Modification Jomsom

Modification Jomsom Who said Heaven is myth, visit Mustang once.
- 8th wonder of World.
- Surrounded by beautiful mesmerizing snow-mountains.
- Tourist destination place.

06/09/2026

ल है साथिहरु ठिनी फाला सुरु भयो।

देशको आशा कोरला नाका : नाकाको इतिहासदेखि वर्तमान सम्भावनासम्ममुस्ताङ — रसुवाको बाढी र पहिरोका कारण बाटोमा फसेका नेपाली न...
06/09/2026

देशको आशा कोरला नाका : नाकाको इतिहासदेखि वर्तमान सम्भावनासम्म
मुस्ताङ — रसुवाको बाढी र पहिरोका कारण बाटोमा फसेका नेपाली नागरिक तथा सवारीसाधनलाई केरुङ हुँदै चीनको ढोङमसेन र लिची नाका पार गराई नेपालको कोरला नाकातर्फ सुरक्षित रूपमा ल्याउन थालिएको छ।
रसुवागढी–केरुङ सडकखण्डमा बाढी तथा पहिरोका कारण आवागमन प्रभावित भएपछि तथा तातोपानी नाका बन्द भएपछि नेपाल प्रवेशका लागि कोरला नाका वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको हो।
यसरी केरुङ हुँदै चीन प्रवेश गरेका नेपाली नागरिक तथा सवारीसाधनलाई ढोङमसेन हुँदै लिची नाका पार गराएर कोरला नाकाबाट नेपाल भित्र्याउने व्यवस्था गरिएको जनाइएको छ। कोरला नाका हुँदै नेपाल भित्रिने क्रममा चीन र नेपालका सम्बन्धित निकायले आवश्यक सहजीकरण गरिरहेका छन्।
रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि पछिल्लो समय उत्तरी सीमाको कोरला नाकाको महत्त्व थप बढेको छ। यसले मुस्ताङको कोरला नाकालाई चीनसँगको व्यापारिक तथा वैकल्पिक अन्तर्राष्ट्रिय आवागमन मार्गका रूपमा समेत स्थापित गर्ने सम्भावना देखाएको छ।
ऐतिहासिक व्यापारिक नाका
कोरला नाका नयाँ खुलेको मार्ग भने होइन। राणाकालदेखि प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीचको प्रमुख व्यापारिक मार्गका रूपमा कोरला क्षेत्र प्रयोग हुँदै आएको स्थानीय इतिहास जानकारहरू बताउँछन्।
त्यतिबेला मुस्ताङको मुख्य व्यापारिक तथा भन्सार केन्द्र टुकुचे थियो। तिब्बती व्यापारीहरू पशुचौपाया, नुन र ऊन बोकेर टुकुचेसम्म आउने गर्थे भने नेपालबाट जौ, मकै, चामल, पित्तलका भाँडाकुँडा र सातु तिब्बततर्फ लैजाने गरिन्थ्यो। यही व्यापारिक आवागमनले तत्कालीन समयमा मुस्ताङको आर्थिक तथा सामाजिक जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।
सन् १९५०–५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित हुँदै गएपछि पुरानो नेपाल–तिब्बत व्यापार प्रणालीमा परिवर्तन आउन थाल्यो। तिब्बतबाट भारत तथा नेपालतर्फ मानिसहरूको आवागमन बढ्नुका साथै खाम क्षेत्रमा भएको विद्रोहपछि खम्पा समूहले हिमाली क्षेत्रमा गतिविधि बढायो। खम्पाहरूले तल्लो मुस्ताङको ठिनीस्थित कैशाङमा मुख्यालय तथा माथिल्लो मुस्ताङका विभिन्न क्षेत्रमा क्याम्पसमेत स्थापना गरेको स्थानीय इतिहासमा उल्लेख पाइन्छ।
यसै अवधिमा कोरला क्षेत्र नेपाल–चीन सम्बन्धको संवेदनशील सीमा क्षेत्रसमेत बन्न पुग्यो। सन् १९६० जुन २८ (वि.सं. २०१७ असार १५) मा कोरला नजिकै चिनियाँ सेनाले नेपाली सीमा गस्ती टोलीमाथि गोली चलाउँदा एक नेपाली सुरक्षाकर्मीको मृत्यु भएको र १७ जना पक्राउ परेको विवरण ऐतिहासिक अभिलेखमा पाइन्छ। चिनियाँ पक्षले नेपाली टोलीलाई तिब्बती विद्रोही ठानेर कारबाही भएको जनाएको थियो। घटनापछि नेपालले कूटनीतिक विरोध जनाएपछि चीनले घटनाप्रति क्षमा माग्दै रु. ५० हजार क्षतिपूर्ति तिरेको विवरणसमेत पाइन्छ।
