NEA Lekhnath Distribution Centre , Taal Chowk

NEA Lekhnath Distribution Centre , Taal Chowk Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NEA Lekhnath Distribution Centre , Taal Chowk, Government Organization, Taalchowk , kaski, Kaski.

29/05/2026
केहि दिन अघिदेखि आएको भिषण हावाहुरी तथा पानीले यस केन्द्रको बिभिन्न ठाउँहरुमा ठुलो क्षति पुर्याएको छ| मर्मत सम्भार कार्य...
28/05/2026

केहि दिन अघिदेखि आएको भिषण हावाहुरी तथा पानीले यस केन्द्रको बिभिन्न ठाउँहरुमा ठुलो क्षति पुर्याएको छ| मर्मत सम्भार कार्य भईरहेको छ | तपाइको घर टोल नजिक कुनै विद्युतीय संरचना मर्मत हुन बाँकि रहेको छन् भने कृपया यस केन्द्रको नोलाइट नं. ०६१-५६३५०१ मा खबर गरि जानकारी गरिदिनुहुन अनुरोध गर्दछौ| हावाहुरीको कारण क्षतिको केहि बिबरणहरु....

26/05/2026

मिति २०८३/०२/११ गते आएको भीषण, हावाहुरी, चट्याङ सहितको वर्षातका कारण लेखनाथ वितरण केन्द्र अन्तर्गतको विभिन्न स्थानहरूमा रूख ढल्ने, बासको गाँजहरु ढल्ने, पोल ढल्ने, तार चुँडिने जस्ता क्षति भएको र धेरै स्थानमा एकैपटक क्षति हुँदा मर्मत गरी लाईन सन्चालन गर्न पूर्ण समय सम्म कार्य गर्दा समेत केही स्थानहरुमा लाईन सन्चालन गर्न नसकिएको अवस्था रहेको छ । पोखरा ३१ आरुपाटा, लामस्वरा, बेगनास, स्यानखुदी, खोलाबेशितर्फ, पोखरा २८ माझठाना, सौर्य, मादी गा पा ताङतिङ तर्फ, भगवतीटार, भाचोक, मिजुरे डाँडा, रूपा गा पा को देउराली, सिद्ध, थुम्की तर्फको लाईनको पोलहरु ढलेको, ठूला ठूला रुख र बाँसघारीहरु पल्टिई लाईनमा परेको र रूखहरु हटाउन समय लागेको, मौसम प्रतिकूल हुँदा मर्मत कार्य सम्पन्न गर्न कठिनाइ भइरहेको हुँदा लाईन सन्चालन हुन केही समय लाग्ने भएको तथा मिजुरे सब स्टेसन, मिजुरेको पावर ट्रान्सफर्मर जलेको र उक्त बदली गर्ने कार्यको लागि हेटौंडाबाट अर्को ट्रान्सफर्मर लेखनाथ कार्यालय परिसरमा आइसकेता पनि मिजुरे जाने बाटो मौसमको कारण प्रतिकूल हुँदा भोलि पुन प्रयास गरिनेछ। विभिन्न ठाउँमा मर्मत कार्य भइरहेको हुँदा मर्मत हुने समय अवधि सम्म धैर्य गरिदिनुहुन सम्पूर्ण ग्राहक महानुभावहरूमा अनुरोध छ । यस बाट ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति नेपाल विद्युत प्राधिकरण, लेखनाथ वितरण केन्द्र, तालचोक क्षमा प्राथी छ ।

नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखा,खरानेफाट बाट डाँडाको नाकमा सडक विस्तारमा सर्भिस लेन मा परेको 132kV Tower rep...
11/05/2026

नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखा,खरानेफाट बाट डाँडाको नाकमा सडक विस्तारमा सर्भिस लेन मा परेको 132kV Tower replacement को कार्य हुने भएकोले मिति २०८३/०१/२९, ३०, ३१ सम्म विहान ७ बजे देखि बेलुकी ७ बजे सम्म खैरेनी फिडर आंशिक रूपमा अवरुद्ध हुने र उक्त फिडर लाई अन्य फिडर बाट वैकल्पिक सप्लाई दिन का लागि बेगनास फिडर पनि आंशिक रूपमा अवरुद्ध हुने व्यहोरा सम्पूर्ण महानुभावहरुलाई यसै सूचना बाट जानकारीको लागि अनुरोध छ ।

