ICC Independent Candidacy Campaign-स्वतन्त्र उम्मेदवारी अभियान

  • Home
  • Nepal
  • Kathmandu
  • ICC Independent Candidacy Campaign-स्वतन्त्र उम्मेदवारी अभियान

ICC Independent Candidacy Campaign-स्वतन्त्र उम्मेदवारी अभियान स्वतन्त्र उम्मेदवारहरुको मंच​

राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियान - कुनै पनि राजनैतिक पार्टि वा संस्था वा देशि-बिदेशि एजेन्सि वा अन्य कुनै व्यक्तिसंग प्रत्यक्ष-अप्रत्यक्ष-परोक्क्ष रुपमा आबद्ध नभएको र एक स्वतन्त्र/स्वच्छ अभियान भएको सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदिबहिनि, आम-नागरिक, पत्रकार एवं सरोकारवालाहरुलाई जानकारी गराउदछौं।

पार्टी होइन - व्यक्ति चुनौं
हाम्रो होइन - राम्रो चुनौं

तयारी हुदैछ-
09/11/2025

तयारी हुदैछ-

तपाईहरु सबैलाई हार्दिक निमन्त्रणा !
06/11/2025

तपाईहरु सबैलाई हार्दिक निमन्त्रणा !

सबैलाई हार्दिक निमन्त्रणा !
31/10/2025

सबैलाई हार्दिक निमन्त्रणा !

जेन-जेड आन्दोलनका आधिकारिक प्रतिनिधिहरु अर्थात initiator को हुन भन्ने कुरामा विभिन्न मिडियामा तथा संजालमा विभिन्न नामहरु...
10/09/2025

जेन-जेड आन्दोलनका आधिकारिक प्रतिनिधिहरु अर्थात initiator को हुन भन्ने कुरामा विभिन्न मिडियामा तथा संजालमा विभिन्न नामहरु आइरहेकोले आज ३;३० बजे "अनलाइन पत्रकार सम्मेलन"को आयोजना गरिएको छ, कृपया जोदिनुहोला a virtual press conference on "Nepal’s Gen Z Protest"
Wednesday, 10 September · 3:30 – 4:30pm
Time zone: Asia/Kathmandu
Google Meet joining info
Video call link: https://meet.google.com/msz-gpzt-dyy

10/09/2025

शुभबिहानी-

एक नयाँ सबेरा, सुखद-दुखद स-मिश्रण। हिजो सम्म जे भयो सकियो, अब नयाँ अध्यायमा जाऔ। आज घरबाट कोइ पनि न-निस्कनुस, घरको काम गर्नुस, फुल रोप्नुस, घरको सफाई गर्नुस, परिवारसंग समय बिताउनुस र मीठो बनाएर खानुस।

मुख्य शहर, पाएक पर्ने ठाउँ र रोड छेउमा बस्नेहरुले पानीका बोतल, जुस र खानेकुरा नेपाली सेना, प्रहरी वा रास्ट्र सुरक्षामा खटिएकाहरुलाई दिनुस।
भो अब!
पुग्यो अब!! अब
अरु थेग्न सक्दैन यो देशले!!

आन्दोलनरत सबै मित्रहरु, नेपाली नागरिकहरु, नेपाली सेना तथा सबै सरोकारवालाहरुमा-हार्दिक अपिलमिति-२०८२, भदौ २४ गते स्वतन्त्...
09/09/2025

आन्दोलनरत सबै मित्रहरु, नेपाली नागरिकहरु, नेपाली सेना तथा सबै सरोकारवालाहरुमा-हार्दिक अपिल

मिति-२०८२, भदौ २४ गते
स्वतन्त्र तथा स्वाभिमान युवाहरु जेन जेड आन्दोलन (Gen Z Movement) द्वारा सुरु गरिएको भ्रष्टाचार र विकृति विरुद्धको शान्तिपूर्ण आन्दोलनमा नेपाल सरकारले हिजो भदौ २३ गते गरेको बर्बर दमन र अन्धाधुन्ध गोली प्रहारको आज मृतकका परिवार, सुभेच्छुक तथा सम्पूर्ण नेपाली जनताले ब्याज सहित बदला लिएका छन्, जसका लागि सबै जेन जेड आन्दोलनका मित्रहरु तथा नेपाली जनताहरु धन्यवादका पात्र रहेको छन्। साथै विभिन्न दलतन्त्र तथा प्रजातन्त्रको नाममा बर्षौ देखि देशमा मचाईराखेको लुटतन्त्र सदाका अन्त्य भएको र नेपाली जनताले नयाँ ईतिहास रचेकोमा हार्दिक बधाई तथा शुभकामना।

