Sirjan Media ᱥᱤᱨᱡᱚᱱ ᱢᱤᱰᱤᱭᱟ

Sirjan Media ᱥᱤᱨᱡᱚᱱ ᱢᱤᱰᱤᱭᱟ Johar Johar !! Thank you so much to all followers & supporter, Our Cont./Whatsapp No : +9779816998290

सत्यको आवाज, सिर्जन मिडियाको साथ

आ.व. २०८२।०८३ को अन्तिम सम्पत्ति विवरण दर्ता (२०८३ भाद्र २९ गतेसम्म)
15/09/2026

आ.व. २०८२।०८३ को अन्तिम सम्पत्ति विवरण दर्ता (२०८३ भाद्र २९ गतेसम्म)

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट-२०८३ (मिति: २०८३ भदौ २९ गते, साँझ ७:०० बजेसम्म)
14/09/2026

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट-२०८३
(मिति: २०८३ भदौ २९ गते, साँझ ७:०० बजेसम्म)

14/09/2026

आगलागीपीडित रमेश मरण्डी परिवारलाई सहयोगको अपिल

आगलागीमा घरसहित सम्पूर्ण सम्पत्ति गुमाएका रमेश मरण्डी परिवार अहिले ठूलो संकटमा छन्। घाइते रमेशको उपचार भइरहेको अवस्थामा परिवारलाई थप आर्थिक समस्या परेको छ।

उपचार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग, खाद्यान्न, लत्ताकपडा तथा आवश्यक सामग्री सहयोग गरिदिन देश–विदेशमा रहनुभएका सम्पूर्ण मनकारी व्यक्ति, संघ–संस्था तथा सामाजिक अभियन्ताहरूमा हार्दिक अपिल गर्दछौँ।

सहयोगका लागि:
Holder Name: SHIBU MURMU
Account No.: 0830087020300016
Bank: Machhapuchchhre Bank

📞 पीडित सम्पर्क: 982-9326058
📞 मिडिया टिम: +977 981-6998290, 9810549051

🙏 तपाईंको सानो सहयोगले पीडित परिवारलाई ठूलो राहत पुग्न सक्छ।

Editing: Hasda

🦟 जापानिज इन्सेफलाइटिस (JE) विरुद्ध विशेष खोप अभियान – झापा
14/09/2026

🦟 जापानिज इन्सेफलाइटिस (JE) विरुद्ध विशेष खोप अभियान – झापा

१४ वर्षदेखि अलपत्र कनकाई पुल : ५६ प्रतिशत मात्रै निर्माण, स्थानीयको प्रश्न—पुल कहिले बन्छ?झापा । झापा गाउँपालिका–२ र गौर...
13/09/2026

१४ वर्षदेखि अलपत्र कनकाई पुल : ५६ प्रतिशत मात्रै निर्माण, स्थानीयको प्रश्न—पुल कहिले बन्छ?

झापा । झापा गाउँपालिका–२ र गौरीगन्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कनकाई पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। लामो समयदेखि निर्माण अलपत्र पर्दा स्थानीयवासीले आवतजावत, व्यापार तथा दैनिक जीवनमा सास्ती खेप्दै आएका छन्।

पुल निर्माणका लागि पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का लिएको थियो। ठेक्का सम्झौता २०६८ जेठ ३१ गते भएको थियो भने २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो।

तर निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको पाँचपटक म्याद थप गरिएको छ। हालसम्म पुलको निर्माण प्रगति करिब ५६ प्रतिशत मात्रै रहेको बताइएको छ।

लामो समयसम्म निर्माण कार्य पूरा नगरेका कारण ठेकेदार कम्पनीमाथि ठूलो रकम जरिवाना लाग्ने अवस्था आएको बताइएको छ। सार्वजनिक स्रोतमा उल्लेख भएअनुसार कम्पनीले करिब २ अर्ब रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना भएको बताइएको छ।

पुल नबन्दा स्थानीयलाई सास्ती

कनकाई पुल झापा गाउँपालिका र गौरीगन्जका स्थानीयवासीका लागि महत्वपूर्ण पूर्वाधार हो। पुल निर्माण सम्पन्न भएमा दुई क्षेत्रबीचको आवतजावत सहज हुनुका साथै व्यापारिक गतिविधि र स्थानीयको दैनिक जीवनमा समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

