रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन

  • Home
  • Nepal
  • Jhawani
  • रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन

रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन आन्तरिक रोजगार सम्बन्धी जानकारिहरु

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्वन्धी सूचनापदः मेडिकल अधिकृततहः अधिकृतस्तर आठौअन्य रोजगारी सम्बन्धि जानकारीको लाग...
04/06/2026

सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्वन्धी सूचना
पदः मेडिकल अधिकृत
तहः अधिकृतस्तर आठौ
अन्य रोजगारी सम्बन्धि जानकारीको लागि यहा https://shramsansar.gov.np/jobs/job-detail/2821 click गर्नुहोस् ।

बागमती प्रदेशमा "एक विद्यालय, एक नर्स कार्यक्रम" अन्तर्गत २४८ जना विद्यालय नर्स माग !!!बागमती प्रदेश सरकार, स्वास्थ्य मन...
01/06/2026

बागमती प्रदेशमा "एक विद्यालय, एक नर्स कार्यक्रम" अन्तर्गत २४८ जना विद्यालय नर्स माग !!!
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तरगतको स्वास्थ्य निर्देशनालय, हेटौँडा द्वारा सञ्चालित "एक विद्यालय, एक नर्स कार्यक्रम" का लागि करार सेवामा ठूलो संख्यामा विद्यालय नर्स (पाँचौँ तह) को दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले तोकिएको समयभित्र आवेदन दिन सक्नुहुनेछ ।
📌 मुख्य विवरणहरू:
विज्ञापन पद: विद्यालय नर्स (पाँचौँ तह - करार)
माग पद संख्या: २४८ जना
छनोट विधि: लिखित परीक्षा र अन्तर्वार्ता
दरखास्त बुझाउने अवधि: मिति २०८३ जेठ १४ गतेदेखि २०८३ जेठ २८ गतेसम्म (कार्यालय समयभित्र)
दरखास्त बुझाउने स्थान: बागमती प्रदेशअन्तर्गतका जिल्लास्थित सम्बन्धित स्वास्थ्य कार्यालयहरू
📄 आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह (PCL Nursing) वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।

खैरहनी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका नगरवासी तथा परिवारका सदस्यहरूका लागि ७ दिने उद्यमशीलता प्रवर्द्धन कार्यक्...
01/06/2026

खैरहनी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका नगरवासी तथा परिवारका सदस्यहरूका लागि ७ दिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सुरु !

खैरहनी नगरपालिकाको कार्यालयमा नगर प्रमुख श्री शशी कुमार खनियाँज्यूको अध्यक्षतामा आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ७ दिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रमको शुभारम्भ गरिएको छ । यस कार्यक्रममा वैदेशिक रोजगारीको अनुभव सँगालेर फर्किएका व्यक्तिहरूका साथै उनीहरूका घरपरिवारका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको छ। ७ दिनसम्म चल्ने यस तालिममा सहभागीहरूलाई व्यवसाय सञ्चालन, बजारिकीकरण र वित्तीय व्यवस्थापनबारे व्यावहारिक प्रशिक्षण दिइनेछ । साथै, नगरपालिकाको कृषि सेवा तथा पशु विकास शाखासँग सम्बन्धित उद्यमशीलताका विषयहरूमा विशेष सहजीकरण गरिनेछ भने व्यवसाय सुरु गर्न वित्तीय पहुँच सहज बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाका बारेमा बैंकका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गराइनेछ । वैदेशिक रोजगारीबाट प्राप्त सीप र पूँजीलाई आफ्नै नगरमा परिचालन गरी परिवारकै संलग्नतामा स्वरोजगारका अवसरहरू सिर्जना गर्ने नगरपालिकाको मुख्य लक्ष्य रहेको छ ।
खैरहनी नगरपालिका, चितवन
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल

खैरहनी नगरपालिकामा नगर प्रमुख शशी कुमार खनियाको अध्यक्षतामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रोजगार, उद्यमशीलता, र व्य...
31/05/2026

खैरहनी नगरपालिकामा नगर प्रमुख शशी कुमार खनियाको अध्यक्षतामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रोजगार, उद्यमशीलता, र व्यवसाय प्रवर्द्धन सम्बन्धी 'रोजगार संवाद' कार्यक्रम सम्पन्न भएको छ। सरोकारवालाहरूबाट नीति तथा कार्यक्रमका लागि महत्त्वपूर्ण सुझाव संकलन गरिएको उक्त कार्यक्रममा व्यवसाय दर्ता प्रक्रिया र रोजगारदाताहरूलाई सामाजिक सुरक्षा कोष एवं 'श्रम संसार' प्रणालीमा आबद्ध गराउने विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