08/05/2026

लाईन बन्द हुने बारेको सूचना !!!
यस लेखनाथ वितरण केन्द्र अन्तर्गत मुग्लिङ-पोखरा सडक आयोजना को विद्युतीय संरचनाहरुको स्थानान्तरण सम्बन्धि कार्य गर्न,आवश्यक मर्मत सुधार कार्य गर्न एवम लाईन नजिकका रूख हाँगा बास हरु कटान कार्यका लागि मिति २०८३/०१/२६ गते शनिबार बिहान १०:०० बजे देखि दिउसो ३:०० बजे सम्म आवश्यकता अनुसार लाईन बन्द गरी कार्य गर्नुपर्ने भएकोले उक्त समयमा बुढीबजार र खैरेनी फिडरको विजयपुर देखि कोत्रे सम्म सडकको दुवै तर्फ,भरतपोखरी,खरानेफाँट, सोता, अर्चले तथा कालिका फिडरको जलधारे,कालिका,माझठाना हुँदै मादी गा.पा.तर्फ को स्थानमा लाईन बन्द हुने व्यहोरा यसै सुूचना बाट सम्पूर्ण महानुभावहरुमा जानकारीको लागि अनुरोध छ । तोकिएको समय अगावै कार्य सम्पन्न भएमा वा मौसम प्रतिकूल हुन गएमा सो समय अवधि अगावै पनि लाईन सञ्चालन हुन सक्नेछ । यस बाट पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमा प्रार्थी छ ।

नेपाल विद्युत प्राधिकरण
लेखनाथ वितरण केन्द्र
तालचोक, कास्की ।

29/04/2026

सार्वजनिक अपील: विद्युत सुरक्षा तथा सावधानी सम्बन्धी सूचना !!!
बदलिँदो मौसमसँगै बढ्दो हावाहुरी, आगलागी र चट्याङ जस्ता प्राकृतिक विपद्का कारण विद्युत वितरण प्रणालीमा चुनौती थपिएको छ। यस्तो संवेदनशील समयमा पनि निरन्तर विद्युत सेवा सुचारु राख्न नेपाल विद्युत प्राधिकरण प्रतिबद्ध छ। सम्भावित जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि आम उपभोक्ताहरूमा निम्न सावधानी अपनाउन हार्दिक अनुरोध गरिन्छ:

१. आगलागीबाट बचावट: विद्युतीय संरचना (पोल, ट्रान्सफर्मर, स्टे-वायर) नजिक फोहोर नजलाउनुहोस्। जङ्गल वा घर वरपर लाग्ने डढेलोले विद्युत आपूर्ति अवरुद्ध पार्ने मात्र नभई ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुहोला।
२. हावाहुरी र चुँडिएका तार: हावाहुरीका कारण विद्युतका तारहरू चुँडिने वा पोलहरू ढल्ने सम्भावना हुन्छ। यस्तो अवस्थामा कुनै पनि तार वा पोललाई नछुनुहोला र तुरुन्त नजिकैको नो-लाइट कार्यालयमा खबर गर्नुहोला।
३. चट्याङबाट सुरक्षा: चट्याङ परेको समयमा टेलिभिजन, फ्रिज, कम्प्युटर जस्ता संवेदनशील विद्युतीय उपकरणहरूको प्लग निकालेर राख्नुहोला। यसले उपकरणहरू जल्नबाट जोगाउँछ।
४. रुखका हाँगाबिगा: विद्युत लाइन नजिक रहेका रुखका हाँगाहरू हावाहुरीले तारमा छुँदा 'सर्ट सर्किट' भई आगलागी हुन सक्छ। यस्ता जोखिम देखिएमा प्राधिकरणलाई जानकारी दिनुहोला र विद्युत लाइनको वरपर रुखविरुवा हुर्किन नदिनुहोला ।
५. धैर्यता र समन्वय: प्राविधिक कारणले विद्युत सेवा अवरुद्ध भएमा केही समय धैर्य गरिदिनुहुन र मर्मत कार्यमा खटिएका कर्मचारीहरूलाई सहयोग गरिदिनुहुन अनुरोध छ।🙏🇳🇵
NEA LEKHNATH DCS