तर वर्षौँसम्म पुल निर्माण पूरा नहुँदा स्थानीयवासीले जोखिमपूर्ण तथा असहज बाटो प्रयोग गर्नुपर्ने अवस्था रहँदै आएको छ। विकास निर्माणको महत्वपूर्ण आयोजना लामो समयसम्म अलपत्र पर्दा स्थानीयमा निराशा बढेको छ।

जनताको प्रश्न—पुल कहिले बन्छ?

स्थानीयवासीले ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन नसकेको भन्दै सम्बन्धित निकायसँग जवाफ मागिरहेका छन्। उनीहरूले अब थप म्याद थप्नेभन्दा पनि निर्माण कार्यलाई तीव्रता दिई पुल तत्काल सम्पन्न गर्नुपर्ने माग गरेका छन्।

समयमै काम नगर्ने ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउँदै सार्वजनिक आयोजनामा जवाफदेहिता सुनिश्चित गर्नुपर्ने स्थानीयको धारणा छ।

वर्षौँसम्म आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्दै विकासका आयोजना कागजमा मात्र होइन, व्यवहारमै सम्पन्न गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने देखिन्छ।


🔥 SANTHALI DANCE IDOL – SEASON 1 🔥🏆 HOME DANCE STUDIO PRESENTS 🏆अब आउनेछ Talent, Culture & Tradition को भव्य संगम! 💥आफ्न...
13/09/2026

🔥 SANTHALI DANCE IDOL – SEASON 1 🔥
🏆 HOME DANCE STUDIO PRESENTS 🏆

अब आउनेछ Talent, Culture & Tradition को भव्य संगम! 💥
आफ्नो नृत्य, आफ्नो संस्कृति र आफ्नो पहिचानलाई स्टेजमा प्रस्तुत गर्ने समय आएको छ। ❤️‍🔥

💰 PRIZE POOL & AWARDS 🏆
🥇 Winner — Rs. 25,000 + Trophy + Medal
🥈 1st Runner Up — Rs. 10,000 + Trophy + Medal
🥉 2nd Runner Up — Rs. 5,000 + Trophy + Medal
🏅 3rd Runner Up — Rs. 2,000 + Trophy + Medal
🏅 4th Runner Up — Rs. 2,000 + Trophy + Medal
❤️ Public Choice — Rs. 3,000 + Trophy + Medal

✨ All Finalists will receive:
🎁 Token of Love
📜 Certificate of Appreciation

आयोजकको सम्पर्क नं.+9779814902434 (Jidan Mardi)

यो केवल Dance Competition होइन—
यो हाम्रो Culture, हाम्रो Identity र हाम्रो Talent लाई celebrate गर्ने एउटा ठूलो मञ्च हो। 🌿🔥

💃🕺 Dance Your Roots. Own Your Stage. Make Your Mark.

📢 सबै dancer हरू तयार रहनुहोस्!
SANTHALI DANCE IDOL – SEASON 1
🔥 BE READY! 🔥


आमतोलामा छाता पूजा तथा मेला भव्य रूपमा सम्पन्नमोरङ । रंगेली नगरपालिका–०४, आमतोलामा धार्मिक, सांस्कृतिक तथा पारम्परिक महत...
12/09/2026

