Loksewa notes

Loksewa notes शाखा अधिकृत लक्ष्य

18/03/2026
नेपाल बिकासोन्मुख मुलुकमा स्तरोन्नती का अबसर र चुनौती
18/03/2026

नेपाल बिकासोन्मुख मुलुकमा स्तरोन्नती का अबसर र चुनौती

बित्तिय संघियता
18/03/2026

बित्तिय संघियता

सुशासन को आधार बिधुतिय शासन
18/03/2026

सुशासन को आधार बिधुतिय शासन

मानब संसाधन व्यवस्थापन
18/03/2026

मानब संसाधन व्यवस्थापन

सार्वजनिक निति निर्माण
18/03/2026

सार्वजनिक निति निर्माण

नेपाल मा वित्तिय संघियता
18/03/2026

नेपाल मा वित्तिय संघियता

संसद, संसदीय समिति र संवैधानिक निकायहरु बीचको अन्तरसम्बन्ध
18/03/2026

संसद, संसदीय समिति र संवैधानिक निकायहरु बीचको अन्तरसम्बन्ध

18/03/2026

नवीन सार्वजनिक शासन New public governanc NPG को अवधारणा उल्लेख गर्दै यस अवधारणाको प्रभावकारी कार्यान्वयन गर्न नेपालको कर्मचारीतन्त्रका के कस्ता पक्षमा सुधार गर्नुपर्ला ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।

 सार्वजनिक प्रशासनमा रहेका विकृति न्यूनीकरण गरी नागरिकमा सुशासनको अनुभूति गराउने उद्देश्यले प्रशासन सुधारको बहस र अभ्यासलाई अगाडि बढाउने सिलसिलामा विकसित अवधारणा नवीन सार्वजनिक शासन हो । परम्परागत सार्वजनिक प्रशासनबाट नवीन सार्वजनिक प्रशासन, नवीन सार्वजनिक व्यवस्थापन, नवीन सार्वजनिक सेवा हुँदै नवीन सार्वजनिक शासनको अवधारणा विकसित भएको पाइन्छ । यस अवधारणाले मूलतः सार्वजनिक नीति निर्माण, सेवा प्रवाह, विकास व्यवस्थापनलगायतका शासकीय कामकारबाहीमा सरकार मात्रले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने भएकाले सरोकारवालाको सञ्जाल एवं बहुपात्रहरूको सहभागिता, साझेदारी र सहकार्यमा यी कार्यहरूको व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिन्छ । यसले शासन प्रव्रिmयामा बहुलता र बहुलवादको अवधारणालाई स्वीकार गर्छ । शासन प्रव्रिmयामा सरोकारवालाबिचको साझेदारी र सञ्जालको भूमिकाको वकालत गर्छ । सरकार केन्द्रित शासनको अवधारणा र बुझाइलाई फराकिलो बनाई शासनलाई बहुपात्रबिचको अन्तरसम्बन्ध र अन्तव्रिर्mयाका रूपमा लिनुपर्ने कुरामा जोड दिन्छ ।

नवीन सार्वजनिक शासनको अवधारणा कार्यान्वयन गर्न कर्मचारीतन्त्रमा गर्नुपर्ने सुधार :

– नवीन सार्वजनिक शासनले आत्मसात् गरेका

आधारभूत मूल्य र सिद्धान्त अनुकूल नेपालको सार्वजनिक प्रशासनका मूल्यहरू निर्धारण गर्ने,

– शासनका बहुपात्रसँग सहकार्य र समन्वय गर्न कानुनी र कार्यविधिगत ढाँचा तयार गरी लागु गर्ने,

– नीति निर्माण, सेवा प्रवाह, विकास व्यवस्थापन र अनुगमन तथा मूल्याङ्कनलगायतका शासकीय कामकारबाहीमा सरोकारवालाको पहिचान र सहभागिता सुनिश्चित गर्न आवश्यक प्रबन्ध गर्ने,

– सरोकारवालाको राय, परामर्श एवं संवाद, छलफल र अन्तर्क्रियाबाट प्राप्त सुझावलाई ग्रहण गरी नीति निर्णय प्रक्रियामा समावेश गर्न कर्मचारीतन्त्रको सोच र कार्यसंस्कृतिमा सुधार गर्ने,

