डिभिजन सहकारी कार्यालय झापा

डिभिजन सहकारी कार्यालय झापा This is the Official Page of Division Cooperative Office, Jhapa
(आधिकारीक फेस?

नेपाल सरकारको प्रतिनिधी निकाय
सहकारी संघसंस्थाको दर्ता, नियमन, विघटन, खारेजी, लिक्विडेशन गर्न अधिकारप्राप्त निकाय
सहकारी ऐन नियमको कार्यान्वयनकर्ता
रजिष्ट्रारको प्रत्यायोजित अधिकार प्रयोगकर्ता निकाय
प्रादेशिक क्षेत्राधिकारभित्र मात्र सक्रिय र आकर्षित हुने

डिभिजन सहकारी कार्यालय झापाको गतिविधी तथा सुचनाहरुलाइ सेवाग्राही तथा समस्त सरोकारवाला व्यक्ती निकाय संघसंस्थाहरुमा छिटो ...
21/11/2015

डिभिजन सहकारी कार्यालय झापाको गतिविधी तथा सुचनाहरुलाइ सेवाग्राही तथा समस्त सरोकारवाला व्यक्ती निकाय संघसंस्थाहरुमा छिटो छरितो ढंगले लैजान तथा सेवा प्रवाहमा प्रविधिको उपयोग गर्न निम्नवमोजिमको वेवसाइट www.dcojhapa.gov.np वनाइ कार्य थालनी गरेका छौं । प्रतिक्षा गर्नुहोस ।

19/10/2015

नेपाली समय अनुसार हरेक दिन विहान ७:१५ बजे

***झापामा फेरी ३ सहकारी एकापसमा गाभीए***डिभिजन सहकारी कार्यालय, झापाले असोज १४ गते ३ वटा सहकारी संस्थाहरुलाइ एकापसमा एकि...
01/10/2015

***झापामा फेरी ३ सहकारी एकापसमा गाभीए***

डिभिजन सहकारी कार्यालय, झापाले असोज १४ गते ३ वटा सहकारी संस्थाहरुलाइ एकापसमा एकिकरण गरि एउटै संस्था वनाएको छ । यसरि गाभीने सहकारी संस्थाहरुमा हल्दिीवारी गाउँ विकास समितीका सिद्धेश्वर कृषी सहकारी, हल्दीवारी जलथल तथा दुग्ध उत्पादक सहकारी र विजय वहुउदेश्यिय सहकारी रहेका छन् । एकिकरण पछि वनेको सहकारी संस्थाको नाम भने सिद्धेश्वर वहुउदेश्यिय सहकारी संस्था लिमिटेड राखिएको छ । एकिकरण पछि शेयर सदस्यको संख्या १२२५ जना भएको छ भने शेयर, वचत र ऋण लगानी क्रमशः १७ लाख, वचत ३८ लाख र ५० लाख रहेको छ । ३ वटै सहकारी संस्थाहरुले डिभिजन सहकारी कार्यालयवाट गत भदौ ६ गते एकिकरणका लागी सैद्धान्तिक सहमती लगेका थिए ।

यससँगै झापामा एकिकरण हुने सहकारीको संख्या १४ पुगेको छ ।

01/10/2015

***शान्तीनगरमा सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न***

डिभिजन सहकारी कार्यालय, झापा र शान्तीनगर गाउँ विकास समितीको कार्यालय, झापाको संयुक्त आयोजनामा गा.वि.स.को हलमा यहि असोज ७ गतेदेखी शुरु भएको ६ दिने सहभागीतात्मक सहकारी लेखा तालिम असोज १२ गते सम्पन्न भएको छ । तालिमको उद्घाटन गर्दै गा.वि.स. सचिव सुर्दशन वरालले गा.वि.स.मा रहेका सहकारीको आवश्यकता अनुसार लेखा तालिम संचालन गर्न खोजिएको वताए । सोही अवसरमा स्थानिय सहकारी संस्थाहरुले आफुले यस्तो प्रकारको तालीम स्थानिय स्तरमा नै पाएकोमा आयोजक प्रती खुशी व्यक्त गरे ।
तालीम अवधिभर सहकारी, यसको व्यवसायीक सन्दर्भ, भ्रम र वास्तविकता तथा सहकारी चार खाता व्यवस्थापन, गोश्वरा भौचरमा प्रविष्टी, लेखांकनका नियम, प्रगती विवरण तयारी तथा पल्र्स अनुगमन प्रणाली जस्ता लेखा प्रणालीका व्यवहारिक पाटोमा प्रशिक्षण गरिएको आयोजकले जनाएको छ । शान्तीनगरमा रहेका स्थानिय १८ वटा सहकारीका ३६ जना व्यवस्थापक, कर्मचारी तथा पदाधिकारीहरुलाइ डिभिजन सहकारी कार्यालयका प्रमुख माधवप्रसाद पोखरेल, स.नि. डिल्ली दहाल, स.नि बद्री कुमार दाहाल तथा स.स.नि. वशिष्ट अधिकारी, ज्ञानु वस्नेत र श्याम ओख्रावु ले सहजिकरण गरेका थिए । सहकारी अधिकृत माधवप्रसाद पोखरेलले अध्यक्षता गरेको कार्यक्रममा स्थानीय राजनितीक दलका अध्यक्षज्युहरुको समेत उपस्थिती थियो ।
वित्तिय कारोवार गर्ने सहकारी संस्थामा सुशासनको अभाव पुरा गर्न तथा लेखाप्रणाली व्यवस्थीत र पारदर्शिता वनाउन लेखा व्यवस्थापन तालीम सहयोगी हुन्छ । झापा जिल्लामा हाल ८५४ वटाको संख्यामा सहकारी संघसंस्था दर्ता भइ संचालनमा छन् ।

