02/05/2026
सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। मन्दिर, स्कूल, गुम्बा जस्ता सार्वजनिक सँस्थाहरु सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो।
•कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवननै गुमाए।
विकास जीवनका लागि हुनुपर्छ.... जीवन विकासका लागि होइन।
मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ। इतिहास,धर्म,परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान पुगोस्।
गृहकार्य पुगेन