– समाजको विविधता अनुसार प्रशासनिक संरचनामा समावेशिता सुनिश्चित गरी प्रतिनिधिमूलक कर्मचारीतन्त्र तयार गर्ने,

– कर्मचारीतन्त्रमा वार्ता र सम्झौता गर्ने सिप विकास गर्न तालिमका कार्यक्रमलाई प्रभावकारी बनाउने,

– कर्मचारीतन्त्रमा व्याप्त विकृतिहरू न्यूनीकरण गरी कर्मचारीतन्त्रलाई पारदर्शी, जवाफदेही, नतिजामुखी र जनसेवी संयन्त्रका रूपमा विकास गर्ने,

– कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा सेवाग्राहीको समेत भूमिका रहने गरी मूल्याङ्कन प्रणाली परिमार्जन गर्ने,

– सार्वजनिक प्रशासनका विविध क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै प्रशासन र नागरिक अन्तर्क्रियालाई सहज र सरल बनाउने,

– शासनका दृश्य र अदृश्य सञ्चालनका कामकारबाही र व्यवहारलाई नियमन एवं सहजीकरण गरी राष्ट्रिय सुरक्षालाई मजबुद बनाउन विश्वसनीय र भरपर्दो सूचना तथा तथ्याङ्कीय प्रणाली तयार पार्ने,

– अन्त्यमा नेपालको कर्मचारीतन्त्रमा वेबरियन कर्मचारीतन्त्रीय मूल्यहरूको प्रभाव गहिरो छ । नेपालको संविधानले नवीन सार्वजनिक शासनका मान्यताहरूलाई आत्मसात् गरिसकेको अवस्थामा समेत कर्मचारीतन्त्रलाई संवैधानिक मर्म अनुकूल रूपान्तरण गर्न सकिएको छैन । पदसोपानको कठोर अनुशासन, नियम, निर्देशन र प्रव्रिmयाको सीमाभित्र रहेर सञ्चालित कर्मचारीतन्त्रले नवीन सार्वजनिक शासनले अगाडि सारेका मान्यतालाई अँगाल्न कर्मचारीतन्त्रको सोच, कार्यशैली र व्यवहारमा आमूल परिवर्तन गर्न जरुरी छ ।

16/03/2026

नवीन सार्वजनिक व्यवस्थापन भनेको के हो ? यस अवधारणाले अगाडि सारेका आधारभूत मान्यता उल्लेख गर्दै यससम्बन्धी आलोचनासमेत प्रस्तुत गर्नुहोस् । के नवीन सार्वजनिक व्यवस्थापन नेपालको वर्तमान शासकीय परिवेशमा सान्दर्भिक रहेको ठान्नुहुन्छ ? तर्कपूर्ण विश्लेषण गर्नुहोस् ।

 निजी क्षेत्रको व्यवस्थापन शैली, कार्यदक्षता र नतिजामूलक कार्यसम्पादनलाई सार्वजनिक क्षेत्रमा आत्मसात् गरी सरकारको कार्यसम्पादनमा मितव्ययितता, दक्षता र प्रभावकारिता हासिल गर्दै सार्वजनिक क्षेत्रमा देखिएका विकृति न्यूनीकरण गर्न सकिन्छ भन्ने दृष्टिकोण नै नवीन सार्वजनिक व्यवस्थापन हो । सन् १९८० को दशकदेखि विकास हुन थालेको यस दृष्टिकोणले सार्वजनिक क्षेत्र सुधारका लागि सरकारले व्यवस्थापकीय स्वायत्तता, विकेन्द्रीकरण, स्रोतसाधनको उपयोगमा अनुशासन र मितव्ययितता, नतिजामूलक व्यवस्थापन, प्रतिस्पर्धा जस्ता विषयलाई आत्मसात् गरी कार्यसम्पादन गर्नुपर्ने कुराको वकालत गर्छ । क्रिस्टोफर हुडले सन् १९९१ मा नवीन सार्वजनिक व्यवस्थापनका सैद्धान्तिक आधार स्पष्ट पार्ने क्रममा सात प्रमुख विषय प्रस्ताव गरेका थिए । यी विषयलाई नै नवीन सार्वजनिक व्यवस्थापनको आधारभूत विषयका रूपमा उल्लेख गर्न सकिन्छ ।

