District Youth Committee Jhapa । जिल्ला युवा समिति झापा

  • Home
  • Nepal
  • Jhapa District
  • District Youth Committee Jhapa । जिल्ला युवा समिति झापा

District Youth Committee Jhapa । जिल्ला युवा समिति झापा युवा कार्यक्रमहरु जिल्ला स्तरमा सञ्चालन र सम्नवय गर्न जिल्ला युवा समिति झापाको गठन भएको हो ।

जिल्ला युवा समिति झापा नेपाल सरकार युवा तथा खेलकुद मंत्रालयको राष्ट्रिय युवा निती २०६६ (संशोधित २०७२) र युथ भिजन २०२० का आधारमा निर्मित राष्ट्रिय युवा परिषद् मातहतको जिल्ला निकाय हो ।

राष्ट्रिय युवा निती २०६६ (संशोधित २०७२) र युथ भिजन २०२० अन्तरगतका कार्यक्रमहरु जिल्ला स्तरमा सञ्चालन र सम्नवय गर्न जिल्ला युवा समिति झापाको गठन भएको हो ।

जिल्ला युवा समिति झापा
भद्रपुर वडा नं.९, झापा
(विद्दुत प्रा

धिकरण चन्द्रढी शाखाको पछाडी)
टेलीफोनः ०२३-४५६-०४४
नोटिस वोर्डः १६१८-०२३-४५६-०४४
ईमेलः [email protected]
वेबः www.dycjhapa.gov.np

राष्ट्रिय युवा प्रतिभा सम्मान र राष्ट्रिय खेलकुद प्रतिभा सम्मानका लागि आवेदन पेस गर्ने सूचना (प्रथम पटक प्रकाशित मिति: २...
15/05/2017

राष्ट्रिय युवा प्रतिभा सम्मान र राष्ट्रिय खेलकुद प्रतिभा सम्मानका लागि आवेदन पेस गर्ने सूचना
(प्रथम पटक प्रकाशित मिति: २०७४/०१/२२)

चालु आ.व. ०७३/७४ को युवा तथा खेलकुद मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत (१) राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ को परिच्छेद २ को बुँदा नं. ३ मा उल्लेख भएको राष्ट्रिय युवा प्रतिभा सम्मानका क्षेत्रहरुमा उदाहरणीय एवं उत्कृष्ट कार्य गर्ने युवा प्रतिभा, युवा समूह र युवा संघ संस्थाहरुको सम्मानका लागि र (२) राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ (संशोधन सहित) बमोजिम खेल क्षेत्रमा उत्कृष्ट कार्य गर्ने खेलाडि, खेल प्रशिक्षक, निर्णायक, खेल व्यवस्थापक, राष्ट्रिय खेल संघ तथा खेल प्रायोजकहरु मध्ये छनौट भएका उत्कृष्ट खेल प्रतिभाहरुलाई जनही रु १ लाखका दरले नगद पुरस्कार तथा सम्मान पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेकोले योग्य युवा प्रतिभा, युवा समूह, युवा संघ संस्थाहरु र खेलकर्मीहरु तथा खेल संस्थाहरुबाट राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ को अनुसूचि २ एवं राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि, २०६८ (संशोधन सहित) को अनुसूचि २ र ३ बमोजिमको प्रक्रिया पुरा गरी आवश्यक विवरण सहित युवा तथा खेलकुद मन्त्रालय,(राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि तथ्याङ्क तथा सूचना शाखा र राष्ट्रिय खेलकुद प्रतिभा सम्मानका लागि खेलकुद प्रतियोगिता शाखा) मा २१ दिन भित्र आइपुग्ने गरी आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

रित नपुगी तथा म्याद नाघि प्राप्त हुने आवेदन छनौट प्रक्रियामा समावेश गराइने छैन । सम्बन्धित कार्यविधिहरु तथा विस्तृत जानकारीका लागि फोन नं. ०१–४२००५४४ र ०१–४२००५५० मा सम्पर्क गर्न तथा मन्त्रालयको वेबसाईट www.moys.gov.np मा समेत हेर्न सकिनेछ ।

http://dycjhapa.gov.np/moys-2074-01-22/

जिल्ला युवा समितिको कार्यालय झापाजिल्ला युवा समितिको कार्यालय झापा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्...
14/05/2017

