Gauradaha Jaycees

Gauradaha Jaycees This is a non profit organization. Stablished in 2012.

आज विश्व वातावरण दिवसको अवसरमा गौरादह जेसीजकाे आयोजनामा जनता मा वि काे परिसरमा विभिन्न फलफूलको बिरुवा वृक्षारोपण कार्यक्...
05/06/2026

आज विश्व वातावरण दिवसको अवसरमा गौरादह जेसीजकाे आयोजनामा जनता मा वि काे परिसरमा विभिन्न फलफूलको बिरुवा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

गौरादह जेसीजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लियो क्लव अफ गौरादह, जनता मा वि साथै गौरादह कृषि क्याम्पसकाे विद्यार्थीको उपस्थिति एबम् सहजीकरण रहेको थियो ।

जनता मा वि का प्रधानाध्यापक आदरणीय मित्रदेव काफ्ले ज्यू एबम् शिक्षकहरुको उपस्थितिले कार्यक्रममा थप हौसला प्रदान भएको छ ।

गौरादह जेसीजले विगतमा रोपण गरेको बिरुवाहरूले विद्यालयमा सुन्दरता एबम् सितलता प्रदान गरिरहेको अवस्थामा यस पटक भने विद्यार्थीलाई फल र छहरी प्रदान हुने अपेक्षाका साथ विभिन्न फलफूलका बिरुवाहरू वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पूर्ण शैक्षिक धरोहर, लियो क्लबका पधाधिकारी, विद्यार्थी एबम् जेसीज मनहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं।

जय जेसीज

विश्व वातावरण दिवसको पावन अवसरमा गौरादह जेसीजद्वारा "वृक्षारोपण कार्यक्रम" आयोजना गर्न गइरहेका छौं।एउटा सानो बिरुवा रोप्...
04/06/2026

विश्व वातावरण दिवसको पावन अवसरमा गौरादह जेसीजद्वारा "वृक्षारोपण कार्यक्रम" आयोजना गर्न गइरहेका छौं।

एउटा सानो बिरुवा रोप्नु भनेको आउने पुस्तालाई सफा हावा र सुन्दर धर्ती उपहार दिनु हो। प्रकृतिप्रतिको आफ्नो जिम्मेवारी निभाउन र यो अभियानलाई सफल बनाउन सम्पुर्णले आफ्नो ठाउँबाट योगदान गर्नुहुन अनुरोध सहित यस कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
एक व्यक्ति एक विरुवाको अभियान सफल बनाउन सबैले हातेमालो गरौँ ।

🏆 Celebrating Excellence: Jaycee of the Month! 🏆Leadership, dedication, and service to humanity—these are the pillars of...
04/06/2026

🏆 Celebrating Excellence: Jaycee of the Month! 🏆

Leadership, dedication, and service to humanity—these are the pillars of JCI, and this month, one individual truly embodied them all.

Massive congratulations to Jc Enjila Pokhrel for being recognized as Jaycee of the Month for the month of May! 🌟

JCI Gauradaha is proud to have you in our JCI family. Cheers to more impact and more success ahead! 🥂💪

- JCI Gauradaha Family

🩸 रक्तदान: जीवनदान! 🩸'मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो' भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै युवाहरूको व्यक्तित्व...
03/06/2026

🩸 रक्तदान: जीवनदान! 🩸
'मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो' भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा क्रियाशील संस्था गौरादह जेसीजको आयोजना, रक्तसञ्चार केन्द्र दमकको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी पालिका शाखा गौरादहको संयोजनमा आउँदै गरेको विश्व रक्तदाता दिवसको सुअवसर पारेर एक वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछौँ।

हाम्रो सानो प्रयासले कसैको ओठमा मुस्कान र कसैको परिवारमा खुसी फर्काउन सक्छ। त्यसैले, यस पुण्य कार्यमा सहभागी भई आफ्नो अमूल्य रगत दान गरेर बुझाइदिनुहुन सम्पूर्ण नगरबासी, युवा तथा जेसीजमनहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ ।
बृहत रक्तदान कार्यक्रम
📍 स्थान: गौरादह बजार (दुर्गा मन्दिर परिसर)
📆 मिति: २०८३ जेठ ३० गते
⏰ समय: बिहान ७ बजेदेखि

तपाईंको एक सानो कदम, कसैको लागि जिन्दगीको नयाँ सुरुवात! 🤝

31/05/2026

यो हो जेसीज जीवन

जीवन कार्की जीवन सचिवालय Nepal Jaycees Secretariat

युवा व्यवसायी एवम् गौरादह जेसीजका सक्रिय सदस्य जेसी युवराज बाँस्तोलाज्यूलाई गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा खुल्ल...
20/05/2026

युवा व्यवसायी एवम् गौरादह जेसीजका सक्रिय सदस्य जेसी युवराज बाँस्तोलाज्यूलाई गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा खुल्ला सदस्य पदमा विजयीको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
- गौरादह जेसीज परिवार

गौरादह जेसीजका सदस्य जेसी भानु सुबेदीज्यूलाई गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा प्रथम उपाध्यक्ष पदमा विजयीको निम्ति ...
19/05/2026

गौरादह जेसीजका सदस्य जेसी भानु सुबेदीज्यूलाई गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा प्रथम उपाध्यक्ष पदमा विजयीको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
- गौरादह जेसीज परिवार

गौरादह जेसीजका पूर्व अध्यक्ष जेसी तारा कुमार श्रेष्ठज्यूलाई गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा प्रथम उपाध्यक्ष पदमा ...
19/05/2026

गौरादह जेसीजका पूर्व अध्यक्ष जेसी तारा कुमार श्रेष्ठज्यूलाई गौरादह उद्योग वाणिज्य संघको निर्वाचनमा प्रथम उपाध्यक्ष पदमा विजयीको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
- गौरादह जेसीज परिवार

गौरादह जेसीजका पूर्व अध्यक्ष जेसी हरिचन्द्र अधिकारीलाई गौरादह उद्योग वाणिज्य संघ जस्तो गरिमा बोकेको संस्थाको महासचिव पदम...
18/05/2026

गौरादह जेसीजका पूर्व अध्यक्ष जेसी हरिचन्द्र अधिकारीलाई गौरादह उद्योग वाणिज्य संघ जस्तो गरिमा बोकेको संस्थाको महासचिव पदमा जितको निम्ती हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

- गौरादह जेसीज परिवार

Awarded with Sankalpa to Success Award for the month of April 2026
14/05/2026

Awarded with Sankalpa to Success Award for the month of April 2026

Address

Gauradaha
Jhapa District
57216

Telephone

+9779863336604

Website

Alerts

Be the first to know and let us send you an email when Gauradaha Jaycees posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gauradaha Jaycees:

Share