Zen Y

Zen Y Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Zen Y, Social service, Boudha, Kathmandu.

समानुपातिकको सिट बाँडफाँड । कुन दलको भागमा कति सिट आयो ?
12/03/2026

समानुपातिकको सिट बाँडफाँड । कुन दलको भागमा कति सिट आयो ?

माननिय ज्यु , अब किताब बेच्न छोड्नुस् म्याग्दी जिल्लालाई कसरी विकास गर्ने भनेर जनतासंग सामुहिक छलफल भिजन प्रस्तुत गर्नुस...
11/03/2026

माननिय ज्यु , अब किताब बेच्न छोड्नुस् म्याग्दी जिल्लालाई कसरी विकास गर्ने भनेर जनतासंग सामुहिक छलफल भिजन प्रस्तुत गर्नुस जनतासंग सहकार्य गर्नुस् । अब राज्यले हेर्छ, कृषि औजार कारखानामा त्यही बजेटमा पहुच पुगेन भनेर जनताले वजेटको पहुचमा पुर्याए फेरी नौटंकी नगर्नुस जनता र स्थानिय प्रतिनिधिसंग सहकार्य गरेर कसरी उत्पादन गर्ने र बजारिकरण गर्ने त्यसमा लाग्नु कामको रिजल्ट निकालेन भने जनताले लखेट्छन् ।।। Mahabir Pun's Mahabir Pun

11/03/2026

जनताले जसजसलाई निर्वाचित गराएर संसद, मन्त्री, प्रधानमन्त्री बनाए तिनीहरुले माओवादि जस्तै निहित स्वार्थमा पार्टी फोर्ने दलालहरुसंग संठगाठ गर्ने, विचौलिया संग कॅाध मिलाउन गयो भने त्यसको पतन मात्र हैन त्यसलाई मुखै देखाउन नसक्ने गरि लखट्ने पक्का छ त्यसैले नयॅा जन निर्वाचित मानिनयहरु होसियारि पुर्वक काम गर्नुस् शुभकामना !!!

03/02/2026

एमालेको प्रमुख एजेण्डा नै भ्रष्टहरुलाई जोगाउने !!!
एमाले कुनै समय देशको बागडोर समाहल्ने पार्टी थियो जन पक्षिय निर्णय गर्ने पार्टी थियो । केपि ओलिलाई जनताले धेरै विश्वास गरेर देशको सत्ता समाहल्ने योग्य ठानेर प्रधानमन्त्रीको कुर्सीमा पुर्याएको थियो तर केपि ओलिले जन पक्षिय काम गर्न सकेन् जनताको पक्षमा काम गर्नु पर्ने ओलि एकाएक भ्रष्टचारी विचौलिया, भुमाफियाको कब्जामा परे त्यहि अनुसार देश र जनतालाई सेवा गर्नु पर्ने ठॅाउमा उल्टो भ्रष्टचारीहरु संग मिलेर जनतालाई दुख दिने, कुर्सि तानातान, संसदमा हानाहान, फरक विचार राख्नेलाई पार्टीबाट निष्काशन, गलतलाई गलत भयो भन्दा दण्ड सजाय दिने ओलि एकाएक तानाशाहा शैलिमा आफ्ने असलि चरित्र देखायो हुदॅा हुदॅा व्यापारी माडवारीलाई मन्त्री वनाउन समेत पछि परेन् यहि विभिन्न कारणले जनताले ओलिलाई क्लिन स्वईप गर्नेछ प्रतिनिधि सभाको चुनाव २०८२ फागुन २१ गतेमा ।।

