26/08/2026
भोटेकोशी नदीमा आएको अविरल बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत तटीय क्षेत्रमा पुगेको ठूलो क्षति र नागरिकहरूले भोग्नुपरेको कष्टप्रति गहिरो दुःख व्यक्त गर्दछु। विस्थापित नागरिकहरूको तत्काल सुरक्षित स्थानान्तरण, उद्धार र राहत कार्यलाई अझ द्रुत र प्रभावकारी बनाउन म तल्लो तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दछु। साथै, संकटको यो समयमा एकजुट भई प्रभावित परिवारहरूको मलमपट्टी गर्न र खोज तथा राहत कार्यमा निरन्तर सहयोग पुर्याउन सम्पूर्ण सुरक्षा निकाय, स्थानीय प्रशासन, सामाजिक संघ-संस्था र नागरिक समाजलाई हार्दिक अपिल गर्दछु। बाढीले जीवन गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछु ।