Barahathawa Online

Barahathawa Online quick information in Barahathawa

अमलेखगञ्जमा ट्रामाडोलको ठूलो खेप बरामद ।बसको हुडभित्र दुईवटा क्यारी ब्याग, १८ हजार ३०० क्याप्सुलसहित १९ वर्षीय युवक पक्र...
10/09/2026

अमलेखगञ्जमा ट्रामाडोलको ठूलो खेप बरामद ।

बसको हुडभित्र दुईवटा क्यारी ब्याग, १८ हजार ३०० क्याप्सुलसहित १९ वर्षीय युवक पक्राउ

बारा — वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट १८ हजार ३०० क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड बरामद भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालयनजिक पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा बसको हुडभित्र ‘CAT’ लेखिएका दुईवटा कालो क्यारी ब्याग फेला परेका थिए।

प्रहरीका अनुसार ब्यागभित्र Tramanil (Tramadol Hydrochloride Capsules) भेटिएको हो। घटनामा पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी १९ वर्षीय आनन्द चौरसिया पक्राउ परेका छन्। प्रहरीले बरामद सामग्री नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

यति ठूलो परिमाणमा ट्रामाडोल भेटिएपछि यो व्यक्तिगत प्रयोगका लागि थियो वा यसको पछाडि संगठित ओसारपसारको सञ्जाल छ? भन्ने प्रश्न उठेको छ। प्रहरीले यसको स्रोत, वास्तविक मालिक, आपूर्तिकर्ता र गन्तव्यबारे गहिरो अनुसन्धान गरेमा ठूलो नेटवर्कसम्म पुग्न सक्ने देखिन्छ।

एक युवक पक्राउ पर्नु प्रारम्भिक सफलता हो, तर १८ हजार ३०० क्याप्सुलको स्रोत र सञ्जालसम्म प्रहरी पुग्नु नै अबको मुख्य चुनौती बनेको छ। 🚨

22/08/2026
बरहथवा नगरपालिका -५  बासी श्रीमति सहित  जितेन्द्र दासको व्यक्तिको मोटरसाईकल दुर्घटना मदनपुरमा भएको छ।
01/08/2026

बरहथवा नगरपालिका -५ बासी श्रीमति सहित जितेन्द्र दासको व्यक्तिको मोटरसाईकल दुर्घटना मदनपुरमा भएको छ।

30/07/2026

सिरहामा प्रहरीको गोलीबाट एक युवाको मृत्यु भएको घटनाले फेरि एकपटक राज्यको नाङ्गो रूप र निरंकुशता छर्लङ्ग पारेको छ। नागरिकको ज्यान र सुरक्षाभन्दा ठूलो कुनै पनि शक्ति हुन सक्दैन भनिरहँदा पनि सरकार लाचार बनेर किन तमासा हेरिरहेको छ?🤬😡 🤬

आखिर यस्तो दमन कहिलेसम्म? सिधै नागरिकको घाँटी र शरीरलाई ताकेर गोली हान्ने अनुमति दिने यो कुन संविधान र कानुनको धारा हो? लोकतन्त्रको खोल ओढेर जनतामाथि सत्ताको राइफल तेर्स्याउने छुट कसले दियो? शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएकाहरू नै हत्यारा बन्न थालेपछि यो देशमा न्यायको उपेक्षा कसले गर्ने? 😡

अर्कोतर्फ, देशलाई साप्रदायिक द्वन्द्वको भुमरीमा धकेल्ने गरी मच्चाइएको हिन्दु-मुस्लिम विवाद र उत्तेजनालाई समयमै नियन्त्रणमा लिन नसक्नु सरकारको अक्षम्य लाचारी होइन र? यो संवेदनशील विषयमाथि पर्दा हालेर वा चुपचाप बसेर सरकार के हेर्न चाहन्छ? देशलाई अशान्तिको दावानलमा होमेर कुर्सी जोगाउने दाउपेच तत्काल बन्द गरियोस्!
😡🖕😡

* हाम्रो कडा चेतावनी र प्रश्न:-

• सिरहा घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषीलाई कठघरामा उभ्याइयोस् कि केवल ढाकछोप गर्ने नाटक मात्र हुन्छ?

• नागरिकको रगतमाथि खेलबाड गर्ने यस्तो क्रूर दमनकारी प्रशासनलाई कहिलेसम्म छुट दिइन्छ?

• साप्रदायिक सद्भाव बिथोल्नेहरूलाई संरक्षण दिन छोडेर यो सरकारले शान्ति स्थापना गर्न आखिर ठोस कदम कहिले चाल्छ?

लोकतन्त्रमा जवाफदेहिता र न्याय सरकारको पहिलो जिम्मेवारी हो, तर यहाँ त जनतालाई कुल्चिने र मार्ने राज्यको नीति मात्रै देखिएको छ। जनताको सहनशीलताको परीक्षा नलिइयोस्, अन्यथा यसको मूल्य सत्तामा बस्नेहरूले महँगो चुकाउनुपर्नेछ!
😡😡😡

Balen Barahathawa Commercial City Narendra Sah Sanjay Jaishwal Moktan Sanzib Sameer Kushawaha

16/07/2026

Barahathawa napi sakha najikai paniko suwa futera pani bagdai gareko halko video #

27/10/2025

Happy Chhath Puja 🙏🙏🙏

27/10/2025

Happy Chhath Puja 🙏🙏🙏

27/10/2025

Happy Chhath Puja

27/10/2025

Chath ghat ❣️

Address

Barahathawa Municipality, Barahathawa
Kathmandu
45800

Website

Alerts

Be the first to know and let us send you an email when Barahathawa Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Barahathawa Online:

Shortcuts

Share

Category