लोकतान्त्रिक ह्योल्मो संघ - नेपाल - Democratic Hyolmo Association

  • Home
  • Nepal
  • Kathmandu
  • लोकतान्त्रिक ह्योल्मो संघ - नेपाल - Democratic Hyolmo Association

लोकतान्त्रिक ह्योल्मो संघ - नेपाल  - Democratic Hyolmo Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकतान्त्रिक ह्योल्मो संघ - नेपाल - Democratic Hyolmo Association, Political organisation, Kathmandu.

हार्दिक श्रद्धाञ्जलीलोकतान्त्रिक ह्योल्मो संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल, रसुवा जिल्ला कमि...
05/04/2026

हार्दिक श्रद्धाञ्जली
लोकतान्त्रिक ह्योल्मो संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल, रसुवा जिल्ला कमिटीका अध्यक्ष क. फुर्पा दिण्डुप ह्योल्मो (सुरेश) को अल्पायुमै हृदयघातका कारण भएको असामयिक तथा दुखद निधनप्रति हामी गहिरो शोक व्यक्त गर्दछौँ।
उहाँको निधनले लोकतान्त्रिक ह्योल्मो संघ नेपाल, राष्ट्रिय युवा आन्दोलन तथा समग्र सामाजिक अभियानमा अपूरणीय क्षति पुगेको छ। उहाँले युवाहरूको अधिकार, संगठन सुदृढीकरण र सामाजिक रूपान्तरणका लागि पुर्‍याउनु भएको योगदान सदा स्मरणीय रहनेछ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।

२०८२ फाल्गुन २१ गतेका दिन सम्पन्न हुन गैरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आम ह्योल्मो लगायत सम्पूर्ण आदिवासी जनजातिक...
22/02/2026

२०८२ फाल्गुन २१ गतेका दिन सम्पन्न हुन गैरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आम ह्योल्मो लगायत सम्पूर्ण आदिवासी जनजातिको हात नेकपा एमालेलाई साथ !

सोनाम ल्होसारको शुभकामना
19/01/2026

सोनाम ल्होसारको शुभकामना

नेकपा (एमाले) को ऐतिहासिक महाधिवेशनको भव्य उद्घाटन सभा सफलतापूर्वक सम्पन्न भएको छ।यो सभा केवल भीडको प्रदर्शन होइन जनताको...
13/12/2025

नेकपा (एमाले) को ऐतिहासिक महाधिवेशनको भव्य उद्घाटन सभा सफलतापूर्वक सम्पन्न भएको छ।
यो सभा केवल भीडको प्रदर्शन होइन जनताको अटुट विश्वास, भरोसा र अपेक्षाले बोलेको ऐतिहासिक क्षण हो।

संघर्ष, त्याग र समर्पणको लामो यात्राबाट निस्कँदै संकल्प र जिम्मेवारीतर्फ अग्रसर भएको एमाले आज फेरि एकपटक राष्ट्र निर्माणको निर्णायक मोडमा उभिएको छ। परिवर्तनका हरेक चरणमा जनताको साथ पाएको यो पार्टीले स्थिरता, समृद्धि र सुशासनको दृढ प्रतिबद्धता पुनः स्पष्ट गरेको छ।

महाधिवेशनको उद्घाटन सभाले पार्टीलाई नयाँ ऊर्जा, स्पष्ट दिशा र दृढ आत्मविश्वास दिएको छ। विचार, संगठन र नेतृत्वलाई अझ मजबुत बनाउँदै देश र जनताको सेवामा अघि बढ्ने एमालेको संकल्प आज अझ प्रखर रूपमा प्रकट भएको छ।

संघर्षबाट संकल्पतर्फ, विश्वासबाट विजयतर्फ एमाले फेरि एकपटक निर्णायक यात्रामा अघि बढेको छ।

लोकतान्त्रिक ह्योल्मो संघ नेपाल केन्द्रिय कमिटिको उत्साहजनक सहभागीताको लागि सम्पूर्ण अग्रज नेतागण, केन्द्रिय कमिटीका कमरेडहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
२७ मंसिर २०८२

निर्णयक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प !समृद्धि नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य !!भन्ने मूल नाराका साथ भोलि स...
12/12/2025

निर्णयक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प !
समृद्धि नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य !!
भन्ने मूल नाराका साथ भोलि सम्पन्न हुन गैरहेको नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सबै सबैलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

लोकतान्त्रिक ह्योल्मो संघ नेपाल
केन्द्रिय कमिटी

ह्याए लगायत विविध पर्वहरुको हार्दिक शुभकामनाहाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो। हामी आआफ्ना पर...
04/12/2025

ह्याए लगायत विविध पर्वहरुको हार्दिक शुभकामना
हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो। हामी आआफ्ना परम्परा संस्कार र रीतिरिवाजले अनमोल अपरम्पार धनी छौँ।आज प्रकृति पूजक ह्योल्मोहरुको ह्याए पर्व, किरातीहरूको महान चाड उधौली, नेवारी समुदायको य:मरी पुन्ही तथा नयाँ अन्नबाली चलाउने महत्वपूर्ण दिन धान्यपूर्णिमाको शुभ अवसरमा सबैमा सुख शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।🙏🌹

लोकतान्त्रिक ह्योल्मो संघ नेपाल
केन्द्रिय कमिटी

💐हार्दिक बधाई तथा शुभकामना💐नेकपा (एमाले) सिन्धुपाल्चोक, निर्वाचन क्षेत्र नं. २पार्टीको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका...
30/11/2025

💐हार्दिक बधाई तथा शुभकामना💐
नेकपा (एमाले) सिन्धुपाल्चोक, निर्वाचन क्षेत्र नं. २
पार्टीको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा अत्यधिक विश्वास, अपार जनसमर्थन तथा लोकप्रिय मतका साथ विजयी हुनुभएको यस ऐतिहासिक सफलतामा हाम्रो गौरव, अभिमान र प्रेरणाका स्रोत जुझारु, कर्मठ, दूरदर्शी तथा सक्षम युवा नेता लोकतान्त्रिक ह्योल्मो संघ नेपालका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार कमरेड टासी लामा ह्योल्मो ज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

यो विजय केवल व्यक्तिगत सफलताको उपलब्धि मात्र नभई सम्पूर्ण क्षेत्रका जनताको अमूल्य विश्वास बदलिने अपेक्षा र उज्ज्वल भविष्यको स्पष्ट प्रतिविम्ब हो भन्ने हाम्रो दृढ विश्वास छ।

आगामी दिनमा पार्टीको केन्द्रीय तहमा प्रभावकारी भूमिका निभाउँदै र जनताको सेवामा निरन्तर समर्पित रहँदै अझ उर्जाशील नेतृत्व प्रदान गर्न अभिनन्दन सहित हार्दिक शुभकामना।

नेकपा एमाले
लोकतान्त्रिक ह्योल्मो संघ नेपाल
केन्द्रिय कमिटी परिवार

23/11/2025

नेकपा एमाले जिन्दावाद !! जिन्दावाद - जिन्दावाद !!

देश जलाउने आतँकारीहरु मुर्दावाद !! मुर्दावाद - मुर्दावाद !!

लुसिफरहरु होसियार ! होसियार - होसियार !!

असँबैधानिक सरकार राजिनामा दे ! राजिनामा दे - राजिनामा दे !!

बिघठित सँसद पुनर्स्थापना गर ! पुनर्स्थापित गर - पुनस्थापित गर !!

बिदेशी दलाल मुर्दावाद ! मुर्दावाद - मुर्दावाद !!

हाम्रो गौरवशाली पार्टी नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा  प्रदर्शनीमार्ग, भृकुटीमण्डप काठमाडौमा आयोजित  संविधानको रक...
22/11/2025

हाम्रो गौरवशाली पार्टी नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा प्रदर्शनीमार्ग, भृकुटीमण्डप काठमाडौमा आयोजित संविधानको रक्षा र प्रतिगमन बिरुद्ध, असंवैधानिक सरकार विरुद्ध बृहत जनप्रदर्शन कार्यक्रम - ०६ मंसिर २०८२

13/10/2025

मिति २०८२ साल असोज २६ गतेका दिन सूर्यविनायक नगरपालिकाको वडा नं. ०७ स्थित गुण्डु, भक्तपुरमा नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंंघ नेपाल केन्द्रिय कमिटीको आयोजनामा "आदिवासी जनजाति अगुवा कार्यकर्ता भेला" कार्यक्रममा आदरणीय अध्यक्ष कमरेड पासाङ शेर्पा ज्यूले कार्यक्रमको विषयमा प्रकाश पार्नुहुँदै ।

19/09/2025

पार्टी केन्द्रिय कार्यालय च्यासलबाट सबै सबैमा संबिधान दिवसको हार्दिक शुभकामना 🇳🇵🇳🇵🇳🇵
०३ असोज २०८२
नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी केन्द्रिय कार्यालय

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉लोकतान्त्रिक ह्योल्मो संघ नेपाल केन्द्रिय कमिटीका संस्थापक अध्यक्ष तथा वर्तमान केन्द्रिय प...
02/07/2025

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
लोकतान्त्रिक ह्योल्मो संघ नेपाल केन्द्रिय कमिटीका संस्थापक अध्यक्ष तथा वर्तमान केन्द्रिय प्रमुख सल्लाहकार,पाँचपोखारी थाङ्पाल गाउँपालिका सिन्धुपाल्चोकका वर्तमान अध्यक्ष एवं नेकपा एमालेका युवा नेता श्री टासी लामा ह्योल्मो ज्यूको आज जन्मदिन यो विशेष दिनमा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं तपाईंको कर्मठ नेतृत्व, दूरदर्शी सोच र समर्पित सेवाभावले पाँचपोखारी थाङ्पाल गाउँपालिका सिन्धुपाल्चोकमा मात्र नभएर सिङ्गो देशलाई नै निरन्तर प्रगतिको बाटोमा अघि बढाइरहनुभएको छ। भविष्यमा पनि तपाईंको नेतृत्वले समुदायको समुन्नति र समृद्धिमा नयाँ उचाईहरू हासिल गर्न सफल रहोस भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।
तपाईंको आगामी दिनहरू सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु र सफलताले भरिपूर्ण रहून्।
जन्मदिनको धेरै धेरै शुभकामना! 🌸🙏🎂

लोकतान्त्रिक ह्योल्मो संघ नेपाल
केन्द्रिय कमिटी परिवार

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकतान्त्रिक ह्योल्मो संघ - नेपाल - Democratic Hyolmo Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share