Akhil krantikari kapilvastu

Akhil krantikari kapilvastu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Akhil krantikari kapilvastu, Political organisation, kapilvastu, Kapilvastu.

02/02/2016

एकीकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सार्वजनिक इन्धनको मूल्य घटे पनि यातायातको मूल्य नघटेको भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

क्रान्तिकारीले सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई ३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

भाडा समायोजन गर्नको लागि क्रान्तिकारीले सरकारलाइ शुक्रबारसम्मको अल्टिमेटम दिएको छ । माग पूरा नभए आइतबारदेखि देशभर संघर्षमा जाने क्रान्तिकारीले चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारी सचिव राजु आलेले भने– ‘यातायात व्यवस्था विभागका महानिर्देशक श्रेष्ठ भाडा घटाउनको लागि सकारात्मक भएको र भोलि नै यातायात व्यवसायीसँग यसबारे छलफल गरी चाँडोभन्दा चाँडो टुंगोमा पुग्ने प्रतिबद्धता जनाएका छन् ।’

यसअघि क्रान्तिकारीले गृहमन्त्री शक्ति बस्नेत, आपूर्ति मन्त्री गणेशमान पुन र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीलाई पनि ज्ञापनपत्र बुझाउँदै अन्तराष्ट्रिय बजारमा तेलको भाउ घटेको कारण नेपालमा पनि घटेको मूल्य अनुसार सार्वजनिक यातायातमा भाडा नघटेको कारण छिटै भाडा घटाउन माग गरेको थियो ।

शुक्रबारसम्म भाडा नघटेमा क्रान्तिकारीले आइतबारदेखि देशभर संघर्षमा जाने आलेले बताए।’

29/01/2016

माओवादी शब्दले त्याग, वलिदान, अग्रगमनको अर्थ दिन्छ । जसले देशमा पछिल्लो समयको परिवर्तनको नेतृत्व ग¥यो । देशमा नयाँ विकल्प दियो । विडम्बना नै भन्नुपर्छ, देशमा परिवर्तन ल्याउने, परिवर्तनको एजेण्डा स्थापित गर्ने त्यही माओवादी शक्ति अहिले पुरानो भयो भन्दै माओवादी संघर्षमा नेतृत्वदायी भूमिका खेल्नुभएका एक हस्ती बाबुराम भट्टराई पुरानो राज्यको संरचनाका संरक्षक, सहयोगी, समर्थकहरुसँग कुम जोडेर ‘नयाँ शक्ति’ निर्माण अभियानमा सक्रियताका साथ जुट्नुभएको छ । देश र जनताको मुक्तिका लागि जीवन दिन तयार योद्धाहरुलाई उहाँले पुरानो देख्नुभएको छ । त्यससँग सम्बन्धविच्छेद गर्नुभएको छ । जतिसुकै नयाँ शक्तिको तर्क गरे पनि उहाँको यो नयाँ अभियान यथास्थितिमा गोलचक्कर मार्ने नै हो भन्ने कुरा उहाँले अगाडि सारेको नीति र नेतृत्वको वनावटले प्रष्ट पारेको छ///

मधेसमा माओवादी हिलेको छैन, म सिराहा जान्छुमधेसमा बाबुरामजीतिर बढी प्रभाव छ भनेर जति प्रचार गरे पनि त्यो हुनेवाला छैन । ज...
25/01/2016

मधेसमा माओवादी हिलेको छैन, म सिराहा जान्छु
मधेसमा बाबुरामजीतिर बढी प्रभाव छ भनेर जति प्रचार गरे पनि त्यो हुनेवाला छैन । जति गरे पनि । पहिलो कुरा त हाम्रो जो रामचन्द्र झा, रामकुमार शर्मा कोही तमलोपाबाट, कोही एमालेबाट केही समय पहिला आएका मान्छेहरु हुन् । उनीहरु केही पाउनका लागि आएका थिए, नपाएपछि गए । मधेसको हाम्रो रियल माओवादी पार्टी, माओवादी जनाधार भन्नुहुन्छ भने कोही हिलेको (हल्लिएको) छैन । तपाई सांसद हेर्नोस् कि राजनीतिक नेता हेर्नोस् । पहिलेका माओवादीको ९९ भन्छु म, ९९ इन्ट्याक्ट छ अहिले पनि । त्यसकारण माओवादीको कोही गएको छैन ।
जहाँसम्म म सिराहा गइँन भन्ने आरोप छ, पार्टीका साथीहरुले जाने कार्यक्रम बनाउनुभयो भने म जान्छु । मैले स्थानीय विकास मन्त्रालयलाई के भनेको थिएँ भने यो ‘जनताको संविधान, जनताको माझमा’ भन्ने कार्यक्रममा सिराहा जान्छु भनेको थिएँ । कुनै पनि दिन भन्नोस् म जुन दिन पनि सिराहा जान तयार छु भनेको छु ।
मलाई सिराहा जान केही गाह्रो छैन, उहाँहरुले नै कार्यक्रम बनाउन हिच्किचाइरहनुभएको छ । मैले त बरु किन कार्यक्रम नबनाएको भनेर सोधें । उहाँहरुले एक महिना थपियो त्यसो भएर बनाउँला भन्नुभो । म त जतिबेला पनि जान तयार छु । उहाँहरुले लान आँट गर्नुभएको छैन, न जतिबेला पनि जान तयार छु ।
एकचोटि गएर मधेसी जनताको वीचमा मेरो आफ्नो निर्वाचन क्षेत्रमा उभिएँ भने ठीक हुन्छ विश्वास छ ।

Address

Kapilvastu
Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Akhil krantikari kapilvastu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share