नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मादी गाउपालिका कास्की

  • Home
  • Nepal
  • Kaski
  • नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मादी गाउपालिका कास्की

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मादी गाउपालिका कास्की सर्वहारा बर्ग को पार्टी

नेकपा(माओवादी केन्द्र)काे ऐतिहासिक आठाैं राष्ट्रिय  महाधिवेशनबाट पुनः  सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित श्रद्धेय  अध्य...
03/01/2022

नेकपा(माओवादी केन्द्र)काे ऐतिहासिक आठाैं राष्ट्रिय महाधिवेशनबाट पुनः सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डलाई बधाई तथा कार्य सफलताको शुभकामना !!!

युवाहरुको ढुकढुकी संगठन Ycl Nepal  कास्कीको क्रमशः ईन्चार्जमा नेकपा माओवादी केन्द्र कास्कीका युवानेता तथा YCL  केन्द्रिय...
02/11/2021

युवाहरुको ढुकढुकी संगठन Ycl Nepal कास्कीको क्रमशः ईन्चार्जमा नेकपा माओवादी केन्द्र कास्कीका युवानेता तथा YCL केन्द्रिय सदस्य कमरेड भोजराज पौडेल र संयोजकमा युवानेता कमरेड एंगेल्स कार्की मनोनित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

05/10/2021

सुचना जानकारिको लागी ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा माओवादी केन्द्र ) को वडा सम्मेलन ,अधिबेशन अधिराज्य भरि २०७८ कार्तिक १३ गते सम्पन्न गरिने निर्देशान भएको हुँदा उक्ता कार्यक्रम सफल पार्न नेपाल कम्युनिष्ट पार्टी ( नेकपा माओवादी केन्द्र ) मादी ७ को बैढक निम्नलिखित मिति,स्थान र समयमा बस्ने भएको हुँदा सम्पुर्ण कमरेड हरुलाई फोन मार्फत जानकारी गराई सकेको छ । यदी जानकारी पाउनु भएको छैन भने यसै सुचना लाई अधार मानी उपस्थित भाई दिनको लागी अनुरोध गरिन्छ ।
मिति: २०७८/असोज/ २० गते
स्थान: मादी ७ वडा भवन खतेडाँडा ।
समय : बिहाँना १०-०० बजे ।

नेकपा माओवादी केन्द्र वडा कमिटी मादी ७ कास्की,

नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र ) मादि ६ वडा कमिटिको भेला भिम बहादुर थापमगर को अध्यक्षतामा सम्पन्न ।कार्यक्रम ...
01/10/2021

नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र ) मादि ६ वडा कमिटिको भेला भिम बहादुर थापमगर को अध्यक्षतामा सम्पन्न ।
कार्यक्रम का प्रमुख अतिथि गण्डकी प्रदेश अर्थमन्त्री माननीय रामजी प्रसाद बराल ( जिवन ) बिशेष अतिथि कास्की जिल्ला अध्यक्ष बखन सिं गुरुङ ( अभाष )बिशेष अतिथि संविधान सभा सदस्य तेज कुमारी पौडेल ( शितल ) जिल्ला सचिवालय सद्स्य एवम् मादि ७ वडा अध्यक्ष लाल बहादुर गुरुङ जिल्ला सद्स्य भिम बि क ( क्षितिज )जिल्ला सदस्य एवम् मादि ११ का वडा अध्यक्ष मित्र बहादुर गुरुङ जिल्ला सद्स्य मादि गापा अध्यक्ष कृष्णराज दहाल मादि ६ को पुरानो नेता ड्ण्डी राज बराल लगाएत अन्य नेताहरु को उपस्थितिमा कमिटि गठन गरियो ।
अध्यक्ष दिपक परियार
उपाध्यक्ष प्रकाश देबकोटा
सचिव महादेव पौडेल
सहसचिव मिलन अधिकारी
कोषाध्यक्ष कमला बराल
सद्स्य शिवराज पौडेल १३ सद्स्य गठन गरिएको छ ।

