Gamcha Youth Club

Gamcha Youth Club गाम्चा युवा क्लब, गोकर्णेश्वर-३, गाम्चा, काठमाडौं

भोलि शनिवार बिहान एकछिन तपाइको अमूल्य समय यता दिऊँ ! 🙏
28/08/2026

भोलि शनिवार बिहान एकछिन तपाइको अमूल्य समय यता दिऊँ ! 🙏

27/07/2026

सबैले ट्राफिक नियमको पालना गरौं !

(Video:Social Media)

"आफ्नै टोल, आफ्नै जिम्मेवारी !"आफ्नै टोलको सरसफाई मिलेर गरौं, आफ्नै टोललाई राम्रो बनाऔं। आजको श्रमदानमा सहयोग गर्नुहुने ...
26/07/2026

"आफ्नै टोल, आफ्नै जिम्मेवारी !"
आफ्नै टोलको सरसफाई मिलेर गरौं, आफ्नै टोललाई राम्रो बनाऔं। आजको श्रमदानमा सहयोग गर्नुहुने सम्पूर्ण टोलवासीलाई धन्यवाद। 🙏

23/07/2026

प्रकृतिको काखमा रमाउन आउनेहरू,
कृपया प्रकृतिको मुटुमा फोहर नछोड्नुहोस्। 🙏

गाम्चा टोलबासी सम्पूर्णमा अनुरोध 🙏प्रिय टोलवासी तथा आगन्तुक महानुभावहरू,हाम्रो वातावरण सफा, सुन्दर र व्यवस्थित राख्न यहा...
23/06/2026

गाम्चा टोलबासी सम्पूर्णमा अनुरोध 🙏

प्रिय टोलवासी तथा आगन्तुक महानुभावहरू,

हाम्रो वातावरण सफा, सुन्दर र व्यवस्थित राख्न यहाँहरूको सहयोगको हार्दिक अपेक्षा गर्दछौं।

* 🌸 बाटोमा फूलेका फूलहरू नटिप्नुहोस्।
* 🗑️ जथाभावी फोहर नफाल्नुहोस्।
* 🚮 सार्वजनिक स्थानमा राखिएका डस्टबिनमा घरायसी फोहर नहाल्नुहोस्।
* 🚛 घरायसी फोहर फोहर संकलन गर्ने गाडी आएपछि मात्र बाहिर निकाल्नुहोस्।

हामी सबैको सानो जिम्मेवारीले नै सफा, हराभरा र सभ्य समाज निर्माण हुन्छ।

सफा वातावरण, स्वस्थ जीवन ~ हाम्रो साझा जिम्मेवारी।

07/06/2026

पाँच वर्षको संघर्ष आज फूल बनेर फुल्यो:
आज बाटो छेउछाउमा फुलेका यी फूलहरू केवल फूल मात्र होइनन्, पाँच वर्षअघि रोपिएको सपना, समुदायको मिहिनेत र धैर्यको सुन्दर परिणाम हुन्।

एक समय थियो, जब यी ठाउँहरू खाली थिए। बोट रोप्दा कठिनाइ थियो, रोपेका बोटहरू जोगाउँदा अझ ठूलो चुनौती थियो। कहिले बोट चोरी भए, कहिले गाई, भैँसी र बाख्राले नोक्सान पुर्‍याए। तर निराश नभई टोलका सम्पूर्ण समुदाय एकजुट भएर लागिरह्यो।

आज त्यही निरन्तर प्रयासको फलस्वरूप यो बाटो फूलहरूले सजिएको छ, वातावरण रमणीय बनेको छ र यात्रुहरूको मन आनन्दित बनाइरहेको छ।

यी फूलहरूले सिकाउँछन् कि सकारात्मक परिवर्तन एकै दिनमा आउँदैन, त्यसका लागि समय, धैर्य, त्याग र सामूहिक प्रयास आवश्यक पर्छ।

यस सुन्दर यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण टोलवासी, गोकर्णेश्वर नगरपालिका, जनप्रतिनिधि, युवाहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आज फुलेका यी फूलहरू हाम्रो साझा सपना, एकता र सफलताको जीवित प्रमाण हुन्।

"रुख रोप्नेले छायाँ नपाउन सक्छ, तर उसले आउने पुस्ताका लागि सुन्दर भविष्य रोपेको हुन्छ।"

05/06/2026
गाउँका यस्ता कृषक नै वास्तविक हिरो हुन्,जो अझै माटोमा मिहेनत गर्न छोड्नुभएको छैन।तस्बिर : Kumar Nagarkoti
28/05/2026

गाउँका यस्ता कृषक नै वास्तविक हिरो हुन्,
जो अझै माटोमा मिहेनत गर्न छोड्नुभएको छैन।

तस्बिर : Kumar Nagarkoti

आज (अहिले) आँखा शिविर संचाल भइरहेको छ, आँखा जचाई स्वास्थ्य लाभ लिनुहोस् ।
27/05/2026

आज (अहिले) आँखा शिविर संचाल भइरहेको छ, आँखा जचाई स्वास्थ्य लाभ लिनुहोस् ।

Address

Kathmandu

Opening Hours

Monday 06:30 - 09:00
Tuesday 06:30 - 09:00
Wednesday 06:30 - 09:00
Thursday 06:30 - 09:00
Friday 06:30 - 09:30
Saturday 06:30 - 09:00

Telephone

+9779851074710

Website

Alerts

Be the first to know and let us send you an email when Gamcha Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gamcha Youth Club:

Shortcuts

Share

Category