन । यो देशको जिम्मेबारी हो । चरम पूँजीवादी देशले समेत हात उठाउन सकेका छैनन् भने आफूलाई समाजवादी दाबी गर्ने तिम्रो हात एक्कासि कसरी उठ्यो ?

राजश्वले धानेन भनेर मन्त्री, सांसद, सल्लाहकार या कर्मचारीको सङ्ख्या घटेको छैन । तिनको तलबभत्ता, तामझाम र भ्रष्टाचार घटेको छैन । भूकम्प गए सबैभन्दा पहिले त्रिपाल तिनैले पाउँछन्, कोभिड़मा हप्तामैं दुई पल्ट तिनले पिसीआर गर्न पाउँछन् । भान्जाभान्जीलाई जागीर चाहिए तत्काल नयाँ आयोग बन्छ, नियुक्ति हुन्छ ।

आफू मात्रै चुस्ने, मोटाउने र डकार्ने तर आम जनताको जीवनमरणको सवाल आउँदा हात उठाउने तिमीलाई म मेरो सरकार कसरी भनूँ ? तिम्रा ओम्नीदेखि यति ग्रुपसम्म पाल्नकै लागि मैले पेट काटेर कर किन तिरूँ ?
भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?

नारायन गाउले

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when निष्ठाकाे चाैताराे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

खेमराज पौडेल सचिवालय

जय नेपाल ! रुख चिन्हमा मतदान गरौं । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार खेमराज पौडेललाई अत्याधिक मतका साथ विजयी गराऔं ।

-खेमराज पौडेल प्रतिनिधिसभा सदस्यका उमेद्वार कास्की क्षेत्र नं. २

#सम्पर्क नम्बरः 9851113777, 9856030337, न्यूरोड, पोखरा