गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल

  • Home
  • Nepal
  • Jhapa District
  • गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल

गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल " नतिजामूखी प्रशासन, समृद्धि र सुशासन "
(1)

गौरीगंज गाउँपालिका कोशी प्रदेश मेची अञ्चल झापा जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ ।साविक गौरीगंजका गा.वि.स. वडा नं. ५, ६,७ र ८ लाई समावेश गरी गौरीगंज गाउँपालिकाको वडा नं. ३ नामाकरण गरिएको हो।
भौगोलिक अवस्थिति सिमाना
पुर्वः– वडा नं. २ (कोरोबारी गा.वि.स.)
पश्चिमः– वडा नं. ६ (खजुरगाछी गा.वि.स.)
उत्तरः– गौरीदह नागरपालिका
दक्षिणः–वडा नं. ४ ( गौरीगन्ज गा.वि.स. वडा नं.१ देखि ४ सम्म)

यस गाउँपालिका २६° २४' ३६.९९९३६" देखि२६°३१' ३०.६४४४" उत्तरी अक्षांश र ८७° ३९' ४९.१०४"देखी ८७° ४९' ४६.९३०८" पुर्वी देशान्तरमा फैलिएको छ । समन्द्र सतहबाट ६६ मिटर देखी ८४.९ मिटर सम्मको उचाईमा अवस्थित यस वडाको कुल क्षेत्रफल ११.०३ वर्ग कि.मि. रहेको छ भने कुल जनसख्या ७६६४रहेको छ।
यस वडा भित्र विभिन्न जातजाति र विभिन्न धर्म सम्प्रदायका मानिसहरुको बसोबास रहको छ । दक्षिण भागमा आदिवासि जनजातिको बाहुल्यता रहेको छ भने मध्य र उत्तरी भागमा अन्य जातिको बाहुल्यता रहेको छ। यस वडा को अधिकांश जनसंख्या व्यापार तथा कृषिमा आवद्ध छन। यस वडामा जम्मा ३ वटा सामुदायिक विद्यालय र १ ओटा बुहुमुखि क्याम्पस रहेको छ। साथै एउटा प्राथमिक स्वास्थय चौकी रहेको छ। यस वडामा जम्मा घर धुरी १५९४ रहेको छ भने ३७९९ महिला र ३८६५ पुरुष गरि जम्मा ७६६४ जना जनसंख्या रहेको छ। सर्वेक्षन २०७५/०७६ अनुसार यस वडामा ७९.२७ प्रतिशत शिक्षा साक्षरता रहेको छ।

सूचना !      सूचना !!     सूचना !!!सामाजिक सुरक्षाभत्ता नवीकरण सम्बन्धि जरुरी सूचना !प्रस्तुत विषयमा गौरीगञ्ज गाउँपालिका...
11/09/2026

सूचना ! सूचना !! सूचना !!!

सामाजिक सुरक्षाभत्ता नवीकरण सम्बन्धि जरुरी सूचना !

प्रस्तुत विषयमा गौरीगञ्ज गाउँपालिका वडा नं. ३ को कार्यालयबाट सामाजिक सुरक्षा भत्ताको लागि नाम दर्ता गराई अघिल्लो आ.व. मा भत्ता प्राप्त गरिरहनु भएका धेरै लाभग्राहीहरूले नवीकरण गरिसक्नुभएको भएतापनि तपसिल बमोजिमका लाभग्राहीहरूले हालसम्म नवीकरण नगराउनु भएको विवरण प्रणालीबाट प्राप्त भएकोले समयमै नवीकरण गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

नोटः- भाद्र मसान्त भित्र नवीकरण गराईसक्नुभएको लाभग्राहिहरुले असोज महिनामा पहिलो किस्ता वापतको भत्ता प्राप्त गर्न सक्नुहुने छ, भने असोज मसान्त भित्र नविकरण गराउनु भएको लाभग्राहिहरुले पहिलो र दोस्रो किस्ता एकै पटक पुष मसान्तमा प्राप्त गर्न सक्नुहुनेछ। अतः भत्ता नविकरण गर्ने अन्तिम मिति असोज मसान्त सम्म रहेको समेत जानकारी गराइन्छ ।
................
गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल

सूचना !       सूचना !!       सूचना !!!विषयः- सार्वजनिक सडक क्षेत्रभित्र रहेका अतिक्रमण हटाई सहयोग गरिदिने सम्बन्धमा ।नेप...
09/09/2026

सूचना ! सूचना !! सूचना !!!

