बाह्रदशी Rapid Action Team-RAT

बाह्रदशी Rapid Action Team-RAT RSP

दिउँसो १ बजे बिर्तामोड जाऔ.....
19/10/2024

दिउँसो १ बजे बिर्तामोड जाऔ.....

रास्वपा बाह्रदशीले पालिका अध्यक्ष देबेन्द्र प्रसाद चम्लागांईलाई सार्वजनिक सुनुवाईसहित बिभिन्न ५ बुँदा राखेर ध्यानाकर्षण ...
10/03/2024

रास्वपा बाह्रदशीले पालिका अध्यक्ष देबेन्द्र प्रसाद चम्लागांईलाई सार्वजनिक सुनुवाईसहित बिभिन्न ५ बुँदा राखेर ध्यानाकर्षण गराएको छ ।

17/10/2023
03/09/2023

जनप्रतिनिधिलाई सरकारी सवारी के का लागी दिएको ??

बाह्रदशी गापाका केहि जनप्रतिनिधिको सवारी जड्याहा बोक्न, छोराछोरीलाई विद्यालय पुर्याउन, बिदाका दिन पनि भट्टि पसल आसपास भेटिन थाले । यस्ता हर्कत गर्नेहरुलाई के गर्नुपर्ला सुझाव दिनुहोस । हामी सम्बन्धित निकायमा उजुरी दिनेछौ ।

03/09/2023

किर्ते नागरिकता वितरण भएको विषयमा स-प्रमाण विवरण हामीलाई प्राप्त भएको छ । बाह्रदशीका केही जनप्रतिनिधि, कर्मचारी र स्थानीयको समेत संलग्नतामा रकम लिएर गैरकानुनी काम गरिएछ । जोसुकै भएपनि यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन बाह्रदशी RAT ले नेतृत्व लिन्छ । हरेक विकृति विसङ्गतिप्रति हामी कठोर भएर कदम चाल्छौ । जय घण्टी !

बाह्रदशी गाँउपालिका : - ईस्टिमेटमा उल्लेख भएअनुसार १५० MM जोतेर सम्याएपछि पानी लगाएर पेल्नु पर्नेमा नजोती मिलाएर काम सकि...
01/09/2023

बाह्रदशी गाँउपालिका :

- ईस्टिमेटमा उल्लेख भएअनुसार १५० MM जोतेर सम्याएपछि पानी लगाएर पेल्नु पर्नेमा नजोती मिलाएर काम सकियो ।

- खोलाको स्तरिय मिक्स गिट्टी तोकिएको मात्रा हाल्नु पर्नेमा त्यसो नगरि काम सम्पन्न ।

-हिमाली मार्ग र मध्य तराई लोकमार्ग निर्माण गर्ने नाममा रकम उल्लेख नगरि लागत ईस्टिमेट तयार गरियो । सुन्नमा आए अनुसार ७ लाख ६५ हजारमा काम ठेक्का लागेको तर पालिकाको निर्णय अनुसार १० लाख बिनियोजन भएको हो। अब बाँकी रकम के हुने हो ? ईस्टिमेटमा रकम उल्लेख नहुनुले के अर्थ लाग्छ ??

२ दिन आँखामा छारो हालेर जग्गा वर्गीकरणमा जस्तै लाखौ रकम झ्वाम हुन लागेको त होइन ? सबैले यो कामको मुल्यांकन गरि गा पा लाई प्रश्न गरौ।

हार्दिक निमन्त्रणा !!!(झापामा सभापति रवि लामिछानेको सम्बोधन)मिति २०८० भाद्र १ र २ गते झापा जिल्लाको विभिन्न क्षेत्रमा हु...
12/08/2023

हार्दिक निमन्त्रणा !!!
(झापामा सभापति रवि लामिछानेको सम्बोधन)

मिति २०८० भाद्र १ र २ गते झापा जिल्लाको विभिन्न क्षेत्रमा हुने रा.स्व.पा. सभापति रवि लामिछाने सहित महामन्त्री मुकुल ढकाल , केन्द्रीय सदस्य रमेश प्रसाईं , माननीय सन्तोष परियार , माननीय मनिष झा, माननीय निशा डाँगी को विशेष सम्बोधनमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

# मिति २०८० भाद्र १ गते शुक्रवार :
- दिउँसो ११:३० बजे, सिटिसेन्टर, बिर्तामोड, झापा
- दिउँसो २:३० बजे, गोर्खा डिपार्टमेन्ट अगाडि , दमक

# मिति २०८० भाद्र २ गते शनिबार : क्षेत्रिय सभाहरु
- बिहान ९:३० बजे, इटाभट्टाचोक, मेचिनगर,
- दिउँसो १२:३० बजे बनियानी,कचनकवल,
- दिउँसो २:०० बजे हल्दिबारी गोलधाप
- दिउँसो ३:०० बजे राजगढ चिया गफ
- दिउँसो ३:३० बजे झापा बजार
- बेलुकी ५:०० जनता बजार शिवसतासी न. पा.

12/07/2023

वास्तविक किसान मल र बिउ नपाएर तड्पिरहेका बेला व्यवसायिक घरानाका व्यवसायी पवन गोल्यानले यस्ता फार्म देखाएर कृषि अनुदानवापत १० अर्ब रुपैयाँ २ प्रतिशत ब्याजदरमा लिएका छन् । कृषिको नाममा लिएको रकम होटल निर्माणमा खर्चिएर त्यसको लाभ लिन्छन । कानुनी राज्य हो भने १ अर्बको पुँजि नभएको फार्मलाई कसरी १० अर्बको सहुलियत कर्जा दिईयो ? यो वास्तविक किसान माथिको भद्दा मजाक होईन ??

11/07/2023

बाह्रदशी गापामा भएको भ्रष्टाचार र अनियमितताको बिषयमा अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएछ । केहि जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भएका सबै अनियमिततामा अख्तियारले छानबिन गरोस् । दोषि जोसुकै भएपनि कानुनी कारबाही होस्, निर्दोष नफँसुन् । राजनितिक संरक्षणमा छानबिन प्रभावित नहोस भनेर आम बाह्रदशीवासी चनाखो रहुँ । स्वच्छ र जवाफदेही पालिका निर्माणमा तपाई हाम्रो हातेमालो आवश्यक छ । सबैमा धन्यवाद !

यो भएन ...... माध्यमिक तहसम्म निशुल्क हो भने भर्ना शुल्क के का लागि ? कि पालिकाले 'निशुल्क' भन्ने शब्दावली हटाउनु पर्यो ...
30/06/2023

यो भएन ......
माध्यमिक तहसम्म निशुल्क हो भने भर्ना शुल्क के का लागि ? कि पालिकाले 'निशुल्क' भन्ने शब्दावली हटाउनु पर्यो कि पशुपति माविलाई पशुपति बोर्डिङ स्कुल भन्नुपर्यो । फेरि विद्यालयको स्टाम्पबिना रसिद काटिएको छ....

अतिले ठुलो क्षति पुर्याउला.....
29/06/2023

अतिले ठुलो क्षति पुर्याउला.....

झापा १३ असार। संघीयतापछि गाँउ गाँउमा सिंहदरबार पुगेको भनेर खुबै चर्चा गरियो। मुलुकमा संघीयता कार्यान्वयन भएपछि...

Address

Baradashi
Jhapa District
977

Alerts

Be the first to know and let us send you an email when बाह्रदशी Rapid Action Team-RAT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category