Mahir Sharma

Mahir Sharma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahir Sharma, Social service, Kumari Club, Balkhu, Kathmandu.

https://youtu.be/nfSxfXAki7U
08/07/2022

https://youtu.be/nfSxfXAki7U

#निजगढ_विमानस्थलपाल वातावरण पत्रकार समूह (नेफेज)का संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्द्यालसँग अन्तर्वा....

चुनाव अघि हरेक नेपालीले एकपटक यो गीत सुन्नु होला  #कृपया सबैले यो गीत सुन्नु होला र सेयर गर्दिनु होला ॥          #
06/05/2022

चुनाव अघि हरेक नेपालीले एकपटक यो गीत सुन्नु होला #कृपया सबैले यो गीत सुन्नु होला र सेयर गर्दिनु होला ॥
#

Video from Bal Krishna Mainali

       "लौरो"
03/05/2022

"लौरो"

कुनैपनि पालिका र वडामा नेतृत्व स्वतन्त्रकै हुनुपर्छ भन्ने  मांग सहित  का.म.न.पा. वडानं १४ मा मेरो अध्यक्ष पदको उम्मेद्वा...
03/05/2022

कुनैपनि पालिका र वडामा नेतृत्व स्वतन्त्रकै हुनुपर्छ भन्ने मांग सहित का.म.न.पा. वडानं १४ मा मेरो अध्यक्ष पदको उम्मेद्वारी।
ौरो

 #लौरो  नटेकी  सगरमाथा पुगिन्न।
02/05/2022

#लौरो नटेकी सगरमाथा पुगिन्न।

लौरोमा  छाप लगाएर  मतदान  गरे  बेथितीहरुमा जान्छ पहिरो ! लौरोमा मतदान गरि सक्षम युवा पुस्तालाई स्थानिय निकाय हस्तान्तण ग...
01/05/2022

लौरोमा छाप लगाएर मतदान गरे बेथितीहरुमा जान्छ पहिरो !
लौरोमा मतदान गरि सक्षम युवा पुस्तालाई स्थानिय निकाय हस्तान्तण गरम।


ौरो

माहिर शर्मा का म न पा वडा न १४ स्वतत्र काठमाडौँ महानगरपालिका वडा नं १४ को वडा अध्यक्ष मेरो स्वतन्त्र नेतृत्व अझ बढ.....

https://sites.google.com/view/mahirsharma/home
29/04/2022

https://sites.google.com/view/mahirsharma/home

माहिर शर्मा का म न पा वडा न १४ स्वतत्र काठमाडौँ महानगरपालिका वडा नं १४ को वडा अध्यक्ष मेरो स्वतन्त्र नेतृत्व अझ बढ.....

29/04/2022

#मेरो_प्रतिवद्धतामा_हजुरहरुको_टेवा_म_प्रतिज्ञा_गर्छु_१४_नं_वडाको_घरघरमा_पुग्छ_सेवा

