It Army /आई.टि आर्मी बारा

It Army /आई.टि आर्मी बारा This is official Page of IT Army .

20/03/2024

्पर्क_मंच_बारा_काठमाडौ_जिल्ला_भेला_तथा_होलीमिलन_शान्तिनगरमा_हुने
आम सम्पर्क मंच बारा काठमाडौ जिल्ला भेला तथा होलीमिलन कार्यक्रम आजपाका अध्यक्ष प्रभु साह ज्यु प्रमुख आतिथ्य तपसिल बमोजिम मिति स्थान समय हुने भएकोले सो भेलामा सहभागीको लागि हार्दिक अनुरोध गर्दछु ।
मिति २०८० चैत ८ गते
समय :- ११: ३०
स्थान :- coriander garden shantinagar kharibot-31 Kathmandu

CB Sah

सबै मा हार्दिक बधाई 💐💐Chandra Bhushan Sah 𝐈𝐓 𝐀𝐫𝐦𝐲 आई. टी. आर्मी Everyone
19/02/2024

सबै मा हार्दिक बधाई 💐💐
Chandra Bhushan Sah
𝐈𝐓 𝐀𝐫𝐦𝐲 आई. टी. आर्मी
Everyone

 #जनयुद्ध_दिवसको_अवसरमा_आजपाद्वारा_बिरगंजमा_अन्तरक्रिया  आम जनता पार्टीले जनयुद्ध दिवसको बिशेष अवसरमा बिरगंजमा “दलतन्त्र...
13/02/2024

#जनयुद्ध_दिवसको_अवसरमा_आजपाद्वारा_बिरगंजमा_अन्तरक्रिया आम जनता पार्टीले जनयुद्ध दिवसको बिशेष अवसरमा बिरगंजमा “दलतन्त्रको उपहार : नेपालीहरु विदेशमा मर्ने र विदेशीहरु नेपालमा काम गर्ने” विषयक अन्तरक्रिया गरेकोछ । देशमा रोजगारी नपाएर नेपालीहरु विदेशमा मरिरहेको र अर्को तिर नेपालको अधिकांश उधोगहरु विदेशी कामदारले भरिएको वर्तमान अवस्थामा किसान मजदुरको रगत पसिनाबाट उदाएका माओवादी नेतृत्वको सरकारबाट कुनै पहल नहुनु दुर्भाग्य हो । यी र यस्ता समस्याको समाधान दिन अब पथभ्रष्ट माओवादी र दलतन्त्रको विकल्प खोजने बेला आएको निष्कर्ष सहित कार्यक्रम सम्पन्न भएकोछ । आजपाका अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जसपा परित्याग गरि बारा जिल्लाको बारागढीको नेता सुरेस प्रसाद साह, लक्ष्मी साह, दुलार पासवान, रामदेव मुखिया, इसा महमद मिया, महिन्द्र मुखिया, रामा यादव, राजिन्द्र साह, बिरेन्द्र मुखिया लगायत नेता कार्यकर्ताहरु आजपामा प्रवेश समेत गरेकाछन ।
Chandra Bhushan Sah

Everyone Chandra Bhushan Sah ✊✊
19/09/2023

Everyone
Chandra Bhushan Sah ✊✊

02/09/2023

हाम्रो गौर्वसाली संगठन को राष्ट्रिय संयोजक क. Chandra Bhushan Sah ज्यु द्वार लिखित पुस्तक "नेपालको राजनिति ,दासा र दिशा " बिमोचन

 #हार्दिक_बधाई_सहित_सफल_कार्यकालको_शुभकामना आम जनता पार्टी मधेश प्रदेश संयोजकमा  kushwaha ज्यु  मनोनित हुनुभएकोमा हार्दि...
02/09/2023

#हार्दिक_बधाई_सहित_सफल_कार्यकालको_शुभकामना
आम जनता पार्टी मधेश प्रदेश संयोजकमा kushwaha ज्यु मनोनित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

.                         मिति: २०८०/०५/१३ गतेसम्माननीय प्रधानमन्त्रीज्यू,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सि...
31/08/2023

. मिति: २०८०/०५/१३ गते

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
सिंहदरवार, काठमाडौँ, नेपाल ।

