हेलो लोक सेवा आयोग

हेलो लोक सेवा आयोग Welcome to official page of Public Service Commission Nepal

लोक सेवा आयोगको आधिकारिक फेसबुक पेजमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स.) लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ।
Read more: http://www.psc.gov.np/index.php?action=viewintroduction

05/07/2023

२०८० साल असार १६ गते सञ्चालित शाखा अधिकृत प्रथम चरणको परीक्षाका केही प्रश्नका सम्बन्धमा निवेदनहरू प्राप्त भएका छन् । यस विषयमा आयोगको ध्यानाकर्षण भएको छ । स्थापित कार्यप्रणाली अनुरूप आयोगवाट आवश्यक निरूपण हुने नै छ ।

सर्वसाधारणको जानकारीका लागिः-
१) प्रश्नपत्र निर्माणको कार्य आयोगले विषय विज्ञ/दक्षहरू मार्फत गर्दछ ।
२) प्राप्त धेरै सेट प्रश्न विज्ञ मार्फत मोडरेशन गरी परीक्षामा प्रयोग गर्नयोग्य केही सेट प्रश्न तयार पारिन्छ ।
३) परीक्षाको निश्चित अवधि अगाडी मात्र केही सेट प्रश्नवाट सो दिन प्रयोग हुने प्रश्नपत्र कोडको आधारमा (प्रश्न हेरेर होइन) छानिन्छ ।
४) छपाइमा संलग्न कर्मचारीहरू परीक्षा सुरू हुने बेलासम्म सञ्चार सम्पर्क र भेटघाटवाट पूर्णतः विच्छेद रहन्छन् ।
५) परीक्षा सुरू हुने बेलासम्म आयोगका पदाधिकारी र कर्मचारी समेतलाइ सम्बन्धित परीक्षाका प्रश्नवारे थाहा नै हुँदैन, पुरै वेखवर रहन्छन् ।
६) सम्बन्धित परीक्षामा प्रश्नहरू के सोधिए भन्ने बारेमा सम्बन्धित परीक्षा सुरू भएपछि मात्र आयोगलाइ थाहा हुन्छ ।
७) परीक्षा सम्पन्न भएपछि प्राप्त उजुरी वा आयोगकै अध्ययनका आधारमा कुनै सुधार गर्नुपर्ने भएमा तत्काल आवश्यक कार्य अगाडी बढाइन्छ ।
८) प्रश्न गलत ठहरिएमा - गलत भएका प्रश्नको सवै परीक्षार्थीले सही उत्तर दिएको मानी अंक गणना गरिन्छ ।

नेपाल बन सेवाका श्रेणीविहीन पदहरूको विज्ञापनमा दरखास्त दिने म्याद असार १९ गतेसम्म (दोव्वर दस्तुर तिरी असार २६ गतेसम्म) म...
19/06/2023

नेपाल बन सेवाका श्रेणीविहीन पदहरूको विज्ञापनमा दरखास्त दिने म्याद असार १९ गतेसम्म (दोव्वर दस्तुर तिरी असार २६ गतेसम्म) मात्र

Public Service Commission

06/04/2023

उपसचिव पदको आन्तरिक प्रतियोगिता तर्फका विभिन्न विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

08/03/2023

नेपाल सरकारको एकीकृत तथ्याङ्क केन्द्र (GIDC) मा हिजोदेखि आएको प्राविधिक समस्याका कारण लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली https://psconline1.psc.gov.np/ अवरूद्ध भै खरिदार पदको विज्ञापन लाइभ गर्न सकिएको छैन । समस्या समाधानको काम हिजैदेखि निरन्तर भैरहेको जानकारी प्राप्त भएको छ । प्रणाली सूचारू हुने वित्तिकै विज्ञापन लाइभ हुनेछ । उम्मेदवारहरूमा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छाैं ।

PSC | Public Service Commission

08/03/2023

राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदको आ.व. २०७९/८० को विज्ञापन प्रकाशन भएको छ ।

17/02/2023

नेपाल परराष्ट्र सेवाको रा.प.द्वितीय श्रेणी उपसचिव पदका सवै बढुवा सूचना तथा विज्ञापनहरू रद्द गरिएको छ । (फैसला कार्यान्वयन)

उक्त विज्ञापनहरूमा दरखास्त दिएका उम्मेद्वारले दरखास्त दस्तुर फिर्ता लिनको लागि निवेदन दिनुहुन अनुरोध छ ।

आदेश अनुसारको संख्यामा माग आकृति फाराम भरि आएपछि सम्मानित अदालतको आदेश कार्यान्वयनार्थ यसै आ.व. भित्र पुनः विज्ञापन हुनेछ ।

17/02/2023

सहसचिव वा सो सरह (न्याय, सरकारी वकिल) पदको खुला तर्फको विज्ञापित पदसंख्या संशोधन गरी १ (एक) कायम गरिएको छ । (फैसला कार्यान्वयन)

17/02/2023

दरखास्त तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना (नायव सुब्बा वि.नं. १०००१/२०७९-८० देखि १५७०६/२०७९-८०) (अन्तरिम आदेश कार्यान्वयन)

14/02/2023

वरिष्ठ समाजशास्त्री (२०७९/८०), शाखा अधिकृत (२०७८/७९ र २०७९/८०), नायब सुब्बा (२०७९/८०), प्राविधिक ना.सु. र पाँचाैं तह (२०७८/७९र २०७९/८०), सहायक गाइड (२०७८/७९) तथा मानव अधिकार सेवाका विभिन्न अधिकृत तथा सहायकस्तरका पदका विज्ञापनको परीक्षा कार्यक्रम तोकिएको छ ।

06/02/2023

शाखा अधिकृत (वि.नं. १६६९२-१६७०५/२०७९-८०) पदको प्रथम चरण र द्वितीय चरणका परीक्षा कार्यक्रम स्थगन गरिएको सूचना

06/02/2023

दरखास्त तथा निवेदन पेश गर्ने सम्बन्धी सूचना (अन्तरिम आदेश कार्यान्वयन) (शाखा अधिकृत वि.नं. १६६९२-१६७०५/२०७९-८०) - लोक सेवा आयोगवाट सिफारिस भै प्रदेश र स्थानीय तहमा कार्यरत उमेर हद नाघेका वहालवाला कर्मचारीका लागि मात्र

06/02/2023

२०७९/१०/२८ मा सञ्चालन हुनेगरी पूर्वनिर्धारित शाखा अधिकृत पदको परीक्षा दिन विदेशबाट वा देशभित्रै टाढाबाट यात्रा गर्दै हुनुहुन्छ भने आज साँझसम्म पर्खनुहोस् । अदालतको अन्तरिम आदेश कार्यान्वयन गर्ने सिलसिलामा आज आयोगवाट निर्णय भएपछि उक्त परीक्षा मिति सम्बन्धमा आजै सूचना जारी हुनेछ।

Address

Kamalpokhari
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714771355

Alerts

Be the first to know and let us send you an email when हेलो लोक सेवा आयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो लोक सेवा आयोग:

Share