खुम्बु पासाङल्हामु १ नं वार्ड Khumbu Pasanglhamu ward No.1

  • Home
  • Nepal
  • Kathmandu
  • खुम्बु पासाङल्हामु १ नं वार्ड Khumbu Pasanglhamu ward No.1

खुम्बु पासाङल्हामु १ नं वार्ड Khumbu Pasanglhamu  ward No.1 Ward office

भावपूर्ण श्रद्धाञ्जलीखुम्बु पासाङ ल्हमु–१ खरिखोला, निवासी आदरणीय नन्द प्रसाद खप्तरी मगर ज्यूको असामयिक निधन (मिति २०८२ क...
28/10/2025

भावपूर्ण श्रद्धाञ्जली
खुम्बु पासाङ ल्हमु–१ खरिखोला, निवासी आदरणीय नन्द प्रसाद खप्तरी मगर ज्यूको असामयिक निधन (मिति २०८२ कार्तिक १० गते) प्रति गहिरो दुःख व्यक्त गर्दछु। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

फुनुरु शेर्पा
वडा अध्यक्ष, खुम्बु पासाङ ल्हमु
वडा नं –१ परिवार

🙏हार्दिक श्रद्धाञ्जली ओ्म मनि पद्मे हॅु  🙏सगरमाथाको पहिलो सफल आरोहण दलका जीवित सदस्य, वरिष्ठ पर्वतारोही, अभियन्ता तथा खु...
19/10/2025

🙏हार्दिक श्रद्धाञ्जली ओ्म मनि पद्मे हॅु 🙏

सगरमाथाको पहिलो सफल आरोहण दलका जीवित सदस्य, वरिष्ठ पर्वतारोही, अभियन्ता तथा खुम्बु पासाङल्हामु गाउँपालिका–५ का संस्थापक सदस्य श्री खिङ्दी शेर्पा (स्व. पूरनिम तिता र श्री कांछा शेर्पाका सुपुत्र) को असामयिक निधन भएको दुःखद् समाचारले सम्पूर्ण गाउँपालिका परिवारलाई मर्माहित बनाएको छ।

स्व. शेर्पा सन् १९६३ मा नाइन्टी नाइन (99) टोलीका सदस्यको रूपमा एवरेष्ट आरोहण अभियानमा सहभागी हुनुभएको थियो। उहाँको साहस, समर्पण र योगदानले नेपालको पर्वतारोहण इतिहासमा अमिट छाप छोडेको छ। उहाँ सधैं गाउँ, देश र समुदायको गौरवशाली सन्तानको रूपमा रहिरहनेछ।

यस दुःखद् क्षणमा, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
उहाँको साहसिक जीवनयात्रा र योगदान हामी सबैका लागि प्रेरणाको स्रोत रहनेछ।

फुनुरु शेर्पा
वडा अध्यक्ष
वडा नं. १ परिवारको तर्फबाट)

🙏हार्दिक श्रद्धाञ्जली 🙏खुम्बु पासाङल्हमु गाउँपालिका–१ खरिखोला निवासीश्री खड्क बहादुर मगरको असामयिक निधन मिति २०८२ असोज २...
19/10/2025

🙏हार्दिक श्रद्धाञ्जली 🙏

खुम्बु पासाङल्हमु गाउँपालिका–१ खरिखोला निवासी
श्री खड्क बहादुर मगरको असामयिक निधन मिति २०८२ असोज २९ गते राति।

श्री तेक्चु बुढाथोकी मगर (रमेशका बुबा)
जिनको निधन मिति २०८२ असोज १ गते
भएको दुःखद समाचारले हामी सबैलाई अत्यन्त मर्माहित बनाएको छ।
मात्र तीन दिनको अन्तरालमा दुई महान आत्माको वियोगले परिवार, नातेदार, साथीभाइ र सम्पूर्ण समुदायमा अपूरणीय क्षति पुर्‍याएको छ।

यस गहिरो शोकको क्षणमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै
दुबै दिवंगत आत्माको चिरशान्तिको लागि भगवानसँग प्रार्थना गर्दछौं।
परमात्माले परिवारजनलाई यो असह्य पीडा सहन धैर्य र शक्ति प्रदान गरुन।

हार्दिक श्रद्धाञ्जली 🙏
फुनुरु शेर्पा
१ नं वडा अध्यक्ष तथा वडा परिवार

खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. १. निवासी समाजसेवी, हेलिकप्टर रेस्क्यु विशेषज्ञ नेपालका जेठान दाई लाहक्पा नुरु शेर्...
03/05/2025

खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. १. निवासी समाजसेवी, हेलिकप्टर रेस्क्यु विशेषज्ञ नेपालका जेठान दाई लाहक्पा नुरु शेर्पाको (HRA Lhakpa) ममतामयी आमा पसी शेर्पाको ८० वर्षको उमेरमा हिजो राति १२ बजे खरिखोलास्थित आफ्नै निवासमा दुःखद निधन भएको खबरले हामी मर्माहत भएका छौं। स्व. आमाको आत्माको चिर शान्तिको कामना गर्दै, उहाँको आत्माले देवाचनमा बास पाओस् भन्ने प्रार्थना गर्दछु।

ॐ मणि पद्मे हुँम् १०८।

स्व. पसी शेर्पाको अन्तिम शवयात्रा २०८२ बैशाख २३ गते (२०२५ मे ६, मङ्गलबार बिहान) सम्पन्न गरिनेछ।
सम्पूर्ण आफन्त, इष्टमित्र तथा शुभचिन्तकहरूलाई जानकारी गराइन्छ।