26/05/2026
25/05/2026

स्थानीय तह कार्य सम्पादन मुल्यांकन प्रणाली (एकीकृत प्रणाली )
स्थानीय सरकारको शासकीय प्रबन्ध ,बित्तीय अनुशासन, सेवा प्रवाह ,बिकास परिक्षणमा देशकै दोस्रो हुन सफल भएकोमा सम्पूर्ण खैरहनी बासि आमाबाबु ,दाजुभाइ, दिदिबहिनीहरु,जनप्रतिनिधि ,कर्मचारी सबै सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
Sashi Khaniya Kabita Uprety नेत्र पौडेल

खैरहनी नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना तथा सम्बन्धित वडा कार्यालयको समन्वयमा "सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अ...
25/05/2026

खैरहनी नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना तथा सम्बन्धित वडा कार्यालयको समन्वयमा "सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम" वडा नं ८ र ११ मा सम्पन्न भएको छ । सम्बन्धित वडाका वडाध्यक्षज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, वैदेशिक रोजगारीमा जान इच्छुक नागरिकहरू, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सुरक्षित, मर्यादित र कानुनी रूपमा सही वैदेशिक रोजगारीका प्रक्रियाहरू, सम्भावित जोखिम तथा ठगीबाट बच्ने उपायहरू र विभिन्न सूचना प्रवाहका माध्यमहरूका बारेमा विस्तृत रूपमा अभिमुखीकरण गराइएको थियो, जसले वैदेशिक रोजगारीसँग सम्बन्धित स्थानीय समस्याहरूलाई न्यूनीकरण गर्न र नागरिकहरूलाई सचेत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
खैरहनी नगरपालिका, चितवन
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल



21/05/2026
खैरहनी नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना तथा वडा नं. १० को समन्वयमा आज मिति २०८३ साल जेठ ७ गते "सुरक्षित वैदेशिक र...
21/05/2026

खैरहनी नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना तथा वडा नं. १० को समन्वयमा आज मिति २०८३ साल जेठ ७ गते "सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम" भव्यताका साथ सम्पन्न भएको छ । खैरहनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष श्री चन्द्र विक्रम चौधरीज्यूको अध्यक्षतामा आयोजित उक्त गरिमामय कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, वैदेशिक रोजगारीमा जान इच्छुक नागरिकहरू, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू तथा सरोकारवालाहरूको निकै उत्साहजनक एवं सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा सुरक्षित, मर्यादित र कानुनी रूपमा सही वैदेशिक रोजगारीका प्रक्रियाहरू, सम्भावित जोखिम तथा ठगीबाट बच्ने उपायहरू र विभिन्न सूचना प्रवाहका माध्यमहरूका बारेमा विस्तृत रूपमा अभिमुखीकरण गराइएको थियो, जसले वैदेशिक रोजगारीसँग सम्बन्धित स्थानीय समस्याहरूलाई न्यूनीकरण गर्न र नागरिकहरूलाई सचेत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
खैरहनी नगरपालिका, चितवन
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल
Chandra Bikram Chaudhary

खैरहनी नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना तथा वडा नं. ९ को समन्वयमा आज मिति २०८३ साल जेठ ६ गते "सुरक्षित वैदेशिक रो...
20/05/2026

खैरहनी नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना तथा वडा नं. ९ को समन्वयमा आज मिति २०८३ साल जेठ ६ गते "सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ । खैरहनी नगरपालिकाका आदरणीय नगर प्रमुख श्री शशी कुमार खनियाज्यूको अध्यक्षतामा खैरहनी वडा नं. ९ को कार्यालयमा आयोजित उक्त विशेष कार्यक्रममा वडाका जनप्रतिनिधि, वैदेशिक रोजगार क्षेत्रसँग आवद्ध सरोकारवाला व्यक्तिहरू र स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, कानुनी र व्यवस्थित बनाउने उद्देश्यका साथ सञ्चालित यस कार्यक्रममा सहभागीहरूलाई वैदेशिक रोजगारीका अवसर, सम्भावित जोखिम, कानुनी प्रक्रिया तथा सचेतनाका विविध पक्षहरूमा महत्वपूर्ण सूचना एवं परामर्श प्रदान गरिएको थियो । नगरबासीको हित र सुरक्षित भविष्यका लागि आगामी दिनमा पनि यस्ता चेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै, कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्णमा खैरहनी नगरपालिका हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछ ।
खैरहनी नगरपालिका, चितवन
Sashi Khaniya
Kabita Uprety
नेत्र पौडेल



Address

Khairahani Municipality Chitwan
Jhawani

Alerts

Be the first to know and let us send you an email when रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रोजगार, सीप तथा उद्यमशीलता केन्द्र, खैरहनी, चितवन:

Share