Pipara Hospital - पिपरा अस्पताल

Pipara Hospital - पिपरा अस्पताल वाणगङ्गा नगरपालिकाबाट संचालित
वाणगङ्गा - २, पिपरामा अवस्थित अस्पताल

Midnight LSCS at Pipara Hospital . Indication for CS - Fetal distress ( 40WOG )पिपरा अस्पतालमा आज मध्यराती एउटा सिजेरियन...
25/05/2026

Midnight LSCS at Pipara Hospital . Indication for CS - Fetal distress ( 40WOG )

पिपरा अस्पतालमा आज मध्यराती एउटा सिजेरियन अपरेसन भएको छ। बच्चाको मुटुको चालमा गडबडी देखिएपछि मध्यरातमा नै महिला तथा प्रसूति रोग विशेषज्ञ डा. जागृति खनालको नेतृत्वमा अपरेसन सम्पन्न भएको हो। हाल आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको छ। शीघ्र स्वास्थ्यलाभको कामना।

(तस्बिर बिरामी र श्रीमानको अनुमति लिएर राखिएको छ)

हाम्रो यस अस्पतालले आ.व.२०८२्।८३ को बैशाख महिना मा प्रदान गरिएको सेवा प्रवाहको विवरण
15/05/2026

हाम्रो यस अस्पतालले आ.व.२०८२्।८३ को बैशाख महिना मा प्रदान गरिएको सेवा प्रवाहको विवरण

आज पिपरा अस्पतालमा एकैदिन ४ वटा जनरल सर्जरीका बिरामीहरूको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। पाइल्स रोग भएको एकजनाको हेमोर...
13/05/2026

आज पिपरा अस्पतालमा एकैदिन ४ वटा जनरल सर्जरीका बिरामीहरूको सफलतापूर्वक शल्यक्रिया गरिएको छ। पाइल्स रोग भएको एकजनाको हेमोरोइडेक्टोमी (Hemorrhoidectomy), एकजना वृद्धको हर्नियाको हर्नियोप्लास्टी (जाली राखेर हर्नियाको अपरेसन) र एउटा बच्चाको हर्नियाको हर्नियोटोमी (जाली नराखी हर्नियाको अपरेसन) साथै बच्चाको फाइमोसिस (लिङ्गको छाला पछाडि नसर्ने समस्या) को अपरेसन सफलतापूर्वक सम्पन्न भएको हो।
उपचारमा सहयोग पुर्याउनुहुने सम्पूर्ण कर्मचारी तथा अस्पताललाई विश्वास गरी सेवा गर्ने मौका दिनुभएकोमा बिरामीहरूप्रति आभार व्यक्त गर्न चाहन्छौं।

रात दिन नभनी बिरामीको सेवामा अहोरात्र खटिनुहुने सम्पूर्ण नर्सिङ स्टाफलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा पुनः धन्यव...
12/05/2026

रात दिन नभनी बिरामीको सेवामा अहोरात्र खटिनुहुने सम्पूर्ण नर्सिङ स्टाफलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा पुनः धन्यवाद तथा नर्सिङ दिवसको शुभकामना !

यस पिपरा अस्पताल, बाणगंगामा नियमित रूपमा प्रत्येक शुक्रबार नि:शुल्क रूपमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (VIA जाँच)...
08/05/2026

यस पिपरा अस्पताल, बाणगंगामा नियमित रूपमा प्रत्येक शुक्रबार नि:शुल्क रूपमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (VIA जाँच) भइरहेको हुँदा ३० वर्ष देखि ५० वर्ष सम्मका महिलाहरूले यो सुविधाको लाभ उठाउनुहुन अनुरोध छ। क्यान्सर रोग लाग्नु अघि नै पहिचान गरी स्वस्थ जीवन व्यतित गरौँ। क्यान्सरको उपचार भन्दा रोकथाम नै उत्तम उपाय हो।

आज मिति २०८३ बैशाख २४ गते बिहीबारका दिन यस पिपरा अस्पतालको नयाँ भवन निर्माण कार्यको शिलान्यास र जग पूजा बाणगंगा नगरपालिक...
07/05/2026

आज मिति २०८३ बैशाख २४ गते बिहीबारका दिन यस पिपरा अस्पतालको नयाँ भवन निर्माण कार्यको शिलान्यास र जग पूजा बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणि अर्याल ज्यू र नगर प्रवक्ता श्री विष्णु प्रसाद पौडेल ज्यूबाट सुसम्पन्न भएको छ। नयाँ भवन निर्माण पछि यस अस्पतालबाट स्थानीय जनताले थप सेवा सुविधा र सहज उपचार पाउने विश्वास छ।

स्वागत एव परिचयात्मक कार्यक्रम बिभिन्न सस्था बाट सरुवा भैइ हाम्रो अस्पतामा जोडिन आउनु भएका सर म्याडम हरु लाई स्वागत छ आश...
27/04/2026

स्वागत एव परिचयात्मक कार्यक्रम
बिभिन्न सस्था बाट सरुवा भैइ हाम्रो अस्पतामा जोडिन आउनु भएका सर म्याडम हरु लाई स्वागत छ आशा छ यहा हरु को सेवा भावले अस्पताल ले सेवा प्रवाह मा थप उचाई हासिल गर्ने छ ।।।

मलेरिया एक संक्रामक रोग हो, जुन संक्रमित एनोफिलिज लामखुट्टेको टोकाइबाट सर्छ। यसले ज्वरो, टाउको दुखाइ, काँप्ने, र कमजोरी ...
25/04/2026

मलेरिया एक संक्रामक रोग हो, जुन संक्रमित एनोफिलिज लामखुट्टेको टोकाइबाट सर्छ। यसले ज्वरो, टाउको दुखाइ, काँप्ने, र कमजोरी जस्ता लक्षण देखाउँछ। समयमै उपचार नगरेमा गम्भीर हुन सक्छ।
रोकथामका उपायहरूमा लामखुट्टेको टोकाइबाट बच्नु मुख्य हो। झुल प्रयोग गर्ने, लामो कपडा लगाउने, घर वरिपरि पानी जम्न नदिने, र कीटनाशक प्रयोग गर्ने प्रभावकारी हुन्छ। समयमै परीक्षण र उपचारले रोग नियन्त्रण गर्न मद्दत गर्छ।

पुर्णखोप दिगोपना घोषणा कार्यक्रम २०८३
22/04/2026

पुर्णखोप दिगोपना घोषणा कार्यक्रम २०८३

हामि बधाई दिन चाहान्छौ ।।।
22/04/2026

हामि बधाई दिन चाहान्छौ ।।।

शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढाउँदै आएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले यस वर.....

Address

Kapilvastu

Telephone

+97776550300

Website

Alerts

Be the first to know and let us send you an email when Pipara Hospital - पिपरा अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pipara Hospital - पिपरा अस्पताल:

Share