Mahabu महाबु

Mahabu महाबु भेरी कर्णाली मा हुने गतिविधि,नेपाली भ?

01/07/2016
Suva prabhaat
01/07/2016

Suva prabhaat

11/06/2016

कालिकोट को प्रसिद्ध धार्मिक स्थल माहाबुसस्म मोटर बाटो
२७ जेठ, कालिकोट

ढुङ्गे पहाड र भिर छिचोल्दै अन्तत देसि गाडे महाबु सडक सुरु गरेको १५ वर्ष पछि महाबु पुगेको छ ।
दैलेख जिल्ला कै गौरवको योजनाका रुपमा रहेको सडकको बुधवार सासंसद, जिल्ला स्थित राजनीतिक दल, पत्रकार, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख लगाएतको टोली महाबु सम्म गाडीमै महाबु सम्म पुगेर सडकको अवलोकन गरेका थिए ।
दैलेख–सुर्खेत–जुम्ला २ सय ३६ किलोमिटर सडक पार गरे पुगिन्छ भने अब यस सडक बाट जुम्ला पुग्न ४० किलोमिटर छोटो पर्ने भएको छ ।दैलेख सदरमुकामलाई ब्यापारिक केन्द्र बनाउन जिल्ला विकास समितिले कालिकोट जोडने छोटो बाटोका रुपमा यस सडकलाई आफ्नो प्रमुख प्राथीकतामा राखेको स्थानिय विकास अधिकारी हरि प्याकुरलले जानकारी दिए ।

कर्णाली बासीलाई सुर्खेत झर्न छोटो यात्राका लागि नयाँ सडक निर्माण कार्यलाई अगाढी बढाउदा सफलता प्राप्त भएको भन्दै स्थानिय बिकास अधिकारी प्याकुरेलले सडक निर्माण गरिरहेको ¥याप ३ को टिपलाई बघाई समेत दिए ।

जिविस ¥याप – ३ को १५ वर्ष देखिको अनवरत मेहेनत अहिले आएर सफल भएकोमा खुशी ब्यक्त गर्दै बालुवाटार गाबिसको उन्पाटा देखि महाबु सम्मको ४ किलोमिटर सडक पुरा भए सँगै सफलतामा पुगेको ¥याप – ३ का टिमलिडर दिपक ढकालले बताए ।
कडा चटान भएको भाग फोडिसकेकाले अहिले महावु लेक सम्म मोटर पुग्न सफल भएको टिम लिडर ढकालले बताए ।

गितञ्जली जोभी जेभीले २ करोड २६ लाखमा ठेक्का लिई महावु तिरको भागमा रहेको कडा चट्टान फोडेको हो । दैलेख सदरमुकाम देखि कालिकोटमा अबस्थित माहाबु सम्म पुग्न ४६ किलोमिटर पार गर्नुपर्छ ।
महावुबाट नाग्मघाट (कर्णाली राजमार्ग ) हुँदै जुम्ला सम्म पुग्दा सुर्खेत–जुम्लाभन्दा ४० किलोमिटर सडक छोटो पर्ने प्राविधिक अध्यायनले जनाएको छ। दैलेखलाई मध्यपहाडी राजमार्ग र सुर्खेत देखि कर्णाली जोडने सडकको केन्द्रमा राख्न यस सडकले मत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै यसको स्तर उन्नतीमा ध्यान दिनुपर्ने सासंद अमरबहादुर थापाले जानकारी दिए ।
सांसद थापाले दैलेख सदरमुकाम देखि महावु जोड्ने सडकमा ३ करोडको लागतमा ग्रावेलको काम भैरहेको र यसलाई महाबु सम्मै लैजान आफुले सरकार सँग माग गर्ने बताए ।

ओदानकु ९ कालिकोट को सिमानामा रहेको प्रमुख धार्मीक पर्यटकिय गन्तब्यका रुपमा रहेको महाँबुमा नेपालकै सबैभन्दा ठूलो मुर्ति राखि छै

हाम्रो सस्कृती
11/06/2016

हाम्रो सस्कृती

06/07/2015

पदम राज बिष्ट > प्रगतिशिल लोक देउडा समाज....

आदर्णिय सम्पूर्ण facebook मित्रजनहरुमा नमस्कार ।
मैले आज हजुर समक्क्ष हाम्रो दुर्गम जिल्ला
कालिकोटका गा बि स हरुको नामबाट सानो रचना
तयार गरेको छु,यसमा शब्द समायोजनना कमीकमजोरी
रहे हजुरहरुबाट आउने सुझाबको आपेक्क्षामा छु। बाँकी
रचना बाटै..........

१,धौलागोह खिन थीर्पु ,नानीकोट राम्नाकोट!
कलकलाउछ पचाँलझर्ना,यही सुन्दर डालीबोट!!

२,फुकोट मुम्रा सिपखाना ,स्युना मेहलमुडी!
त्रिवेणी मालीका पाटन ,रमाइला हिँमचुली!!

३,रुप्सा मालकोट कुमलगाउँ, लालु र कोटबाडा!
यरपोट काट्दै बर्सौ बिते, पेलेन रैगइ टाँढा!!