विषयः- सार्वजनिक सडक क्षेत्रभित्र रहेका अतिक्रमण हटाई सहयोग गरिदिने सम्बन्धमा ।

नेपालीहरूको महान् चाडपर्वहरू नजिकिँदै गर्दा बजार क्षेत्रभित्र रहेका मुख्य तथा सहायक सडकका दायाँ-बायाँ सार्वजनिक ठाउँ अतिक्रमण गरी राखिएका बालुवा, गिट्टी, निर्माण सामग्री, व्यावसायिक सामानहरू तथा बाटो छेउका बोटबिरुवाका कारण पैदल यात्री एवम् सवारी साधनलाई आवतजावतमा बाधा पुग्न गई दुर्घटनाको जोखिम हुने भएकोले आफ्नो घर/पसल अगाडि वा सडक क्षेत्रभित्र नियम विपरीत राखिएका बालुवा, गिट्टी, अन्य निर्माण सामग्री, व्यावसायिक सामानहरू र अवरोध पुऱ्याउने बोटबिरुवाहरू यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र सम्बन्धित व्यक्ति/पसल स्वयंले हटाई वडा कार्यालयको सरसफाइ अभियानमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

नोटः- तोकिएको समय (७ दिन) भित्र नहटाइएमा वडा कार्यालयले प्रचलित कानुन अनुसार कारबाही गरी हटाउनेछ । सो क्रममा सामग्री वा भौतिक संरचनामा हुन सक्ने क्षति तथा हटाउँदा लाग्ने खर्चको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ
............
श्रवण गिरी
वडा अध्यक्ष
गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल

भावपूर्ण श्रद्धाञ्जली तथा शोक विज्ञप्तियही मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी...
07/09/2026

भावपूर्ण श्रद्धाञ्जली तथा शोक विज्ञप्ति

यही मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली जलविद्युत आयोजना (Upper Trishuli 1 Hydropower Project) मा कार्यरत यस गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का होनहार इन्जिनियर केबलनाथ आचार्य लगायत रसुवा, नुवाकोटसहित देश तथा विदेशका हजारौं व्यक्तिहरूको असामयिक निधन भएको हृदयविदारक खबरले यस वडा कार्यालय परिवारलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ ।

उक्त दुःखद घटनाको १३औं दिनमा नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेको यस अत्यन्तै कष्टकर एवं पीडादायी घडीमा दिवंगत हुनुभएका हाम्रा वडाका होनहार इन्जिनियर केबलनाथ आचार्य लगायत सम्पूर्ण दिवंगतआत्माहरूप्रति वडा कार्यालयको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, देशभरका सम्पुर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस अकल्पनीय क्षति सहन सक्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गर्दछौँ।

साथै विनाशकारी विपदका क्रममा यसै वडाका अर्का होनाहार युवा चुड्का टुडु लगायत अन्य धेरै नेपालीहरू विनाशकारी बाढीमा परी बेपत्ता हुनुभएकोमा हामी गहिरो चिन्ता व्यक्त गर्दछौं। विपदको यस विषम परिस्थितिमा शोकलाई शक्तिमा बदल्दै उद्धार कार्यमा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न संघ-संस्थाका स्वयंसेवक उद्धारकर्मीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बेपत्ता हुनुभएका चुड्‌का टुड्डु सहित सम्पूर्ण व्यक्तिहरूको शीघ्र र सकुशल उद्धार हुन सकोस् भन्ने कामना गर्दछौँ। साथै सोही बाढीमा दिवंगत हुनुभएका स्व. इन्जिनियर केबलनाथ आचार्य र सम्पर्क विहिन रहनुभएका युवा चुड्‌का टुड्डुका परिवारलाई यस वडा नं. ३ को वडा कार्यालयबाट जनही रु. १,००,०००/- (अक्षरेपी एक लाख रुपैयाँ) राहत स्वरूप प्रदान गर्ने निर्णय गरेका छौ।

मिति २०८३/०५/२२

वडा कार्यालय परिवार
गौरीगञ्ज गाउँपालिका, वडा नं. ३, झापा

७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्बन्धमाप्रस्तुत बिषयमा यस गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, द्व...
01/09/2026

७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्बन्धमा

प्रस्तुत बिषयमा यस गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, द्वारा प्रकाशित सूचना अनुसार मिति २०७८ देखि २०८१ सम्म वडा नं ३ मा पेश भएका निवेदनअनुसार यो वडामा बसोबास गर्ने देहायअनुसारका व्यक्तिहरुले आफ्नो र आफ्नो परिवारका सदस्यको स्वामित्वमा नेपाल राज्यभित्र जग्गा जमिन नभएको र परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ भएको, विगतमा आफू र आफ्नो परिवारका सदस्यलाई नेपाल सरकारले कुनै प्रकारको कुनै जग्गा वा जग्गाको स्वामित्व सहितको आवास उपलब्ध नगराएको तथा मिति २०७६ माघ २८ पछि आफ्नो वा परिवारका कुनै सदस्यको नाममा रहेको जग्गा बिक्रि वा हक हस्तान्तरण नगरेको भनी आफूलाई भूमिहीन दलित / भूमिहीन सकुम्बासी दाबी गरी जग्गा आबाद कमोत गर्दै आएको स्थानमा वा अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हदमा नबढ्ने गरी निःशुल्क जग्गा पाउन स्थानीय तह मार्फत आयोगमा निवेदन पेश गरेकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । निबेदनमा उल्लेखित व्यहोरा संशोधन गर्नु परेमा निवेदक स्वयंले र कुनै उजुर बाजुर वा दाबी बिरोध भए जोसुकैले ७ (सात) दिनभित्र (२०८३/०५/२२ सम्म) वडामा प्रमाणसहित निवेदन दर्ता गराउनु हुन वा उजुर गर्न जानकारी गराइन्छ।

७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्बन्धमा ।प्रस्तुत बिषयमा यस गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, न...
01/09/2026

७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्बन्धमा ।

प्रस्तुत बिषयमा यस गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल कार्यालयमा प्रकाशित सूचना अनुसार मिति २०७८ देखि २०८२ सम्म वडा नं ३ मा पेश भएका निवेदनअनुसार यो वडामा बसोबास गर्ने देहायअनुसारका व्यक्तिहरुले आफ्नो र आफ्नो परिवारका सदस्यको स्वामित्वमा नेपाल राज्यभित्र जग्गा जमिन नभएको र परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ भएको, विगतमा आफू र आफ्नो परिवारका सदस्यलाई नेपाल सरकारले कुनै प्रकारको कुनै जग्गा वा जग्गाको स्वामित्व सहितको आवास उपलब्ध नगराएको तथा मिति २०७६ माघ २८ पछि आफ्नो वा परिवारका कुनै सदस्यको नाममा रहेको जग्गा बिक्रि वा हक हस्तान्तरण नगरेको भनी आफूलाई भूमिहीन दलित/भूमिहीन सकुम्बासी दाबी गरी जग्गा आबाद कमोत गर्दै आएको स्थानमा वा अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हदमा नबढ्‌ने गरी निःशुल्क जग्गा पाउन स्थानीय तह मार्फत आयोगमा निवेदन पेश गरेकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । निबेदनमा उल्लेखित व्यहोरा संशोधन गर्नु परेमा निवेदक स्वयंले र कुनै उजुर बाजुर वा दाबी बिरोध भए जोसुकैले ७ (सात) दिनभित्र (२०८३/०५/२२ सम्म) वडामा प्रमाणसहित निवेदन दर्ता गराउनु हुन वा उजुर गर्न जानकारी गराइन्छ।

📢 अत्यन्त जरुरी सूचना !! 📢विषय: निस्सा, नक्सा सिट नं. तथा कित्ता नम्बर सम्बन्धी विवरण उपलब्ध गराउने सम्बन्धमा ।उपरोक्त स...
21/08/2026