त्यसैगरी, २००७ सालमा राणा शासन अन्त्य भएपछि भारतले पनि लोमान्थाङ र जोमसोम क्षेत्रमा भारतीय सैनिक पोस्ट स्थापना गरेको स्थानीय इतिहाससम्बन्धी विवरणमा उल्लेख पाइन्छ। यी राजनीतिक तथा सुरक्षा परिस्थितिसँगै पुरानो नुन–अन्नको व्यापारिक प्रणाली कमजोर हुँदै गयो र मुस्ताङका व्यापारीहरूले वैकल्पिक व्यापारिक बाटो खोज्न थाले।
व्यापार कमजोर हुँदै गएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरूले व्यापारको नयाँ क्षेत्र खोज्न थाले। उनीहरूले देशका विभिन्न सदरमुकाम तथा काठमाडौं क्षेत्रमा व्यापार विस्तार गरे भने अन्य थकाली परिवारहरू पनि पहाड, नदीका किनार र दोभान हुँदै तराईका विभिन्न क्षेत्रमा झरेर व्यापार गर्न थाले।
कतिपयले बाटोछेउमा खरका भट्टी सञ्चालन गरे। समयसँगै पुस्ता हस्तान्तरण हुँदै ती भट्टीहरू थकाली भान्साघर, होटल, रेस्टुरेन्ट र लज हुँदै आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भएका छन्।
त्यसबेला नाकाको व्यापार तथा भन्सारका ठेक्कामा टुकुचेका शेरचन परिवारका व्यक्तिहरूले महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय इतिहासमा उल्लेख पाइन्छ। जिल्लाको सदरमुकाम भने दाना रहेको थियो।
सडक विस्तारसँगै बदलिएको व्यापारिक मार्ग
पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन तथा सडक पहुँच विस्तारका लागि प्रयास हुँदै आए पनि विभिन्न राजनीतिक उतारचढाव र पूर्वाधार अभावका कारण लामो समयसम्म अपेक्षित रूपमा अघि बढ्न सकेन।
चीनले पोखरा–मुस्ताङ सडक निर्माणमा सहयोग गर्ने आश्वासन दिएको चर्चा भए पनि त्यसबेला सडक पोखरा–बागलुङ क्षेत्रमै सीमित रह्यो। मुस्ताङमा सडक पुग्ने विषयमा स्थानीयस्तरमा समेत विभिन्न धारणा थिए। सडक आएपछि परम्परागत रूपमा ढुवानीमा प्रयोग हुँदै आएका खच्चडको रोजगारी गुम्ने भएकाले सडक निर्माणमा ढिलाइ भएको भन्ने चर्चा पनि त्यतिबेला हुने गरेको स्थानीयहरू बताउँछन्।
२०६२/६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक सञ्जाल विस्तार हुँदै माथिल्लो मुस्ताङसम्म सवारीसाधनको पहुँच पुगेको थियो। त्यसपछि २०७२ सालको भूकम्प र दक्षिणतर्फको नाकाबन्दीपछि चीनसँग जोडिने उत्तरी मार्गलाई राष्ट्रिय प्राथमिकतामा राख्दै सरकारले सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि ठूलो बजेट विनियोजन गर्‍यो।
हाल कोरला नाकासम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि विभिन्न चरणमा ठेक्का प्रक्रिया अघि बढिरहेका छन्। सडक पूर्वाधार विस्तारसँगै कोरला नाका नेपाल–चीन व्यापार, पर्यटन र वैकल्पिक अन्तर्राष्ट्रिय आवागमनका दृष्टिले महत्त्वपूर्ण बन्दै गएको छ।
गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूले समेत कोरला नाका हुँदै भिसा लगाएर व्यक्तिगत खर्चमा चीनको तिब्बत क्षेत्रका ल्हासा र सिगात्से भ्रमण गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नोर्बु गुरुङले बताए।
उनका अनुसार कोरला नाका हुँदै चीनको तिब्बतसँगको आवागमन विस्तार हुँदै गएमा माथिल्लो मुस्ताङको पर्यटन तथा स्थानीय व्यापारमा समेत थप अवसर सिर्जना हुन सक्छ।
पञ्चायतकालदेखि सञ्चालनमा रहेको तातोपानी नाका, २०७२ सालको भूकम्पपछि व्यवस्थित हुँदै आएको केरुङ नाका र पछिल्लो समय वैकल्पिक मार्गका रूपमा अघि आएको कोरला नाका नेपालका उत्तरी सीमाबाट चीनसँग जोडिने महत्त्वपूर्ण मार्गका रूपमा विकसित हुँदै गएका छन्।
रसुवा र तातोपानी नाका प्रभावित भएको पछिल्लो अवस्थाले भने कोरला नाकाको ऐतिहासिक, व्यापारिक तथा रणनीतिक महत्त्वलाई थप उजागर गरेको छ। हिजो नुन र अन्नको व्यापारको बाटो बनेको कोरला आज देशकै वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग बन्ने सम्भावनासहित नयाँ भूमिकामा उभिएको छ।