४,सुककाटियाँ मुग्राहा भर्ता, आोदानकु गेला!
साउनपुनी अनन्त्यपुनी ,ठाउँ ठाउ हुदा मेला!!

५,चिलखाय जुबिथाँ छाप्रे, फोइमाहादेब राँचुली!
तिला गुफाँ प्रचार गरौं , सबै मिलीजुली!!

६,बदालकोट रकु र मान्मा,दाहाँ हुँदै पाँखा!
राम रमाइला मेला पर्व , घुमी रउदा आँखा!!

७,दुई तिर कर्णाली बग्दो,सुन्दर कालीकोट!
याद आउदो बिराइना देश,मुटु पुग्दा चोट!!

८,जन्म लीयौ कालीकोट, पुगेउ ठहुर ठहुर!
फुलेका फुलबारी भित्र , घुम्दइ रहे भउर!!

पदम राज बिष्ट'

03/07/2015

समाजमा घटिरहने महिला हिंसा बलात्कार आदि
दुर्घटनाहरूको लागि पुरुष मात्र नभई आँफै महिलाहरु
पनि दोषिका कारण हुन ।
महिलाहरु आफै ससक्त सचेत र महिलाहरु एक जुट हुनुपर्यो
2 बित्ताको टालो लगाईं तिघ्रा देखाउदै हिड्नु भएन ।
घर भित्रै पनि दीदी बहिनी देउरानी जेठानी सासु
बुहारी नन्द भाउजु सबै एक हुनु पर्यो र बाहिर स्कुल
कलेज बजार र बाटोमा पनि महिलाहरु अपरिचित भए
पनि एक हुनु पर्यो तेस्तो अवस्थामा जस्तो की कुनै
पुरुसले महिलालाई अभद्र ब्यावहार गर्यो भने अरु
महिलाले तमासा नहेरि तेस्को राम्रो सङ्ग उपचार
(धुलाई) गर्नु पर्यो
आगोको नजिक नौनी राखेपछि त त्यो पग्लिनु
स्वभाविक हो नी ।

14/05/2015

नेपालि सेना सजग बनन???
बिदैशिहरुको कत्रो चाल ३0धन्टा देखि हरायको
अमेरिकन युदक बिमान सकुसल भेटयो रे अनलाईन
राष्टिय दैनिक हरु अनि हल्ला कस्ता ऊदार गर्ने
आयको रे युदपोत लियर नेपालिको त्यो पनि
नेपालको सुन खानिमा जहा युरोनियम पाईन्छ?
कति घन्टा देखि बिमान कहा छ भन्य खबर त रहेन छ
केको जासुस हुदै छ्।??? नेपालि सेना होसियार अनि
नेपालको असल छिमेकि चिनको सिमा क्षेत्रमा
बिदेशि लडाकु बिमान होस बा अरु देशको ???
प्रत्यक बिदेशि नेपालमा के गर्दै छ त्यो रेडक्रस होस
अरु बिदेशि बिमान अनि सबको पिछा होस चिन
भारत जो सुकैका हुन ???
नेपालको सुनखानि, सिसाखानि, तामाखानि,
हिराखानि जस्ता ठाऊमा बिदेशिका बिमान
हराउछन अनि भेटियला पनि गजब छ बा???
खबरदार नेपालिहरु सजग बन्न???
प्रिय नेपालिहरु हो नेपाल बचाउने बेला आयको छ
एक त्रिपाल र एककिलो चामल मा फाईट नगर???
बिदेशि तिम्रो गाऊको कुन पहाडमा के खोज दै छ
बिचार गर???
मेरो देश चोरि हुदै छ ???
नेपालि तिमि ऊठ्नु पर्छ यो बिपतको मौका
छौप्यर
बिदैसि तिम्रो चुलो समम आईपुगेको छ ???
ऊ कहा जान्छ के गर्छ रातदिन ऊसको पिछा गर???
हैन भन्य भोलि देशको असर्फि अमेरिका र बेलाईत
अनि चाहिनामा खोज्न जानुपर्छ???
नेपालिहरु घर र गाऊ छौड्यर नभाग यदि तिमि
भाग्यौ भन्य तिमिले पुजा गरेको पहाडको बनबाट
बिदेशिले असर्फि लैजाने छ अनि त्यो पहाडमा ईश्वर
हैन राक्षयसको बास हुने छ बिदेशिहरु तिमिहरुलाई
भगाउन चाहि रहेका छन???
ससारमा हरेक देशमा भुक्मप जान्छ तर नेपालमा
यसपालि गयको भुक्मपमा बिदेदेशि सहयोगको
नाममा जसरि ससारा भरका सैनिकहरु नेपाल पुगेका
छन यसको रा ज नेपालिहरुले जन्न जरुरि छ ???
अमेरिकाको टिम कहा छ के गर्दै छ कुन जिल्ला कुन
गाऊमा छ ???
ईजरायलको टिम कहा छ के गर्दै छ???
बेलायत को टिम कुन जिल्लामा छ के गर्दै छ???
फ्रान्सको टिम कहाे गर्दै छ के गर्दै छ ?
चाहिनिज सेना कहा छ के गर्दै छ ्।।।।???
भारतिय सेना कुन कुन जिल्लामा छ के गर्दै छ ??
जापानिज हरु कहा छ नेपालको कुन गाऊमा मणी
खोज्दै छन???
यि बिदेशि जहाजमा केके सामान आयको थियो ?
त्यसको लिष्ट कहा छ सार्बजनिक गर???