14/09/2021

हार्दिक अनुरोध
ने.क.पा माओवादी केन्द्र मादी गाउपालिकको १२ वटा वडाका कमरेडहरुलाई पार्टी सदस्य नवीकरण फारम र नया कमरेडहरुका लागि पार्टी सदस्य आवेदन फारम र रसिद उपलब्ध गराइएको छ । उक्त फारम भरी यथाशीघ्र गाउपालिकाको पार्टी कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

यदि फारम उपलब्ध नभएको खण्डमा पार्टी कार्यालय सचीव तथा सूचना बिभाग प्रमुख क. बेल बहादुर बिश्वकर्मा लाई 9856070890/9823350890 मा सम्पर्क गरि लिनु हुन अनुरोध छ ।

धन्यवाद
कृष्णराज दाहाल
अध्यक्ष
नेकपा माओवादी केन्द्र मादी गाउसमिती

14/09/2021

सूचना! सूचना!!सूचना !!!

ने.क.पा माओवादी केन्द्र मादी गाउपालिकाको बिद्यार्थीहरुको संगठन गर्न र YCL को पुर्ण बैठक तपशिल बमोजिमको मिति,समय र स्थानमा बस्ने जानकारी गराउदछौ ।
तपशिल
बिद्यार्थी संगठनका लागि बैठक
-------------------------------------------
मिति - २०७८-असोज २ गते
समय- बिहान ११ बजे
स्थान - मजदुर भवन पृथ्वी चोक (यातायात कार्यालय पछाडी)

YCL को पुर्ण बैठक
------------------------------------------------------

मिति - २०७८-असोज ३ गते
समय- बिहान ११ बजे
स्थान - मजदुर भवन पृथ्वी चोक (यातायात कार्यालय पछाडी)

10/09/2021

माननीय अर्थ मन्त्री जनार्दन शर्मा "प्रभाकर" द्वारा प्रस्तुत बजेटका महत्त्वपूर्ण बुदाहरु । Janardan Sharma'Prabhakar'
१. मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका विरामिलाई औषधि उपचार खर्च मासिक ५ हजार
२. सहिद परिवारलाई जीवन वृती बापत मासिक ३ हजार
३. कोरोनाका कारण रोजगार गुमाएका अनौपचारिक र असंगठित क्षेत्रका अति विपन्न गरिब ५ लाख परिवारलाई एकपटकको लागि प्रती परिवार १० हजार अनुदान प्रदान
४. कृषि वाली तथा पशु विमा साविक ५० % बाट बढाएर ८०%
५. प्रत्येक पालिकामा कम्तीमा ५०० वेरोजगार युवालाई विना धितो व्याज अनुदान कार्यक्रम ।
६. विपन्न नागरिकको लागी सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकामा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गर्ने ।
७. उच्च हिमालमा नमुना एकीकृत वस्ती
८. प्राविधिक विधाका कक्षा १२ सम्मका विद्यार्थीलाई "पढ्दै कमाउदै कार्यक्रम " केही नमुना विद्यालयबाट सुरु गरिने ।
९. विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, त्रिचन्द्र कलेज र घण्टाघरलाई पुरानै ढाचामा पुनर्निर्माण गरिने ।
१०. "महिला पहिला कार्यक्रम" संचालन गर्ने ।
११. आन्तरिक तथा वैदेशिक ऋण ३७ अर्व घटाएको ।

जहाँ दमन त्यहा क्रान्ति भने झै २०५२ साल फागुन १ गते देखि तत्कालीन समयमा एउटा अपत्यारिलो लाग्ने उदेश्य बोकेर जनयुद्ध सुरु...
06/09/2021

जहाँ दमन त्यहा क्रान्ति भने झै २०५२ साल फागुन १ गते देखि तत्कालीन समयमा एउटा अपत्यारिलो लाग्ने उदेश्य बोकेर जनयुद्ध सुरु गरेको नेकपा माओवादी १० बर्से जनयुद्ध १६ बर्से शान्तिपुर्ण राजनीतिक प्रक्रिया पार गर्दै गर्दा समाज रुपान्तरण र यो देशको व्यवस्था परिवर्तनका दौरानमा हजारौं बिर योद्धाहरु घाइते भएको र बिरगती प्राप्त गरेको इतिहास ताजै छ आज तिनै साहसी वीर योद्धाहरुको त्याग र बलिदानले त्यो अपत्यारिलो उदेश्य पूरा भएको छ ।