13/11/2025

नेपालमा सरकारी कर्मचारीलाई “जनताको सेवक” भनिन्छ, तर व्यवहारमा धेरैजसो कर्मचारीहरू जनताको सेवक होइन, जनताको शोषक बनेका छन्। राज्यले तलब, पद र शक्ति दिएको छ सेवा गर्नका लागि, तर धेरैले त्यसैलाई कमाउने, घुस खाने र पहुँच बेच्ने माध्यम बनाएका छन्। यसको परिणाम आज सबै नेपाली नागरिकले दैनिक जीवनमा भोगिरहेका छन् । अन्याय, ढिलासुस्ती, कुशासन र भ्रष्टाचार।
नेपालको प्रशासनिक संरचना आज सेवा होइन, सञ्जाल बनेको छ। सानो कागजमा हस्ताक्षर गराउन पनि “फाइल चलाउन” भन्दै पैसा मागिन्छ। नागरिकता, पासपोर्ट, जग्गा दर्ता, लाइसेन्स जहाँ गए पनि घुस नदिई काम गर्न गाह्रो छ। जनता बिहानदेखि बेलुकीसम्म ढोका ढकढकाउँछन्, तर कर्मचारीहरू आफन्त, दलका कार्यकर्ता र पहुँचवालाको काम पहिले गर्छन्। सामान्य जनताको कुरा सुन्ने कोही हुँदैन।

भ्रष्टाचारले नेपाललाई भित्रैदेखि खोक्रो बनाइदिएको छ। सरकारी कार्यालयहरूमा कमिसन र चिया–पानी बिना काम अघि बढ्दैन। ठूला ठेक्का र परियोजनामा करोडौँको रकम बाँडफाँड हुन्छ, विकास योजनाहरू कागजमा मात्र पूरा देखाइन्छन्। नतिजा सडक अधुरो, विद्यालय र अस्पताल बिना सुविधा, र देश विकासभन्दा बढी ऋणमा डुबेको छ । कर्मचारीहरु पार्टीको नाममा संगठित भएर एकधिकार अड्डा जमाएर बसिरहेको छ अबकास पछि पनि राजनैतिक दलको आडभरोसामा बिभिन्न नियुक्तिहरुमा पदस्थापन भएको छ । यातयात, मालपोत,भन्सार, प्रशासन, विभिन्न विभागहरुमा दैनिक करोडौ रकम घुसको रुपमा लिनदिन गरेको छ । कतिपय सेवाग्रहीले भिडीयो फोटो सहितको प्रमाण पेश गर्दा पनि कारवाही गर्ने छाड् कुनै निकायको देखिदैन् । कारवाही गरे जस्तो गर्ने अख्तियारमा मिलोमतो, सरकारी वकिलको कार्यलयमा मिलोमतो , अदालतमा मिलोमतो गरे पछि जस्तै भ्रष्टचारीहरु पनि खुलेआम समाजमा ध्वास दिईरहेको छ ।
न्याय र समानताको कुरा गर्ने सरकारी तन्त्र नै राजनीतिक दबाब, पहुँच र पैसाको खेलमा फँसेको छ। कतिपय कर्मचारीहरूले दलका नेताको आदेशमा गलत निर्णय गर्छन्, जसले कानुनी प्रणालीमाथि नै प्रश्न उठाउँछ। गरीब र सचेत नभएका नागरिक न्यायको ढोका ढकढकाउँदै थाक्छन्, तर धनी र पहुँचवाला सजिलै छुट्छन्।

अनैतिकता र गैरजिम्मेवारीको चरम रुप देख्न सकिन्छ — कार्यालयमा ढिलासुस्ती, जनतालाई अपमान, घमण्डपूर्ण व्यवहार, र आफ्नो पदको दुरुपयोग। कतिपयले सेवाग्राहीलाई झुक्याएर पैसा खान्छन्, राहत वा अनुदान आफन्तमा बाँड्छन्, र नागरिकको दुखमा रमाउँछन्।