जिल्ला युवा समितिको कार्यालय झापा

जिल्ला युवा समितिको कार्यालय झापा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहतको जिल्ला स्तरिय सरकारी निकाय हो ।

जिल्ला युवा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) राष्ट्रिय युवा परिषद्बाट स्वीकृत नीतिको अधीनमा रही युवा सम्बन्धी जिल्लास्तरीय योजना तथा कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने, गराउने,
(ख) स्थानीय निकाय, युवा सम्बन्धी संघ, संस्था, गैरसरकारी संस्था तथा निजी क्षेत्रको साझेदारीमा जिल्लास्तरमा युवा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने,
(ग) स्थानीयस्तरमा सञ्चालन हुने युवासम्बन्धी कार्यक्रमको समन्वय एवं सहजीकरण गर्ने,
(घ) युवा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न स्थानीयस्तरमा स्रोत साधन जुटाउने,
(ङ) विशेष समुदायका युवालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(च) राष्ट्रिय युवा परिषद्ले तोके बमोजिमको काम गर्ने, गराउने ।



जिल्ला युवा समितिको कार्यालय, झापा
भद्रपुर, झापा (नेपाल)
(विद्द‌ुत प्राधिकरण चन्द्रगढी शाखाको पछाडी)
टेलीफोनः ०२३-४५६-०४४
नोटिस वोर्डः १६१८-०२३-४५६-०४४
ईमेलः [email protected]
वेबः

जिल्ला युवा समितिको कार्यालय झापा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् मातहतको जिल्ला स्तरिय सरकारी निकाय हो । जिल्ला युवा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ । (क) परिषद्बाट स्वीकृत नीतिको अधीनमा रही युवा सम्बन्धी जिल्लास्तरीय योजना तथा कार्यक्रम […]

http://meganewsonline.com/news/2017/04/15/10888.html
18/04/2017

http://meganewsonline.com/news/2017/04/15/10888.html

काठमाडौं । स्थानीय तहको कार्यान्वयनसँगै सरकारले तहहरुको अधिकार बाँडफाँड गरिरहेको छ । यससँगै स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनका लागि स्थानीय तह शासन सञ्चालन ऐनको मस्यौदा प्रस्ताव गरे…

16/02/2017

१६–४० वर्षका युवाबाट व्यावसायिक उद्यम सञ्चालन गर्नका लागि
प्रस्तावको दरखास्त दिने म्याद थप सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति २०७३/१०/०३ गते)

राष्ट्रिय युवा परिषद्को आ.व. २०७३/०७४ को वार्षिक कार्यक्रम अनुसार १६–४० वर्षका वेरोजगार युवाका लागि ७५ वटै जिल्लाको २४० निर्वाचन क्षेत्रको एक वडा १० युवा एक उद्यम कार्यक्रम सञ्चालन गर्न इच्छुक युवाको समूह संघ/संस्थाबाट सम्बन्धित जिल्ला युवा समितिमा निवेदन पेश गर्ने ३० दिने सूचना प्रकाशित गरिएकोमा जिल्ला युवा समितिको कार्यालयहरुबाट सूचनाको म्याद थप गर्न अनुरोध भई आएकोले परिषद्को कार्यकारी समितिको मिति २०७३/१०/२८ गतेको वैठकको निर्णयानुसार १५ दिन (मिति २०७३/११/०४ देखि २०७३/११/१८ गते) सम्मका लागि म्याद थप गर्ने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

कार्ययोजना पेश र विस्तृत जानकारीका लागि:
जिल्ला युवा समिति झापाको कार्यालय, चन्द्रगढि
(विद्दुत प्राधिकरणको दक्षिण, टावर भएको घर)
सम्पर्कः ०२३-४५६०४४
ईमेलः [email protected]

- कार्यालय प्रमुख
जिल्ला युवा समिति झापाको कार्यालय

'१ वडा १० युवा, १ उद्दम कार्यक्रम'(राष्ट्रिय युवा परिषद् आव. २०७३/०७४ को बार्षिक कार्यक्रम अनुसार १६-४० उमेर समूहका बेरो...
16/02/2017

