Bibeksheel Nepali विवेकशील नेपाली

Bibeksheel Nepali विवेकशील नेपाली That is why we are building BibekSheel Citizens, a entrepreneurial society, servant Government and a friendly State.

नेपाललाई हाम्रै कालमा शान्त र समृद्ध बनाउनै पर्छ। त्यसको लागि चाहिने विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र हितकारी राज्य हामी बनाउँदैछौँ । We want to build a peaceful, prosperous Nepal in our lifetime.

09/09/2025

The End of
The Beginning of

07/09/2025

ENOUGH
IS
ENOUGH!

04/10/2023

Is ***n just a puppet? the answer might shock you.

15/08/2022

तपाईंलाई के लाग्छ,
नागरिकता विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउनु ठीक की बेठीक?

हामीले १ वर्ष अघि बनाएको मीम!
23/07/2022

हामीले १ वर्ष अघि बनाएको मीम!

Sthapit: I will win this election, no doubt.Dangol:
26/04/2022

Sthapit: I will win this election, no doubt.
Dangol:

मेयर जितेका विद्या सुन्दर अलोकप्रिय मेयर बनेर बिदा हुँदै छन्। यदि यो बिचमा रन्जु र किशोरले इमानदारीपूर्वक प्रतिपक्षको प्...
08/04/2022

मेयर जितेका विद्या सुन्दर अलोकप्रिय मेयर बनेर बिदा हुँदै छन्। यदि यो बिचमा रन्जु र किशोरले इमानदारीपूर्वक प्रतिपक्षको प्रभावकारी भूमिका निभाएको भए यो पटक नतिजा उनीहरूको पक्षमा आउन सक्थ्यो। दुवै दल मिलेर विवेकशील साझा बनेपछि त महानगरवासीको भावनामाथि खेल्ने शाक्यमाथि थप नैतिक प्रहार हुनुपर्नेमा उल्टो दुवै नेताले महानगरवासीले दिएको मतको अपमान गर्दै निष्क्रिय बसे।

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्दा....

04/04/2022

सन्तानलाई परदेश पठाउँदा छचल्किएको ती आमाहरुको आँखा बाट बलिन्धारा आँसु। आम नेपालीले नेपालमा नै आत्मस्वाभिमानका साथ जिउने बातावरण नबनाउने? सधैं यस्तै रहिरहन दिने?

यो तस्वीरमा के देख्नुहुन्छ?स्रोतः इंटर्नेट
23/03/2022

यो तस्वीरमा के देख्नुहुन्छ?
स्रोतः इंटर्नेट

Sargam Bhattarai: राम्रा छाडेर हाम्रा रोज्दै गर्दा हाम्रा घरहरु रित्तिए,शहरमा एक सर्को शास फेर्न पनि दशपटक सोच्नुपर्ने भ...
22/11/2017

Sargam Bhattarai:
राम्रा छाडेर हाम्रा रोज्दै गर्दा हाम्रा घरहरु रित्तिए,शहरमा एक सर्को शास फेर्न पनि दशपटक सोच्नुपर्ने भो, तर स्मार्ट सिटीका गफ सुन्यौँ।बेरोज़गारी,असुरक्षा दिन दुगुना रात चौगुना बढिरह्यो,तर पनि युवाहरु निर्यात गरेर समृद्दिका सपना सुन्दै हामी मख्ख परिरह्यौँ,आश्वाशनका धेरै तहहरु पार गरेर पनि हामी जहाँको त्यहिँ रह्यौँ। दल र दलका नेताहरुको हामी यति सम्म भक्त बन्यौँ कि उनीहरुले जे गरे पनि हँ मा हँ मिलायौँ। त्यसैको परिणाम थियो: लोकतन्त्र दुई चार जना नेताको थैली भित्र पुगेको, सहभागितामूलक लोकतन्त्र हुनुपर्नेमा सिण्डिकेटमूलक लोकतन्त्र बेहोर्दा पनि हामीले चेतेनौँ।

Read More..