फुनुरु शेर्पा
अध्याक्ष
वडा नॅ १ परिवार खुम्बु-पासांडलह्मु गा.पा

हार्दिक श्रद्धाञ्जली 🙏🙏अन्नपूर्ण हिमालमा आएको हिउँपहिरोमा परी खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. १ का रिमा शेर्पा र वड...
12/04/2025

हार्दिक श्रद्धाञ्जली 🙏🙏
अन्नपूर्ण हिमालमा आएको हिउँपहिरोमा परी खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. १ का रिमा शेर्पा र वडा नं. ५ का निमा टाशी शेर्पाको दुःखद निधन भएको खबरले हामी मर्माहित भएका छौं।

ओम् मणि पद्मे हुँ 🙏🙏
स्वर्गीय आत्माहरूको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

(अध्यक्ष)
फुनुरु शेर्पा
तथा वडा परिवार,
खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं. १

हार्दिक श्रद्धाञ्जली!खुम्बु पासाङ ल्हामु गाउँपालिका–१, बुक्स निवासी, बुक्स गुम्बाका कोषाध्यक्ष पासाङ नुरू शेर्पा जीकी आम...
01/04/2025

हार्दिक श्रद्धाञ्जली!

खुम्बु पासाङ ल्हामु गाउँपालिका–१, बुक्स निवासी, बुक्स गुम्बाका कोषाध्यक्ष पासाङ नुरू शेर्पा जीकी आमाको दुःखद निधनको खबरले हामी वडा परिवार तथा सम्पूर्ण वडावासी मर्माहित भएका छौँ।

शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति भगवान बुद्धले प्रदान गरून्।
Om Mani Padme Hum

फुनरु शेर्पा
वडा अध्यक्ष, वडा नं. १
वडा परिवार

हार्दिक समवेदना !!खुम्बु पासांडलह्मु  १ वडा निवासी, स्व. फुरिन्जी शेर्पा (रिफुटी बाबु) को दुःखद निधनको खबरले हामी सबैलाई...
25/02/2025

हार्दिक समवेदना !!

खुम्बु पासांडलह्मु १ वडा निवासी, स्व. फुरिन्जी शेर्पा (रिफुटी बाबु) को दुःखद निधनको खबरले हामी सबैलाई मर्माहित बनाएको छ। यो कठिन घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौं। दिवंगत आत्माको चिरशान्तिको लागि प्रार्थना गर्दछौं।

ॐ मणि पद्मे हुँम् 🙏
फुनुरु शेर्पा
वडा अध्यक्ष, खुम्बु पासाङ ल्हामु-१
वडा परिवार

12/02/2025

काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका–१ का वडा अध्यक्ष तथा समाजसेवी फुनुरु शेर्पाले वडाबासीला.....

तिलक सर !! तपाईंलाई यो विशेष दिनमा मनदेखि जन्मदिनको धेरै-धेरै शुभकामना! तपाईंको मार्गदर्शन,परिश्रम, र समर्पणले सबैलाई प्...
22/09/2024

तिलक सर !!
तपाईंलाई यो विशेष दिनमा मनदेखि जन्मदिनको धेरै-धेरै शुभकामना! तपाईंको मार्गदर्शन,परिश्रम, र समर्पणले सबैलाई प्रेरित गरिरहेको छ। आगामी दिनहरू तपाईको जीवनमा खुशी, सफलता र सुस्वास्थ्यका साथ बितोस् भन्ने हाम्रो कामना छ।
तपाईंको शिक्षण यात्राले नयाँ ऊचाइहरू प्राप्त गरियोस,
फुनुरु शेर्पा
अध्याक्ष
१ नं वडा,खु य.पा.गा.पा तथा
खरिखोला, खरिखोला मा.वि

खु्म्बु पासडलह्मु गा. पा १ नं वडा पाङ्गोम घर बताउने बर्ष ६२ को पासाङ शेर्पा,छोङ्बा शेर्पाको भाई बताउने १२ बर्षको उमेरमा ...
13/05/2024

खु्म्बु पासडलह्मु गा. पा १ नं वडा पाङ्गोम घर बताउने बर्ष ६२ को पासाङ शेर्पा,छोङ्बा शेर्पाको भाई बताउने १२ बर्षको उमेरमा भारत छिरेको भन्ने ब्यक्ति हाम्रो वडा १ पाङ्गोमको नभएको खुल्न आएकोछ! सायद पाङ्गोम ठाउॅं सोलुखुम्बु जिल्लामा अन्य ठाउॅंपनि रहेकोले उहांलाई संम्बन्दित स्थानिय सरकार, आफन्तहरुले उद्दार गरिदिन अनुरोध गर्दछु 🙏
फुनुरु शेर्पा
१ वडा आध्याक्ष खुम्बु पासड गा.पा

29/04/2024

खुम्वु पासाङल्हामु गा.पा १ नं. वडा कार्यलय खरिखोलामा यहि मितिः२०८१.०१. २१ गते देखि,२३ गते सम्म(३ दिन) जग्गा सम्वन्धी सम्पुर्ण सेवा दिईने भएको हुंदा उपस्थितिको लागि सबै वडाबासीलाई जानकारी गराईन्छ धन्यबाद 🙏🙏

22/03/2024

१.नं वडा भित्र
यहि चैत्र ७ गते देखि पशु चौपायहरुका लागि खोरेत र पि.पि.र निशुल्क खोप लगाउने कार्यकर्म सुरु भैरहेले पुन जानकारी गराईन्छ र
सबै कृषकहरुले थप जानकीरीको लागि वडा कार्यलयमा सम्पर्क राख्नुहोला !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when खुम्बु पासाङल्हामु १ नं वार्ड Khumbu Pasanglhamu ward No.1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share