यसले गर्दा जनताको राज्यप्रतिको विश्वास समाप्त हुँदै गएको छ। युवा विदेश पलायन भइरहेका छन्, किनकि देशमा ईमानदार श्रमको सम्मान छैन। जनता राज्यबाट डराउँछन्, भरोसा गर्दैनन्। देशको विकास रोकिएको छ, र शासनप्रति वितृष्णा फैलिएको छ।
अब समय आएको छ ।
नेपालमा सरकारी सेवाको परिभाषा फेरि लेख्ने।
सरकारी कर्मचारीले बुझ्नुपर्छ कि पद, शक्ति र कुर्सी जनताले दिएको हो, त्यसको अर्थ सेवा हो, शासन होइन।हरेक कर्मचारीको निगरानी सम्पति छानबिन कारबाही गर्न जरुरी देखिन्छ । यि सबै कुनै न कुनै पार्टीको आडभरोसामा यिनीहरुले लुट मच्चाई रहेको छ । ईन्जिनियर, सडक विभागको डिजी , भन्सारको डिजी , मालपोतको डिजी , प्रशासन प्रमुख लगाएतको सम्पति छानविन गरिनु पर्दछ । त्यसको लागी जनता नै अग्रसर भएर अगाडी बढ्नु जरुरी छ । कार्य सम्पादनको आधारमा कर्मचारीहरु हेरफेर कारबाही र पुन न्युक्ति गरिनु पर्दछ । कार्य सम्पादन कमजोर भएको कर्मचारीलाई तुरुन्त निष्काशन गर्ने नियम वनाउनु पर्ने देखिन्छ ।
यदि राज्यले ईमानदार कर्मचारीलाई सम्मान र भ्रष्टलाई कठोर सजाय दिन सक्यो भने मात्र देशमा सुशासन, पारदर्शिता र न्यायपूर्ण शासन सम्भव हुनेछ।
नत्र भने, नेपालमा विकासका नाराहरू कागजमा मात्र रहिरहनेछन्, जनता पीडित र देश निराश रहिरहनेछ।

11/10/2025

फागुनको सघिय संसदिय चुनाव पछि जेन्जीहरु जेलको वास ।।।

भाद्रा २३/२४ गतेको जेन्जी आन्दोलन पछि पनि खासै अव्वल नेतृत्व निस्किन सकेको छैन । यहि मौका छोपेर प्रतिगामीहरुले टाउको ठाडो परेको छ । जेन्जी जेन्जी विच एकरुपता र संविधान संसोधन मुध्दामा एकरुपता देखिएको छैन् धेरै जसो जेन्जीहरु विदेशी फन्डबाट परिचालित NGO/INGO आवध्द भएको देखिन्छ । यही कुराले गर्दा प्रतिगामीहरुले विदेशी चलखेल षड्यन्त्र भनेका छन् र अहिलेको सिनारियो हेर्दा नि त्यस्तै देखिन्छ किनकी जो NGO/INGO काम गरेका हुन्छ तिनिहरु नै राजनैतिक र सामाजिक रुपमा अगाडी हुन्छ ।

वास्ताविक जेन्जी केही भए पनि तिनीहरुको कुरा खासै सुनुवाई भएको छैन् । जन्जीहरु एक हुनको लागी न कुनै राजनैतिक संस्था न कुनै सामाजिक संस्था कुनै पनि संस्था नभएको जेन्जी अहिले तितरवितर र व्यक्ति परक फरक मुध्दा रहेको छ १० ओटा भनेदा धेरै जेन्जी ग्रुपहरु देखा परेको छन् ति सबैको एकआपसमा प्रतिशपर्धी जस्तो देखा परेको छ ।वेलैमा जेन्जीलाई संगठित भएन भने यो टुक्रा टुक्रा हुने निश्चित छ तर यो शक्तिलाई अहिलेको परिवेशमा राम्रो काम गरेकोहरु रास्वपा ,वालेन, हर्क, कुलमान लगाएत सम्पुर्ण चोईटा चोईटी शक्तिहरु संस्थागत हुने र एकले अर्काको अस्तित्वलाई स्विकार गर्यो भने यो एउटा राष्ट्रिय शक्तिको रुपमा उदय हुन सक्छ र ZENY युवाहरुले यो नेतृत्वलाई स्विकार गर्न सक्नेछ । यदि यसो हुन सकेन भने यो आन्दोलनको उपलब्धी चक्नाचुर भएर जाने निश्चित छ ।