नेपालमा विभिन्न राजनतिक दल र नेताहरुले लोकतान्त्रिक गणतन्त्रको नाममा शासन गरेर व्यापक भ्रष्टाचार, व्यथिति र कुशासनको अभ्यास गरिरहेका थिए। फरक-फरक दल र सिद्दान्तका नाममा राजनीतक पार्टी, पार्टी निकट सङ्गठन र अनुकुल व्यक्तिहरुको नियुक्ति गर्दै यो देशमा चरम लुटपाट मच्चाएको आम सबै नेपाली नागरिकहरुलाई अवगत नै छ। त्यहि लुटतन्त्र र व्यतिथिले आक्रान्त बनेका नेपाली जनताले बेला-बेलामा विभिन्न आवाजहरु उठाउने कोसिस गरेता पनि व्यवहारत: परिवर्तन हुन सकिरहेको थिएन। राज्यबाट जनताले भोगेको पिडा, कुशासन र भ्रष्टाचारले सिमा नाग्दै गईरहेको नेपाली जनताले प्रत्यक्ष महसुस गरिरहेका थिए र एउटा उपयुक्त समयको पर्खाईमा रहेको बेला स्वतन्त्र युवाहरुले गरेको शान्तिपूर्ण आन्दोलनलाई दबाउदाको नतिजा नै आजको युगान्तकारी परिवर्तन हो।

संसद भवन जल्यो, सिहदरबारमा आगो लाग्यो, अदालत जल्यो र पुर्व प्रधानमन्त्री लगाएतका विभिन्न व्यक्तिहरुले नेपाली जनताका हातबाट झापट खाए जुन कुरा एक न एक दिन हुनु नै थियो। मूलतः यो देशको कुख्यात अपराधि तथा भ्रष्टाचारी र हाल उत्पन्न परिस्थितिको नाईके के.पी. शर्मा वली (प्रधानमन्त्री)को राजीनामा आईसक्यो तर राजीनामाले मात्र पुग्नेवाला छैन, वलीले गरेको बदामासी र लुटतन्त्रको बदला ब्याज सहित नेपाली जनतालाई फिर्ता माग्नेछन, लिदैछन र भविष्यमा लिनेछन्।

जे भयो, हुनु नै थ्यो र भयो। आज, उपरान्त र अबबाट हामि सबै नेपाली नागरिकहरु स्वन्त्र भएका छौ। बर्षौ देखिको लुटतन्त्र र दलतंत्रबाट मुक्ति पाएका छौ, यो हामि सबैको नेपालीको जित हो। अब देश लुटतन्त्र र दलतंत्रबाट छुटकारा पाइसकेको छ र केहि नयाँ चनौती र अवसरहरु पनि प्राप्त भएका छन्। यी अवसर र चुनौती दुवैलाई २४ घण्टाभित्र शासकीय स्वरुपमा बदल्नैपर्ने बाध्यतमक परिस्थिति उत्पन्न भएको छ।

अबको २४ घण्टा भित्र देशको शासकीय स्वरुप दिन र नियमित प्रशासनिक कामकाज/दिनचार्य सुरु गर्नेपर्ने अभिभारा स्वतन्त्र र राजनीतिक पार्टी बाहेकका स्वतन्त्र व्यक्तिहरुको काधमा जिम्मेवारी आईसकेको हुदा तत्काल रुपान्तरणकारी गतिविधिहरुमा लाग्नु पर्ने भएको छ। साथै, तत्काल र तुरुन्तै बिग्रदो राजनीतक निकासका लागि र राज्यका पूर्वाधार, भौतिक संरचनाहरुको थप नोक्सान हुनबाट बचाउन स्वतन्त्र नागरिकका तर्फबाट निम्न लिखित सुझाव (माग) सहित सबै सरोकारवालाहरु, नेपाली सेना, बिदेशी कुटनीतिक नियोगहरु तथा आम नेपाली नागरिकहरुमा हार्दिक अपिल गर्दछौ;
1. तत्कालै संसद विघटन गरि उल्लेखित स्वतन्त्र व्यक्तिको (प्राथमिकताको आधारमा) नेतृत्वमा अन्तरिम सरकारको गठन गर्नुपर्ने,
क) बालेन शाह (पहिलो प्राथमिकता)
ख) डा.सन्दुक रुईत (दोस्रो प्राथमिकता)
ग) सुसिला कार्की (तेस्रो प्राथमिकता)
2. कुनै विशेष राजनतिक पार्टी तथा संघ-सङ्गठनका व्यक्तिहरुलाई अन्तरिम सरकारमा समावेश गर्दा (conflict of interest) देखिने भएकोले तत्कालका लागि कुनै पनि राजानिक पार्टी तथा सङ्गठन व्यक्तिहरुलाई अन्तरिम सरकारमा समावेश नगर्न,
3. आन्दोलनका दौरान जे-जति क्षति भएता पनि अब उपरान्त र थप राज्यका भौतिक तथा पूर्वाधारहरुको क्षति हुननदिन,
4. अब-उपरान्त राज्यमा सु-व्यवस्था तथा सुशासन कायम गर्न,
5. देशमा लुटतन्त्र, दलतंत्र र भ्रष्टाचारको अन्त गर्न,

अन्तमा; नेपालको भविष्य युवाहरू हुन्। उनीहरूको आवाज दमन गरेर होइन, सुनेर मात्र समृद्ध नेपाल निर्माण सम्भव छ। जेन जेड आन्दोलन (Gen Z Movement) अर्थात स्वतन्त्र युवाहरुले सुरु गरेको आन्दोलनले मुर्तरुप लिईसकेकाले र लुटतन्त्र-दलतन्त्र बाट मुक्ति पाइसकेकाले सबै युवा साथीहरु, आम नागरिकहरु सयम अपनाउन हार्दिक अनुरोध गर्दछौ।

जय होस !


