31/12/2013
उद्देश्य र कार्य
७. संस्थाको मुख्य उद्देश्य निम्न अनुसार रहेका छन््ः–
(१) सहकारी मूल्यमान्यता एवं सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन कायम गर्न जोड
दिने ।
(२) सदस्यहरुलाई परम्परागत कृषि, जडिबुटि तथा बागबनी प्रणालीबाट व्यवसायिक र आधुनिकीकरण गर्ने ।
(३) सदस्यहरुको उत्पादन क्षमतालाई अभिवृद्धि गर्ने ।
(४) सदस्यहरुबाट बचत संकलन एवं अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग कर्जा प्राप्त गरी आवश्यक वित्तीय श्रोत संकलनमा जोड दिने ।
(५) कार्य क्षेत्र भित्रका गरिब, दलित, जनजाति, महिला साना किसानहरुलाई संगठित गराई सहकारिताको माध्यमबाट उनीहरुको जीवनस्तर उकास्न आर्थिक, सामाजिक एवं सामुदायिक विकासमा जोड दिने ।
(६) सदस्यहरुको सामाजिक जीवनको विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामूलक कार्यक्रमहरु संचान गरी सहकारीताको महत्व स्थापीत हुने काम समुदायमा प्रदर्शीत गर्ने ।
(७) सदस्यहरुमा बचत गर्ने बानीको विकास आय आर्जन क्षमतामा वृद्धि र पारस्परिक सहयोगको आधारमा व्यवसायिक विकास गर्ने ।
(८) सदस्यबाट दुधजन्य उत्पादन संकलन गरि विक्रि व्यवस्था मिलाउने । तथा बढ्दो राष्ट्यि दुधको माग पुरा गर्ने गरि आपुर्ती परिमाण बढाउने ।
(९) समुदायमा पशु, पन्छी तथा मस्यपालन पेशा व्यवसायिक ढंगबाट संचालन गर्न नश्ल सुधार गरिएका उन्नत जातका पशुको प्रजनन व्यवस्था गर्दै पशुपालनलाई ब्यवस्थीत बनाउन आवश्यक पर्ने उन्नत जातका घांस र डाले घांसको नर्सरी संचालन गर्ने र समुदायमा बिरुवा वितरण गर्ने ।
(१०) दुधजन्य बस्तुहरु उपभोग गर्न प्रोत्साहन गर्ने र जनचेतना जगाउने तथा पशुपालन क्षेत्रमा अनुसन्धानका कार्यक्रम संचालन एवम् प्राप्त निष्कर्षहरु कृषकलाई जनकारी गराउने ।
८. कार्यहरु (गतिविधिहरु)ः
संस्थाले विनियमको दफा ७ वमोजिमका उद्देश्यहरु प्राप्त गर्न प्रचलित ऐन, नियम निर्देशिकाहरुको पूर्ण पालना गरी निम्न कार्यहरु गर्नेछ ।
(१) सदस्यहरुलाई परम्परागत कृषि तथा पशुपालन प्रणालीबाट बजारमूखी कृषि तथा पशुपालन प्रणालीमा रुपान्तरण गरी उत्पादन (प्रशोधन समेत) विनिमय (वितरण प्रणाली) उपभोगमा सहकारी पद्धत्तीको विकास गर्न आवश्यक कार्यहरु गर्ने । उन्नत नश्लको पशु वितरण तथा विकाश गरी सदस्यहरुलाई व्यवसायिक पशुपलानको लागि वैज्ञानिक फारम संचालन गरिने, सन्तुलित पशुदाना तथा पशुआहारको व्यवस्था गरिने, समुदायको लागि पशु स्वास्थ्य सेवा सर्वसुलभ गराईने तथा दुग्धजन्य विविध सामाग्रीहरु उत्पादन गरी प्रबद्र्धन गर्ने तथा दुधको चिस्यानको प्रबन्ध गर्ने । जैविक मलको माध्यमबाट माटोको उत्पादन क्षमता विकासको विविध कार्यक्रम गर्ने तथा जैविक मल उत्पादन गर्ने ।
(२) प्रचार प्रसारका विभिन्न माध्यमहरुबाट सदस्यहरुलाई व्यावसायिक कृषि तथा पशुपालन प्रणालीमा उत्प्रेरित गर्न चेतना जगाई बजारमुखी उत्पादनको तरिका प्रदर्शन, नतिजा प्रदर्शन, स्थलगत भ्रमण, तालिम आदिको माध्यमबाट कृषिको व्यावसायिकरण गर्न, उत्पादकत्व बढाउन र कृषि, जडिबुटी तथा बागबनी बजारमा सहज पहु“च पु¥याउन वित्तीय, प्राविधिक, सामाजिक र सा“स्कृतिक सहयोग जुटाउने । खेर गईरहेका बस्तुबाट हस्तकला, लोक्ता (कागज), कोईला (ब्रिकेट), जैविक मल जस्ता उत्पादनलाई जोड दिने ।
