भूमि प्रशासन कार्यालय, बेलौरी, कञ्चनपुर

  • Home
  • Nepal
  • Kanchanpur
  • भूमि प्रशासन कार्यालय, बेलौरी, कञ्चनपुर

भूमि प्रशासन कार्यालय, बेलौरी, कञ्चनपुर Government of Nepal
Ministry of Land Management, Co-operatives, Federal Affairs & General Administration
Dept. of LMA.

उप-महानगरपालिका र महानगरपालिका क्षेत्रमा एकै पटकमा ३ करोड रुपैयाभन्दा बढी जग्गाको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा स...
11/08/2026

उप-महानगरपालिका र महानगरपालिका क्षेत्रमा एकै पटकमा ३ करोड रुपैयाभन्दा बढी जग्गाको कारोबार गर्ने इच्छुक फर्म, कम्पनी वा संस्थाहरुका लागि सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र निवेदन दिने सम्बन्धी सार्वजनिक सूचना ।

भूमि प्रशासन सम्बन्धी सेवा अब यहाँहरुकै आफ्नो पालिकाबाट ।:)१. कुन - कुन सेवाहरू सञ्चालन हुँदैछन् ?• भूमि प्रशासन सम्बन्ध...
30/07/2026

भूमि प्रशासन सम्बन्धी सेवा अब यहाँहरुकै आफ्नो पालिकाबाट ।
:)
१. कुन - कुन सेवाहरू सञ्चालन हुँदैछन् ?
• भूमि प्रशासन सम्बन्धी स-सिम कित्ताको लिखत रजिस्ट्रेसन कारोबार (जस्तै :- पुरै कित्ता खरिद-विक्री / हालैदेखिको बकसपत्र / दानपत्र / छोडपत्र / संगोलनामा / आदि) सम्बन्धी कार्यहरू पहिलो चरणमा सञ्चालन हुनेछन् ।
:)
२. जग्गाधनीको कस्तो विवरण वा संकेत अनलाइनमा पहिले नै भएको हुनुपर्छ ?
• बायोमेट्रिक्स (Biometrics) भएको
o औंठाछाप (फिंगरप्रिन्ट) भएको
• फोटो भएको
• जग्गाधनी संकेत नं. भएको विवरण (उदाहरण:- महिला भए - PF00###### र पुरुष भए PM00######)
:)
३. कस्तो किसिमको जग्गाको कारोबार गर्न मिल्छ ?
• कित्ताकाट गर्न नपर्ने, हाललाई पुरा-पुरा कित्ताको मात्र लिखत रजिस्ट्रेसन पारित कारोबार गर्न मिल्नेछ ।
:)
४. यस्तो कारोबार गर्न कहाँ सम्पर्क गर्ने ?
• पुनर्वास नगरपालिकाको भूमि व्यवस्थापन शाखामा गई गर्न मिल्नेछ ।
:)
५. वडा कार्यालयबाट दिइने सिफारिस कहाँ जान्छ ?
• हाललाई बायोमेट्रिक्स र फोटो, भूमि प्रशासन कार्यालयको अनलाइनमा इन्ट्री भइसकेको कित्ता जग्गाको स-सिम कित्ता (कित्ताकाट गरी कारोबार गर्नु नपर्ने) जग्गाको कित्ता सम्बन्धी कारोबारका लागि मात्र वडा कार्यालयहरुबाट पुनर्वास नगरपालिकाको भूमि व्यवस्थापन शाखालाई सम्बोधन गरी सिफारिस गर्नुपर्ने हुन्छ ।
:)
६. यस्तो अवस्थाको स-सिम कित्ताको कारोबार भूमि प्रशासन कार्यालयबाट हुन्छ ?
• हुँदैन, अब उपरान्त बायोमेट्रिक्स र फोटो इन्ट्री भइसकेको कित्ता जग्गाको स-सिम कित्ता (कित्ताकाट गरी कारोबार गर्नु नपर्ने) जग्गाको कित्ता सम्बन्धी कारोबारका लागि पुनर्वास नगरपालिकाको भूमि व्यवस्थापन शाखाबाट मात्र हुन्छ ।
:)
नजिक भविष्य मै एकपछि अर्को सेवाहरु पालिकाबाटै विस्तार हुनेछन् ।

मिति २०८३/०४/१५ गते दिउसो १२:३० बजे बाट भूमि प्रशासन सम्बन्धी सेवाहरू पुनर्वास नगरपालिकाको कार्यालयबाट बाट संचालन हुने सम्बन्धी सम्बन्धित सबैमा सूचना।

भू-सेवा केन्द्र प्रयोगकर्ता (युजरनेम) को लागि निवेदन दर्ता गर्नका लागि समय यहि २०८३ श्रावण २९ सम्म मात्र । :)कृपया समय म...
29/07/2026

भू-सेवा केन्द्र प्रयोगकर्ता (युजरनेम) को लागि निवेदन दर्ता गर्नका लागि समय यहि २०८३ श्रावण २९ सम्म मात्र ।
:)
कृपया समय मै आवश्यक कागजात सहित अनलाइन निवेदन दर्ता गर्नुहोस् ।