संयोजक
डम्बर शाहु
स्वतन्त्र उम्मेदवारी अभियान तथा स्वतन्त्र नागिरक संजाल

09/09/2025

स्वतन्त्र उम्मेदवारी अभियान तथा स्वतन्त्र नागरिक संजालसंग सम्बद्ध साथीहरूले messenger / WhatsApp मा तुरुन्तै सम्पर्क गर्नुहुन अनुरोध छ;

प्रेस विज्ञप्तिमिति-२०८२, भदौ २३ गते आज स्वतन्त्र तथा स्वाभिमान युवाहरु जेन जेड आन्दोलन (Gen Z Movement) द्वारा सुरु गरि...
08/09/2025

प्रेस विज्ञप्ति

मिति-२०८२, भदौ २३ गते
आज स्वतन्त्र तथा स्वाभिमान युवाहरु जेन जेड आन्दोलन (Gen Z Movement) द्वारा सुरु गरिएको भ्रष्टाचार र विकृति विरुद्धको शान्तिपूर्ण आन्दोलनमा नेपाल सरकारले गरेको अत्यधिक दमन र अन्धाधुन्ध गोली प्रहारप्रति हामी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं। यस अमानवीय दमनमा जीवन गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

लोकतान्त्रिक समाजमा नागरिकलाई आफ्ना विचार, माग र असन्तुष्टि शान्तिपूर्ण तरिकाले प्रस्तुत गर्ने अधिकार हुन्छ। तर, देशका नवयुवामाथि गरिएको गोली प्रहार, दमन र धरपकडले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकार तथा अन्तर्राष्ट्रिय मानवअधिकार मान्यतालाई गम्भीर रूपमा आघात पुर्‍याएको छ।

जेन जेड आन्दोलन र युवा पुस्ताले उठाएका प्रश्नहरू—भ्रष्टाचारको अन्त्य, व्यथित व्यवस्था सुधार, शिक्षा, रोजगारी, सुशासन, पारदर्शिता र भविष्यको सुरक्षा—देशको दीर्घकालीन समृद्धिसँग प्रत्यक्ष सम्बन्धित छन्। यी प्रश्नहरूको जवाफ दिनुको सट्टा आन्दोलनलाई दमन गर्ने सरकारी प्रवृत्ति निन्दनीय मात्र होइन, अस्वीकार्य पनि छ।
त्यसैले, हामी सरकारसमक्ष निम्न मागहरू प्रस्तुत गर्दछौंः
1. जेन जेड आन्दोलनलाई दमन गर्ने आदेश दिएका सरकार प्रमुख प्रधानमन्त्री, प्रहरी तथा प्रशासनलाई आदेश दिने गृहमन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीले तुरुन्त पदबाट राजीनामा दिनुपर्ने,
2. आन्दोलनमा संलग्न युवामाथि भएको दमन तत्काल रोक्नपर्ने,
3. धरपकडमा परेका सम्पूर्ण युवाहरूलाई तुरुन्त र विनाशर्त रिहा गर्नुपर्ने,
4. युवाले उठाएका वैध मुद्दाहरूलाई सम्बोधन गर्दै संवाद र समाधानको बाटो खोल्नुपर्ने,

नेपालको भविष्य युवाहरू हुन्। उनीहरूको आवाज दमन गरेर होइन, सुनेर मात्र समृद्ध नेपाल निर्माण सम्भव छ। आज भएको यो बर्बर दमनले लोकतन्त्रलाई कमजोर बनाउने मात्र होइन, युवापुस्तासँग राज्यको दूरी अझ बढाउनेछ। त्यसैले हामी सबै सरोकारवालाहरुलाई सचेत रहन र युवाप्रति ऐक्यबद्धता जनाउन आह्वान गर्दछौं।

संयोजक
डम्बर शाहु
स्वतन्त्र उम्मेदवारी अभियान तथा स्वतन्त्र नागिरक संजाल

रा.स्व.पाले वास्तविक स्वतन्त्रका जननी अर्थात (वोरिजन अफ थट्स), पार्टिको नामाकण गर्ने व्यक्ती तथा कन्सेप्ट ड्राप्टरलाई पा...
22/06/2025

रा.स्व.पाले वास्तविक स्वतन्त्रका जननी अर्थात (वोरिजन अफ थट्स), पार्टिको नामाकण गर्ने व्यक्ती तथा कन्सेप्ट ड्राप्टरलाई पार्टि स्थापनाको दिनमा समेत सम्झेन, बैगुणीहरुको जय होस!

Address

Kathmandu

Telephone

+9779851153788

Website

Alerts

Be the first to know and let us send you an email when ICC Independent Candidacy Campaign-स्वतन्त्र उम्मेदवारी अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ICC Independent Candidacy Campaign-स्वतन्त्र उम्मेदवारी अभियान:

Share