रेगिना भट्टराई प्रसाई

रेगिना भट्टराई प्रसाई दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाई

25/03/2026

नगरपालीकाको निरन्तर अनुगमनले दमकमा सञ्चालीत होटल उपभोक्ता मैत्री बन्दै , बजार मर्यादित बनाउन सबै जिम्मेवार बन्नु पर्ने !!

21/03/2026

धर्म र संस्कृतिको विविधतालाई सम्मान गर्दै,
सद्भाव र सहिष्णुतामै हाम्रो बल छ।
एकता र प्रेमले समाज अझ सुन्दर बनोस्—
ईदको शुभ अवसरले भाइचारा झन् प्रगाढ बनाओस्। 🤍
ईद मुबारक!

22/02/2026
16/02/2026

समयमै जाँच गरौँ, नसर्ने रोगलाई रोकौँ।
स्वस्थ जीवनतर्फ आजै एक कदम!
#नसर्ने_रोग_पहिचान_अभियान

11/02/2026

सहकारी संस्था दर्ता तथा अभिलेख सम्बन्धी अभिमुखीकरण कार्यक्रम !!

सुशासनयुक्त र विश्वसनीय सहकारी अभियानमार्फत समृद्ध दमक निर्माणतर्फ हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ !!

09/02/2026

दमक नगरपालिकाको पहलमा किसान दाजुभाइहरूलाई
मकै रोप्ने मेसिन,
मकै छड्याउने मेसिन,
हाते हलो ,
मल ओसार्ने लगायतका कृषि उपकरण
वितरण गरिएको छ।
किसानको मेहनतलाई सहज बनाउँदै
उत्पादन बढाउने र आधुनिक कृषितर्फ उन्मुख गराउने उद्देश्यसहित
यो कार्यक्रम अगाडि बढाइएको हो !!!
#दमकनगरपालिका #कृषि_उपकरण_वितरण #किसानमैत्री #समृद्ध_कृषि

07/02/2026

निर्वाचन समन्वय समिति गठन गरियो ।
नगरप्रमुखको संयोजकत्वमा तथा नगरउपप्रमुखको सह–संयोजकत्वमा
समितिमा सबै राजनीतिक दलका प्रमुखहरू, सबै धार्मिक संस्थाका प्रमुखहरू तथा सबै सुरक्षा निकायका प्रमुखहरूलाई सदस्य रहने गरी,
निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।

03/02/2026

दमक प्रज्ञा प्रतिष्ठान कार्य समिति
तथा परिषद् सदस्य ज्यूहरूको शपथ ग्रहण !!!

30/01/2026

आज शहिद दिवस।
राष्ट्र, लोकतन्त्र र नागरिक अधिकारका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सबै ज्ञात–अज्ञात शहिदहरूप्रति हृदयदेखि श्रद्धाञ्जली अर्पण गर्दछु। शहिदहरूले देखाएको साहस, बलिदान र निष्ठालाई हामी सबैले कर्ममार्फत सुशासन, समानता र जनसेवाको बाटोमा अडिग रहने संकल्प गरौँ ।

आज २०८२ सालको पावन सरस्वती पूजा !विद्या, बुद्धि, विवेक र सृजनाको प्रतीक माता सरस्वतीको कृपाले सबै विद्यार्थी, शिक्षक, अभ...
23/01/2026

आज २०८२ सालको पावन सरस्वती पूजा !
विद्या, बुद्धि, विवेक र सृजनाको प्रतीक माता सरस्वतीको कृपाले सबै विद्यार्थी, शिक्षक, अभिभावक तथा दाजुभाइ दिदीबहिनीहरूको जीवन उज्यालो बनाओस् !
शिक्षा, संस्कार र चेतनाको विकासमार्फत समुन्नत निर्माणतर्फ अघि बढ्न सक्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु !!
सरस्वती पूजा २०८२ को हार्दिक शुभकामना!!!

नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम!दमक नगरपालिका वडा नं.५ मा!
21/01/2026

नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम!
दमक नगरपालिका वडा नं.५ मा!

19/01/2026

नेपालीहरुको साझा पर्व सोनाम ल्होसार आजको दिन नयाँ वर्षको एउटा सुरुवाती दिन मात्र नभएर जीवनलाई नयाँ दृष्टिले हेर्ने एउटा अवसर पनि हो । आजको दिन विगतका बिमति, मतभेद र निराशालाई यहीँ छोडेर, नयाँ ऊर्जा, सद्भाव र सकारात्मक सोचसहित अगाडि बढ्न सबैमा प्रेरणा मिलोस ।
यस पावन अवसरले सबैको जीवनमा शान्ति, समृद्धि र आपसी सद्भाव ल्याओस् । नेपालको सांस्कृतिक बिबिधताको सम्मान गर्दै, एक–अर्काको खुशीमा खुशी बाँड्ने संस्कार अझ मजबुत बनोस् ।
सबैमा सोनाम ल्होसारको हार्दिक मंगलमय शुभकामना ।
आजको नयाँ वर्षले सबैमा नयाँ आशा, नयाँ सम्भावन, नयाँ ऊर्जा र उज्यालो बाटो देखाउने छ ।
रेगिना भट्टराई
दमक नगरपालीका उप प्रमुख

Address

Damak
Jhapa District
57217

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779852632555

Alerts

Be the first to know and let us send you an email when रेगिना भट्टराई प्रसाई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to रेगिना भट्टराई प्रसाई:

Share