Gyanendra Raut

Gyanendra Raut वसुधैव कुटुम्बकम् !!

03/09/2026

युरी बेज्मेनोभ पूर्व सोभियत KGB अधिकारी थिए। उनी १९७० मा पश्चिममा भागे। उनले सोभियत प्रचार र वैचारिक अभियानमा काम गरेका थिए। पछि उनले आफ्नो अनुभवको आधारमा "subversion"को सिद्धान्त प्रस्तुत गरे। यो सिद्धान्त उनको १९८४ को अन्तर्वार्ता र लेख "Love Letter to America" मा पाइन्छ।

बेज्मेनोका अनुसार कुनै समाजलाई भित्रैबाट कमजोर बनाउने प्रक्रिया चार चरणमा हुन्छ।

पहिलो चरण demoralization हो। यसमा १५ देखि २० वर्ष लाग्छ। यो समयमा लक्षित समाजका मानिसलाई सत्य र यथार्थबाट टाढा राखिन्छ। शिक्षा, सञ्चार माध्यम, र संस्कृतिमा झूटा विचार भित्र्याइन्छ। एक पुस्ता यही वातावरणमा हुर्कन्छ। बेज्मेनोले भन्छन्, यो पुस्ता सत्य देखाइदिँदा पनि विश्वास गर्दैन।

दोस्रो चरण destabilization हो। यो दुई देखि पाँच वर्ष चल्छ। यसमा अर्थतन्त्र, विदेश नीति, र सुरक्षा प्रणालीमा असर पर्छ। समाजका आधारभूत संरचना कमजोर बन्छन्।

तेस्रो चरण crisis हो। यो केही हप्ता मात्र चल्छ। यसमा द्वन्द्व वा ठूलो परिवर्तन देखिन्छ। सत्ता परिवर्तन वा हिंसा हुन सक्छ।

चौथो चरण normalization हो। यसमा नयाँ व्यवस्था स्थापित हुन्छ। यो व्यवस्था पहिलेभन्दा बढी नियन्त्रित हुन सक्छ।

बेज्मेनोको तर्क थियो, यो प्रक्रिया हतियार वा युद्धले भन्दा विचार र सूचनाको माध्यमबाट बढी प्रभावकारी हुन्छ। उनले भने, समाजलाई ध्वस्त पार्न सैन्य आक्रमण चाहिँदैन। सूचना र शिक्षामा लामो समय लगानी गरे पुग्छ।

यो सिद्धान्त धेरै विवादित छ। समर्थकहरूले यसलाई वर्तमान राजनीतिक र सामाजिक परिवर्तन बुझ्ने उपकरण मान्छन्। आलोचकहरूले यसलाई प्रमाणविहीन र षड्यन्त्र सिद्धान्त नजिकको ठान्छन्। इतिहासकार र प्राध्यापकहरूले बेज्मेनोको दाबीलाई प्रमाणसहित पुष्टि गर्न गाह्रो भएको औंल्याएका छन्।

नागको यन्त्र  #झाक्री बा
16/08/2026

नागको यन्त्र #झाक्री बा

शिव नै सत्य, सत्य नै शिव: हर हर महादेव!
10/08/2026

शिव नै सत्य, सत्य नै शिव: हर हर महादेव!

09/08/2026

बिना त्याग र तपस्याको ऋषी बाल्मुकी बन्न सकिदैन,सकिन्छ त केबल सिंह रुपी स्याल।।

यो धरती,यो आकाश,प्रकृति नै मेरो जीवन।हिमालको शिरमा मेरो साहस छ।नदीको बहावमा मेरो यात्रा छ।वनको हरियालीमा मेरो आशा छ।हावा...
07/08/2026

यो धरती,
यो आकाश,
प्रकृति नै मेरो जीवन।

हिमालको शिरमा मेरो साहस छ।
नदीको बहावमा मेरो यात्रा छ।
वनको हरियालीमा मेरो आशा छ।
हावाको स्पर्शमा मेरो श्वास छ।

सूर्योदयले कर्म सिकाउँछ।
साँझले विश्राम सम्झाउँछ।
वर्षाले धैर्य सिकाउँछ।
ऋतु परिवर्तनले जीवन परिवर्तनको सत्य देखाउँछ।

म प्रकृतिको स्वामी होइन।
म प्रकृतिको एक अंश हुँ।
यसको संरक्षण मेरो कर्तव्य हो।
यसको सम्मान मेरो संस्कार हो।

जबसम्म धरती मुस्कुराउँछ,
आकाश खुला रहन्छ,
र प्रकृति जीवन्त रहन्छ,
त्यतिबेलासम्म मेरो अस्तित्व पनि जीवन्त रहन्छ।
#पशुपतिनाथ #आरतीदर्शन

03/08/2026

आफूलाई चिन्न नसकेको म, दुनियाँलाई चिन्ने दाबी गर्दै हिँड्छु। आफ्नै मनको गहिराइ बुझ्न नसकेको म, संसारको रहस्य खोज्ने प्रयास गर्छु। यही मेरो सबैभन्दा ठूलो विडम्बना हो। बाहिरी ज्ञानको खोजमा धेरै समय बिताएँ, तर आफ्नै चेतना, कमजोरी, चाहना र सीमालाई बुझ्न भने ढिलो गरें।

मानिसले संसार जित्नुअघि आफ्नै मन जित्नुपर्छ। आफूलाई नचिनीकन प्राप्त गरेको ज्ञान अधुरो रहन्छ। आत्मज्ञान बिना संसारको ज्ञान केवल जानकारी बन्छ, बुद्धि बन्दैन।

त्यसैले आज म स्वीकार गर्छु, "आफूलाई चिन्न नसकेको म, दुनियाको बारेमा जान्ने प्रयास गर्ने मूर्ख हुँ।" यही स्वीकारोक्तिबाट सिकाइको वास्तविक यात्रा सुरु हुन्छ। जब मानिसले आफ्ना भ्रम, कमजोरी र सीमालाई देख्न थाल्छ, त्यही क्षण ऊ साँचो अर्थमा बुद्धिमानीतर्फ अघि बढ्छ।
#रज्ञान

19/07/2026

क्या खुब छ जिन्दगी !
एकातिर पाठ सिकाउँछ, प्रतिक्षाको फल मीठो हुन्छ
अनि फेरि सिकाउँछ, समयले कसैलाई पर्खदैन।।

जय भैरवी माता 🙏🏻🕉️
14/07/2026

जय भैरवी माता 🙏🏻🕉️

तारकेश्वर देवीस्थान मन्दीर दर्शन 🙏🏻🙏🏻 जय भवानी 🙏🏻🙏🏻
05/07/2026

तारकेश्वर देवीस्थान मन्दीर दर्शन 🙏🏻🙏🏻 जय भवानी 🙏🏻🙏🏻

समाजबाट सिक्ने, समाजमै बेच्ने,जुन थालमा खायो त्यही थालमा चुठ्नेयही हो भने आधुनिकताको पहिचान,आफ्नो होइन, विज्ञापनको भयो स...
29/06/2026

समाजबाट सिक्ने, समाजमै बेच्ने,
जुन थालमा खायो त्यही थालमा चुठ्ने
यही हो भने आधुनिकताको पहिचान,
आफ्नो होइन, विज्ञापनको भयो सम्मान।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Gyanendra Raut posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share