यसको लागी देशैभरि नव उदय युवा शक्तिहरुको बृहत संम्मेलन गरेर नेतृत्व चयन गरेर संस्थागत गर्न सकिन्छ यो नेपालको एउटा आशलाग्दो शक्तिको रुपमा उदय हुने संम्भावना छ यदि यसो हुन सकेन भने फेरी प्रतिगामीहरु नै हाबि हुने र जेन्जीहरुलाई आन्दोलनमा भएको भरपाई गराई जेल हाल्ने निश्चित देखिन्छ ।। तुरुन्तै ZENG र ZENY युवाहरुको राष्ट्रिय सम्मेलन गरेर यो आन्दोलनलाई सार्थक बनाउन जरुरी देखिन्छ । यहि मौकामा पुरानो प्रतिगामी राजावादीहरुले सम्म टाउको उठाउनेर धावा बोल्ने गरेको पाईएको छ यसै विचमा नयॅा प्रतिगामी,पुरानो प्रतिगामी र नव उदय टुक्रिएको शक्तिहरु विच द्न्द बढने र यसै विच विदेशी चलखेल पनि बढ्ने र नेपाल राजनैतिक अस्थिरताको संकटमा पर्ने देखिन्छ।

नयॅा प्रतिगामीहरु बलियो संगठित छ यो संगठनमा संगठित भएको सदस्यहरु ४/५ ओटा पार्टीमा करिब करिब १५ लाख सदस्यहरु रहेको छ र यिनीहरु एक किसिमको अन्धा भक्त जस्तो भएको छ किनकी यिनीहरुले सामाजिक, राजनैतिक र आर्थिक लाभ यसै संगठित भएर पाईएको देखिन्छ यिनीहरुले हत्तपत्त आफ्नो संगठन छोड्न नसक्ने देखिएको छ । देशै भरि जेन्जी ZENG र ZENY युवा शक्तिहरु जसरी आन्दोलनमा एक भएको थियो त्यसरी नै नेतृत्व र मुध्दामा एकरुपता भयो भने यो संम्भावना नकार्न सकिदैन्।

नयॅा प्रतिगामीहरुले नैतिक आधार गुमाए पनि ७५% सत्ता, न्यायलय, सम्वैधानिक निकायहरु सरकारी अड्डाहरु यिनीहरुकै एस म्यान जुन त्यहा बस्ने कुनै नैतिक आधार नभए पनि जुका जसरी टॅासिएर सत्ता लिप्त भएर बसेको छ । निजामति कर्मचारी संगठनहरु जुन प्रतिगामीहरुको संगठनहरु भ्रष्टचारमा लिप्त छ त्यो संगठनले नै सरकारी काम कारबाहीमा ठुलो अबरोध पुर्याएको छ । ति संगठनहरु पनि खारेज गर्न सकिरहेको छैन जेन्जी सरकार त्यसैले यो सरकारले काम गर्ने स्पष्ट कार्यदिशा छैन त्यो कार्यदिशा दिनको लागी युवा सम्मेलनवाट स्पष्ट धाराणा बनाउनु पर्ने देखिन्छ नत्र देश ध्दन्दमा जाने र जेन्जीहरु जेल जाने निश्चित रहेको छ ।।

ZENG र ZENY युवा शक्तिहरुले देश सहि कार्यदिशा अनुसार संचालन गर्न सकियो यो देश विकासको मुल फुट्न सक्छ ।।

10/10/2025

जनताले पटक पटक बहुमत दिएर यि तिन दलहरुलाई सत्तामा पुर्यए तर यिनीहरु भ्रष्टचारमा चुर्लुम्म डुबेर आफै निस्कन नसक्ने भयो यो ।