मिति २०८३/०४/०७ मा बेलडाँडी गाउँपालिकाबाट प्रकाशित ३५ दिने भू-उपयोग क्षेत्र वर्गीकरणमा कित्ता छुट सम्बन्धमा भन्ने सूचना ...
28/07/2026

मिति २०८३/०४/०७ मा बेलडाँडी गाउँपालिकाबाट प्रकाशित ३५ दिने भू-उपयोग क्षेत्र वर्गीकरणमा कित्ता छुट सम्बन्धमा भन्ने सूचना ।
:) भू-उपयोग क्षेत्र वर्गीकरण सूचीमा आफ्नो कित्ता छुटेको छ भने तुरुन्त गाउँपालिकामा सम्पर्क राख्नु हुन सम्बन्धित सबैको जानकारीका लागि ।

भु उपयोग वर्गिकरणमा कित्ता छुट सम्बन्धमा ।

बेलडाँडी गाउँपालिका,बेलडाँडी ,कञ्चनपुरSantosh Prasad Upadhyayबेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको निजि सचिवालय

भूमि प्रशासन निर्देशिका, २०८१ मा भएको अधिकृत वारेसनामा सम्बन्धी व्यवस्था !
28/07/2026

भूमि प्रशासन निर्देशिका, २०८१ मा भएको अधिकृत वारेसनामा सम्बन्धी व्यवस्था !

अत्यन्त जरुरी सूचना ! सबैको जानकारीका लागि अधिकतम् सेयर गरौं ।:)अन्तिम पटकको सूचना प्रकाशन मिति : २०८३/०४/०४:)भूमि समस्य...
20/07/2026

अत्यन्त जरुरी सूचना ! सबैको जानकारीका लागि अधिकतम् सेयर गरौं ।
:)
अन्तिम पटकको सूचना प्रकाशन मिति : २०८३/०४/०४
:)
भूमि समस्या समाधान समितिको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी पैंतीस (३५) दिने सूचना ।
:)







मौजुदा सूचीमा दर्ता हुने सम्बन्धी सूचना !!
20/07/2026

मौजुदा सूचीमा दर्ता हुने सम्बन्धी सूचना !!

सुदूरपश्चिम प्रदेशमा आर्थिक विधेयक वा ऐन नआएको अवस्था छ । अब के हुन्छ ? सबैले जानिराखौं है त । मिति २०८३/०४/०१ ।:)जसरी स...
16/07/2026

सुदूरपश्चिम प्रदेशमा आर्थिक विधेयक वा ऐन नआएको अवस्था छ । अब के हुन्छ ? सबैले जानिराखौं है त । मिति २०८३/०४/०१ ।
:)
जसरी सङ्घीय तहमा ‘सामयिक कर असुल ऐन, २०१२’ एउटा स्थायी कानुन हो, त्यसैगरी प्रदेशहरूले पनि आफ्नो अनुकूलता अनुसार 'प्रदेश सामयिक कर असुली ऐन' (जस्तै: ✍️कोशी प्रदेशमा कोशी प्रदेश सामयिक राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, २०८०, ✍️सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलन सम्बन्धी ऐन, २०८१ र ✍️लुम्बिनी प्रदेशमा प्रदेश सामयिक कर असुली ऐन, २०८२) निर्माण गरेका छन् । यो ऐन एक पटक संसद्बाट पारित भएपछि जबसम्म खारेज वा संशोधन गरिँदैन, तबसम्म यो लागू रहिरहन्छ ।
:)
यसको अर्थ प्रदेशमा आर्थिक विधेयक वा ऐन जारी नहुन्जेल अघिल्लो आर्थिक विधेयक वा ऐन अनुसार नै राजस्व सङ्कलन कार्य यथावत रहने गर्दछ ।

श्रावण, भाद्र र आश्विन महिना डेंगी सचेतना तीन महिने अभियान (🦟 + 👊)सबैले सकिने जति सेयर🚀गरौं । सबैलाई सचेत बनाउन मद्दत गर...
16/07/2026

श्रावण, भाद्र र आश्विन महिना डेंगी सचेतना तीन महिने अभियान (🦟 + 👊)
सबैले सकिने जति सेयर🚀गरौं । सबैलाई सचेत बनाउन मद्दत गरौं । धन्यवाद ।

स्थानीय तहमा अब जग्गाको बैंक (Bank of Land) । भूमि बैंक ।:)१. भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३२. स्थानीय ...
16/07/2026

स्थानीय तहमा अब जग्गाको बैंक (Bank of Land) । भूमि बैंक ।
:)
१. भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३
२. स्थानीय तहलाई लेखिएका पत्रहरु

Address

Belauri Bazar Kanchanpur
Kanchanpur
09958

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when भूमि प्रशासन कार्यालय, बेलौरी, कञ्चनपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share