आमतोलामा छाता पूजा तथा मेला भव्य रूपमा सम्पन्न

मोरङ । रंगेली नगरपालिका–०४, आमतोलामा धार्मिक, सांस्कृतिक तथा पारम्परिक महत्व बोकेको छाता पूजा तथा मेला २०८३ भव्य रूपमा सम्पन्न भएको छ।
स्थानीय समुदायको धार्मिक आस्था, मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी, श्रद्धालु, विभिन्न सांस्कृतिक भाकी तथा मण्डलीका प्रतिनिधि र अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा परम्परागत विधिअनुसार छाता पूजा गर्नुका साथै सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएको थियो। मेलामा सहभागीहरूले आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै आपसी सद्भाव तथा भाइचाराको सन्देशसमेत दिएका थिए।
आयोजकका अनुसार छाता पूजा स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्परा हो। पछिल्लो समय मौलिक संस्कृति तथा परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृति, इतिहास र परम्पराबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ।
छाता पूजा तथा मेला मूल समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका अतिथिहरू तथा सहभागीहरूलाई स्वागत गरिएको थियो। कार्यक्रममा धार्मिक तथा सांस्कृतिक महत्वका विषयमा चर्चा गर्दै आफ्नो मौलिक पहिचान जोगाउन सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो।
मेलाका क्रममा स्थानीय स्तरमा रहेका कला, संस्कृति र परम्पराको प्रदर्शनसँगै सहभागीहरूबीच भेटघाट तथा शुभकामना आदानप्रदानसमेत भएको थियो। कार्यक्रमले आमतोलाको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्नुका साथै स्थानीय समुदायलाई एकताबद्ध बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ।
आयोजकले आगामी दिनमा पनि छाता पूजालाई थप व्यवस्थित र व्यापक बनाउँदै स्थानीय मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने जनाएको छ।

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट-२०८३ (मिति: २०८३ भदौ २७ गते, साँझ ६:०० बजेसम्म)
12/09/2026

रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहत अपडेट-२०८३
(मिति: २०८३ भदौ २७ गते, साँझ ६:०० बजेसम्म)

📚 कुवाडीमा ‘सन्थाली वर्णमाला’ पुस्तक वितरण सम्पन्नᱠᱩᱣᱟᱰᱤ ᱨᱮ 'ᱥᱚᱱᱛᱷᱟᱞᱤ ᱚᱞ ᱢᱟᱞᱟ' ᱯᱩᱛᱷᱤ ᱦᱟᱹᱴᱤᱧ ᱦᱩᱭᱮᱱᱟझापा गाउँपालिका–२, कुव...
12/09/2026

📚 कुवाडीमा ‘सन्थाली वर्णमाला’ पुस्तक वितरण सम्पन्न
ᱠᱩᱣᱟᱰᱤ ᱨᱮ 'ᱥᱚᱱᱛᱷᱟᱞᱤ ᱚᱞ ᱢᱟᱞᱟ' ᱯᱩᱛᱷᱤ ᱦᱟᱹᱴᱤᱧ ᱦᱩᱭᱮᱱᱟ

झापा गाउँपालिका–२, कुवाडीमा सञ्चालन भइरहेको ओल–चिकी लिपि प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई ‘सन्थाली वर्णमाला’ पुस्तक वितरण गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका झापा गाउँपालिका–२, सुगाबाथानका साइला टुडु, सुनिराम हाँस्दा र बाबुलाल हाँस्दाको सहयोगमा सहभागी विद्यार्थीहरूलाई पुस्तक वितरण गरिएको हो। 🙏📖

सन्थाली भाषा तथा ओल–चिकी लिपिको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा यसको ज्ञान विस्तार गर्ने अभियानमा गरिएको यस सहयोगका लागि सहयोगीदाताहरूप्रति हार्दिक धन्यवाद। ❤️

भाषा बचाऔँ, लिपि जोगाऔँ, संस्कृति पुस्तान्तरण गरौँ। ✊

📌 नोट : 📖 ‘सन्थाली वर्णमाला’ पाँचौँ संस्करण अब सिर्जन मिडिया बुक स्टोरमा उपलब्ध छ।

सन्थाली भाषा तथा ओल–चिकी लिपि सिक्न इच्छुक विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य इच्छुक पाठकहरूले सिर्जन मिडिया बुक स्टोरमार्फत पुस्तक प्राप्त गर्न सक्नुहुनेछ।