रुनुका ५ फाइदामानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्कोदुःखमा । तर, सामान्यतः रुन कसैलाई पनि मन पर्दैन। तर, डाक्टर...
22/03/2015

रुनुका ५ फाइदा
मानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्को
दुःखमा । तर, सामान्यतः रुन कसैलाई पनि मन पर्दैन
। तर, डाक्टरको भनाई मान्ने हो भने मानिसले
बेलाबेलामा रुनु पनि पर्छ । रुनु स्वास्थ्यका लागि
लाभदायी मानिन्छ, विशेषगरी आँखाका लागि ।
रुँदा आँखा चम्किलो हुन्छ ।
जसरी हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ,
त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका
लागि पनि फाइदाजनक हुन्छ ।
मेडिकल युनिभर्सिटी अफ ओहियोले गरेको
अनुसन्धानलाई मान्ने हो भने रुँदा शरीर पनि हल्का
हुन्छ । दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर
निकाल्नु नै श्रेयस्कर हुन्छ । भावनात्मक, शारीरिक र
सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु
निस्कन्छ । रुँदा के–के फाइदा हुन्छ, हेरौं है त ।
आँखा चम्किलो हुन्छ : आँखामा आँसु आउँदा नानी
चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन । यदि आँसु
आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्छ ।
किटाणु समाप्त हुन्छ : आँसुमा लिसोजाइमक नामक
तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५
प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् किटाणु
हटाइदिन्छ ।
विषाक्त पदार्थ बाहिर निकाल्छ : जब दुःखका
कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न
थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर
निस्कन्छन् ।
मूड राम्रो हुन्छ : शरीरमा म्याग्नीज बढी हुँदा
घबराहट, उल्झन्, थकाई, रिसजस्ता समस्या आउँछन् ।
रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मूड
राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।
तनाव कम हुन्छ :अत्यन्त तनाव महसुस गरिरहेका बेला रुने
हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा
शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा
प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट
तनाव पनि कम हुन्छ ।

धान पाग्या सीरौला खानु, कात्तिक महिनाजिन्दगी निसुरो लाग्दो, पियारी तु बिनाबाईजा फागुनका मैना, लागीजा पन चैतछुट्ने बेला फ...
11/03/2015

धान पाग्या सीरौला खानु, कात्तिक महिना
जिन्दगी निसुरो लाग्दो, पियारी तु बिना
बाईजा फागुनका मैना, लागीजा पन चैत
छुट्ने बेला फर्कि हेरेइ, माया मान्नी छैत
चिसो पानि कर्णालि को, धमिलो सेतिको
तेरो माया मैनी चडी, बालुवा रेति झो

दाङमा सवारी दुर्घटनाबाट ३९ जनाको मृत्यु===========================२७ फागुन, दाङ । दाङमा सवारी दुर्घटनाबाट एक वर्षमा ३९ ज...
11/03/2015

दाङमा सवारी दुर्घटनाबाट ३९ जनाको मृत्यु
===========================
२७ फागुन, दाङ ।
दाङमा सवारी दुर्घटनाबाट एक वर्षमा ३९ जनाको मृत्यु भएको छ । ९१ वटा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
ती दुर्घटनामा परी १२७ जना घाइते भएका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सवारी दुर्घटनामा कमी आएको बताए ।
गत आवको हालसम्मको अवधिमा जिल्लामा १ सय २१ दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको ट्राफिक कार्यालय दाङको तथ्याङ्कमा उल्लेख छ ।
यसैबीच जिल्लामा प्रहरीले मदिरा सेवन गरेर गाडी चलाउने चालक विरुद्ध सार्वजनिक मुद्दा चलाउन सुरु गरेको जनाएको छ ।
केही दिनदेखि सुरु गरेको सो अभियानमा हालसम्ममा १० जना मादकपदार्थ सेवन गरेर यात्रु बोकेर गाडी चलाउने चालक विरुद्ध मुद्दा दर्ता गरिएको दाङका प्रहरी प्रमुख खिनुप्रसाद आचार्यले बताए ।
मुद्दा चलाइएका चालकलाई जिल्ला प्रशासन कार्यालयले जनही १० हजार रूपैयाँ जरिवाना गरेको जनाएको छ । मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकको सङ्ख्या बढ्दै गएपछि चालक अनुमतिपत्रमा प्वाल पर्ने अभियानसमेत प्रहरीले सुरु गरेको छ ।

07/03/2015

तक्मे बुढा

Address

Odanaku 9
Kalikot
087

Website

Alerts

Be the first to know and let us send you an email when Mahabu महाबु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahabu महाबु:

Share