हार्दिक श्रद्वाञ्जली
03/09/2026

हार्दिक श्रद्वाञ्जली

बाढीपछि कोरला नाकातर्फ एक सय आठ कन्टेनर मुस्ताङ — रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल...
01/09/2026

बाढीपछि कोरला नाकातर्फ एक सय आठ कन्टेनर
मुस्ताङ — रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ। रसुवामा गएको बाढीपछि मात्रै एक सय आठवटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुदै चिनको लिची (कोरला) जाने क्रम बढेको हो। पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ।
बढ्दो व्यापारिक चापलाई ध्यानमा राख्दै सरकार तथा जनप्रतिनिधिले कोरला नाकाको सडक तथा पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पूर्वसंघीय सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो। आगामी दसैंका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन अहिले नै कोरला नाकाबाट हुने आयातलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ।
तुलाचनका अनुसार रसुवागढी र तातोपानी नाकाबाट हुने आपूर्ति प्रभावित भएकाले कोरला नाका अहिले महत्वपूर्ण वैकल्पिक व्यापारिक मार्गका रूपमा अघि आएको छ। दैनिक चिनीया सामाग्री आवश्यक पर्ने सामान यही नाकाबाट सहज रूपमा भित्र्याउने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।
“अहिलेको अवस्थालाई हेर्दा कोरला नाका वैकल्पिक मात्रै होइन, आगामी दिनमा चीनसँगको व्यापारको महत्वपूर्ण नाका बन्न सक्छ। त्यसैले सडक, भन्सार, पार्किङ लगायतका पूर्वाधार समयमै तयार गर्नुपर्छ,” तुलाचनले भन्नुभयो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार रसुवागढी र तातोपानी नाका लामो समय बन्द रहेर व्यापारिक चाप कोरतर्फ मोडिए दैनिक करिब एक सयवटा कन्टेनर व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्छ। हालको जनशक्ति र पूर्वाधारबाट त्यस्तो चाप व्यवस्थापन गर्न चुनौती हुने उहाँको भनाइ छ। उनको अनुसार दैनिक १० देखि १२ वटा कन्टेर जाचँपास भई नाका पार गरेको छ ।
रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि कोरला नाकामा बढेको चापले यसको व्यापारिक सम्भावना थप उजागर गरेको छ। आगामी दैनिक उपभोग समान तथा दसैं तिहारलाई लक्षित गर्दै दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज बनाउन तथा बढ्दो कन्टेनर आवागमनलाई व्यवस्थित गर्न सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायबीच तत्काल समन्वय आवश्यक देखिएको छ।

28/08/2026
Yarung 2083 . Some picture of Kadam/Khada tipne Competation.
28/08/2026

Yarung 2083 . Some picture of Kadam/Khada tipne Competation.

