सगरमाथा फ़ाउण्डेसन

सगरमाथा फ़ाउण्डेसन profitless social youth group

मलामी जाने जानकारी भाई दिलीप पाठक (नुनु) को २०८२/१२/०१ गते भएको  असामयिक निधनको सबै मा अवगत छ। वैदेशिक रोजगारी का क्रम म...
09/04/2026

मलामी जाने जानकारी
भाई दिलीप पाठक (नुनु) को २०८२/१२/०१ गते भएको असामयिक निधनको सबै मा अवगत छ। वैदेशिक रोजगारी का क्रम मा वहाँ सम्युक्त अरब इमरेट्समा रहेका थिए। सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी भाई को पार्थिव शरीरलाई आज घर ल्याइसकेको सबै मा जानकारी गराउँदै आज नै भाई को पार्थिव शरीर को अन्त्येष्टि बिहान ८ बजे नजिकै को देउनिया घाट मा पारम्परिक रिती अनुसार गरिने भएको ले सबै मा मलामी जाने सूचना अवगत गराउँदछु।
२०८२ चैत २७गते आज
आज बिहान -८ बजे

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
भगवानले दिवंगत आत्मालाई चिर शान्ति प्रदान गरून् र परिवारलाई यो अपूरणीय क्षति सहन शक्ति प्रदान गरून्।
Rest in peace beautiful soul

भाई दिलीप पाठक (नुनु) को २०८२/१२/०१ गते भएको  असामयिक निधनको खबरले हामी सबै सगरमाथा बसी लाई स्तब्ध र मर्माहत बनाएको छ।सग...
17/03/2026

भाई दिलीप पाठक (नुनु) को २०८२/१२/०१ गते भएको असामयिक निधनको खबरले हामी सबै सगरमाथा बसी लाई स्तब्ध र मर्माहत बनाएको छ।
सगरमाथा फाउन्डेसनका एक सक्रिय सदस्यको रूपमा उहाँले गरेको योगदान सधैं सम्झनामा रहनेछ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
भगवानले दिवंगत आत्मालाई चिर शान्ति प्रदान गरून् र परिवारलाई यो अपूरणीय क्षति सहन शक्ति प्रदान गरून्।
Rest in peace beautiful soul

24/02/2026

सगरमाथा फाउन्डेसन को स्थापना काल देखि को तस्बिर लाई समेटेर बनाइएको भिडियो। मुनाफा रहित सामाजिक संस्था जस्ले सामाजिक कार्य लाई निरन्तर दिँदै आएको छ।
भिडियो र गीत का निम्ति भाई Suraj Giri लाई धेरै धन्यवाद

10/02/2026

हाम्रो सगरमाथा लाई आकाश बाट नियाल्दै आज । कति मिठो सुन्दर शान्त हाम्रो गाउँ।

🔥 नगरस्तरिय Tug of War प्रतियोगिता — भोलि कंचन श्रीमा धमाका 🔥भोलि काँचनश्री मा हुदै गरेको नगरपालिका स्तरिय Tug of War Ga...
26/11/2025

🔥 नगरस्तरिय Tug of War प्रतियोगिता — भोलि कंचन श्रीमा धमाका 🔥

भोलि काँचनश्री मा हुदै गरेको नगरपालिका स्तरिय Tug of War Game एकदमै भव्य रूपमा आयोजना हुदै छ।
यस प्रतिष्ठित प्रतियोगितामा १६ वटा नगरपालिका टिम, आर्मी र नेपाल पुलिस सहित जम्मा १८ टिम सहभागी हुँदैछन्।
यसमा भद्रपुर नगरपालिका ले पनि आफ्ना बलिया खेलाडी लिएर भाग लिदैछ।

🏆 १st Prize – रु. ५०,००० + मेडल + ट्रफी
🥈 २nd Prize – रु. ३०,००० + मेडल + ट्रफी

यस गौरवपूर्ण प्रतियोगिताको आधिकारिक जानकारी प्रेस मिट मार्फत
सार्वजनिक गरिएको हो।
प्रदेश का प्रसिक्षक तथा झापा जिल्ला उपध्यक्ष हेम कुमार न्याैपाने ले जानकारी दिनुभयाे । fans

सबै मा जानकारी। आदरणीय दाई स्व प्रकाश थिङ को सव को अन्त्येष्टि कार्य भोलि दिन को १:३० बजे स्थानीय देउनी घाट मा पारिवारिक...
15/11/2025

सबै मा जानकारी। आदरणीय दाई स्व प्रकाश थिङ को सव को अन्त्येष्टि कार्य भोलि दिन को १:३० बजे स्थानीय देउनी घाट मा पारिवारिक रीति रिवाज अनुसार गरिने छ। मलामी जाने सबै मा सूचना

यस सगरमाथा फाउन्डेसन का संस्थापक सदस्य श्री सुबाश थिङ का दाई तथा सदस्य भाई उर्गेन तामाङ का पूजनीय पिता आदरणीय दाई श्री प्रकाश थिङ ज्यू को आज असामयिक निधन भएको खबर ले हामी मर्माहित भएको छौ। यस दुखद घडी मा शोकाकुल परिवार मा धैर्यधारण गर्ने शक्ति ईश्वर ले प्रदान गरून् भन्ने प्राथना गर्दा छौ। RIP दाई तपाईं को वैकुण्ठ मा बास होस्।

