नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश

नेपाली कम्युनिष्ट पार्टी बागमती  प्रदेश नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेशको आधिकारीक फेसबुक पेजमा यहाँलाई हार्दिक स्वागत छ । ने.क.पा.

(माओवादी केन्द्र) बागमती प्रदेशको आधिकारीक फेसबुक पेजमा यहाँलाई हार्दिक स्वागत छ ।

10/08/2026

दुरदर्शिता र भिजन भएको बिकासवादी नेता हुन कमरेड प्रचण्ड ⭐️💐🇳🇵

लेलिन जयन्ती तथा ७७ औ नेपाली कम्युनिष्ट पार्टी स्थापना दिवसको हार्दिक शुभकामना
22/04/2026

लेलिन जयन्ती तथा ७७ औ नेपाली कम्युनिष्ट पार्टी स्थापना दिवसको हार्दिक शुभकामना

शुभकामना सन्देश
नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु।यस ऐतिहासिक अवसरमा न्याय र स्वतन्त्रता, समानता प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, घाइते, अपाङ्ग तथा शहीद परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्दछु।
सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि.सं. २००६ साल वैशाख ९ (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। स्थापनासँगै नेकपाले अघि सारेको नेपाली क्रान्तिको मार्गदिशाअनुरूप आज हामी सामन्ती निरङ्कुशताको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ। आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन् । साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ।अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन्।
यस परिस्थितिमा नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ। कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको छ।तसर्थ, नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ। इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु।साथै, नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु।
अन्त्यमा, महान् लेनिनप्रति उच्च सम्मान व्यक्त गर्दै विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको सङ्कल्प लिन सबैमा पुनः आह्वान गर्दछु।
महान् लेनिन अमर रहून् !
नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलन जिन्दावाद !!
९ वैशाख २०८३
ने.सं.११४६ बछलाथ्व षष्ठी

=====================
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

नयां बर्ष २०८३ को हार्दिक शुभकामना 🇳🇵💐
14/04/2026

नयां बर्ष २०८३ को हार्दिक शुभकामना 🇳🇵💐

सरकार सबै नागरिकको अभिभावक हो र अभिभावकिय भुमिका बिबेकपुर्ण तवरबाट पुरा गरिनु पर्छ
28/03/2026

सरकार सबै नागरिकको अभिभावक हो र अभिभावकिय भुमिका बिबेकपुर्ण तवरबाट पुरा गरिनु पर्छ

26/02/2026
 #सुसाशन_समृद्धि_र_समानताको_खातिर_तारा_चिन्हमा_मतदान⭐️
26/02/2026

#सुसाशन_समृद्धि_र_समानताको_खातिर_तारा_चिन्हमा_मतदान⭐️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share