नवीन सार्वजनिक व्यवस्थापनले अगाडि सारेका आधारभूत मान्यताहरू :

क) व्यवस्थापकीय स्वायत्तता र नतिजाप्रतिको जवाफदेहिता,

ख) कार्यसम्पादन मानक निर्धारण र कार्यसम्पादन मूल्याङ्कन,

ग) प्रक्रियामा नभई नतिजामा जोड

घ) उद्देश्यमूलक र चुस्त सङ्गठन संरचना

ङ) सेवाको उत्पादन र वितरणमा प्रतिस्पर्धा

च) निजी क्षेत्रको व्यवस्थापन शैली आत्मसात् गर्न जोड

छ) स्रोतसाधनको उपयोगमा अनुशासन र मितव्ययितता

नवीन सार्वजनिक व्यवस्थापनका आलोचना :

नवीन सार्वजनिक व्यवस्थापन आलोचनामुक्त छैन । यस अवधारणाको देहायबमोजिम आलोचना हुने गरेको छ :

– यस अवधारणाले सरकारलाई नाफामूलक कम्पनी, कर्मचारीलाई व्यवस्थापक र नागरिकलाई ग्राहकका रूपमा चित्रण गर्छ, जुन राज्य, नागरिक र शासनको आमबुझाइसँग मेल खाँदैन,

– नागरिक कल्याण र सामाजिक न्यायभन्दा आर्थिक पक्षमा ध्यान दिने गर्छ,

– नागरिक र सरकारबिचको सहकार्य र साझेदारीलाई कुनै पनि स्थान दिँदैन,

– नागरिकको सव्रिmय भूमिका र समुदायप्रतिको नागरिक जिम्मेवारीलाई वास्ता गर्दैन,

– नागरिकलाई छनोटको विकल्प दिए पनि नागरिक आवाज कमजोर हुने जोखिम रहन्छ,

– आर्थिक दर्शनबाट प्रेरित यस अवधारणाले लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्न सकेको छैन,

– नागरिकप्रतिको शासकीय जवाफदेहितालाई कमजोर बनाउने जोखिम रहन्छ,

– सरकार र नागरिकबिचको सम्बन्ध टाढा हुने तथा नागरिकले राज्यको अभिभावकीय भूमिका कमजोर भएको महसुस गर्न सक्ने अवस्था रहन्छ,

नेपालमा नवीन सार्वजनिक व्यवस्थापनको सान्दर्भिकता :

नेपालले अवलम्बन गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनप्रणालीको परिवेशमा देहायबमोजिमका आधार र कारणले नवीन सार्वजनिक व्यवस्थापनको सान्दर्भिकता देखिन्छ ।

– सङ्घीयताको अभ्यासले राज्यशक्तिलाई नागरिकको निकटमा ल्याइदिएको छ । यद्यपि तिनै तहका सरकारको प्रशासनिक खर्च बढ्दो छ । स्रोतसाधन परिचालनमा अनुशासन र मितव्ययितता आवश्यक छ ।

– तहगत सरकारका कर्मचारीको कार्यसम्पादन व्यवस्थापन गरी सरकारको समष्टिगत कार्यसम्पादनलाई अब्बल बनाउन आवश्यक छ । यसका लागि नवीन सार्वजनिक व्यवस्थापनले अगाडि सारेको कार्यसम्पादन मानक निर्धारण र मूल्याङ्कन पद्धति अवलम्बन गर्नु उचित देखिन्छ ।

– तीन तहका सरकारको दोहोरो क्षेत्राधिकारका कारण सङ्गठन संरचनामा समेत दोहोरोपना देखिएको छ । सरकारको सङ्गठन संरचनालाई चुस्त बनाई प्रशासनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन आवश्यक छ ।