विषय: गम्भीर ध्यानाकर्षण सहितको ज्ञापनपत्र सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा, "समाजिक न्याय, सुशासन र समाजवादप्रति प्रतिबद्ध रही आम जनताको सर्वोच्चता एवं वास्तविक लोकतन्त्र प्राप्तिका लागि सक्रिय हाम्रो गौरवशाली सङ्गठन आईटी आर्मी स्थापनाकालदेखि नै देश र जनताको पक्षमा आम जनजीवनसंग जोडिएर अनवरत क्रियाशील रहदै आएको विषय सगौरव प्रस्तुत गर्न चाहन्छु ।

नेपालमा न कुनै भरपर्दो रोजगारीको अवसर छ न कुनै सुरक्षित व्यवसायको आधार नै जसले गर्दा बेरोजगारी समस्या दिनानुदिन बढ्दै गईरहेको छ र परिणामतः युवाहरु वैदेशिक रोजगारको सहारा लिन बाध्य छन् । नेपालमा व्यवस्था परिवर्तनको हरेक आन्दोलनहरुमा अग्रणीय योगदान गरेका युवाहरु परिवर्तित व्यवस्थामा आफ्नो कुनै ठोस भविष्य र स्थान देख्न नपाएकै कारण आज परदेशको मरुभूमिमा हण्डर ठक्कर खाएर नारकीय जीवन जीउन बाध्य मात्र छैनन् हठाकठा युवाहरु कलिलै उमेरमा बाकसमा बन्द लास भई नेपाल भित्रिरहेको काहालिलाग्दो अवस्था पनि छ । वैदेशिक रोजगारमा गएका तिनै युवाहरुको रगत र पसिनाले साटिएको पैसाले देश चलिरहेको छ तर बिडम्बना नै भन्नुपर्छ देशमा आज तिनै युवाहरुको दु:ख पीडा बुझिदिने कोही देखिदैन् ।

हाम्रो नेपाल युवा जनशक्तिमा एउटा धनी देश भएको कारणले गर्दा समेत अहिले यहाँ मूलभूत रूपमा तीव्र, गुणात्मक एवं दिगो विकास मार्फत देशले शिघ्र आत्मनिर्भरता, समृद्धि र श्रेष्ठताको स्थिति हासिल गर्नुपर्ने अपरिहार्यता छ । यस पुनित उद्देश्य/लक्ष्य हासिल गर्न नेपाल सरकारले युवा जनशक्तिलाई मुलत: उत्पादनशील क्षेत्रसँग जोडेर स्वदेशमै स्वरोजगारको अवसर सिर्जना गर्न केन्द्रित हुनुपर्ने समयमा त्यसको ठीक विपरीत राज्यले कमिसनको लोभमा जनता मार्न असुरक्षित श्रम मागलाई पनि स्वीकृति दिनु, ठग मेनपावरसंग साँठगाँठ गरेर मान्छे बेच्ने धन्दा चलाउनु, कामदार छनोटको प्रक्रिया अपारदर्शी राख्नु, मनपरी रकम असुली गर्नु, मेडिकल, विमा, अभिमुखीकरण, श्रम स्वीकृति लगायतका अनेकन नाममा अत्यधिक झमेला/झंझट एवं आर्थिक भार थोपार्नु आदि दुखद बिडम्बनाको विषय हो । तसर्थ, यी र यस्ता गलत हर्कत एवं रवैयाहरुप्रति आईटी आर्मी सम्माननीय प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउनुको साथसाथै, देहायबमोजिमका महत्वपूर्ण विषयहरुलाई शीघ्र सम्बोधन गर्न नेपाल सरकारसंग जोडदार माग समेत गर्दछ |

१. निजी मेनपावरहरु खारेज गरी सरकारी संयन्त्रमार्फत (G2G र G2P मोडेलमा) कामदार विदेश पठाउने व्यवस्था गर्नुपर्ने,

२. ठग मेनपावर र ऐजेंटहरुलाई कार्यवाही गर्नुपर्ने;

३. गलत एवं असुरक्षित श्रम मागलाई स्वीकृत गर्ने अधिकारीलाई कानूनी दायरामा ल्याउनुपर्ने,

४. मनपरी रकम असुली रोक्न कामदार छनोटको प्रक्रिया पारदर्शी बनाउनुपर्ने;

५. फ्रि भिषा - फ्रि टिकटको नियम व्यवहारतः कडाइका साथ लागू गर्नुपर्ने;

६. वैदेशिक रोजगार पीडितहरूको लगत तयार गर्नुपर्ने;

७. विदेशमा अल्पत्र र समस्यामा परेकाहरुलाई शिघ्र उद्दार गर्नुपर्ने;