कास्की जिल्ला मादी गाउपालिका वडा नं ४ साविक थुमाको डाडा ७ केउरानी निवासी आमा सरस्वती बिश्व्कर्मा र बाबा नेत्र बहादुर बिश्वकर्माको कोख बाट २०४८ साल जेठ ७ गते आइतबार का दिनमा साधरण परिवारमा जन्मिएकि अस्मिता बिश्वकर्मालाई सानो उमेरमै यो समाजको उत्पीडन र दमन ले गिज्याइरहेको थियो । २०६२ साल साउन ३० गते (१४ बर्ष २ महिना २१ दिनको) कलिलो उमेरमै माओवादीको जनयुद्धमा पाइला टेकेकी अस्मिता २०६२साल भदौ २१ गतेका दिन कास्की जिल्ला ल्वाङ घलेलको कुइबाङमा तत्कालीन शाही शेनाको ज्यादतीमा परि बिरगती प्राप्त गरिन ।

आज भदौ २१गते जनयुद्धका महान सहिद अस्मिताको स्मृति
दिवसमा गण्डकी प्रदेश सरकारका अर्थ तथा बिकास सभापति एंव नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिकाका इन्चार्ज दिपक कोइराला "रुपक", संबिधान सभा सदस्य एंव नेकपा माओवादी केन्द्र मादी गाउपालिका इन्चार्ज तेज कुमारी पौडेल "शितल ", मादी गाउपालिका वडा नं ११ का वडा अध्यक्ष एंव नेकपा माओवादी केन्द्र कास्की जिल्ला सदस्य मित्र गुरुङ, नेकपा माओवादी केन्द्र मादी गाउपालिका कमिटी अध्यक्ष कृष्ण राज दाहाल, मादी गाउपालिका वडा नं ५ नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष भवनी शंकर बास्तोला, नेकपा माओवादी केन्द्रका मादी गाउपालिका कमिटी सदस्य राम बहादुर चदरो बिक, नेकपा माओवादी केन्द्रका मादी गाउपालिका कमिटी सदस्य बिष्णु पौडेल लगायतका उपस्थितिमा उहाँकै निवासमा महान सहिद अस्मिताको स्मृतिमा दिवासमा बाबा आमा र बहिनीहरुसित भेटघाट कार्यक्रम गरियो

महान सहिद अमर रहुन ।
नेकपा माओवादी केन्द्र जिन्दाबाद ।

ने.क.पा माओवादी केन्द्र मादी गाउपालिका कमिटीको पुर्ण बैठक कमिटीका अध्यक्ष कृष्ण राज दाहलको अध्यक्षतामा सम्पन्न भएको छ ।क...
05/09/2021

ने.क.पा माओवादी केन्द्र मादी गाउपालिका कमिटीको पुर्ण बैठक कमिटीका अध्यक्ष कृष्ण राज दाहलको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रम संविधान सभा सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ "करण " को प्रमुख अतिथि र गण्डकी प्रदेश अर्थमन्त्री एंव ने.क.पा माओवादी केन्द्र गण्डकी सचिवलय सदस्य मा.रामजि बराल, प्रतिनिधि सभा सदस्य एंव ने.क.पा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य मा.दुर्गा बि क, गण्डकी प्रदेश सभा सदस्य एंव ने.क.पा माओवादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य गयात्री गुरुङ ( कुसुम ), ने.क.पा माओवादी केन्द्र कास्की जिल्ला सचिव बखान सि गुरुङ संविधान सभा सदस्य एंव ने.क.पा माओवादी केन्द्र मादि गाउपालिका इन्चार्ज तेज कुमारी पौडेल ( शिताल ) मादि गाउपालिका वडा नं ७ का वडा अध्यक्ष एंव ने.क.पा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य लाल बहादुर गुरुङ, मादी गाउपालिका वडा नं ११ का वडा अध्यक्ष एंव ने.क.पा माओवादी केन्द्र जिल्ला सदस्य मित्र गुरुङ,को बिशेष अतिथि र मादी गाउपालिका YCL इन्चार्ज एंगल्स कार्की YCl जिल्ला सहसचिव तथा पुर्व मादी ycl अध्यक्ष शन्तोष अधिकारी, ycl कास्की जिल्ला सदस्य तथा पुर्व मादी ycl उपाध्यक्ष दुर्गा बहादुर गुरुङ को अतिथिमा मादि गाउपालिकाका १२ वटा वडा कमिटिका अध्यक्षहरु गाउपालिका कमिटी सदस्यहरुको उपस्थितिामा पुर्ण बैठक सम्पन्न भएको छ ।