📞 WhatsApp:
+977 9816998290
+977 9747715645

ᱡᱷᱟᱯᱟ ᱜᱟᱶᱯᱟᱞᱤᱠᱟ-᱒, ᱠᱩᱣᱟᱰᱤ ᱨᱮ ᱪᱟᱞᱟᱜ ᱠᱟᱱ ᱚᱞ-ᱪᱤᱠᱤ ᱞᱤᱯᱤ ᱪᱮᱫᱚᱜ ᱠᱞᱟᱥ ᱨᱮ ᱥᱮᱞᱮᱫ ᱟᱠᱟᱱ ᱯᱟᱹᱴᱷᱩᱣᱟᱹ ᱠᱚ ᱞᱟᱹᱜᱤᱫ 'ᱥᱟᱱᱛᱟᱲᱤ ᱵᱚᱨᱱᱚᱢᱟᱞᱟ' ᱯᱩᱛᱷᱤ ᱦᱟᱹᱴᱤᱧ ᱦᱩᱭ ᱟᱠᱟᱱᱟ᱾

ᱵᱤᱫᱮᱥ ᱨᱮ ᱠᱟᱹᱢᱤ ᱭᱮᱫ ᱡᱷᱟᱯᱟ ᱜᱟᱶᱯᱟᱞᱤᱠᱟ-᱒, ᱥᱩᱜᱟ.ᱵᱟᱛᱷᱟᱱ ᱨᱮᱱ ᱠᱚ ᱥᱟᱭᱞᱟ ᱴᱩᱰᱩ, ᱥᱩᱱᱤᱨᱟᱢ ᱦᱟᱸᱥᱫᱟ ᱟᱨ ᱵᱟᱵᱩᱞᱟᱞ ᱦᱟᱸᱥᱫᱟ ᱣᱟᱜ ᱜᱚᱲᱚ ᱛᱮ ᱥᱮᱞᱮᱫ ᱟᱠᱟᱱ ᱯᱟᱹᱴᱷᱩᱣᱟᱹ ᱠᱚ ᱯᱩᱛᱷᱤ ᱦᱟᱹᱴᱤᱧ ᱟᱠᱟᱫ ᱠᱚᱣᱟ᱾ 🙏📖

ᱥᱚᱱᱛᱷᱟᱞᱤ ᱯᱟᱹᱨᱥᱤ ᱟᱨ ᱚᱞ-ᱪᱤᱠᱤ ᱞᱤᱯᱤ ᱡᱚᱜᱟᱣ, ᱯᱟᱥᱱᱟᱣ ᱟᱨ ᱱᱟᱶᱟ ᱯᱩᱨᱩᱫᱷᱩᱞ ᱠᱚ ᱴᱷᱮᱱ ᱱᱚᱣᱟ ᱨᱮᱱᱟᱜ ᱜᱮᱭᱟᱱ ᱯᱟᱥᱱᱟᱣ ᱟᱵᱷᱤᱭᱟᱱ ᱨᱮ ᱜᱚᱲᱚ ᱮᱢ ᱟᱠᱟᱫ ᱜᱚᱲᱚᱭᱤᱡ ᱠᱚ ᱞᱟᱹᱜᱤᱫ ᱟᱹᱰᱤ ᱟᱹᱰᱤ ᱥᱟᱨᱦᱟᱣ᱾ ❤️

ᱯᱟᱹᱨᱥᱤ ᱵᱟᱧᱪᱟᱣ ᱢᱮ, ᱞᱤᱯᱤ ᱡᱚᱜᱟᱣ ᱢᱮ, ᱞᱟᱠᱪᱟᱨ ᱯᱩᱥᱛᱟᱱᱛᱚᱨᱚᱱ ᱢᱮ᱾ ✊

#सन्थालीभाषा #ओलचिकी #सन्थालीवर्णमाला

https://youtu.be/tSarYn_HYLQ?si=bqadlTbXFukJPGYb
12/09/2026

https://youtu.be/tSarYn_HYLQ?si=bqadlTbXFukJPGYb

📚 कुवाडीमा ‘सन्थाली वर्णमाला’ पुस्तक वितरण सम्पन्नᱠᱩᱣᱟᱰᱤ ᱨᱮ 'ᱥᱚᱱᱛᱷ...

Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Sirjan Media ᱥᱤᱨᱡᱚᱱ ᱢᱤᱰᱤᱭᱟ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sirjan Media ᱥᱤᱨᱡᱚᱱ ᱢᱤᱰᱤᱭᱟ:

Shortcuts

Share