23/03/2026
यही २०८२/१०/२२अनिस परियार बूबा पदम बाहादूर परीयार आमा शोभा परीयार को छोरा सर्लाही बागमती ८ घर भएको एक दुखद बाईक दुर्घटनामा परी गम्भीर घाइते भई हाल KMC Hospital मा भेन्टिलेटरमा उपचाररत हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको छ र चिकित्सकहरू उहाँको जीवन रक्षा गर्न निरन्तर प्रयासरत हुनुहुन्छ।
तर, उपचारका क्रममा दैनिक अत्यधिक खर्च भइरहेकाले उहाँको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर नाजूक बन्दै गएको छ। अहिलेको अवस्थामा आवश्यक आर्थिक अभावका कारण अस्पतालबाट नै उपचार रोकिने अवस्था सिर्जना भएको छ, जसले उहाँको जीवनमा थप जोखिम उत्पन्न गरिरहेको छ।
यस कठिन घडीमा, हामी सम्पूर्ण सहयोगी मनहरू समक्ष विनम्र अनुरोध गर्दछौं—
कृपया आफ्नो क्षमताअनुसार सानो वा ठूलो जे जति सकिन्छ आर्थिक सहयोग गरी एक अमूल्य जीवन बचाउने पुण्य कार्यमा साथ दिनुहोस्।
तपाईंको सानो सहयोगले पनि ठूलो आशा दिन सक्छ, र समयमै भएको सहयोगले एउटा जीवन बच्न सक्छ।
🕉️मानव धर्म नै ठूलो धर्म हो🕉️