नेकपा फुट पछि Ycl Nepal Madi  सकृय बन्दै । कोरोनाको मपादण्डलाई  बिशेष प्राथमिकता दिदै  मादिको प्रत्येक वडा बाट बढीमा २ ज...
21/08/2021

नेकपा फुट पछि Ycl Nepal Madi सकृय बन्दै ।

कोरोनाको मपादण्डलाई बिशेष प्राथमिकता दिदै मादिको प्रत्येक वडा बाट बढीमा २ जना मात्रै प्रतिनिधि हुने गरि गर्ने भनिएता पनि युवाहरुको YCL प्रतीको परिपक्वता अभिरुचि का साथ व्यापक उपस्थितले आजको भेला उत्साहजनकका साथ सम्पन्न भएको छ ।
YCL मादी गाउपालिका कमिटी अध्यक्ष सन्तोष अधिकारीको अध्यक्ष, प्रमुख अतिथि अर्थ तथा बिकास समिति सभापति गण्डकी प्रदेशका मा. दिपक कोइराला "रुपक" संबिधान सभा सदस्य तथा ने.क.पा माओवादी केन्द्र मादी गाउपालिका इन्चार्ज तेज कुमारी पौडेल, ने.क.पा माओवादी कास्की केन्द्र जिल्ला सचिवलय सदस्य तथा मादी गाउपालिका वडा नं ७ का अध्यक्ष लाल बहादुर गुरुङ, नेकपा माओवादी केन्द्र कास्की जिल्ला सदस्य एंव मादी गाउँपालिका वडा नं ११ का अध्यक्ष मित्र गुरुङ नेकपा माओवादी केन्द्र कास्की जिल्ला सदस्य एंव मादी गाउपालिका वडा नं ९ का अध्यक्ष तोरण गुरुङ मादी नेकपा माओवादी केन्द्र मादी गाउपलिका कमिटी अध्यक्ष कृष्ण राज दाहाल, YCL कास्की जिल्ला इन्चार्ज मेख बहादुर बिश्वकर्मा "पहाड", एगेल्स कार्की, रुद्र बहादुर बिश्वकर्मा, क्षितिज सापकोटा लगायतका उपस्तिथिमा YCL नेपाल मादि गाउपालिका कमिटीका अध्यक्ष सन्तोष अधिकारी बाट नव गठित कमिटीका अध्यक्ष सागर गुरुङलाई सम्पूर्ण कमिटीको जिम्मेवारी हस्तान्तरण गरि भेला सफलताका साथ सम्पन्न भएको छ ।
नव गठित पदाधिकारी निम्न रहेका छ्न ।

अध्यक्ष =सागर गुरुङ्ग
उपाध्यक्ष =शिव नेपाली
उपाध्यक्ष = खरजङ्ग गुरुङ्ग
सचिब = छत्र प्रसाद सापकोटा ( बिनेश)
सहसचिब = शिव पौडेल
सहसचिब = कुमार गुरुङ्ग
सहसचिब = एलन गुरुङ
सहसचिब = सन्तोष तामाङ्ग
कोषाध्यक्ष = रजनी गुरुङ्ग समेत ४१ सदस्य रहेका छ्न ।

नेकपा माओबादि केन्द्रको -भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।-असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ...
14/08/2021

नेकपा माओबादि केन्द्रको
-भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण ।
-असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
-असोज २० गते वडा सम्मेलन
-असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
-कात्तिक ३० गते जिल्ला सम्मेलन
-मङ्सिर १५ गते प्रदेश सम्मेलन
-पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन!

Address

Kaski

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779856070890

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मादी गाउपालिका कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मादी गाउपालिका कास्की:

Share