“सन् २०५० सम्ममा पनि नेपाल ‘गरीब’ रहे, संसारकै दुई शक्तिशाली र संमृद्ध राष्ट्र चीन र भारतबीच विलिन भएर जान्छ” “अाफ्नो अस...
17/08/2017

“सन् २०५० सम्ममा पनि नेपाल ‘गरीब’ रहे, संसारकै दुई शक्तिशाली र संमृद्ध राष्ट्र चीन र भारतबीच विलिन भएर जान्छ”
“अाफ्नो अस्तित्व जोगाउन सन् २०५० सम्म नेपाल संमृद्ध बन्नै पर्छ।”

सन् २०५० सम्ममा संमृद्धिका हिसाबले नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत क्रमश: पहिलो र तेस्रो स्थानमा रहने प्रक्षेपण गरिएको छ। तसर्थ, नेपालको सामू एकातिर, अाफ्नो अस्तित्व नै रक्षा गर्नुको चुनौती छ भने अर्कोतिर, दुबैको अपार सम्पन्नताको लाभ पाउने अपार अवसर छ।
ऐतिहासिक कालदेखि नेपालले बडो संयमका साथ भारत र चीनलाई सम्हालेर आफ्नो सार्वभौमिकता जोगाउंदै अाएको छ। विश्वका सफल मुलुकहरुले अाफ्नो विदेश नीतिलाई आफ्नो मुलुकलाई संमृद्ध बनाउनेतर्फ जोडेका हुन्छन् जसलाई हासिल गर्न अन्तरनिर्भरता, रणनीतिक मित्रता तथा समस्याको सामयिक र उचित सम्बोधन गर्ने नीतिमा निकै ध्यान दिने गर्छन्। तर विगत २०औं शताब्दीदेखि नेपालको विदेश नीति, त्यसको ठीक विपरित, विरोधाभासपूर्ण र प्रतिक्रियात्मक रहिआएको छ। नेपालका तत्कालीन शासकहरुले निम्त्याएका कैयौं प्रत्यक्ष तथा अप्रत्यक्ष विदेश हस्तक्षेपले नेपालको समृद्धितर्फको यात्रामा असर गर्यो। सन् २०१५ मा देखिएको इन्धन अभावले हाम्रो दशकौंदेखिको विदेश सम्बन्धको बेवास्ताको प्रतिफल हामीमाझ उजागर गर्यो। नेपाल अहिले शक्तिशाली छिमेकीहरुका वीच एक परनिर्भर, अस्थिर तथा गरीब मुलुकको रुपमा रहन पुगेको छ।
नेपालले निकट भविष्यमा छिमेकीसंगै समृद्ध मुलुक बन्नेतर्फ अग्रसर नभए ती ठूला छिमेकीबाट हाम्रो सार्वभौमसत्तामा खतरा रहिआएको अवस्थालाई हामी आत्मसात् गर्दछौं। तसर्थ, हाम्रो विदेश नीति नेपाललाई सन् २०५० भित्र समृद्ध मुलुक बनाउने ध्येयले निर्देशित हुनुपर्नेछ।
संमृद्धि हासिल गर्नको लागि नेपालले दुई विशाल छिमेकीहरुसँग निरन्तर र क्रमिक विकासमा आफूलाई समाहित गर्दै सम्बन्धको अन्तरनिर्भरतालाई पहिचान गर्नु पर्दछ र सावधानीपूर्वक सन्तुलित सम्बन्ध स्थापित गर्न प्रयासरत हुनुपर्छ । सो को लागि हामी “उत्तर-दक्षिण नीति” प्रस्ताव गर्दछौं।

उत्तर-दक्षिण नीतिको लक्ष्य :
१) नेपाललाई “विश्वको केन्द्रविन्दु” को रुपमा चिनाउने
२) नेपाल, भारत र चीनबीच अन्तर-निर्भर आर्थिक सम्बन्ध बनाउने
३) अाफ्ना दुई छिमेकी बीच एउटा बलियो पुलको काम गर्ने
४) अान्तरिक सुरक्षाको प्रत्याभूतिको लागि छिमेक रक्षा गर्ने
५) चीन-भारत-नेपाल बीच बृहत् साँस्कृतिक गठबन्धन बनाउने