झापा जिल्लाको सहकारी झलक
05/08/2015

झापा जिल्लाको सहकारी झलक

09/04/2015

नेपालमा सहकारीको इतिहास
नेपाली समाजमा परम्परागत सहकारिताको शुरुवात कहिले कसरी भयो भन्ने बारे यकिनन् भन्न सकिने अवस्था छैन । आवश्यकता नै आविष्कारको जननी हो भनिन्छ ।

गुठीः
देवस्थल, तीर्थस्थलमा देव देवीको अखण्ड पूजा अर्चना गर्न होस् वा धार्मिक तथा सामाजिक अनुष्ठान र कार्य सम्पन्न गर्न होस् नेपाली समाजले स्थायी गुठी निर्माण गरेर कार्य गर्दै आएको हो । यस्ता गुठीहरुमा देवगुठी, ओली गुठी, सामाजिक संघ संस्थाहरुको लागि गुठी रहेका छन् । नेवारी समुदायमा हेर्ने हो भने ज्यापू महागुठी, मानन्धर गुठी, खड्गी गुठी आदि पाइन्छ । अन्य समुदायमा स्वर्गद्धारी गुठी, शैलेश्वरी गुठी, बागेश्वरी गुठी, संस्कृत विश्वविद्यालय गुठी जस्ता अनेकौ गुठीहरु अद्यपि कायम रहेका छन् । यस्ता गुठी स्थापनाका लागि राज्यले छुट्याएर वा स्थानीय व्यक्तिहरुले एकमुष्ठ रकम जम्मा गरेर स्थापना तथा संचालन गर्ने गरेको पाइन्छ ।

पर्म वा परिमः
कृषि कार्य गर्नका लागि तथा सामुहिक कार्य गर्नका लागि परिम वा पर्म लगाउने र श्रम साटासाट गर्ने परिपाटी नेपाली गाउँहरुमा अद्यपि रहेको छ । खास गरेर दाउरा जम्मा गर्ने, कोदो रोप्ने, धान गोड्ने, आली कान्ला तरास्ने, मकै गोड्ने, गोबर मल बोक्ने, धान काट्ने, कोदो टिप्ने, मकै भाँच्ने, नल पराल बोक्ने, धानको दाई गर्ने, कोदो ठटाउने जस्ता कार्यहरुमा पर्म लगाउने गरिन्छ । घर बनाउनका लागि ढुंगा बोक्ने, काठ दाउरा बोक्ने जस्ता कार्यहरुमा समेत यसको उपयोग गरिन्छ । पुसे पन्ध्र यस्तो पर्म लगाउनेहरुले धुमधामसँग रमाइलो मनाउने एक प्रकारको अस्थायी गुठी हो ।

ढिकुरीः
मुस्ताङ जिल्ला अन्तरगत थाकखोलाका थकालीहरुमा प्रचलित यो चलनमा हरेक घरलाई गुठीयार भनिन्छ । हरेक घरले तोकिएको रकम मुख्य मानिस वा ढुकुटीको जिम्मा लिनेलाई बुझाउनु पर्ने र चाहिएको बेलामा निर्ब्याजी वा ब्याज तिर्ने गरी ऋण लिन पाउने चलनलाई ढिकुरी प्रथा भनिन्छ । यसमा सामाजिक लाभ तथा सदस्यको पेशा व्यवसाय मार्फत आय आर्जन र रोजगारीको सोच राखिएको हुन्छ । ढिकुरीमा सामाजिक शोषणबाट सदस्यलाई मुक्त पार्ने सोच राखिएको हुन्छ । आजकल शहरी क्षेत्रमा चलन चल्तीमा रहेको ढुकुटी प्रथासँग यसको कुनै साईनो छैन । ढुकुटी एकप्रकारको बिकृति हो ।