📢 अत्यन्त जरुरी सूचना !! 📢

विषय: निस्सा, नक्सा सिट नं. तथा कित्ता नम्बर सम्बन्धी विवरण उपलब्ध गराउने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस गौरीगञ्ज गाउँपालिका वडा नं. ३ को कार्यालयबाट मिति २०८२/०३/१५ गते प्रकाशित सूचना अनुसार निस्सा प्राप्त गर्नुभएका तपशिलका भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी महानुभावहरूले आफूले हकभोग तथा जोतभोग गरी आएको जग्गाको निस्सा, नक्सा सिट नं. र कित्ता विवरण मिति २०८३/०५/१५ गते भित्र गौरीगञ्ज गाउँपालिकाको कार्यालयमा रहेको भूमि शाखामा अनिवार्य रूपमा उपलब्ध गराइदिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै, यस सम्बन्धी थप जानकारी तथा प्राविधिक सहयोगका लागि देहायका कर्मचारीसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ:

👤 सम्पर्क व्यक्ति: राम पुकार यादव
📞 सम्पर्क नं.: ९८४९५६८८८२ (9849568882
📍 स्थान: गौरीगञ्ज गाउँपालिकाको भूमि शाखा

📌 नोटः- निस्सा प्राप्त नगर्नुभएको तपशिलका भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासी महानुभावहरूले देहायको मिति, समय र स्थानबाट निस्सा लिईदिनुहुन अनुरोध गरिन्छः
📅 मितिः- २०८३/०५/०८ गते सोमवार
⏰ समयः-दिनको ११ बजे
📍 स्थानः- गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल

सूचना !
20/08/2026

सूचना !

📢 सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सूचनागौरीगञ्ज गाउँपालिका वडा नं. ३ का सम्पूर्ण लाभग्राहीहरुले आ.व. २०८३/०८४ को भ...
17/07/2026

📢 सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी सूचना

गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का सम्पूर्ण लाभग्राहीहरुले आ.व. २०८३/०८४ को भत्ता प्राप्त गर्न २०८३ श्रावण १ गते देखि असोज मसान्तभित्र वडा कार्यालयमा आई परिचयपत्र नवीकरण गर्नुहुन अनुरो गर्द्छौ ।

⏳ महत्वपूर्ण:

· भदौ मसान्तभित्र नवीकरण गर्नेले असोजमा पहिलो किस्ता पाउनेछ ।
· असोजमा नवीकरण गर्नेले पौषमा मात्र पहिलो किस्ता पाउनेछ।
· नवीकरण नगरेमा भत्ता रोक्का हुन सक्छ।

✅ आवश्यक कागजातहरू:

· नागरिकता प्रमाणपत्र (छायाँप्रति)
· राष्ट्रिय परिचयपत्र नम्बर (NIN)
· भत्ता परिचयपत्र
· बालबालिकाको हकमा जन्मदर्ता
· अपाङ्गता भएको व्यक्तिको हकमा पालिकाको अपाङ्गता परिचयपत्र
· एकल/विधुवाको हकमा मृत्यु दर्ता र सिफारिस पत्र

⚠️ अनिवार्य: लाभग्राही स्वयम् उपस्थित भई Biometric Verification गर्नुपर्नेछ।
(बालबालिका, पूर्ण अपाङ्गता र ९० वर्ष माथिकाको हकमा NIN अनिवार्य छैन।)

कृपया समयमै नवीकरण गर्नुहोस् र आफन्त/छिमेकीलाई पनि जानकारी दिनुहोस्। 🙏

#सामाजिकसुरक्षाभत्ता #नवीकरण #गौरीगञ्जवडा३ #सूचना गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल

सूचना !गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल Gauriganj Rural Municipality
03/06/2026

सूचना !
गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल Gauriganj Rural Municipality

Address

3 No. Ward Office, Gauriganj Gaupalika
Jhapa District
57200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779825991616

Alerts

Be the first to know and let us send you an email when गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गौरीगञ्ज गाउँपालिका ३ नं. वडा कार्यालय झापा, नेपाल:

Shortcuts

Share