केही दिन देखि मेघ गर्जन,हावाहुरी चट्याङ सहितको भारी वर्षात भई  लाईन अवरुद्ध भइरहेको छ । एवम मौसम पूर्वानुमान महाशाखाको स...
29/04/2026

केही दिन देखि मेघ गर्जन,हावाहुरी चट्याङ सहितको भारी वर्षात भई लाईन अवरुद्ध भइरहेको छ । एवम मौसम पूर्वानुमान महाशाखाको सचेतना जानकारी भएअनुसार आज अहिले देखि यस लेखनाथ एरियामा भीषण हावा हुरि, पानी, चट्याङ सुरु भयको छ । बिधुतको पोल ढल्ने, तार चुडिने, रुख ढल्ने,पोलमा पड्किने हुन सक्ने र बिधुतिय संरचनामा क्षति पुग्न सक्ने हुनाले केहि भयको देखेमा तपसिल अनुसार नम्बरमा सम्पर्क गरि सूचना दिनु हुन अनुरोध छ । हावाहुरि चट्याङ कारण लाइन अबरुद्ध हुन सक्ने र लाईन सुचारु हुन् केही समय लाग्ने हुँदा कृपया धैर्य गरिदिनु होला ।
कार्यालय नोलाईट 061563501 र 061565501

27/04/2026

लाईन बन्द हुने बारेको सूचना

लेखनाथ सबस्टेशन खरानेफाँट नजिक फिडर हरु निक्लेको पोलमा आकस्मिक रूपमा मर्मत कार्य का लागि आज मिति २०८३/१/१४ गते सोमबार दिउँसो २:३० बजे देखि दिउँसो ३:३० बजे सम्म बुढीबजार र कालिका फिडर बन्द गरी कार्य गर्नुपर्ने भएकोले उक्त समयमा बुढी बजार,खरानेफाट, पृथ्वी राजमार्ग विजयपुर देखि मजुवा दक्षिण तर्फ,भरतपोखरी,विजयपुर, कालिका तर्फको लाईन बन्द हुने व्यहोरा यसै सुूचना बाट सम्पूर्ण महानुभावहरुमा जानकारीको लागि अनुरोध छ । तोकिएको समय अगावै कार्य सम्पन्न भएमा सो समय अवधि अगावै पनि लाईन सञ्चालन हुन सक्नेछ । यस बाट पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमा प्रार्थी छ ।

नेपाल विद्युत प्राधिकरण
लेखनाथ वितरण केन्द्र
तालचोक, कास्की

20/02/2026

मुग्लिङ- पोखरा सडक विस्तार कार्य अन्तर्गत बुढीबजार देखि विजयपुर उत्तर तर्फ को विद्युतीय संरचनाहरुको स्थानान्तरण तथा सुधार कार्यको लागि मिति २०८२/११/०९ गते शनिबार बिहान ८:०० बजे देखि दिउँसो ५:०० बजे सम्म आवश्यकता अनुसार लाईन बन्द गरी कार्य गर्नुपर्ने भएकोले उक्त समयमा अघौंचोक,सुन्दरी बजार,बुढी बजार,घैटेखोर,खराने फाँट,राखी,अर्चले,कालिका चोक र विजयपुर तर्फको लाईन आवश्यकता अनुसारको समयमा बन्द हुने व्यहोरा यसै सुूचना बाट सम्पूर्ण महानुभावहरुमा जानकारीको लागि अनुरोध छ ।सो अवधिमा लाईन बन्द हुने र तोकिएको समय अगावै कार्य सम्पन्न भएमा सो समय अवधि अगावै पनि लाईन सञ्चालन हुन सक्नेछ । यस बाट पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमा प्रार्थी छ ।
नेपाल विद्युत प्राधिकरण
लेखनाथ वितरण केन्द्र

Address

Taalchowk , Kaski
Kaski

Telephone

+9779856010032

Website

Alerts

Be the first to know and let us send you an email when NEA Lekhnath Distribution Centre , Taal Chowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NEA Lekhnath Distribution Centre , Taal Chowk:

Share