१. “विश्वको केन्द्रविन्दु” को रुपमा नेपाललाई प्रस्तुत गर्ने नीति

१.१ संसारका दुई विशाल अर्थतन्त्र, चीन र भारत बीचमा रहेको नेपालले अाफ्नो रणनीतिक भूमि सदुपयोग गर्न आफूलाई विश्वको केन्द्रबिन्दु रहेको छाप स्थापना गर्नु पर्नेछ। किनकि सन् २०५० सम्ममा संसारको आकर्षणको केन्द्रविन्दु नै यसै क्षेत्रमा सर्नेछ र नेपाल यस क्षेत्रको पनि बीचमा रहेको छ।
१.२ ‘नेपाल - विश्वको केन्द्रविन्दु हो’ भन्ने छाप बसाउन नेपालले आफ्ना कुटनीतिक माध्यमद्वारा प्रर्वद्धन गर्नेछ । पर्यटक, अागन्तुक र अाफ्नै विद्यार्थीहरुद्वारा यसको प्रवर्द्धन संसार भरि गर्नेछ। साथै, सूक्ष्म कुटनीतिद्वारा चिनियाँ तथा भारतीयहरु माझ पनि हाम्रो साझा क्षेत्र विश्वको केन्द्रविन्दु हो भन्ने छाप फैल्याउने काम गरिनेछ ।
१.३ नेपाली नागरिकहरुको मानसिकतामा यो सोच प्रेरित गर्न नेतृत्वबाट निरन्तर व्याख्या गर्ने र शिक्षा, साहित्य तथा संचारको निरन्तर प्रयोगबाट यसैलाई स्थापित गर्ने काम गरिनेछ ।

२. अन्तर-निर्भर अर्थतन्त्र (नेपाल, भारत र चीन बीच):

२.१ नेपालले भारत र चीनबीच एक पुलको काम गर्नेछ। यी दुई प्रतिस्पर्धी महाशक्ति विकासोन्मुख रहिरहन सहकार्य आवश्यक रहेकोले नेपालले यी दुई बीचको सुरक्षित क्षेत्रको सुनिश्चितता गर्दछ।
२.२ नेपालले दुई छिमेकीबीच स्वच्छ प्रतिस्पर्धात्मक व्यापार सुनिश्चित गर्न सहजकर्ताको भूमिका निर्वाह गर्नेछ।
२.३ नेपाल, भारतीय र चिनियाँ उद्दमका बीच खुला व्यापार क्षेत्र बन्नेछ। ‘उत्तर-दक्षिण मध्यस्थता अदालत’ले अन्तर देशीय व्यापारिक समस्याको छिटो समाधान गर्ने काम गर्नेछ।
२.४ नेपाल, भारत र चीनको उदार छिमेकी बन्नेछ । चिनियाँ तथा भारतीय नागरिकहरुलाई नेपालमै व्यवसाय संचालन गर्न सम्पूर्ण छुट दिइनेछ।
२. ५ नेपालले अाफ्नै देशमा मात्र पाइने जडिबुटी तथा बालीको माध्यमबाट भारत तथा चीनका कृषि मागलाई परिपूर्ति गर्नेछ। यसबाट भारत र चीनलाई रणनीतिक तवरले नेपालप्रति पनि निर्भर बनाउने काम गर्नेछ ।
२. ६ नेपाल, भारत र चीनको बराबर साझेदारीमा उत्तर-दक्षिण बैंक स्थापना हुनेछ जसले जलस्रोत, स्वच्छ उर्जा तथा खरबौँ लगानी लाग्ने विशाल पूर्वाधार आयोजनामा लगानी गरी नेपालको माध्यमबाट भारत र चीनको संमृद्धि हासिल गर्नेछ।
२.६.१ चीन तथा भारतलाई जोड्न ५ उत्तर- दक्षिण नाकामा द्रुत मार्ग र विद्युतीय रेल मार्गमा ध्यान दिइनेछ ।
२. ६. २ सार्कका अन्य मुलुकहरु र नेपाल बीच बाटो-घाटोमा मुलभूत रुपमै सुधार ल्याइनेछ ।
२. ६. ३ पारम्परिक उर्जाको स्रोतबाट स्वच्छ उर्जाको स्रोतमा आधारित पूर्वाधार निर्माणतिर अगाडि बढिनेछ ।