७. सरकारले तत्काल पीडितहरुको समस्या समाधान गर्न स्वदेश तथा परदेशमा 24×7 सेवा दिने विशेष संयन्त्र खडा गर्नुपर्ने;

८. मेडिकल, विमा, अभिमुखीकरण, श्रम स्वीकृति लगायतका कामहरुलाई थप सहज गर्नुपर्ने;

९. सम्भावित नयाँ गन्तव्यहरुको पहिचानको लागी ठोस प्रयास तथा सुरक्षित आप्रवासनको लागि थप जनचेतना अभिवृद्धि गर्नुपर्ने;

१०. नेपालभित्रका सबै उद्योग, कलकारखाना तथा व्यापार व्यवसायमा १००% स्वदेशी कामदारलाई अवसर दिनुपर्ने,

११. आत्मनिर्भर, स्थिर र सबल अर्थतन्त्र निर्माण गर्न स्वदेशमै थप स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्ने आदि..।

उपरोक्त न्यायोचित मागहरुलाई नेपाल सरकारले नजरअन्दाज गर्ने दुष्प्रयास गरेमा हामी आम श्रमजीवि तथा उत्पीडित जनताको पक्षमा अझ थप कडाभन्दा कडा संघर्षको कदमहरु चाल्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने विषय अग्रीम रुपमा जानकारी समेत गराउन चाहन्छु । धन्यवाद !

Chandra Bhushan Sah
अध्यक्ष, आईटी आर्मी

सबै मा हार्दिक सुभकामना 💐💐Chandra Bhushan Sah Prabhu Sah  ✊✊
31/08/2023

सबै मा हार्दिक सुभकामना 💐💐
Chandra Bhushan Sah
Prabhu Sah ✊✊

.                     मिति: २०८०/०४/२५              प्रेस विज्ञप्ति                उपरोक्त सम्बन्धमा, बीभत्स गौर हत्याका...
11/08/2023

. मिति: २०८०/०४/२५
प्रेस विज्ञप्ति

उपरोक्त सम्बन्धमा, बीभत्स गौर हत्याकाण्डका पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानुनी दायरामा ल्याउन यही साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समिति र नेपाल सरकार बिच ५ बुँदे सहमति भएको विषय समेतलाई प्रभावित गर्ने गरी जसपा, नेपालले आज निकालेको प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

'चोरको खुट्टा काट भन्दा खुट्टा उचाल्ने' भनाईझैं यस घटनामा उपेन्द्र यादव र जसपाको पछिल्ला भूमिकाहरु समेतले आम जनतामा धेरै कुरा आफैं पनि प्रष्ट गरिरहेको स्थिति छ । हाम्रो पार्टीका अध्यक्ष प्रभु साह यस घटनामा प्रारम्भिक समयदेखी नै निरन्तर पीडितहरूलाई न्याय दिलाउन प्रतिबद्ध एवं सक्रिय रहँदै आएको विषय जागजाहेर नै छ । यस दुखद घटनामा हताश एवं पराजित मनोविज्ञानका साथ जसपाले अहिले आएर विभिन्न जालझेल, षड्यंत्र एवं प्रपञ्चको भरमा वास्तविक अपराधीहरुलाई उन्मुक्ति दिलाउन सकिन्छ कि भनेर हाम्रो पार्टीका अध्यक्षमाथि लगाएको आधारहीन एवं कपोकल्पित लाञ्क्षणा केवल अपराधी जोगाउन विषयान्तरको दुस्प्रयास रहेको हाम्रो बुझाई छ । देशमा कानुनी शासन र मानव अधिकारमाथि ठाडो प्रहार गर्ने र सुशासनको सट्टा आम जनतालाई जंगलराजको प्रत्याभूति दिलाउने जसपाको यस निन्दनीय दुस्प्रयासप्रति गहिरो चिन्ता प्रकट गर्दै यस हर्कतको घोर विरोधी एवं भर्तस्ना गर्दछौं । साथै, देशमा कानुनी शासन र मानव अधिकारको प्रत्याभूति दिलाउन तथा पीडित परिवार र नेपाल सरकार बिच भएको ५ बुँदे सहमतिलाई कडाईका साथ लागू गर्न गराउन सम्बन्धित सबै पक्षहरुसंग जोडदार माग गर्दछौं । धन्यवाद!

Chandra Bhushan Sah
Prabhu Sah चन्द्र भुषण साह
प्रवक्ता

Address

44400
Kalaiya
44400

Telephone

+9779810027091

Website

Alerts

Be the first to know and let us send you an email when It Army /आई.टि आर्मी बारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share