पार्टीहरुको करिब करिब पन्ध्र लाख एकदम सक्रिय सदस्यहरु छन यिनिहरुको स्वतन्त्र सदस्य मात्र नभएर शिक्षक ,निजमति कर्मचारी , प्रहरी लगाएतमा यिनीहरुको आन्तरिक संगठन छ यि मध्य धेरै जसोले नेता, संसद , मन्त्री, प्रधानमन्त्री, प्रदेश मन्त्रीहरु भएर लाभ लिएको र तिनैको आसेपासेहरुलाई चरम आर्थिक लाभ लिएको छ पन्ध्र लाख मध्य बीस हजार जनाले राज्य शक्ति दुरुपयोग गरेरे अत्यधिक भ्रष्टचार गरेको पाईएको छ । समाजमा यिनै भ्रष्टहरुको चहलपहल रहेको छ र यिनीहरुनै समाजको अगुवा रहेको छ ।

यिनीहरु देश र जनताको लागि काम गर्छु भनेर झुट बोल्न एकदम खपिस हुन्छ प्रायजसो यिनीहरुको वसाई लक्जरी होटेलमा हुने गर्दछ । असार मसान्तमा धेरै विलहरु फर्स्योट गर्नुपर्ने यो फर्स्योट गर्दा राजनैतिक दलका नेता कर्मचारी र ठेकेदारहरुको मिलोमतोमा फर्जी विलहरु पास गर्दै त्यसबाट आएको रकम बॅाडफाड गर्ने गरिन्छ । यो प्रक्रिया हरेक आर्थिक बर्षको अन्तिम सम्म हुने गर्दछ र यसरीनै झोलेहरु जिल्लामा टिक्ने गर्दछ र नेताको झोला वोकेर हिड्ने गर्दछ ।

यिनीहरुको पेशा नै यही हो न यिनीहरुको व्यावसाय न रोजगार तै पनि समाजमा सबै भन्दा खर्चालु र रबाफिलो यिनीहरुनै हुने गर्छ । सच्चा कार्यकर्ताहरुलाई पाखा लगाउदै पद च्युत गरिएको धेरै सन्दर्भहरु छन् राजनितिबाट सन्यास लिनेहरु धेरै छ जो यस्तो विकारल भ्रष्टचारीहरु संग लड्न नसकेर पछि सरेकोहरु धेरै छन् । यि भ्रष्टहरुको विरोध गर्दा झुटा मुध्दा लगाउने विभिन्न षड्यन्त्र गर्ने र फसाउने सके सम्म ज्यान नै लिने पनि पछि पर्दैन्। ।

जनतालाई चरम झुट बोलेर आश्वसन दिएर चुनाव जित्ने र जिते पछि व्यापारी, कार्यकर्ता, विचौलिया, भुमाफिया दलालहरु पोषण गर्ने काम गरिएको सबैलाई थाहा छ । यिनीहरु सच्चा मनले देशको विकास गर्न आएको त पक्कै हैन् र अहिले सम्मको कार्यशैलि हेर्दा नि त्यस्तै देखिन्छ ।
अब कसरी कार्यकर्ता ब्यवस्थापन गर्छ त यिनीहरुले ?? जो आन्तरिक कुरा बाहिर ल्याउदैन जो नेताको एस् म्यान हुन्छ त्यस्ताले धेरै अवसरहरु पाएको हुन्छ !

त्यसैकारण यो जन्जिर तोड्न मुस्किल छ तर असम्भब छैन् यस्तै यस्तै कारणहरुले यिनीहरुले देशको विकास गर्न सक्दैन र गर्दैन्।।