३. भारत र चीनबीच भरपर्दो पुलको काम गर्ने

३. १ नेपाल, भारत र चीनबीच प्रभावकारी मध्यवर्ती राज्य (buffer state) हो।
३. २ नेपालले भारत र चीनबीच सम्बन्ध सुधार गर्न मध्यस्थकर्ता र संवादकर्ताको भूमिका खेल्नेछ ।
३. २. १ भारत र चीनबीच कुनै विवाद आइपरेमा नेपालले एक ‘उत्तर-दक्षिण सम्वाद केन्द्र’ को माध्यम बाट तटस्थ तवरले दुई महाशक्ति बीच निरन्तर संवादको वातावरण निर्माण गरि नै रहनेछ।
३. २. २ नेपाल करिब १ अरब हिन्दू तथा आधा अरब बौद्धमार्गीहरुको लागि आध्यात्मिक आस्थाको केन्द्रको रुपमा विकासित हुँदै जानेछ । यसले ‘समानुभुतिद्वारा मानवता” भन्ने अास्थाको नीति अपनाउनेछ ।
३. २. ३ अाफ्ना मूल्य मान्यता प्रवाह गर्न नेपालभरि आध्यात्मिक केन्द्रहरु निर्माण गरी तिनलाई भारतीय तथा चिनियाँ आध्यात्मिक केन्द्रहरुसंग सहकार्य गराउनेछ।

४. अाफ्नै सुरक्षा प्रत्याभूतिको लागि छिमेकको रक्षा गर्ने नीति

४. १ नेपाल, भारत र चीनसंग यस्तो समन्वयात्मक सम्बन्ध राख्दछ जसले भारत र चीनको समतामूलक संमृद्धिमा बाधा पुर्याउने छैन।
४. २ आन्तरिक सुरक्षा सुनिश्चित गर्न नेपालले अाफ्नो पश्चिम, केन्द्र तथा पूर्वमा प्रकोप सुरक्षा केन्द्र स्थापना गर्नेछ जसमा एक वर्षसम्म धान्न सकिने खाद्यान्न, औषधि, उर्जा उपकरण, सवारी साधन, उद्दार उपकरण जस्ता अत्यावश्यकीय सामग्रीहरु पूर्ण रुपमा भूकम्प प्रतिरोधी प्रविधियुक्त भवनमा भण्डारण गरिनेछ। यो केन्द्रले दक्षिणी तिब्बत, नेपाल तथा भारतका उत्तर-पूर्वी तथा उत्तर-पश्चिमी राज्यहरुमा आउने कुनै पनि प्रकोपमा तुरुन्त मद्दत गर्नेछ।
४.३ भारत र चीन दुबैसंग विना रोकटोक व्यापार र आवत-जावतको लागि नेपालको खुला तर नियन्त्रित सिमाना हुनेछ।
४. ३. १ पारस्परिक समझदारीमा आधारित कुशल पहिचान प्रविधि र प्रणालीको विकासले विना हैरानी नेपाली, चिनियाँ तथा भारतीय नागरिक तथा सवारी साधनको आवत जावत सुनिश्चित गर्नेछ।
४.४ भारत र चीनको आन्तरिक सुरक्षालाई सहयोग पुर्याउने गरी नेपालले यी छिमेकसंग सम्बन्धित सुरक्षा जानकारी पारदर्शी र सामयिक रुपमा अादनप्रदान गर्नेछ।
४. ४. १ नेपालको भूमि प्रयोग गरेर भारत या चीनमा आतंककारी गतिविधि गर्ने जो सुकैलाई पनि नेपालले शून्य सहनशीलता अवलम्बन गर्नेछ। आतंककारी गतिविधि तथा सुपुर्दुगीको व्यवस्थालाई सम्बोधन गर्न नेपालले फास्ट ट्रयाक अदालतहरू गठन गर्नेछ।
४. ४. २ आफ्ना छिमेकीहरुसंग मिली नेपालले आतंकवाद विरुद्ध संयुक्त कार्यदल परिचालन गर्नेछ।
४. ५ विश्वका सामू नेपालले नेपाली, चिनियाँ तथा भारतीय नागरिकहरुको हितकै लागि सदैव उभिनेछ। विश्वमा नेपालले ‘शान्ति दूतहरुको माध्यमबाट शान्ति स्थापना’ को नीति अवलम्बन गर्नेछ। सन् २०३० सम्ममा नेपालले आफ्ना अधिकतम शैन्य बललाई अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ प्रयोग गर्नेछ।
४. ६ नेपालले आफ्नो रणनीतिक स्रोत, पानी, को प्रयोग सीमापारिका नागरिकहरुलाई नकारात्मक असर नपर्ने गरी आफ्नो नागरिकहरुको हितलाई प्रयोग गर्नेछ। आफ्ना छिमेकीहरुको सुरक्षालाई पनि मध्य नजर गरी नेपालले आफ्नो पानीको सदुपयोग गर्नेछ।