– सङ्घ र प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने कार्यलाई समेत प्रदेश र स्थानीय तहमा अधिकार निक्षेपण गरी विकेन्द्रीकरणको मान्यताबमोजिम सम्पादन गर्न सकिने अवस्था रहेको छ ।

– सूचना प्रविधिको विकास र नागरिक चेतनास्तरको विकासले सार्वजनिक सेवालाई लागत प्रभावी र गुणस्तरीय बनाउन दबाब सिर्जना भएको छ । सार्वजनिक सेवा प्रवाहलाई द्रुत र शीघ्र बनाउन कर्मचारीतन्त्रको प्रक्रियामुखी कार्यशैली रूपान्तरण गरी नतिजाप्रति जवाफदेही बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

– कार्यालय प्रमुख वा आयोजना प्रमुखस्तरबाट निर्णय गर्न सकिने विषयसमेत मन्त्रालय वा क्याबिनेटसम्म पु¥याउनुपर्ने विद्यमान अवस्थामा परिवर्तन गर्दै पर्याप्त स्रोतसाधन र व्यवस्थापकीय स्वतन्त्रता प्रदान गरी निजहरूलाई नतिजाप्रति जिम्मेवार बनाउन आवश्यक छ ।

– तिनै तहका सरकारले नीति, योजना र बजेट तर्जुमा गर्न र कार्यान्वयन गर्न सक्ने अवस्था विद्यमान रहेकाले बजेट खर्चलाई नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने गरी नतिजासँग आबद्ध गर्न नवीन सार्वजनिक व्यवस्थापनले निर्देश गरेबमोजिम नतिजामूलक व्यवस्थापनमा जोड दिन आवश्यक छ ।

– सरकारले लगानी गरेका थुप्रै परियोजना समयमा सम्पन्न हुन नसकी रुग्ण अवस्थामा रहेका देखिन्छन् । पुँजी निर्माणमा योगदान नगर्ने कार्यक्रम र आयोजनामा समेत सार्वजनिक ऋणको प्रयोग हुने गरेको छ । सार्वजनिक ऋण लगानी गर्दा निजी क्षेत्रमा जस्तै लाभ लागत विश्लेषण गरी लगानी गर्नु आवश्यक छ ।

– सार्वजनिक संस्थान व्यवस्थापनमा नवीन सार्वजनिक व्यवस्थापनले अगाडि सारेका मान्यता अवलम्बन गर्न सकिने अवस्था देखिन्छ ।

– सूचना प्रविधि, ठुला पूर्वाधार निर्माणलगायत अन्य आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रबाट सेवा लिई सरकारले नागरिकप्रतिको जिम्मेवारी वहन गर्न सक्ने गरी निजी क्षेत्रको विकास भइरहेको छ ।

अन्यमा नवीन सार्वजनिक व्यवस्थापन सार्वजनिक प्रशासन वा कर्मचारीतन्त्रको विकल्प नभई सार्वजनिक प्रशासनमा देष परेका विकृति न्यूनीकरण गर्दै सरकारको कार्यसम्पादनलाई अब्बल बनाउने व्यवस्थाकीय अवधारणा हो । यसले सार्वजनिक क्षेत्रको कार्यशैलीलाई प्रतिस्पर्धात्मक, कार्यमूलक एवं लागतप्रभावी बनाउँदै सार्वजनिक क्षेत्र सुधारमा जोड दिन्छ । आधुनिक प्रशासनिक संयन्त्र र कार्यशैली परम्परागत सार्वजनिक प्रशासनभन्दा लचक, नतिजामूलक र व्यावसायिक बनाई सार्वजनिक प्रशासनलाई परिवर्तन व्यवस्थापनका लागि तयार हुने आधारसमेत प्रदान गर्छ । तसर्थ सरकारले नवीन सार्वजनिक व्यवस्थापनका सीमासमेतलाई विचार गर्दै यसले अगाडि सारेका मान्यता लागु गर्न सकिने क्षेत्रहरू पहिचान गरी प्रशासन सुधारका लागि निरन्तर काम गरिरहनु पर्छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Loksewa notes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category