Garbha Durbar Square was established in 1984 B.S. founder by Khadga Shamsher JB Rana situated in Khairala VDC of Kailali District.
Address
Khairala Road
Kailali
Website
Alerts
Be the first to know and let us send you an email when Garbha Durbar - गर्भा दरबार, खैराला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Shortcuts
Category
गर्भा दरबार संरक्षण अभावमा जीर्ण बनेको छ
कैलालीको खैराला गाविसमा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बनेको छ । विक्रम संवत १९८४ सालमा खड्क शम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो । राणाकालिन दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिन सकेका छैनन् । दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावनासमेत रहेको छ तर संरक्षण र पर्यटकीय रुपमा विकास गर्न पहल भएको देखिँदैन । स्थानीय बासिन्दाले ऐतिहासिक दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् । खैराला-३, का दुर्गाप्रसाद ढुंगानाले दरबार दिन प्रतिदिन भत्किने क्रममा रहेको बताए । उनले कतिपय भाग भत्किएको उल्लेख गर्दै संरक्षणका लागि पहल नभएको गुनासो गरे । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यकीय संभावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको उनको भनाई छ । केही वर्षअघिसम्म गर्भा दरबाटबाट गाविस कार्यालय सञ्चालन गरिँदै आएको थियो । दरबारको केही भाग गाविस कार्यालयका लागि प्रयोग भएपछि भवनको संरक्षणमा केही टेवा पुगेको थियो तर पछि राजनीतिक खिचातानीका कारण गाविस कार्यालय वडा नम्बर १ स्थित जगातीमा सारियो । भवन प्रयोगविहीन बनेपछि भत्किँदै गएको स्थानीयको भनाई छ । कलाकृति जडित भित्ताहरु २०५५ सालदेखि भत्किन सुरू भएको स्थानीय प्रकाश गुरुङले बताए । राणा शासनकालमा निकै चहल-पहल रहने गरेको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । खड्क सम्शेरका छोरा बहादुर शम्सेरपछि गर्भा दरवार बहादुर शम्सेरका साहिँला छोरा तेजप्रकाश सम्शेर जबराको भागमा परेको स्थानीय जानकार बताउँछन् । राणाशासनको अन्त्यपछि पनि शाशकहरु बसेका उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको बताइन्छ । खैराला हावापानी, मौसम र भौगोलिक रुपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने बुझाई स्थानीय बासिन्दाको छ । मास पिसेर त्यसबाट चुनाई गरिएको गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिँदै गएको छ । राणा शासकहरू खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बुढापाका सुनाउँछन् । करिब ९ दशक पुरानो राणाकालिन दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने संभावना छ । तर, देशमा पटकपटक शासन व्यवस्था फेरिए पनि ऐतिहासिक महत्व बोकेको दरबारको मर्मत सम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न नसकेको स्थानीय शिक्षक नारायणदत्त रजवारले बताए । कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने राणाकालिन दरबारको प्रवर्द्धनमा सरकारले ध्यान दिए पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने र यसबाट स्थानीयको जीवनस्तरमा सुधार गर्न सकिने उनको धारणा छ ।