५. प्रभावकारी सहअस्तित्वको लागि अन्तरदेशीय सांस्कृतिक गठबन्धन

५.१ आफ्नो छिमेकीहरुमा प्रभाव जमाउन ‘मानवतालाई एकै सूत्रमा बाँध्न समानुभुती’ को नीति अवलम्बन गरी नेपाल यसै अध्यात्मको केन्द्रबिन्दु बन्नेछ।
५. २ नेपालले ‘उत्तर दक्षिण केन्द्र’ नामक वृहत् स्रोत तथा संवाद केन्द्र संचालन गर्नेछ, जसले नेपाली, चिनियाँ तथा भारतीय सामाजिक, राजनीतिक तथा आर्थिक नेतृत्वलाई एक अर्कालाई बुझ्ने र संगै काम गर्ने अवसर दिलाई जीत - जीतको वातावरण सिर्जना गर्नेछ।
५. ३ नेपालले चिनियाँ तथा भारतीय पर्यटक आकर्षित गर्न ‘अतिथि देवो भव:’ को भावनाले प्रेरित आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्नेछ। नेपालमा पर्याप्त संस्कृति र अध्यात्म बुझाउने केन्द्रहरुको स्थापना गरी चिनियाँ र भारतीय नागरिकको तन-मन र ध्यानलाई नेपालप्रति आकर्षित गर्नेछ।
५. ४ तीनै देशमा रहेका विशिष्ट संस्कृति तथा उप-संस्कृतिको संयोजनमा आधारित अध्ययन गर्न नेपालमा सुविधायुक्त उत्तर-दक्षिण विश्वविद्यालय बन्नेछ जसको शाखा चीन र भारतमा पनि रहनेछ।
५. ५ छिमेकका संस्कृति तथा संस्कारको भित्री बुझाइ लिन पाठशालाहरुमा म्यान्डरिन, हिन्दी तथा अंग्रेजी भाषा पनि सिकाइने व्यवस्था मिलाइनेछ।

निष्कर्ष:

नेतृत्व वर्गले राजनीतिको नैतिक प्रयोग गरेमात्र मुलुकको कुनै पनि नीति व्यवहारमा उत्रनेछ। यस ‘उत्तर-दक्षिण’ नीति पनि भविष्यको चुनौतीहरु अनुसार समयसापेक्ष रुपमा परिमार्जन हुँदै जानेछ तर सदैव संमृद्ध नेपाल र संमृद्ध छिमेकको निर्माणमा केन्द्रित रहनेछ। अबको चार दशक भित्र नेपालको विदेश सम्बन्ध राख्न सबै राजनीतिक दल, प्रशासनिक संयन्त्र तथा योजनाविद्हरु यही ‘एकल द्वार’ नीतिबाट चले संमृद्ध नेपाल अवश्य देख्न पाइन्छ।

यो २१ औं शताब्दी सापेक्ष नेपालको विदेश नीतिको सामान्य रुपरेखा हो। यसको आधारमा विस्तृत विदेश नीति तयार गर्ने सोच राखेका छौँ जसले २०५० सम्ममा नेपाल कसरी आफ्नो सार्वभौमसत्ताको रक्षा गर्दै समृद्ध मुलुक हुनेछ , त्यो व्याख्या गर्नेछ।
यदि तपाईँ पनि हामीलाई विस्तृत विदेश नीति बनाउन सहयोग गर्न चाहनुहुन्छ भने हामी सदैव स्वागत गर्दछौं। आफ्नो विज्ञताको क्षेत्र तथा सुझाव [email protected] मा इमेल गर्नुहोला।

धन्यवाद

विवेकशील नेपाली दल

बिस्तृतमा: http://www.leadnepal.com/nepalforeignpolicy

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bibeksheel Nepali विवेकशील नेपाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share