28/08/2026

समरमा देखिए दुई हिउँ चितुवा,
— कोरला नाका घुमेर लेते फर्किंदै गरेका लेतेका सुमित शेरचनले शुक्रबार साँझ करिब ५ बजे समर गाउँको डाँडामा एकैपटक दुई वटा हिउँ चितुवा देखे। उनले मोबाइलबाट हिउँ चितुवाको तस्बिर तथा भिडियोसमेत खिचेका छन्।
‘हिउँ चितुवालाई भिडियोमा त देखेको थिएँ, तर प्रत्यक्ष रूपमा देख्न पाउँदा आफूलाई भाग्यमानी ठानेँ,’ शेरचनले भने।
भिडियो सुमित शेरचन ।

समरमा देखिए दुई हिउँ चितुवा मुस्ताङ — कोरला नाका घुमेर लेते फर्किंदै गरेका लेतेका सुमित शेरचनले शुक्रबार साँझ करिब ५ बजे...
28/08/2026

समरमा देखिए दुई हिउँ चितुवा
मुस्ताङ — कोरला नाका घुमेर लेते फर्किंदै गरेका लेतेका सुमित शेरचनले शुक्रबार साँझ करिब ५ बजे समर गाउँको डाँडामा एकैपटक दुई वटा हिउँ चितुवा देखे। उनले मोबाइलबाट हिउँ चितुवाको तस्बिर तथा भिडियोसमेत खिचेका छन्।
‘हिउँ चितुवालाई भिडियोमा त देखेको थिएँ, तर प्रत्यक्ष रूपमा देख्न पाउँदा आफूलाई भाग्यमानी ठानेँ,’ शेरचनले भने।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित समर क्षेत्रमा पछिल्लो समय पटक–पटक हिउँ चितुवा देखिन थालेपछि स्थानीयमा चासो बढेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार समर क्षेत्र हिउँ चितुवाको महत्वपूर्ण बासस्थान तथा ‘हटस्पट’मध्ये एक हो।
लजालु स्वभावको हिउँ चितुवा सामान्यतया मानिसको भीडभाडबाट टाढै रहने गर्छ। तर आहाराको खोजीमा पछिल्लो समय बस्ती आसपास तथा सडकसम्म आइपुग्ने गरेको पौडेलले बताए।
समरमा हिउँ चितुवा देखिएको यो पहिलो घटना भने होइन। करिब दुई वर्षअघि लोमान्थाङ गाउँपालिकाका तत्कालीन उपाध्यक्षले समर गाउँको बाटोमा हिँडिरहेको हिउँ चितुवाको करिब दुई मिटर नजिकबाट तस्बिर तथा भिडियो खिचेका थिए। त्यसबेला नजिकैबाट हिउँ चितुवा देखिएपछि उक्त घटना निकै चर्चामा आएको थियो।
केही समयअघि समर गाउँका नाम्गेल गुरुङको गोठमा समेत हिउँ चितुवा पसेको थियो। गोठभित्र पसेको हिउँ चितुवालाई एक्यापको टोलीले उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडेको थियो।
समर क्षेत्रमा पटक–पटक हिउँ चितुवा देखिनुले यहाँ यसको महत्वपूर्ण बासस्थान रहेको देखाउने संरक्षणकर्मीहरूको भनाइ छ। प्राकृतिक बासस्थानमा आहाराको खोजी गर्ने क्रममा हिउँ चितुवा बस्ती तथा सडक आसपाससम्म आइपुग्ने गरेको उनीहरू बताउँछन्। तस्विर सुमित शेरचन , लेते

28/08/2026

🚨 BREAKING ALERT 📢
चीनमा ठूलो ताल फुट्यो, रसुवामा सतर्कता
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको छ। चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।
⚠️ सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकाय सतर्क अवस्थामा छन्।

28/08/2026

रसुवाको सुरुङमा फसेकाहरूको यसरी गर्यो सेनाले उद्धार ।

Address

Jomoson

Alerts

Be the first to know and let us send you an email when Modification Jomsom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Modification Jomsom:

Shortcuts

Share