आधुनिक सहकारीको बिकासः
बेलायतको कपडा कारखानामा काम गर्ने मजदुरहरुले थोरै ज्यालामा काम गर्नुपर्ने र चाहिने सामानहरु कपडा मालिक वा उसका गुमस्ता पसलबाट किन्नु पर्ने प्रणालीको बिरुद्धमा २७ पुरुष र १ महिलाले १।१ पाउण्ड रकम उठाएर शुरु गरिएको रोचडेल पायनियर सोसाइटी ई.सं. १८४४ मा शुरु भएको मानिन्छ ।
रोचडेल स्थापनाको ठीक १०९ बर्षपछि नेपालमा योजना, बिकास तथा कृषि मन्त्रालय अन्तरगत सहकारी बिभागको स्थापना भयो । तत्काली राप्ती दून बहुमुखी परियोजनाले चितवनमा बाढी पहिरो पीडितहरुको उद्धारका लागि बस्ती बसाउने कार्य गर्ने क्रममा २०१३ चैत्र २० गते बखान सहकारी ऋण समिति समेत १३ बटा सहकारी चितवन जिल्लामा पहिलो पटक स्थापना भयो । यिनीहरु नै नेपालको सहकारी अभियानको अग्रज सहकारीहरु भए ।
Source : CTDO Pokhara WebPage

31/03/2015

(५८ औं सहकारी दिवस २०७१ को नारा)
आयात प्रतिस्थापन र सामाजिक न्यायका लागी सहकारी

22/02/2015

***सुचना - सुचना - सुचना***
सहकारी विभागको सहकारी क्षेत्र सुदृढीकरण कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरुलाई उपलब्ध गराउने पुजिँगत अनुदान सम्बन्धमा मिति २०७१÷०७÷१ गते सार्वजनिक सूचना मार्फत प्रस्ताव आह्वान गरे अनुसार झापा जिल्लाका २३ वटा संघसंस्थाहरुको परियोजना प्रस्ताव परेकोमा विभागवाट श्री सुखानी कृषि सहकारी संस्था लि. खुढुनावारी ९ , झापाको वाख्रा खरिद सम्वन्धी रु ३०००००। (तीन लाख) को प्रस्ताव स्वीकृत भएको जानकारी यस कार्यालयलाइ प्राप्त भएकोले संस्थाका अध्यक्ष स्वयंम वा प्रतिनिधिलाई सम्झौताको लागि सञ्चालक समितिको निर्णय र संस्थाको छाप सहित सहकारी विभाग, नयाँ वानेश्वरमा सात दिन भित्र सम्पर्क राख्न अनुरोध छ ।

21/12/2014

डिभिजन सहकारी कार्यालय, झापा र जिल्ला सहकारी संघ लिमिटेड, झापाको संयुक्त आयोजनामा धुलावारी स्थित मेची उद्योग वाणीज्य संघको हलमा यहि पौष ६ गतेदेखी छ दिने सहभागीतात्मक सहकारी लेखा तालिम शुरु भएको छ ।

10/12/2014

***सम्पुर्ण सहकारी कर्मीमा सुचना***
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको जिल्ला समन्वय समिती विगतमा उद्योग वाणीज्य संघका अध्यक्षको संयोजकत्वमा संचालन भइरहेकोमा हाल प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरि ७ सदस्यीय समितीवाट संचालन हुने भएको छ । यो समितीले सहकारी संस्थावाट कर्जा मागको आवेदनलाइ मुल्याकंन गरि केन्द्रमा शिफारिस गर्ने गर्दछ ।

युवा स्वरोजगार कोषको रकम कर्जाको रुपमा लिइ गरिव तथा विपन्न सदस्यहरुलाइ व्यवसायीक कर्जा दिने सुनौलो अवसर आएको छ । इच्छुक ...
09/12/2014

युवा स्वरोजगार कोषको रकम कर्जाको रुपमा लिइ गरिव तथा विपन्न सदस्यहरुलाइ व्यवसायीक कर्जा दिने सुनौलो अवसर आएको छ । इच्छुक संस्थाहरुले प्रस्ताव गरौं । मंसिर १८, २०७१ को गोरखापत्रमा प्रकाशित सुचना यहाँ राखिएको छ । सरकारको पैसा सित्तैमा पाइन्छ भन्ने आशा छ र लिएपछि तिर्नुपर्दैन भन्ने लाग्छ भने प्रस्ताव गर्ने कष्ट नगर्नुहोला ।

Address

Jhapa District

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97723455031

Alerts

Be the first to know and let us send you an email when डिभिजन सहकारी कार्यालय झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to डिभिजन सहकारी कार्यालय झापा:

Share