09/10/2025

सोच्नुहोस त ?
हामी नेपाली सदियौ देखि कसैको अधिनमा रहन मन पराउदैनौ । कसैको मानबिय अधिकार हनन् गर्दनौ । आफ्नो र परिवारको जिवनमा जे जस्तो आइ पर्छ सोही अनुरुप जीवन सन्चालन गर्छौ भने पछि हामीले हाम्रो कर्तव्य राम्रो सङ्ग पूरा गरेका छौ तर पाउने अधिकार ????
तर फेरि सोचौ।।
नेता भनेको के हो ? नेताको कर्तव्य के हो ? राज्यको दायित्व के हो ? ल अब यो पनि छोडिदिउ यो प्रश्नको उत्तर खोज्नुहोस ।
मान्छे गरीब जनताको हक हितमा लड्छु भन्दा भन्दै धनी चै कसरी हुन्छ के ?
हो यत्ती प्रश्नको उत्तर बुझियो र त्यस्तो कार्य रोक्न सकियो भने .......
मौका यहि हो गर्ने , अहिलै हो ... आजै हो ..
ZenZसङ्गसङ्गैZenY

झोलेको झोला भित्र  के छ ?- नेताहरुले चुसेर फ्याकेको हड्डीको टुक्रा छ।-जनताको रगत र पसिनाले तिरेको करको टुक्रा छ।- अब आउन...
09/10/2025

झोलेको झोला भित्र के छ ?
- नेताहरुले चुसेर फ्याकेको हड्डीको टुक्रा छ।
-जनताको रगत र पसिनाले तिरेको करको टुक्रा छ।
- अब आउने सन्ततिको अन्धकार जीवन छ ।
- नेपाली जनताको भोख मार्ने अन्न छ।
- नेताले गरेका भ्रष्टाचार , अन्याय र अत्याचार लुकाउने अड्डा छ
- समृद्धि नेपाल र सुखी नेपालीको सपना देख्ने सुन्दर अनुहारमा कालो पोत्ने अलकत्रा छ।
- ती सहिदहरुले देखेका सपनामा आउने ऐठन छ।
- अस्ति मारिएका नाबालकहरुको थुनिएको आत्मा छ।
- घाइतेहरुको बैशाखि छ ।
- समग्रमा नेपाल र आम नेपालिको अन्धाकारमय जीवन छ ।
अब पनि झोला बोकाउने र झोला बोक्नेलाई आफ्नो औकातमा ल्याएर त्यो झोलामा आगो लगाउन सकिएन भने ,
त्यसैले समय छ जे गर्नु छ यहि, अहिले, आजै बाट गरौ।
्गसङ्गैZenY

09/10/2025

नेपालमा २०४६ साल देखि यताको भ्रष्टहरु सम्पति छानविन गर्नु पर्ने देखिएको छ।

पुर्व मन्त्रीहरु , पुर्व प्रशासकहरु , पुर्व न्यायधीसहरु नेता, निजामति कर्मचारी, भुमफियाहरु, पुर्व प्रहरी अधिकृतहरु, लेखापालहरु, विचौलियाहरु, राजनैतिक नियुक्तिमा पद प्रप्त गरेकाहरु, नेपाल वायुसेवा निगम, आयल निगग लगाएत सरकारी संस्थाहरुमा काम गर्ने अधिकारीहरु लगभग २०००० जनाको संम्पति छानविन गर्नु पर्ने देखिन्छ ।

मालपोत, भन्सार लगाएत मालदार अड्डामा कामगरेकोहरुले विदेशमा सम्पति पुर्याएको एक अध्यनले देखाएको छ विश्वको विभिन्न मुलुक दुवै, अमेरिका, युके, सिंगापुर, हडंकडं, अष्ट्रेलिया, लगाएतको मुलुकमा सम्पति लगेको विभिन्न तथ्यहरुले देखाएको छ । यो सम्वन्धि विषेश किसिमको अध्यन भईरहेको छ जनाएको छ । भ्रष्टचारीहरुले विभन्न आफ्न्तको नाममा विभिन्न किसिमको कम्पनीमा शेयर खरिद गरेको र जग्गा जमिन खरिद गरेको पाईएको छ ।।

यिनीहरुलाई कारवाही गर्न कठिन रहेको एक अध्यनले देखाएको छ किनी यिनीहरुले आफ्नो अखडामा जरो गाडेर वसिरहेको छ । यो कारवाही गर्न अभियान नै चलाउनु गर्ने देखिएको छ ।

Address

Boudha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Zen Y posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category