'१ वडा १० युवा, १ उद्दम कार्यक्रम'

(राष्ट्रिय युवा परिषद् आव. २०७३/०७४ को बार्षिक कार्यक्रम अनुसार १६-४० उमेर समूहका बेरोजगार युवा वर्गका लागि ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा संचालित विनाधितो, निर्व्याजी पछि फिर्ता गर्नु पर्ने सहयोग ऋण सहितको वडास्तरीय युवा उद्दम कार्यक्रम)

कार्ययोजना पेश र विस्तृत जानकारीका लागि:
जिल्ला युवा समिति झापाको कार्यालय, चन्द्रगढि
(विद्दुत प्राधिकरणको दक्षिण, टावर भएको घर)
सम्पर्कः ०२३-४५६०४४
ईमेलः [email protected]

मिति २०७३ साल फाल्गुण १ गते आइतबार, जिल्ला युवा समितिको कार्यालय झापाको आज कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । ज...
14/02/2017

मिति २०७३ साल फाल्गुण १ गते आइतबार, जिल्ला युवा समितिको कार्यालय झापाको आज कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला युवा समिति झापाका अध्यक्ष श्री छविलाल चुडालज्यूको सभापतित्वमा संचालित कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री माधव ढुंगेल ज्यूको गरिमामय प्रमुख आतिथ्य, प्रमुख जिल्ला अधिकारी श्री उत्तरकुमार खत्री ज्यूको विशिष्ट आथित्यता एवं जिल्लाका कार्यालय प्रमुखज्यूहरु, पत्रकारज्यूहरु र युवाहरुको आतिथ्यता रह्यो।

जिल्ला युवा समितिको कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री माधव ढुंगेल ज्यू र विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी श्री उत्तरकुमार खत्री ज्यूको संयुुक्त वाहुलीबाट जिल्ला युवा समिति झापाको कार्यालय पाटी (साईन बोर्ड) अनावरण गरि जिल्ला युवा समितिको कार्यालय झापा विधिवत रुपमा उद्घाटन गरिएको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला युवा समिति झापाका कार्यालय प्रमुख उपसचिव श्री तोयानाथ रेग्मीज्यूको स्वागत मन्तव्य, कार्यालय प्रमुखहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारी श्री उत्तरकुमार खत्रीज्यूको मन्तवय, प्रमुख अतिथि राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री माधव ढुंगेल ज्यूको सम्बोधन रहेको कार्यक्रम साजन सुब्बाले संचालन गर्नु भएको हो।

उक्त उद्घाटन कार्यक्रम पश्चात् पत्रकारज्यूहरुसँग अन्तरकृया समेत सम्पन्न गरिएको छ ।

सूचना ! सूचना !! सूचना !!!'१ वडा १० युवा, १ उद्दम कार्यक्रम'(राष्ट्रिय युवा परिषद् आव. २०७३/०७४ को बार्षिक कार्यक्रम अनु...
27/01/2017

सूचना ! सूचना !! सूचना !!!

'१ वडा १० युवा, १ उद्दम कार्यक्रम'

(राष्ट्रिय युवा परिषद् आव. २०७३/०७४ को बार्षिक कार्यक्रम अनुसार १६-४० उमेर समूहका बेरोजगार युवा वर्गका लागि ७५ जिल्लाका २४० निर्वाचन क्षेत्रमा संचालित विनाधितो, निर्व्याजी पछि फिर्ता गर्नु पर्ने सहयोग ऋण सहितको वडास्तरीय युवा उद्दम कार्यक्रम)

कार्ययोजना पेश र विस्तृत जानकारीका लागि:
जिल्ला युवा समिति झापाको कार्यालय, चन्द्रगढि (०२३-४५६०४४) मा सम्पर्क गर्नु होला ।

Address

Jhapa District
57200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+97723456044

Alerts

Be the first to know and let us send you an email when District Youth Committee Jhapa । जिल्ला युवा समिति झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Youth Committee Jhapa । जिल्ला युवा समिति झापा:

Share