यस सगरमाथा फाउन्डेसन का संस्थापक सदस्य श्री सुबाश थिङ का दाई तथा सदस्य भाई उर्गेन तामाङ का पूजनीय पिता आदरणीय दाई श्री प...
15/11/2025

यस सगरमाथा फाउन्डेसन का संस्थापक सदस्य श्री सुबाश थिङ का दाई तथा सदस्य भाई उर्गेन तामाङ का पूजनीय पिता आदरणीय दाई श्री प्रकाश थिङ ज्यू को आज असामयिक निधन भएको खबर ले हामी मर्माहित भएको छौ। यस दुखद घडी मा शोकाकुल परिवार मा धैर्यधारण गर्ने शक्ति ईश्वर ले प्रदान गरून् भन्ने प्राथना गर्दा छौ। RIP दाई तपाईं को वैकुण्ठ मा बास होस्।

सूचना
14/09/2025

सूचना

अत्यन्तै जरुरी सूचना !!!
वडा कार्यालयका सामग्रीहरु तोडफोड गरि लूटपाट गर्ने तथा चोरी गर्ने व्यक्तिहरुको पहिचान गर्नको लागि यथाशीघ्र सहयोग पुर्‍याउनहुन सम्पूर्ण वडावासिहरुमा हार्दिक अनुरोध गरिन्छ।

02/09/2025

सबै जना मा सूचना। यही मिति २०८२/५/२२ गते आईतबार का दिन हाम्रो भद्रपुर वडा न २ को मुख्य सडक( चारआली - केचना) सडकखण्ड को हाम्रो वडा मा पर्ने सडक को दुवै पट्टी सडक को थप आकर्षण बढाउने हेतु बृहत वृक्षारोपण कार्यक्रम सञ्चालन हुने भएको ले कुले चोक देखि सगरमाथा देउनिय सम्म का सम्पूर्ण महानुभाव हरु लाई यस महान कार्य मा श्रमदान गर्दिनँ हुन विनम्र अनुरोध गर्दछौं।
मिति -२०८२/०५/२२
समय - बिहान को ७ बजे
भेला हुने स्थान - कुलेचोक
यो अभियान भद्रपुर वडा २ को दक्षिणी सीमा कुले चोक बाट सुरु भई देउनिया पुल मा अन्त्य हुने छ।

15/08/2025

सगरमाथा चोक मा चोरी को घटना भएको छ। गए राति सगरमाथा चोक स्थित श्री लक्ष्मी चौलागाई को सब्जी पसल को घुम्ती ढोका फुटाइ के हि नगद र सरसामान चोरी भएको जानकारी प्राप्त भएको छ।
के हि साल पहिले यस फाउन्डेसन द्वारा सिसिटिभी क्यामेरा चोक मा लगाइएको थियो जुन प्राकृतिक प्रकोप ( चट्याङ) का कारण ध्वस्त भएको पुन सुचारु गर्न का निम्ति वडा कार्यालय मा खबर गरिएको तर यस को लागि पहल अहिले सम्म भएको छैन। तपाईं को विचार मा के लाग्छ कृपया कमेन्ट गर्नु होला।
१) सबै सगरमाथा चोक निवासी ले पैसा संकलन गरी पुनः सीसीटीभी क्यामेरा जडान गर्ने
२) वडा कार्यालय ले जडान गर्दछ भनी बाटो हेर्ने।

13/08/2025

भद्रपुरमा हाफ म्याराथन (दौड) प्रतियोगिता सम्पन्न भएको छ ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भद्रपुर नगरपालिकाको नगर युवा परिषद्को आयोजनामा साउन २७ गते दौड प्रतियोगिता सम्पन्न भएको हो ।जस मा हाम्रो सामाजिक संस्था सगरमाथा फाउन्डेसन को तर्फ बाट धावक हरु लाई ऊर्जा चढाउन सगरमाथा चोक मा पानी वितरण साथै ताली बजाई सबै धावक लाई स्वागत सगरमाथा बसी ले गरेका थिए भद्रपुरको पर्यटकीयस्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल कीचकबधसम्म पुरुषको १९.२ कि.मि. दौडमा ७० जना र भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट कीचकबधसम्म २९ जना महिलाहरू १३ कि.मि. हाफ म्याराथनमा सहभागी रहेको परिषद्ले जनाएको छ ।महिला धावक तर्फ प्रथम हुने चेष्ट न. ८३ की पुष्पा शेर्मा (दमक)ले ५४ मिनट ४७ सेकेण्डमा गन्तव्य हासिल गर्दा द्वितीय, तृतीय र चतुर्थ हुनेमा क्रमशः चेष्ट न.८४ की यदिका देवान (दमक), चेष्ट न.८१ की विन्दा राई (भद्रपुर–२) र चेष्ट न.८५ की रिता मुर्मू (भद्रपुर–३) रहे ।त्यसैगरी, पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेमा क्रमशः चेष्ट न.१ का करुण रावल (बझाङ), चेष्ट न.३ का धनु मानन्धर (स्याङ्जा), चेष्ट न.९ का शरद सिंह (दमक) र चेष्ट न.३५ का सागर लिम्बू (दमक) भए भने प्रथम हुने धावकले १ घण्टा ८ मिनट २९ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो ।

Address

Jhapa District

Telephone

+9779818436113

Website

Alerts

Be the first to know and let us send you an email when सगरमाथा फ़ाउण्डेसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category