(३) कृषिको उत्पादकत्व बढाउन कृषि सामाग्रीको सुलभता, सिंचाई, विद्युत, सडक र बजार जस्ता आधारभूत पूर्वाधार विकास गर्न मद्दत गर्ने वा सदस्यहरुबीचमा उपसमिति निर्माण गरी सम्बन्धित निकायहरुको स्वीकृति लिएर उक्त कार्यहरु सञ्चालन गर्ने ।
(४) प्रचलित कानुनको अधिनमा रही खाद्यान्न, दलहन, तेलहन, नगदेबाली, औषधी जन्य जडिबुटी, फलफुल, बगबनीको नर्सरी, पशु पंक्षी तथा मत्स्य, दुग्ध वा अन्य यस्तै कृषिजन्य पदार्थको श्रोत केन्द्र बनाउने तथा ति बस्तुहरु संकलन गर्ने, भण्डारण गर्ने, ढुवानी गर्ने, गुणस्तर जा“च गर्ने, बजारिकरण गर्ने एवं प्रशोधन उद्योगको स्थापना गर्ने जस्ता क्रियाकलापहरु संचालन गरी सदस्यहरुको उत्पादनको मूल्य अभिबृद्धि गर्नुका साथै रोजगारीका अवसरहरुको सृजना गर्ने । जमिनको अधिकतम प्रयोगबाट फाईदा प्राप्त गर्त जमिनको प्रकृति र अवस्था हेरी विविध कृषि कार्यक्रम संचालन गर्ने । यस क्षेत्रमा अत्याधिक सम्भावना रहेका केरा, उखु, खुर्शानी, टमाटरबाली जस्ता कृषि उत्पादनमा जोड दिने ।
(५) सदस्यहरुमा व्यावसायिकता र सुधारिएका÷उन्नत प्रविधिको प्रयोगबाट कृषि, पशुपालन तथा यस स“ग सम्बन्ध राख्ने व्यवसायहरुको विकास गराउने र यसका लागि आवश्यक पर्ने वित्तीय (ऋण) र प्राविधिक सहयोग जुटाउने ।
(६) सदस्यहरुमा बचत संस्कृतिको विकास गर्न नियमित र ऐच्छिक बचतका उपयुक्त स्वरुपहरु लागू गर्ने एवं बचत अभिबृद्धिका लागि चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
(७) सदस्यको माग अनूरुप स्थानीय रुपमा संकलित वित्तीय स्रोत अपर्याप्त भएमा अन्य संघ संस्था वा निकायबाट ऋण वा अनुदान प्राप्त गरी संस्थागत लगानी वा सदस्यहरुलाई धितो लिएर वा नलिई उचित व्याजदरमा ऋणको रुपमा परिचालन गर्ने ।
(८) सदस्यहरुमा सहकारीताको भावना र अभ्यास सुदृढ गरी उनीहरुको सामाजिक र सामुदायिक विकासका क्रियाकलाप सञ्चालन गर्न स्रोत तथा जनसहभागिता जुटाउने ।
(९) सदस्यहरुमा कुलत, अन्धविश्वास र कुसंस्कार हटाई आयआर्जनका लागि लगानी गर्ने, मितव्ययी आचरण अबलम्बन गर्ने, परिवार योजना बनाउने, पेशागत सीप अभिबृद्धि गर्ने र मर्यादित जीवन बिताउन अनुकुल बातावरण सृजना गर्ने ।
(१०) लैङ्गिक, जातीय र संस्कारजन्य विभेदहरु अन्त्य गरी समानताको भावना अभिबृद्धि गर्न आवश्यक चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
(११) सदस्यहरुलाई आवश्यक पर्ने विभिन्न उपभोग्य बस्तु तथा सेवाको व्यवस्था गर्ने ।
(१२) सामुदायिक स्वास्थ्य एवं सरसफाई सम्बन्धि कार्यक्रमहरु (जनसंख्या शिक्षा, पारिवारिक स्वास्थ्य तथा सरसफाई, स्वच्छ पीउने पानी, पोषण शिक्षा, परिवार नियोजन तथा वाल तथा मातृ शिशु शिक्षा), प्राकृतिक स्रोतको संरक्षण र सम्बद्र्धृन सम्बन्धि कार्यक्रमहरु (वातावरण संरक्षण, भू–क्षय तथा बृक्षारोपण, सामूदायिक वन संरक्षण र व्यवस्थापन, वैकल्पिक र नविकरणीय उर्जा) सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
(१३) पशु चौपायको संरक्षण कार्यक्रम (बिमा) व्यवस्था मिलाउने ।
तर, संस्था दर्ता पश्चात माथि उल्लिखित कार्यहरु गर्दा कुनै कारोवारको सिलसिलामा अन्य प्रचलित ऐन कानून अनुसार अन्य निकायहरुको स्वीकृति लिनुपर्ने भएमा सो लिएर मात्र कारोवार सञ्चलन गरिने छ ।