श्रद्धेय आमा बुवा दाजुभाइ दिदी बहीनी साथीभाइहरु देश निर्वाचनको संघारमा छ । आफनो मत कसलाई दिने भन्नेमा अवको मतदातालाई कसैले धेरै प्रचारप्रसार गरिराख्नु पर्दैन भन्ने मेरो ठम्याइ छ । मात्र आफनो परिचय सेवा सुविधा नलिने घोषणा कम्तीमा एकवर्षभित्र सम्पन्न गर्ने निश्चित कामहरु र एकवर्षभित्र प्रतिवद्धता जाहेर गरेको काम समयमा सम्पन्न नभए राजीनामा दिने धोषणा सहित मतदाता समक्ष निर्वाचन भएको मितिले एकवर्ष पछिको मिति राखि दिएको अग्रीम राजीनामा पत्र । प्रत्येक उम्मेदवारहरुले यो काम गरौ र मतदातालाई सूसुचित गराउँ यति गरिसकेपछी मतमार्पmत जो जितेपनि सबैको जित हुनेछ । कसैले हार्नु पर्दैन । मैले चाँही यही घोषणापत्रमार्पmत यो कार्य गरे ।
मेरा प्रतिवद्धताहरु
१. मेयर उपमेयर जो छानिए पनि म भन्दा अग्रज नै छानिनु हुन्छ भन्ने कुरामा म विश्वस्त छु । मात्र समस्या भनेको छानिइसकेपछी आम जन समूदायका वीच गरेको वाचाहरु विर्सने सरुवा रोग लाग्न पुग्नु नियती नै भइसकेको तथ्य याहाँहरु समक्ष विदितै छ । त्यस्तो गम्भिर खालको सरुवा रोगबाट बचाउन आपूmले गरेका बाचा पुरा गर्न मेयर उपमेयरलाई कम्तीमा महिनाको एकपटक झकभक्याउने काम गर्दछु ।
२. वडामा रहनु भएका बा आमा दाजुभाइ दिदी वहिनी र वडामै छानिनु भएका अन्य प्रतिनिधिहरुसंगको सहकार्यबाट कम्तीमा एकवर्षभित्र कम्तीमा यत्ति काम चाँही गर्ने प्रण गर्दछु ।
क.पारदर्शिताः ः विगतको अनुभवले पारदर्शिताको अभावका कारण प्रायः स्थानिय निकायहरु वदनाम हुनपुगेका छन् । त्यसलाई हटाउने उत्तम उपाय भनेको पारदर्शिता नै हो म छानिएको अवस्थामा आर्थिक पारदर्शिता कायम गर्ने छु । निर्धारण गरिएको बजेट खर्च भएपनि नभएपनि प्रत्येक तीनतीन महिनामा १४ नं वडाका आम्दानी खर्च सार्वजनिक गर्नेछु ।
ख. व्यक्तिगत घटना दर्ता र पारिवारिक सिफारिस पुरै निशुल्क गराउने छु र उक्त सेवा लगायत अन्या वडाबाट प्रदान गरिने सेवाहरु घरघरमै पु‐याउने बाचा गर्दछु ।
ग. स्वास्थ्य सेवाको लागि निशुल्क घुम्ती ल्किनिक संचालन गरिने छ ।
घ. सामूदायीक स्कुलहरुमा शिक्षाको स्तरको विशिष्टिकरण गरिने छ ।
ङ. स्थानीय निकायबाट प्रदान गरिने न्यायलाई मिल्नेसम्म मेलमिलाप पद्यत्तीबाट टँुग्याइनेछ ।
च. १४ नं वडा स्थित विभिन्न क्षेत्रमा रहेका बालश्रमिकहरुको पहिचान गरिने छ र रोजगारदाताहरुसंग समन्वय गरि परिवारमा पुर्नस्थार्पन गराइने छ भने सम्बन्धित बालबालिकाहरुका अभिभावकहरुका स्थायी घर रहेको ठेगानामा रहेका वडा कार्यालयहरु संग समन्वय गरि स्थानिय तहमै बालबालिकाको लागि शिक्षा र अभिभावकहरुको लागि रोजगारीको व्यवस्था गर्न पहल गरिने छ ।
छ.. वडावासीहरुले घरेलु काममा मात्र प्रयोग गर्ने विद्युक्त र पानीको खपतमा वढीमा पाँच देखि सात प्रतिसतसम्म अनुदानको व्यवस्था गर्न विद्युक्त प्राधिकरण र खानेपानी संस्थानसंग सहकार्य र समन्वय गरि कार्य अगाडी वढाईने छ ।
ज. स्थानीय निवासी, स्थानीय क्लव तथा संस्थाहरुसंग साझेदारीको अवधारणामाार्पmत वडा भित्र खेलकुद लगायत मानव अधिकार रक्षाको लागि सम्बोधन हुने विभिन्न कार्यहरु संचालन गरिने छ ।
झ. वडाबाटै फोहोरहरु निशुल्करुपमा संकलन गरि व्यवस्थापन गरिने छ ।
ञ. माथी उल्लेख गरिएका सेवा सुविधाबाहेक यो भन्दा अगाडी प्रदान गरिदै आएका अन्य सुविधाहरु रहेछन भने तिनिहरुलाई पनि थप परिष्कृत गर्दै सेवा प्रदान गरिने छ ।
निर्वाचित भएको मितिले एकवर्ष भित्र माथि उल्लेखित कामहरु पुरा गर्न नसकेमा म आफनो वडा अध्यक्ष पदबाट राजीनामा गर्ने छु । राजीनामाको स्वघोषणा र मेरो सम्पती सम्बन्धी घोषणा पछाडीको पेजमा गरेको छु ।
पहिलोवर्ष उल्लेख गरिएको कुराहरु सम्पन्न भएको अवस्थामा दोस्रोवर्ष देखि वाँकी अवधिसम्म निम्न कार्यहरु सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।.
क. पहिलो वर्ष सम्पन्न गरिएका कार्यहरुको सुदृढीकरण गर्दै थप सहज र सरल बनाउदै सेवा प्रवाह गर्ने ।
ख. स्थानीयवासीहरुको सहकार्यमा वागमती लगायत वडाभित्र पर्ने खोलानाला लगायत सभ्यता संस्कृतिको विकास र जर्गेना गर्दै सार्वजनिक जमिनको उचित सदूपयोग गर्दै संरक्षण गर्ने ।
ग. बजेटको परिधिभित्र रहि स्थानीयले छनौट गरेका परियोजनाहरुलाई प्राथमिकता अनुसार छनौट गरि स्थानीयहरुकै नेतृत्वमा निर्माण, संरक्षण र ममर्त सम्बन्धी सेवाहरु प्रदान गर्ने ।
घ. माथी उल्लेख गरिएका विषयदेखि बाहेक परिस्थितिजन्य अवस्थाबाट सिर्जित समस्याहरुलाई स्थानीयवासीहरुकै सामूहिक नेतृत्वबाट समस्याको हल गरिने ।

Address

Kumari Club, Balkhu
Kathmandu
44660

Alerts

Be the first to know and let us send you an email when Mahir Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahir Sharma:

Share

Category