नागरिक उन्मुक्ति पार्टी नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • नागरिक उन्मुक्ति पार्टी नेपाल

नागरिक उन्मुक्ति पार्टी नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नागरिक उन्मुक्ति पार्टी नेपाल, Political Party, Kathmandu.
(1)

"भौगोलिक–साँस्कृतिक पहिचानसहितको संघीयता र समुदाय–आधारित समाजवादका लागि समर्पित — नागरिक उन्मुक्ति पार्टी नेपाल।"

नागरिक उन्मुक्ति पार्टी नेपालको आधिकारिक फेसबुक पेज। २०६२/६३ को जनआन्दोलनले नेपालबाट २४० वर्ष भन्दा पनि पुरानो राजतन्त्रको अन्त्य मात्रै गरेन संविधानसभा, गणतन्त्र, संघीयता, स्वतन्त्रता तथा अधिकारको निम्ति एउटा नयाँ आयामको स्थापना पनि गर्यो । तत्पश्चातः समय समयमा भएको मधेश आन्दोलन, थरु

हट आन्दोलन तथा राज्यका विभिन्न जातजातीबाट भएका आन्दोलनहरुले पहिचान तथा अधिकारको मुद्दालाई सुनिश्चित गर्न संघर्ष मात्र गरेन,राज्यबाट सदा पीडित महिला, जनजाति, दलित, थारु, मधेसी तथा अरु सबै पिछडीएका वर्गहरुको समेत प्रतिनिधित्व हुने गरी नेपाली जनताले चुनेको नेपाली जनताकै प्रतिनिधिबाट नयाँ संविधानमा यी विषयहरुको समावेशिताको लागी थप उर्जा समेत प्रदान गर्यो । यद्यपी, हरेक आन्दोलन र बलिदानको आड लिएर सत्ताको शिखरसम्म पुगेको राजनीतक नेतृत्वबाट ईतिहासमा झैँ वर्तमानमा पनि पिडितहरुको संघर्ष, योगदान र रगतको अवमुल्यन हुँदै आएको अवस्था छ । आमालाई बाबु सरह नागरिकतामा हिस्सा देखि लिएर उत्पीडित जनसंख्यालाई निरन्तर रूपमा सहभागीतामुलक समावेशिताको सिद्धान्तबाट विमुख गरिंदै आएको छ । आवाज र अधिकारकै निम्ति शताब्दियौं देखि चलिआएको नेपाली जनताको संघर्ष र बलिदान, विडम्बना, आजको कहलिएको नवयुगमा समेत जारी रहनु पर्ने अवस्थाको सिर्जना हुनु पक्कै पनि दुर्भाग्यपूर्ण हो।
तसर्थः नागरीक उन्मुक्ती पार्टीको मुख्य उद्देश्यनै स्वेच्छाचारी राजनीतिक सोच तथा वातावरणले धमिलिएको नेपाली राजनीतिमा अनुशासन तथा नैतिक प्रतिबद्धताको धरातलको स्थापना गर्नु हो ।
दिशाहीन तथा गतिहीन नेतृत्वका गलत आकांक्षा तथा गलत अभिप्रायका कारण नेपाली समाज तथा सामाजिक मान्यताहरु बन्धक रहँदै आउनु पर्ने अवस्थाको अन्त्य गरी नयाँ पुस्तालाई राजनीतिक क्रान्ति भन्दा पनि आर्थिक क्रान्तिको जिम्मेवारी हस्तान्तरण गरी दीर्घकालीन पथमा नेपाली समाजको प्रतिनिधित्व गर्ने परिकल्पना यस पार्टीले गर्दछ ।

नागरिक उन्मुक्ती पार्टी (ना.उ.पा) को मूल उद्देश्य:
१. सांस्कृतिक पहिचान सहितको संघियता स्थापना गर्ने ।
२. हरेक नेपाली नागरिकलाई आत्मनिर्भर, स्वरोजगार बनाउने।
३. आरक्षित र संरक्षित अधिकार अनिवार्य स्थापना गर्ने ।
४. बालाबालिकालाई प्रारम्भ देखिनैउद्देश्य सहितको शिक्षा नीति लागू गर्ने ।
५. हरेक पालिकास्तरमा स्वास्थ्य सेवा सहितको ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गर्ने ।

20/04/2026

29 likes, 1 comment. "Harek Rat - Rajesh Payal Rai | Sindhu Rana | Resham Chaudhary Ft. Nir Shah & Shushila |New Song 2083"

08/04/2026
केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धमा !
05/04/2026

केन्द्रीय कार्यसमितिको बैठक सम्बन्धमा !

निर्वाचन खर्चको विवरण !
16/03/2026

निर्वाचन खर्चको विवरण !

10/03/2026

अबको राजनीतिमा काम गर्नेले नै सम्मान पाउनुपर्छ। जनताले पात्र र प्रवृत्ति दुवै फेर्ने गरी आफ्नो फैसला सुनाइसकेका छन्।
​मुलुक बनाउने संकल्पका साथ चुनावी मैदानमा होमिएर विजयी हुनुभएका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई।
​जय नागरिक🙏
***nforpm ***n

05/03/2026

Address

Kathmandu
44605

Telephone

+9779841179554

Website

Alerts

Be the first to know and let us send you an email when नागरिक उन्मुक्ति पार्टी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नागरिक उन्मुक्ति पार्टी नेपाल:

Share