उपसभामुख इन्दिरा रानाको सचिवालय - Secretariat of Indira Rana

  • Home
  • Nepal
  • Kathmandu
  • उपसभामुख इन्दिरा रानाको सचिवालय - Secretariat of Indira Rana

उपसभामुख इन्दिरा रानाको सचिवालय - Secretariat of Indira Rana इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख हुनुहुन्छ। यो फेसबुक पेज उहाँको सचिवालयले सञ्चालन गरेको छ।

छठ पर्वको शुभकामना
27/10/2025

छठ पर्वको शुभकामना

12/09/2025

नेपालको लोकतान्त्रिक इतिहाँसमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीज्यूलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछु ।

नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तिकरणका लागि लामो समयसम्म गरेको तपाईँको संघर्ष, इमानदारिता र निष्पक्ष योगदानको हार्दिकताका साथ प्रशंसा गर्दै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको छ भन्ने ठानेको छु।

महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक सावित हुने विश्वास लिएको छु । संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशीता, न्याय र सुशासनका सवालमा तपाईँको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु।

कलिला बालबालिकाको बलिदानबाट हामी मर्माहात छौ तर त्यही बलिदानको जगमा अर्को इतिहाँस कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको छ । हजारौं आमाहरु रोएपनि हामी किन खुसी छौ भने महिलाको एउटा इतिहाँस कोरिएको छ । यो ऐतिहासिक अवसरमा, तपाईँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको समृद्धि, स्थिरता र समानतामूलक समाज निर्माणमा तपाईँको नेतृत्व प्रेरणादायी बन्न सकोस् भन्ने हार्दिक कामना गर्दछु ।
२७ भदौ २०८२

इन्दिरा राना
उपसभामुख
प्रतिनिधि सभा, नेपाल

हरितालिका तीज २०८२ को शुभकामना ।
26/08/2025

हरितालिका तीज २०८२ को शुभकामना ।

21/08/2025

उपसभामुख इन्दिरा राना अमेरिकामा सम्मानित भएकी छिन्। अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र

श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुले मनाउने पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा ...
09/08/2025

श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरुले मनाउने पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।

https://www.nepalpress.com/2025/07/28/621596/
28/07/2025

https://www.nepalpress.com/2025/07/28/621596/

काठमाडौं । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्किए....

26/07/2025

Ego brings no or , says Indira Rana Magar, deputy speaker of ’s House of Representatives, blasting ’s threats.She urges...

17/07/2025

नेपाली भाषा संस्कृतिलाई जोगाउन लागि परौं: उपसभामुख इन्दिरा रानामगर----------------------------------------------------------------------------©Discovery News...

08/07/2025

नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरे लगायतका क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न साथै उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई अपिल पनि गर्दछु।

सार्वजनिक लेखा समिति द्वारा आयोजित   बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी हुँदै प्रतिनिधि सभाका  उपसभामुख...
06/07/2025

सार्वजनिक लेखा समिति द्वारा आयोजित बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी हुँदै प्रतिनिधि सभाका उपसभामुख माननीय इन्दिरा राना ।

मिति २०८२ असार २२ गते सिंहदरबार काठमाडौँ।

संसद दिवसको शुभकामना उपसभामुखसंसद दिवस २०८२  को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभका...
30/06/2025

संसद दिवसको शुभकामना उपसभामुख
संसद दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ। यस अवसरमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा होमिएका सबै जनताको अपेक्षाहरु हामी सबैले निती र ब्यबहारबाट पुरा गर्न अग्रसर हुन आब्हान पनि गर्दछु।
प्रजातान्त्रिक व्यवस्थाको मूल आधार विधायिका हो, जसको प्रतिनिधित्व संसदले गर्छ। संसद नागरिकको आवाज, आकांक्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था सुचारु राख्न महत्वपूर्ण भूमिका खेल्दछ। संसदको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता झनै महत्वपूर्ण बन्दै गएको छ।
संसद प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने बिषय बहसमा रहेको हुँदा संसदलाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन हामी सबैमा हुनुपर्छ। संसद कमजोर हुँदा जनताका आवाजहरु दबाईन्छन यसैले संसदीय सर्वोच्चताका लागि हामी सबै लाग्न जरुरी छ।
अन्तमा,
संसद् दिवसले सङ्घीय संसद्का सदस्यहरु, संविधानसभा सदस्यहरु, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु ।
२०८२ असार १६

इन्दिरा राना
उपसभामुख

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when उपसभामुख इन्दिरा रानाको सचिवालय - Secretariat of Indira Rana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share