12/08/2026
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा
भद्रपुर नगरपालिका नगर युवा परिषद्को आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल , नगर उपप्रमुख राधा कार्की , वडा नं. २ का वडा अध्यक्ष राम कँडेल , नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिना , सदस्य सचिव योगेन्द्र पौडेल एवम सामाजिक सङ्सस्था का प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
दीप प्रज्वलनमार्फत युवाको शक्ति, सम्भावना र सकारात्मक परिवर्तनप्रतिको प्रतिबद्धतालाई उजागर गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो।